Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    उच्‍चकोटीका ग्रन्थहरू

    कलेज र विश्‍‍वविद्यालयहरूमा हजारौँ युवाहरू उनीहरूका जीवनका महत्‍वपूर्ण वर्षहरू ग्रीक र ल्याटिन अध्ययनमा बिताउँछन् । जब यस्ता अध्ययनमा लागिरहेकाहरूको दिमाग र चरित्र अन्यजातिको साहित्यको नकारात्मक प्रकृतिले गर्दा त्यसैअनुसार बदलिन्छ, यी भाषाहरूको अध्ययन गर्नु प्रायः गरेर पढाइको महत्‍वपूर्ण भागको रूपमा ठानिन्छ ।PHs 62.3

    यस्ता ग्रन्थहरूमा निपूण मानिसहरू अन्तमा यही घोषणा गर्छन् कि “ग्रीक वियोगान्त नाटकहरू व्यभिचारपूर्ण घटना, हत्या र कामातुर प्रतिशोधले भरिएका भगवानहरूलाई चढाइएका मानव बलिदान सम्बन्धि लेखहरूले भरिएका छन् ।” यस्ता श्रोताहरूबाट शिक्षा प्राप्‍त गरिनुको साटो यसलाई पूर्णरूपमा हटाइएको भए यसले संसारको निम्ति हित गर्ने थियो । “जलिरहेको भुङ्ग्रामा कुनै मानिस हिँड्‍यो भने के त्यसका खुट्टा पोल्दैनन् र ?” (हितोपदेश ६:२८) । “अशुद्धताबाट कसले शुद्ध निकाल्‍न सक्छ ? कसैले सक्दैन !” (अय्यूब १४:४) । के हामीले यस्ता युवाहरूबाट इसाई चरित्रको विकास होला भनी आशा राख्‍न सक्दैछौं त ? जसको शिक्षा परमेश्‍‍वरका सिद्धान्तका विपरीत भएका पढाइद्वारा प्रेरित छन् ।PHs 62.4

    संयमलाई छोडेर, उपद्रवी रमाइलो वा लम्पट र दुष्‍टतामा आफूलाई डुबाएर विद्यार्थीहरूले उनीहरूको अगाडि जे पढ्‍नुपर्छ भनी राखिएको छ, त्यसैबाट यही कुरा सिकिरहेका हुन्छन् । कुनै-कुनै बेला त्यहाँ यस्ता मागहरू आउँछन् जसको निम्ति ग्रीक र ल्याटिन भाषाका ज्ञान हुनैपर्छ । कसैले यस्ता भाषा पढ्‍नैपर्छ । तर व्यवहारिक उपयोगिताको लागि आवश्‍‍यक ती भाषाहरूका ज्ञान हुनैपर्छ । कसैले यस्ता भाषा पढ्‍नैपर्छ । तर व्यवहारिक उपयोगिताको लागि आवश्‍‍यक ती भाषाहरूका ज्ञान त्यस्ता भ्रष्‍ट साहित्य नपढीकन पनि हासिल गर्न सकिन्छ ।PHs 63.1

    धेरै जनाको लागि ग्रीक र ल्याटिन भाषाको ज्ञान हुनु आवश्‍‍यक छैन । जुन विषयले शरीर मनका शक्तिहरूलाई ठीक रूपले सञ्‍चालन गर्न सिकाउँछ, यीबाहेक मृत भाषाहरूका अध्ययनलाई सहायक मात्र ठानिनुपर्छ । जीवनका व्यवहारिक कर्तव्यको तालिमलाई लत्याएर, मृत भाषा र अन्य विषयका ज्ञानका पुस्तकमा आफ्‍नो समय बिताउनु मूर्खता होPHs 63.2

    जब विद्यार्थीहरूले स्कूल छोड्‍छन्, तब तिनीहरूले आफूसित के लिएर जान्छन् त ? उनीहरू कतातिर जाँदैछन् ? अब तिनीहरूले के गर्नु पर्नेछ त ? के उनीहरूमा अरूलाई सिकाउन सक्‍ने ज्ञान छ ? के उनीहरूलाई असल बाबु-आमा बन्नका लागि शिक्षित गराइएका छन् त ? के तिनीहरू परिवारको एक बुद्धिमान शिक्षकको रूपमा अगुवा बन्न सक्छन् त ? नाम काढे़र पुकारिने योग्य शिक्षा त्यही शिक्षा हो जसले जवान युवा र युवतीहरूलाई ख्रीष्‍टजस्तै बन्न अभिप्रेरित गर्नेछ, जसले तिनीहरूलाई जीवनका उत्तरदायित्‍वहरूलाई वहन गर्ने योग्य तुल्याउँदछ र तिनीहरूलाई घरको अगुवा बनाउन सक्दछ । यस प्रकारको ज्ञान संसारिक अन्य जातिहरूका उच्‍चकोटिका ग्रन्थहरू अध्ययनद्वारा प्राप्‍त गरिनु हुँदैन ।PHs 63.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents