Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ४ काल्पनिक ज्ञानमा खतरा

    ज्ञानको खोजी र विज्ञानको अनुसन्धानहरूका सबैभन्दा महान् खराबीहरूमध्ये एक खराबी हो मानव विचार-विवेकलाई यसको वास्तविक मूल्यमान्यता र उचित स्थितिभन्दा माथि उचाल्‍नु । धेरैले विज्ञानसम्बन्धी स्‍वयम् आफ्‍नै अपूर्ण ज्ञानद्वारा सृष्‍टिकर्ता र उहाँका कार्यहरूका बारेमा अनुमान गर्ने प्रयत्‍न गर्दछन् । तिनीहरू प्रकृति तथा परमेश्‍‍वरको गुणहरू र विशेषाधिकारहरूका बारेमा निश्‍चित गर्ने प्रयत्‍न गर्दछन्, र एक असीमित अस्तित्‍वको बारेमा काल्पनिक सिद्धान्तहरूमा अल्झिन्छन् । जो-जति यस विषयको अध्ययनमा संलग्‍न हुन्छन्, तिनीहरू निषेधित भूमिमा हिँडिरहेका छन् । तिनीहरूका अनुसन्धानले कुनै मुल्यवान् नतीजा ल्याउनेछैन र आत्माहरूलाई जोखिमा पारेर मात्र अनुशरण गर्न सकिनेछ ।PHs 43.1

    जुन ज्ञानदेखि हाम्रा प्रथम अभिभावकहरूलाई परमेश्‍‍वरले प्रतिबन्ध गर्नुभएको थियो, त्यसैको अभिलाषामा संलग्‍न भएर नै तिनीहरू पापको वशमा परेका थिए । यस ज्ञान प्राप्‍तीको खोजीले तिनीहरूले ती सबै कुराहरू गुमाए, जुन तिनीहरूका साथ राखिने योग्यका थिए । यदि आदम र हव्‍वाले प्रतिबन्ध गरिएको रूखलाई कदापि नछोएका भए परमेश्‍‍वरले तिनीहरूलाई ज्ञान दिनुहुने थियो— एक यस्तो ज्ञान जसमा पापको कुनै सराप हुने थिएन, एक यस्तो ज्ञान जसले तिनीहरूमा अनन्तको आनन्द ल्याउनेथियो । तिनीहरूले लोभ्याउनेको (शैतानको) कुरा सुनेर प्राप्‍त गरेको एकै मात्र कुरा हो पाप र यसका प्रतिफलहरूप्रतिको एक परिचय । तिनीहरूका अनाज्ञाकारिताद्वारा मानव-जाति परमेश्‍‍वरबाट विरक्त भए र पृथ्वीलाई स्‍वर्गबाट अलग्ग तुल्याइयो ।PHs 43.2

    यो शिक्षा हाम्रो निम्ति हो । जुन मैदानमा शैतानले हाम्रा प्रथम अभिभावकहरूलाई डोऱ्याएको थियो, सो मैदान अहिले पनि त्यही हो, जहाँ उसले मानिसहरूलाई प्रलोभनमा पार्दैछ । उसले संसारलाई मनपर्दो कल्पित कथाहरूद्वारा भर्दैछ । आफ्‍नो अधिकारमा भएभरका हरेक उपायद्वारा उसले मानिसलाई परमेश्‍‍वरको बारेमा कल्पना गर्न परीक्षामा पार्दछ । यसरी नै तिनीहरूलाई परमेश्‍‍वरको त्यो ज्ञान प्राप्‍त गर्नबाट रोक्‍ने प्रयास गर्दछ, जुन मुक्ति हो ।PHs 44.1