परमेश्वरको हातबाट श्रृजिएको प्रकृति, स्वयम् आफैमा परमेश्वर होइन । प्रकृतिका चीजहरू परमेश्वरका चरित्र र शक्तिका वर्णन मात्र हुन्, तर हामीले प्रकृतिलाई नै परमेश्वर मान्नुहुँदैन । मानिसको कलापूर्ण सीपले अति नै सुन्दर समाज कला उत्पन्न गर्न सक्छ, जुन हेर्नमा अति सुन्दर हुन सक्छ, र यी वस्तुले चित्रकारको बिचारका बारेमा केही कुरा प्रकट गर्छन्; तर यसरी बनाइएको वस्तु निर्माणकर्ता होइन । त्यस कार्य होइन तर त्यसको निर्माण गर्नेचाहिँ प्रशंसाको योग्य हुन्छ । त्यसकारण जसरी प्रकृति परमेश्वरको विचारको वर्णन हो, तसर्थ प्रकृतिलाई होइन, तर प्रकृतिका परमेश्वरको प्रशंसा गरिनुपर्छ । PHs 28.1
“आओ, दण्डवत् गरौं र निहुरौं,
हाम्रा सृष्टिकर्ता परमप्रभुकै सामु घुँडा़ टेकौं,”
“उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्,
र पहाडका शिखरहरू पनि उहाँकै हुन् ।
समुद्र उहाँको हो उहाँले नै त्यसलाई बनाउभएको हो,
र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो ।” PHs 28.2
(भजन ९५: ६, ४, ५)
“किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने,
र घोर अन्धकारलाई प्रभातकालको उज्यालोमा परिवर्तन गर्नुहुने,
दिनलाई अँध्यारो पारेर रात बनाउनुहुने,
उहाँका नाउँ परमप्रभु हो ।”
“जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ,
मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ”;
“उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ,
र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ,
जसले समुद्रको पानीलाई बोलाउनुुहुन्छ
र त्यसलाई जमीनभरि खन्याउनुहुन्छ—
उहाँको नाउँ परमप्रभु नै हो ।” PHs 28.3
(आमोस ५:८; ४:१३; ९:६)