Go to full page →

एउटा भेडालाई पनि कदापि त्याग्दैनन् PHs 20

उहाँ अहिले परमेश्‍‍वरका सामु स्‍वर्गको सिंहासनमा विराजमान हुनुभएको भए तापनि येशूले उहाँका कुनै पनि प्रेमिलो स्‍वभाव गुमाउनुभएको छैन । आज पनि उहाँको त्यही दयालु र सहानुभूतिको हृदय सबै दुःखको लागि खुला छ । आज पनि त्यो खोपिएको हात यस संसारमा सबै जनालाई प्रशस्त मात्रामा आशिष दिन उठिरहेको छ । “र तिनीहरू कहिल्यै नाश हुनेछैनन्, कसैले तिनीहरूलाई मेरो हातबाट खोस्‍न सक्‍नेछैन ।” जसले आफ्‍नो आत्मा प्रभुलाई दिएको छ, त्यो उहाँलाई संसारभन्दा पनि प्यारो छ । केवल एक जना मात्र उहाँको राज्यको निम्ति बचाइने भए तापनि मुक्तिदाता कलवरीको कष्‍टदेखि गुज्रिनुहुने थियो । जसको लागि उहाँ बलिदान हुनुभयो, उहाँले तिनीहरूलाई कदापि त्याग्‍नुहुनेछैन । जबसम्म उहाँका विश्‍‍वासीहरूले उहाँलाई त्याग्‍ने रोजाइ नगरेसम्म उहाँले तिनीहरूलाई राम्रोसँग स्थिर राख्‍नुहुनेछ । PHs 20.2