Go to full page →

ख्रीष्‍टमा परमेश्‍‍वरको चरित्र प्रकट PHs 38

मानव चोला लिएर ख्रीष्‍ट मानिसबीच एकै हुन आउनुभयो, र साथसाथै पापपूर्ण मानव-जातिलाई हाम्रो स्‍वर्गीय पिता प्रकट गर्नुभयो । उहाँ जो शुरुदेखि नै परमेश्‍‍वरको साथमा हुनुहुन्थ्यो, जो अदृष्य परमेश्‍‍वरको साक्षात् प्रतिरूप हुनुहुन्थ्यो, उहाँ मानिस-जातिमा आफ्‍नो दैवीय चरित्र प्रकट गर्न सक्‍नुहुन्थ्यो । सबै कुराहरूमा उहाँ आफ्‍नो दाजु-भाइजस्तो बनिनुभयो । शरीरमा उहाँ हामीजस्तै हुनुभयो । उहाँ भोकाउनुभयो र प्यासी हुनुभयो र थकित हुनुभयो । उहाँ खानाद्वारा बाँँच्‍नुभयो र निन्द्राद्वारा पुनःशक्ति प्राप्‍त गर्नुभयो । उहाँ मानिसका हरेक परिस्थितिमा सहभागी हुनुभयो, तर उहाँचाहिँ परमेश्‍‍वरका निर्दोष पुत्र हुनुहुन्थ्यो । पृथ्वीको लागि उहाँ एउटा बटुवा वा अपरिचित हुनुहुन्थ्यो— उहाँ संसारमा हुनुभयो तर संसारको हुनु भएन । जसरी आजकालका मानिसहरू परीक्षामा र सतावटमा पर्दछन्, दुःखमा पर्छन, त्यस्तै उहाँ पनि पर्नुभयो, तर पापरहित जीवन जिउनुभयो । कोमल, प्रेमिलो, सहानुभूति दर्शाउँदै र सधैँ अरूको ख्याल राख्दै उहाँले परमेश्‍‍वरको चरित्र प्रस्तुत गर्नुभयो र सधैँ परमेश्‍‍वर अनि मानिसको सेवामा लागिरहनुभयो । PHs 38.6

उहाँले भन्नुभयो,“गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति
परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ ।
मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न,
कैदमा परेकाहरूलाई स्‍वतन्‍‍त्रता दिन ...
सबै बिलाप गर्नेहरूलाई सान्त्‍वना दिन,”
“र अन्धाहरूलाई दृष्‍टि दिन, ...
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति
उहाँले मलाई पठाउनुभएको छ ।” PHs 39.1

(यशैया ६१:१,२; लुका ४:१८,१९)

“आफ्‍ना शत्रुहरूलाई प्रेम गर,” उहाँ भन्नुहुन्छ; “अनि तिमीहरूलाई सताउनेहरूका निम्ति, प्रार्थना गर र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ,” “किनकि उहाँ दुष्‍ट र अपराधी दुवैको लागी दयालु हुनुहुन्छ ।” “उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनहुन्छ, र धर्मि र पापी दुवैलाई वृष्‍टि दिनुहुन्छ ।” “तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ” (मत्ती ५:४४,४५; लुका ६:३५; मत्ती ५:४५; लुका ६:३६) । PHs 39.2

“हाम्रा परमेश्‍‍वरको कोमल कृपाको कारणले;
स्‍वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ,
र अन्धकार र मृत्युको छायामा बस्‍नेहरूलाई ज्योति मिल्‍नेछ,
र हाम्रा पाउ शान्तिको बाटोतिर डोऱ्याउनेछन् ।” PHs 39.3

(लुका १:७८,७९)