Go to full page →

भीषण प्रतिद्वन्द्व 1BP 1

एलिन गूल्ड ह्वाइट 1BP 3

(१८२७ - १९१५) 1BP 3

प्रभु येशूमा आफ्‍नो जीवन समर्पण गरेर प्रभुकी शिष्या एलिन सत्र वर्षको उमेरसम्म कट्टरपन्थी (मेथडिस्ट) ईसाई थिइन् । सेभेन्थ डे एडभेन्टिस्ट मण्डली गठनमा उनको विशेष भूमिका थियो । तिनताक सबैभन्दा धेरै पुस्तक लेख्‍नमा सधैं अगाड़ि रहने अमेरिकी लेखिकाले हातैले एक लाखभन्दा अधिक प्रतिलिपि बनाएकी थिइन्, जसमा दुई करोड़ पचास लाख शब्दहरू थिए । पोषण एवम् स्‍वास्थ्य-सम्बन्धी क्षेत्रमा पनि तिनको सेवाकार्य अविस्मरणीय भएकोले गर्दा उनलाई अझैसम्म प्रेमपूर्वक ‘सिस्टर ह्वाइट’ भनि सम्बोधन गरिन्छ । उनको यस्तो कार्य-कुशलता अनि विस्तृत ज्ञान देखी अझै पनि धेरै विद्वान्‌हरू दङ्ग पर्छन् । 1BP 3.1

श्रीमती ह्वाइटले धेरै आध्यात्मिक ग्रन्थहरू तयार गरिन्, ती मध्ये Steps to Christ र The Desire of Ages चाहिँ उनका सबभन्दा लोकप्रिय कृति भए, तापनि उनले आफ्‍ना सबै कृतिहरूमध्ये यहि पुस्तक The Great Controversy लाई नै सबैभन्दा बढ़ी महत्त्‍व दिइन् । 1BP 3.2