Go to full page →

कल्पित कथाहरू PHs 66

बच्‍चा र युवाहरूको शिक्षामा कल्पित र काल्पनिक कथाहरू धेरै मात्रामा राखिएका हुन्छन् । यस्ता चरित्रका पुस्तकहरू स्कूलहरूमा प्रयोग गरिएका छन्, अनि धेरै घरमा पनि पाउन सकिन्छ । इसाई आमा-बुवाले आफ्‍ना बच्‍चाहरूलाई यस्ता झूठा-कुराहरूले भरिएका पुस्तकहरू प्रयोग गर्न कसरी अनुमति दिन सक्दछन् ? जब कथाका अर्थ बच्‍चाहरूले आफ्‍ना आमा-बुवासँग सोध्दछन्, जुन आमा-बावुले बताएका कुराभन्दा ठीक उल्टा हुन्छन्, अनि उनीहरूले आमा-बावुबाट यसको जवाफमा कथा साँचो होइन भन्ने पाउँछन्, तर तिनीहरूको उपयोगबाट हुने दुष्‍ट परिणामहरूदेखि यसले बचाउन सक्दैन । यी पुस्तकहरूमा प्रस्तुत गरिएका विचारधाराहरूले बच्‍चाहरूलाई कुमार्गतिर लैजान्छ । तिनीहरूले जीवनप्रति झूठा कुरा बताउँछन्, अनि असत्यप्रतिको धारणालाई जन्म दिन्छन्, र त्यो क्रमशः बढ्‍दैजान्छ । PHs 66.2

यस्ता किताबहरूको व्यापक प्रयोग हुनु शैतानको धूर्त चालहरूमध्ये एउटा चाल हो । उसले ठूला र साना सबैको दिमागलाई चरित्र निर्माणका ठूला कार्यहरूबाट बिमुख गराउने कोशिश गर्दैछ । उसको उद्देश्‍‍य यही हो कि हाम्रा बालक र युवाहरू उसले रचेका आत्मभानाशी छलकपटहरूद्वारा बगेर जाऊन् जसद्वारा उसले यस संसारलाई भरिदिएको छ । यसकारण ऊ परमेश्‍‍वरको बचनबाट उनीहरूको मन हटाउने प्रयत्‍न गर्दछ र यसरी उनीहरूलाई ती सत्यताको ज्ञान प्राप्‍त गर्नुबाट बञ्‍चित गर्न चाहन्छ जुन तिनीहरूका बचाउको माध्यम हो । PHs 67.1

सत्यको विपरीत दिशातिर लैजाने पुस्तकहरू कहिल्यै पनि बच्‍चा र युवाहरूको हातमा पर्नुहुँदैन । शिक्षा प्राप्‍त गर्ने क्रममै हाम्रा बच्‍चाहरूले पापका ती विचारहरू ग्रहण नगरून् जुन पापका बीउ सावित हुन सक्‍नेछन् । यदि परिपक्‍व मानिसहरूले यस्ता पुस्तकहरूप्रति कुनै चाख राखेनन् भने, उनीहरू पूर्णरूपमा सुरक्षित हुन्छन् र उनीहरूका उदाहरण र प्रभावहरूले युवाहरूलाई परीक्षामा पर्नुबाट रोक्‍न धेरै सजिलो हुनेछ । PHs 67.2

हामीहरूसँग सत्यता सम्बन्धी कुरा अनि परमेश्‍‍वरीय कुराहरू प्रशस्त मात्रामा छन् । ज्ञानको खातिर तिर्खाएकाहरू प्रदूषित झरना भएतिर जानुपर्दैन । परमप्रभु भन्नुहुन्छ: PHs 67.3

“बुद्धिमानका उखानहरूमा ध्यान दिएर सुन,
र मैले सिकाएका कुराहरूमा तेरो हृदय लगा, ...
तेरो भरोसा परमप्रभुमा होस् भनेर
यो कुरा आज म तँलाई सिकाउँछु, तँलाई नै ।
के मैले तेरो लागि तीसओटा नीति-वचन लेखिदिएको होइनँ र—
सल्‍लाह र ज्ञानका वचनहरू ?
आफूलाई पठाउनेकहाँ तैँले उचित जवाफहरू दिन सक् भनेर
मैले तँलाई सत्य विश्‍‍वसनीय वचनहरू सिकाएको होइन र ?” “उहाँले याकूबको निम्ति कानूनहरू कायम राख्‍नुभयो,
र इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो ।
आफ्‍ना सन्तानहरूलाई यी कुरा सिकाऊन् भनेर,
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो ।”
“तर आउने पुस्तकलाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्य
अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं ।”
कि आउँदो पुस्ताले यी कुरा जानून्,
र अझ नजन्मेका शिशुहरूले पनि यी कुरा जानून्,
र तिनीहरूले आफ्‍ना सन्तानलाई पनि यी कुरा भनून् ।
यसरी तिनीहरूले परमेश्‍‍वरमा भरोसा राख्‍नेथिए” PHs 67.4

“परमेश्‍‍वरको आशिषले धन-सम्पत्ति ल्याउँछ,
अनि उहाँले त्यसमाथि दुःख थप्‍नुहुन्न ।” PHs 68.1

(हितोपदेश २२:१७-२१; भजन ७८:५, ४, ६, ७; हितोपदेश १०:२२)