Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    २. हन्नास सामु र कैयाफाको अदालतमा

    मत्ती २६:५७-७५; २७:१; मर्कूस १४:५३-७२; १५:१; लूका २२:५४-७१; यूहन्ना १८:१३-२७ मा आधारित ।

    किद्रोन खोला पारी, जैतुन बगैंचादेखि पर मस्त निद्रामा परेका शहरको सुनसान गल्‍लीबीच तिनीहरूले येशूलाई हतारपूर्वक हिंडाए । मध्यरातको समय बितिसकेको थियो, र उहाँको पछि लागेका जनसमूहका नारा चकमन्न वातावरणमा चर्को रूपमा सुन्न सकिन्थ्यो । मुक्तिदातालाई बाँधिएको तथा कडारूपमा पहरा दिइएको थियो, र उहाँ कष्‍टपूर्वक हिड्‍नुभयो । तर उहाँलाई पक्रने मानिसहरूचाहिँ उत्सुक हतारका साथ पूर्व-प्रधान पूजाहारी हन्नासको दरबारतर्फ अघि बढे ।PAP 20.1

    हन्नास पूजाहारी घरानाका पुरोहित्याइँ गर्ने प्रमुख पूजाहारी थिए, र हन्नासको उमेरको कदर गर्दै मानिसहरूले उनलाई प्रधान पूजाहारीको रूपमा स्‍वीकारेका थिए । मानिसहरू उनको परामर्शको खोजी गर्दथे र त्यसलाई परमेश्‍‍वरको वाणीको रूपमा पालन गर्ने गर्दथे । सर्वप्रथम उसले येशूलाई पूजाहारीको शक्तिद्वारा कैदी ठहराउनुपर्नेछ । कम अनुभवी कैयाफाहरूले सही निर्णय लिनमा असफल हुने डर व्याप्‍त भएको कारण स्‍वयम् ऊ आफै कैदीको छानबीन गर्न उपस्थित हुनुपर्नेछ । यस अवसरका निम्ति हन्नासको चलाखी, धुर्तपन, तथा चतुरपनको प्रयोग गरिनुपर्छ किनकि कुनै हालतमा पनि ख्रीष्‍टलाई दोषी ठहऱ्याइनुपर्नेछPAP 20.2

    ख्रीष्‍टलाई आधिकारिकरूपमा यरुशलेमको सर्वोच्‍च परिषदद्वारा पुर्पक्ष गरिनुपर्ने थियो; तर उहाँलाई प्रारम्भिक पुर्पक्षका लागि हन्नासको सामु लगियो । रोमी कानून मुताविक यरुशलेमको सर्वोच्‍च परिषदलाई मृत्युदण्ड दिने अधिकार थिएन । तिनीहरूले केवल कैदीहरूलाई छानबीन गर्न तथा फैसला सुनाउन सक्थे जुन फैसलालाई रोमी अधिकारीहरूले लागू गर्ने गर्दथे । तसर्थ ख्रीष्‍टविरुद्ध यस्ता आरोपहरू लगाइनु आवश्‍‍यक थियो जसद्वारा रोमीहरूले उहाँलाई अपराधीको रूपमा सावित गर्न सक्‍नेछन् । साथै उहाँमाथि एक यस्तो आरोप लगाइनुपर्नेछ जसद्वारा यहूदीहरूका नजरमा पनि उहाँलाई दोषी ठहराउन सकियोस् । पूजाहारी तथा शासक वर्गका केही मानिसहरू पनि वास्तवमा ख्रीष्‍टको शिक्षाप्रति विश्‍‍वस्त भएका थिए, र निर्वासनको डरले गर्दा मात्र तिनीहरूले उहाँलाई स्‍वीकार गरेका थिएनन् । पूजाहारीहरूले निकोदिमसको यस प्रश्‍नलाई राम्ररी सम्झेका थिए, “के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनुवाइ नभई, र त्यसले के गरेको छ सो नजानीकन त्यसलाई दोषी ठहराउँछ र ?” यूहन्ना ७:५१ । यस प्रश्‍नले केही समयको लागि परिषदलाई नै भङ्ग तुल्याएको तथा तिनीहरूका योजनाहरूलाई विफल पारेको थियो । अरिमाथियाका योसेफ र निकोदिमसलाई अहिले डाकिनुहुन्न, तर न्यायको पक्षमा बोल्‍ने साहस गर्ने त्यहाँ अन्य मानिसहरू पनि थिए । यरुशलेमको सर्वोच्‍च परिषदका सदस्यहरूलाई एकत्रित पारिने उद्देश्‍‍यका साथ पुर्पक्ष सञ्‍चालन गरिनुपर्नेछ । पूजाहारीहरूले उहाँमाथि दुईवटा आरोपहरू लगाउने इच्छा राखे । यदि येशूलाई ईश्‍‍वरनिन्दकको रूपमा प्रमाणित गरिएको खण्डमा उहाँ यहूदीहरूद्वारा दोषी ठहरिनुहुनेछ । यदि राजद्रोहको दोषी सावित गरिएको खण्डमा उहाँ रोमीहरूद्वारा दोषी ठहरिनुहुनेछ । हन्नासले सर्वप्रथम दोश्रो आरोपलाई स्थापित गर्ने प्रयास गऱ्यो । उसले येशूबाट यो आशा राख्दै उहाँका चेलाहरू तथा सिद्धान्तहरूका बारेमा प्रश्‍न गऱ्यो कि एक कैदीको हैसियतले उहाँले कुनै त्यस्तो विषय बोल्‍नुहुनेछ जसद्वारा कुरालाई अगाडी बढाउन सकियोस् । उसले येशू एक नयाँ राज्य स्थापना गर्ने उद्देश्‍‍यका साथ एक गुप्‍त समाज स्थापना गर्ने प्रयत्‍न गर्दैहुनुहुन्छ भनी प्रमाणित गर्नका निम्ति उहाँबाट केही वक्तव्य पाउने आशा राख्यो । यसप्रकारका पूजाहारीहरूले उहाँलाई शान्ति खलबल गर्ने तथा विद्रोह मच्‍चाउने व्यक्तिको रूपमा रोमीहरूको हातमा सुम्पन सक्‍नेछन् ।PAP 21.1

    ख्रीष्‍टले पूजाहारीहरूका उद्देश्‍‍यलाई एक खुल्‍ला पुस्तकसरह पढ्‍नुभयो । उहाँका प्रश्‍नकर्ताहरूका भित्री मनलाई पढ्‍नु भए झैं उहाँले उहाँ तथा उहाँका चेलाहरूका बीचमा कुनै गुप्‍त सम्बन्ध कायम भएको छ, वा उहाँका योजनाहरूलाई खुलस्त पार्नका निम्ति तिनीहरूलाई गुप्‍त रूपमा अन्धकारमा भेला गरिएको छ भन्ने कुरालाई इन्कार गर्नुभयो । उहाँका उद्देश्‍‍य वा सिद्धान्तहरूका बारेमा उहाँसित कुनै गोप्य कुराहरू थिएनन् । उहाँले जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनको छु । मैले सधैं सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन् । मैले गुप्‍तमा केही भनेको छैन ।”PAP 22.1

    मुक्तिदाताले उहाँको कार्यशैली तथा उहाँमाथि आरोप लगाउने मानिसहरूका विधिहरूका बीचमा विद्यमान अन्तरलाई प्रकट गर्नुभयो । उहाँलाई फसाउले प्रयत्‍न गर्दै तथा सोझो तरिकाद्वारा झूटो गवाही बनाउन नसकिने हुनाले सो उद्देश्‍‍य सम्भव तुल्याउन तथा उहाँलाई गोप्य अदालतमा ल्याउले प्रयत्‍न गर्दै महिनौसम्म तिनीहरूले उहाँको खोजी गरेका थिए । अब तिनीहरू आफ्‍ना उद्देश्‍‍यलाई पूरा गर्दैथिए । उहाँ मध्यरातमा जनसमूहद्वारा पक्राउ पर्नु, दोषी ठहराइनु अघि नै खिल्‍ली तथा दुर्व्यवहार गरिनु उहाँको कार्यशैली नभई उनीहरूका कार्यशैली थियो । उनीहरूका क्रियाकलाप वास्तवमा कानूनको उल्‍लङ्घन थियो । स्‍वयम् तिनीहरूकै कानूनमुताविक कुनै व्यक्तिलाई दोषी सावित नगरिएसम्म निर्दोष व्यक्तिको रूपमा व्यवहार गरिनु पर्नेथियो । पूजाहारीहरू स्‍वयम् आफ्‍नै नियमहरूद्वारा दोषी ठहरिए ।PAP 22.2

    येशूले उहाँका प्रश्‍नकर्ताहरूलाई भन्नुभयो, “मलाई किन सोध्‍नुहुन्छ ?” के पूजाहारी तथा शासकहरूले उहाँका गतिविधिहरू हेर्न तथा उहाँले बोल्‍नुभएका हरेक कुराको खबर ल्याउनका निम्ति गुप्‍तचरहरू पठाएका थिएनन् त ? के गुप्‍तचरहरू मानिसहरूका झुण्डमा भेला भई उहाँका हरेक कथन तथा कर्मका जानकारी पूजाहारीहरू कहाँ लगेका थिएनन् त ? येशूले जवाफ दिनुभयो, “मैले तिनीहरूलाई के भने सो सुन्नेहरूलाई नै सोध्‍नुहोस् । मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ ।”PAP 23.1

    हन्नास जवाफको निर्णयद्वारा निःशब्द बन्नपुगेका थिए । आफूले लुकाउन चाहेको आफ्‍नो क्रियाकलापको सिलसिलामा ख्रीष्‍टले केही बोल्‍नुहुने हो कि भन्ने भयका साथ उसले यतिखेर उहाँसँग केही पनि बोलेन । हन्नास यसरी निःशब्द बन्नपुगेकोमा उसको एक अधिकारीले येशूलाई गालामा प्रहार गर्दै यसो भन्यो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस् ?”PAP 23.2

    ख्रीष्‍टले शान्तपूर्वक यसरी जवाफ दिनुभयो, “मैले बेठीक भनेको भए त्यसको गवाही देऊ, तर यदि मैले ठीकै भनेको हो भने मलाई किन हिर्काउँछौ ?” उहाँले बदलामा कुनै तीखो शब्दहरू बोल्‍नुभएन । उहाँको शान्त जवाफ एक यस्तो पापरहित, धैर्य, तथा नम्र हृदयदेखि आएको थियो जुन हृदय रिसको वशमा पर्दैनथ्यो ।PAP 24.1

    ख्रीष्‍टले उत्सुकतापूर्वक दुर्व्यवहार र अपमान सहनुभयो । जुन मानिसलाई स्‍वयम् उहाँ आफैले सृष्‍टि गर्नुभएको थियो, र जसको निम्ति उहाँले असीमित बलिदान गर्दैहुनुहुन्थ्यो सोहि मानिसहरूबाट उहाँले हरेक अपमान पाउनुभयो । उहाँले आफ्‍नो पवित्रताको पूर्णता तथा पापप्रति उहाँको घृणाको अनुपातमै पीडा भोग्‍नुभयो । जुन मानिसहरूले शैतानको रूपमा व्यवहार गरिरहेका थिए ती मानिसहरूद्वारा नै उहाँको पुर्पक्ष हुनु भनेको उहाँको निम्ति एक अविरल बलिदान सरह नै थियो । शैतानको नियन्‍‍त्रणमा रहेका मानिसहरूद्वारा घेरिनु उहाँको निम्ति घिनलाग्दो कुरा थियो । उहाँले आफ्‍नो ईश्‍‍वरीय शक्तिको एक झलकद्वारा नै उहाँलाई यातना दिने क्रूर मानिसहरूलाई भूइँमा लडाउन सक्‍नुहुने थियो भन्ने कुरा उहाँलाई थाहा थियो । यसले गर्दा नै उहाँको पुर्पक्ष असह्‍यरूपमा अझ कठिन सावित भयो ।PAP 24.2

    यहूदीहरू मुक्तिदाता भौतिक प्रदर्शनका साथ प्रकट हुनुहुनेछ भनी प्रतिक्षा गरिरहेका थिए । उहाँले एक शक्तिशाली बिचारको झलकका साथ मानवजातिको बिचारहरूका प्रवाहलाई नै परिर्वतन गर्नुहुनेछ तथा मानिसहरूले उहाँको सर्वोच्‍चतालाई स्‍वीकार गर्नेछन् भनी तिनीहरूले आशा राखेका थिए । यसप्रकार मुक्तिदाताले आफ्‍नो पूजनलाई सुरक्षित राख्‍नुपर्ने तथा तिनीहरूका महत्‍वाकांक्षी आशाहरूलाई तृप्‍त पार्नु पर्नेछ भनी तिनीहरूले विश्‍‍वास राखेका थिए । यसप्रकार जब ख्रीष्‍टमाथि अनादरपूर्वक व्यवहार गरिएको थियो तब उहाँमा आफ्‍नो ईश्‍‍वरीय चरित्र प्रकट गर्ने मजबुत परीक्षा आइपरेको थियो । उहाँले केवल आफ्‍नो वचन तथा हेराइद्वारा आफूलाई खेदो गर्ने मानिसहरूलाई उहाँ नै राजा, शासक, पूजाहारी, तथा मन्दिरभन्दा उच्‍च परमप्रभु हुनुहुन्छ भनी स्‍वीकार गर्न बाध्य तुल्याउन सक्‍नुहुनेथियो । तर मानव स्‍वाभावमा उहाँले रोज्‍नुभएको पदलाई कायम राख्‍नु उहाँको लागि मुश्‍‍किल कार्य थियो ।PAP 24.3

    स्‍वर्गदूतहरूले आफ्‍ना प्रिय परमप्रभुविरुद्ध चालिएका हरेक गतिविधिलाई देखेका थिए । तिनीहरूले ख्रीष्‍टलाई रक्षा गर्ने इच्छा राखेका थिए । परमेश्‍‍वरको अधीनमा रहेका स्‍वर्गदूतहरू शक्तिशाली छन् । ख्रीष्‍टको आज्ञापालन गर्दै स्‍वर्गदूतहरूले एकै रातमा एक लाख पचासी हजार अश्‍शूरी सेनाहरूका हत्या गरेका थिए । ख्रीष्‍टले पुर्पक्ष जस्तो लज्‍जापूर्ण दृश्‍‍य देखेपछि स्‍वर्गदूतहरूले परमेश्‍‍वरका शत्रुहरूलाई स्‍वाहा पार्दै कति सहजरूपमै यस घटनाप्रति आफ्‍ना क्रोध पोख्‍न सक्‍नेथिए ! तर उनीहरूलाई सो गर्नेअनुमति थिएन । उहाँले आफ्‍ना शत्रुहरूलाई नाश पार्न सक्‍नुहुन्थ्यो; तर उहाँले तिनीहरूका क्रूरतालाई सहनुभयो । परमेश्‍‍वर पिताप्रति उहाँको प्रेम, तथा संसारको शुरुवातमै पाप धारण गर्ने उहाँको प्रतिज्ञाले उहाँलाई ती मानिसहरूका रुखो व्यवहारलाई कुनै गुनासोबिना नै सहन प्रेरित गऱ्यो जुन मानवजातिलाई बचाउनकै निम्ति उहाँ आउनुभयो । मानिसहरूले उहाँको मानव स्‍वभावमाथि खन्याउन सक्‍ने जति सबै छेडछाड तथा दुर्व्यवहारलाई सहनु पनि उहाँको जिवनको उद्धेश्‍‍यको एक अंश थियो । मानवजातिको एकमात्र आशा भन्नु नै मानवहरूद्वारा ख्रीष्‍टमाथि खन्याइएको हरेक यातनालाई सहँदै उहाँले स्‍वयम् आफैलाई उनीहरूका हातमा समर्पण गर्नु थियो ।PAP 25.1

    ख्रीष्‍टले उहाँको वादीहरूलाई दाउ मिल्‍नेगरी त्यस्तो कुनै कुरा बोल्‍नुभएको थिएन; तैपनि उहाँलाई बाँधिएको थियो, जसले उहाँलाई दोषी ठहराइएको थियो भन्ने कुरा प्रकट गर्दछ । तर त्यहाँ इन्साफको बहाना गरिनु आवश्‍‍यक थियो । तसर्थ कानुनी पूर्पक्षको अभ्यास गरिनु आवश्‍‍यक थियो । शासकहरूले यही क्रमलाई शीघ्रताका साथ अघि बढाउने अठोट गरेका थिए । मानिसहरूले येशूलाई कुन मात्रामा आस्था राख्‍ने गर्दथे भन्ने कुरा तिनीहरूलाई थाहा थियो र तिनीहरूलाई यो डर थियो कि यदि पक्राउको बारेमा सर्वत्र हल्‍ला मच्‍चाइएको खण्डमा उहाँको उद्धार गर्ने प्रयास गरिनेछ । साथै पुर्पक्ष अनि प्राणदण्डको क्रमलाई तत्कालै अगाडी नबढाइएको खण्डमा निस्तार-चाडको कारण त्यहाँ एक हप्‍ताको विलम्ब हुने थियो । यसले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउन पनि सक्‍नेछ । येशूलाई दोषी ठहराउनका निम्ति तिनीहरू जनसमूहको खैलाबैलामा अधिकमात्रामा निर्भर रहे जसमध्ये धेरैजसो यरुशलेमकै निम्‍न श्रेणीका मानिसहरू थिए । यदि एक हप्‍ताको विलम्ब हुनगएको खण्डमा मानिसहरूमा उत्तेजना घट्‍नेछ तथा प्रतिक्रिया पनि उत्पन्न हुनसक्‍नेछ । धेरैजसो मानिसहरू उहाँकै समर्थनमा उत्तेजित हुनेछन्; धेरै मानिसहरू उहाँले गर्नुभएका महान् कार्यहरूका बारेमा प्रकाश पार्दै उहाँको सफाइ दिंदै गवाहीका साथ अघि सर्नेछन् । यसले यरुशलेमको सर्वोच्‍च परिषद विरुद्धको प्रचलित क्रोधलाई उत्तेजित पार्नेछ । तिनीहरूका पुर्पक्षहरूका निन्दा गरिनेछ, र येशूलाई स्‍वतन्‍‍त्र छाडिनेछ र यसप्रकार उहाँले जनसमूहद्वारा नयाँ श्रद्धा पाउनुहुनेछ । तसर्थ पूजाहारी तथा शासकहरूका उद्देश्‍‍य सार्वजनिक हुनुअघि नै येशूलाई रोमीहरूका हातमा जिम्मा लागाइनुपर्नेछ भनी तिनीहरूले अठोट गरे ।PAP 26.1

    तर सर्वप्रथमतः दोष पत्ता लगाइनुपर्नेछ । तिनीहरूले अहिलेसम्म केही पनि पत्ता लगाएका थिएनन् । हन्नासले येशूलाई कैयाफाहरूका सामु लैजाने आज्ञा दिए । कैयाफहरू सदूकी वर्गमा अधिकारीहरू थिए जसमध्ये केही येशूका कट्टर शत्रुहरू थिए । कैयाफा स्‍वभावमा हन्नासभन्दा कम शक्तिशाली भए तापनि वास्तवमा हन्नासजस्तै कठोर, निर्मम, तथा कुटिल थिए । ऊ येशूको विनाशका लागि कुनैपनि उपाय अपनाउनुदेखि पछि हट्‍नेछैन । यो बिहानको झिसमिसेको समय भएकोले अझै पनि निकै अँध्यारो थियो; र हातहतियारद्वारा सुसज्‍जित जनसमूह राँको अनि लालटिन बाल्दै आफ्‍ना कैदी येशूसँगै प्रधान पूजाहारीको महलतर्फ अघि बढे । जब येरुशलेमको सर्वोच्‍च परिषदका सदस्यहरू भेला हुँदैथिए हन्नास र कैयाफाहरूले येशूलाई पुनः प्रश्‍न गरे, तर तिनीहरूले यसमा पनि कुनै सफलता हात पारेनन् ।PAP 27.1

    जब महलमा महासभाका सदस्यहरू भेला भए तब कैयाफा नामक प्रधान पूजाहारीले अध्यक्षको आसन ग्रहण गऱ्यो । कैयाफको दुबैतर्फ पुर्पक्षमाथि विशेषरूपले चाख लिएका न्यायधीशहरू आसन्न थिए । सिंहासनमुनि मञ्‍चमा रोमी सेनाहरूलाई तैनाथ गरिएको थियो । सिंहासनको सामु येशू खडा हुनुहुन्थ्यो । सारा जनसमूहका नजर ख्रीष्‍टमाथि नै केन्द्रित थियो । उत्तेजना अति नै तिव्र प्रकारको थियो । सारा जनसमूहमध्ये केवल उहाँमात्र शान्त तथा निर्मल हुनुहुन्थ्यो । उहाँ वरिपरिको वातावरण नै उहाँको पवित्र प्रभावद्वारा व्याप्‍त भए झैं देखिन्थ्यो ।PAP 27.2

    कैयाफले येशूलाई आफ्‍नो विरोधीको रूपमा लिएको थियो । मानिसहरूले मुक्तिदाताको वचन सुन्न देखाउले उत्सुकता तथा उहाँका शिक्षाहरू ग्रहण गर्न देखाउने तत्परताले प्रधान पूजाहारीमा तितो ईर्ष्याको भावना उब्‍जाएको थियो । तर जब कैयाफाले कैदीमाथि आफ्‍नो नजर लगायो तब उहाँको कुलिन तथा प्रतिष्‍ठित स्‍वभावप्रति गरिने तारिफद्वारा उसको मनमा प्रहार हुनपुग्यो । उसको मनमा यो विश्‍‍वास जागेर आयो कि उहाँ परमेश्‍‍वरको कुटुम्बी हुनुहुन्छ । अर्को केही पलभित्रमै उसले तिरस्कारका साथ आफ्‍नो मनको सो बिचारलाई हटायो । तुरुन्तै उसले उपहास तथा घमण्डले भरिपूर्ण सोरका साथ येशूलाई मानिसहरूका सामु एक महान् आश्‍चर्यको काम गर्नका निम्ति माग गऱ्यो । तर उसका बोलीहरूलाई मुक्तिदाताले अनसुनझैं गर्नुभयो । मानिसहरूले हन्नास र कैयाफाको उत्तेजित तथा उग्र आचरणलाई येशूको शान्त तथा राजकीय आचरणसित तुलना गरे । कठोर हृदययुक्त मानिसहरूका मनमा समेत यो प्रश्‍न उठ्‍यो, “यसरी परमेश्‍‍वरको उपस्थिति भएको मानिसलाई पनि एक अपराधीलाई झैं दोषी ठहराइनेछ त ?”PAP 28.1

    येशूले यसरी मानिसहरूबाट प्रभाव हासिल गर्दैहुनुहुन्छ भन्ने कुरा चाल पाउनसाथ कैयाफाले पुर्पक्षको क्रमलाई तीव्र पाऱ्यो येशूका शत्रुहरू ठूलो अन्योलमा परे । तिनीहरू उहाँलाई दोषी ठहराउनमा अति तल्‍लीन थिए तर सो कसरी हासिल गर्ने भनी उनीहरू जान्दैनथे । महासभाका सदस्यहरू फरिसी तथा सदुकीहरूका बीचमा विभाजित थियो । तिनीहरूका बीचमा तितो वैरभाव तथा विवाद कायम थियो; र कलह उत्पन्न हुने डरका कारण तिनीहरू कुनै निश्‍चित वादविादका बूँदाहरूलाई एक अर्का सामु प्रस्तुत गर्न समेत साहस गर्दैनथे । येशूले केही शब्दहरूद्वारा नै एक अर्का विरुद्ध तिनीहरूका पूर्वधारणा उत्तेजित तुल्याई उहाँ विरुद्धको तिनीहरूका क्रोधलाई टार्न सक्‍नुहुन्थ्यो । कैयाफालाई यो कुरा थाहा भएकै कारण उसले विवाद चर्काउन चाहेन । ख्रीष्‍टले पूजाहारी तथा सचिवहरूलाई त्याग्‍नुभएको तथा तिनीहरूलाई पाखण्डी तथा हत्यारा भन्नुभएको भनी प्रमाणित गर्नका निम्ति त्यहाँ धेरै साक्षीहरू थिए; तर यस प्रमाणलाई प्रकाशमा ल्याउनु उचित थिएन । फरिसीहरूप्रति सदुकीहरूसँग तिखो विवाद रहेकै कारण सदुकीहरूले तिनीहरूप्रति पनि सोहि भाषाको प्रयोग गरे । फरिसीहरूका देखावटीपन प्रति वाक्‍क भइसकेका कारण रोमीहरूले त्यस्ता प्रमाणहरूलाई आधिकारिक मान्ने थिएनन् । येशूले यहूदीहरूका रीतिरिवाजहरूलाई उपेक्षा गर्नुभएको तथा तिनीहरूका विधिहरूका बारेमा अनादरपूर्वक बोल्‍नुभएको थियो भनी प्रमाणित गर्न त्यहाँ प्रचुर प्रमाणहरू थिए; तर रीतिरिवाजको मामलामा फरिसी तथा सदुकीहरू तरवार उठाउन समेत तम्तयार थिए; र रोमीहरूले यस प्रमाणलाई पनि आधिकारिक मान्ने थिएनन् । ख्रीष्‍टका शत्रुहरूले उहाँले शबाथ-दिन भङ्ग गर्नुभएको भनी उहाँमाथि दोष नगाउने शाहस गरेनन्, अन्यथा यस विषयमा गरिने छानबीनले उहाँको कार्यको स्‍वभावलाई प्रकट गर्नेथियो । यदि उहाँको चङ्गाइदानको आश्‍चर्य कामलाई प्रकाशमा ल्याइएको खण्डमा पूजाहारीहरूका उद्देश्‍‍य नै भाताभुङ्ग हुनेथियो ।PAP 28.2

    येशूले पृथक राज्य स्थापना गर्ने उद्देश्‍‍यका साथ विद्रोह भड्‍काउनुभएको छ भनी दोषी ठहराउनका निम्ति घुस खुवाई झूटा गवाहीहरू तयार पारिएको थियो । तर तिनीहरूका प्रमाण फितलो तथा परस्परविरोधी सावित भए । छानबीनको क्रममा तिनीहरूले आफ्‍नै बयानहरूलाई बदले ।PAP 29.1

    ख्रीष्‍टले आफ्‍नो सेवाकाइको शुुुुरुवाततिर “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” भनी बताउनुभएको थियो । भविष्यकसूचक सांकेतिक भाषामा उहाँले स्‍वयम् आफ्‍नै मृत्यु तथा पुनरुत्थानको बारेमा अग्रिमरूपमा बताउनुभएको थियो । “तर जुन मन्दिरको विषयमा उहाँ बोल्‍नेभएको थियो, त्यो उहाँको शरीर थियो ।” यूहन्ना २:१९, २१ । यी वचनलाई यहूदीहरूले वास्तविक अर्थमा येरुशलेमको मन्दिरको रूपमा बुझे । ख्रीष्‍टले भन्नुभएका सबै कुराहरूमध्ये उहाँको विरुद्धमा प्रयोग गर्नका निम्ति यो बाहेक अन्य कुनै कुरा तिनीहरूले फेला पारेनन् । तिनीहरूले यिनै वचनहरूका गलत अर्थ लगाई एक लाभ हासिल गर्ने आशा राखे । रोमीहरू मन्दिर पूनः निर्माण गर्न तथा सिंगार्नमा जुटेका थिए, र तिनीहरू यस कार्यमाथि ठूलो गर्व लिने गर्दथे; र यसप्रति प्रकट गरिने कुनै पनि तिरस्कारले तिनीहरूका क्रोधलाई जगाउने पूरा निश्‍चित थियो । यहाँ रोमी, फरिसी, तथा सदुकीहरू आउन सक्दथे; किनकि सबैले मन्दिरलाई महान् आदरको रूपमा लिने गर्दथे । यस बूँदामा दुई यस्ता गवाहीहरू फेला परे जसका बयानहरू अन्य मानिसहरूका जति परस्परविरोधी थिएनन् । येशूलाई दोषी ठहराउने उद्देश्‍‍यका साथ यसरी घुस लिएका व्यक्तिहरूमध्ये एकले भन्यो, “यस मानिसले ‘म मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्मण गर्न सक्छु’ भन्यो ।” यसप्रकार ख्रीष्का वचनहरूका गलत अर्थ लगाइयो । यदि उहाँले बताउनुभए मुताविक नै तिनीहरूले बताएका भए यरुशलेमको सर्वोच्‍च परिषदद्वारा समेत उहाँलाई दोषी सावित गर्न सकिने थिएन । यदि येशू यहूदीहरूका दावीमुताविक एक साधारण मानिसमात्र हुनुभएको भए उहाँको घोषणाले केवल अविवेकशील अनि शेखीयुक्त स्‍वभाव मात्र झल्काउने थियो तर ईश्‍‍वरनिन्दाको अर्थ लाउन सकिने थिएन । झूटा गवाहीहरूले झूटो कुरा बताएता पनि उहाँको वचनमा त्यहाँ कुनै त्यस्तो कुरा फेला परेन जसद्वारा रोमीहरूका नजरमा उहाँलाई प्राणदण्ड दिने योग्यको अपराधी ठहराउन सकियोस् ।PAP 30.1

    येशूले धैर्यताका साथ अमिल्दो बयानहरूलाई सुन्नुभयो । उहाँले आत्मरक्षाका खातिर एक शब्द पनि बोल्‍नुभएन । अन्त्यमा उहाँलाई दोष लगाउने मानिसहरू जेलिए, अलमलिए, र क्रोधित बने । पुर्पक्षको क्रममा अधि बढेको थिएन; र तिनीहरूका षड्‍यन्‍‍त्रहरू विफल सावित होला जस्तै देखिन्थ्यो । कैयाफा आतुर देखिन्थ्यो । ख्रीष्‍टलाई बलजफतीरूपमा स्‍वयम् आफैद्वारा दोषी ठहराउनु नै अन्तिम उपायको रूपमा बाँकी थियो । न्यायासनमा आसन्न प्रधान पूजाहारीले करुणाका साथ आफ्‍नो अनुहारलाई खुम्‍च्यायो जबकि उसको आवाज आचरणले स्पष्‍टरूपमा यो कुरालाई सुचित गर्दथ्यो कि यदि उसँग सो अधिकार भएको भए उसले आफ्‍नो सामु भएको कैदीलाई प्रहार गर्नेथियो । उसले भन्यो, “के तँ केही जवाफ दिंदैनस् ? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो ?”PAP 31.1

    येशूले आफ्‍नो शान्तिलाई कायम राख्‍नुभयो । “ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्‍ट पऱ्यो, तापनि उसले आफ्‍नो मुख खोलेन । मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो । आफ्‍नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उनले पनि आफ्‍नो मुख खोलेन ।” (यशैया ५३:७) ।PAP 31.2

    अन्त्यमा कैयाफाले आफ्‍नो दाहिने हातलाई स्‍वर्गतर्फ उठाउँदै गम्भीर शपथ लिएझैं येशूलाई यसरी सम्बोधन गऱ्यो, “जीवित परमेश्‍‍वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्‍‍वरको पुत्र ख्रीष्‍ट होस् ?”PAP 32.1

    यस आव्हानप्रति ख्रीष्‍ट मूख रहन सक्‍नुभएन । त्यहाँ मूख रहने एक समय थियो, र बोल्‍ने अर्को समय थियो । प्रत्यक्षरूपमा नसोधिएसम्म उहाँले केही पनि बोल्‍नुभएको थिएन । उहाँलाई यो थाहा थियो कि यतिखेर जवाफ दिनु भनेको आफ्‍नो मृत्युलाई निश्‍चित तुल्याउनु हो । तर यो आव्हान राज्यकै सर्वोच्‍च अख्तियार तथा सर्वशक्तिमान् परमेश्‍‍वरको नाउँमा गरिएको थियो । ख्रीष्‍ट व्यवस्थाप्रति उचित सम्मान देखाउनुदेखि चुक्‍नुहुने थिएन । यस भन्दा बढी त उहाँ र परमेश्‍‍वको सम्बन्धमाथि नै प्रश्‍न गरिएको थियो । उहाँले आफ्‍नो चरित्र तथा जीवनको उद्देश्‍‍यको बारेमा स्पष्‍टरूपमा घोषणा गर्नुपर्नेछ । “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छु, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्‍वीकार गर्नेछु ।” मत्ती १०:३२ । अब उहाँले स्‍वयम् आफ्‍नै उदाहरणद्वारा पाठलाई दोहोऱ्याउनुभयो ।PAP 32.2

    जब उहाँले “तपाईंले नै भनिहाल्‍नुभयो” भनी जवाफ दिनुभयो तब हरेक कान सुन्नका निम्ति झुकेका थिए भने हरेक आँखा चाहिँ उहाँकै अनुहारमाथि केन्द्रित थिए । जब उहाँले “तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ” भनी बताउनुभयो तब उहाँको निदाउरो अनुहार स्‍वर्गको ज्योतीद्वारा उज्‍ज्‍वल बन्नपुगेको थियो ।PAP 32.3

    केही समयको लागि ख्रीष्‍टको ईश्‍‍वरीय शक्ति उहाँको मानव रूपमार्फत् चम्कियो । मुक्तिदाताको तीखो दृष्‍टिको सामु प्रधान पूजाहारी काँप्‍नपुग्यो । यस्तो लाग्दथ्यो कि उहाँको त्यस हेराइले उसका गुप्‍त बिचारहरूलाई पढिरहेको तथा उसको हृदयलाई घोंचिरहेको थियो । यस उप्रान्त उसले आफ्‍नो जीवमा कहिल्यै पनि सतावटमा पर्नुभएको परमेश्‍‍वको पुत्रको त्यस कडा हेराइलाई भुल्‍न सकेन ।PAP 33.1

    येशूले भन्नुभयो, “अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ ।” यी वचनमार्फत ख्रीष्‍टले घटिरहेको घटनाको विपरीत दृश्‍‍य प्रस्तुत गर्नुभयो । जीवन र महिमाको परमप्रभुले परमेश्‍‍वरको दाहिने हाततर्फ आसन ग्रहण गर्नुहुनेछ । उहाँ सारा जगतका न्यायधीश बन्नुहुनेछ र उहाँको निर्णयमाथि त्यहाँ कुनै पुनर्विचार हुनेछैन । तब हरेक गुप्‍त कुराहरू परमेश्‍‍वरको नजर सामु खोलिनेछन्, र हरेक व्यक्तिलाई आफ्‍नो कामअनुसार इन्साफ सुनाइनेछ ।PAP 33.2

    ख्रीष्‍टको वचनहरूले प्रधान पूजाहारीहरूलाई झस्कायो । मृतकहरूका पुनरुत्थान हुनेछ, जब सबै मानिसहरू आफ्‍ना कामअनुसार इनाम पाउनका निम्ति परमेश्‍‍वरको अदालतमा खडा हुनुपर्नेछ भन्ने सोंचाइ नै कैयाफाका लागि एक त्रासको विषय थियो । भविष्यमा उसले आफ्‍नो कार्य मुताविक दण्ड पाउनेछ भनी उसले विश्‍‍वास गर्न चाहेन । उसको मनमा अन्तिम इन्साफको खुला दृश्‍‍य झल्कियो । केही पलका लागि उसले चिहानहरूले आफ्‍ना मृतकहरू दिएको भयानक दृश्‍‍य देख्यो, जुन गुप्‍त कुराहरू उसले आशा गरेमुताविक सदाको लागि गुप्‍त राखिए असल हुनेथियो । उसले केही पलका लागि आफू अनन्तको न्यायधीशको सामु खडा भइरहेको महसुस गऱ्यो, र उहाँको जुन आँखाले सबैथोक देख्‍न सक्छ त्यही आँखाले मृत्युमा लुक्‍नुपर्ने सबै रहस्यहरू प्रकाशमा ल्याउँदै उसको आत्मा पनि पढिरहनुभएको थियो ।PAP 33.3

    पूजाहारीको कल्पनाबाट सो दृश्‍‍य हटेर गयो । ख्रीष्‍टका वचनहरूले उसलाई तथा सदुकीहरूलाई प्रबलरूपमा ठेस पुऱ्यायो । कैयाफाले पुनरुत्थान, इन्साफ, तथा भविष्यको जीवन सम्बन्धी सिद्धान्तको बारेमा इन्कार गरेको थियो । अब ऊ शैतानको झोंकका साथ अति नै क्रोधित बन्नपुग्यो । के उसको सामु भएको कैदीले उसका सर्वाधिक आत्मीय सिद्धान्तहरूमाथि आक्रमण गर्नुपर्नेछ त ? मानिसहरूले उसको बनावटी धक्‍काको भावनालाई देख्‍न सकून् भन्ने उद्देश्‍‍यका साथ उसले आफ्‍नो बस्‍‌त्रलाई च्यात्यो र कुनै पुर्पक्षको थप प्रारम्भिक प्रबन्धबिना नै कैदीलाई ईश्‍‍वर-निन्दाका कारण दोषी ठहराइयोस् भनी आज्ञा दियो । उसले भन्यो, “हामीलाई अरू साक्षीहरूको के दरकार पऱ्यो र ? तिमीहरूले ईश्‍‍वर-निन्दा त सुनिहाल्यौ । तिमीहरूको के बिचार छ ?” यसप्रकार तिमीहरूले उहाँलाई दोषी ठहराए ।PAP 34.1

    दोष निरुपण तथा आवेशको भावना एक हुनपुगेपछि कैयाफालाई यस्तो निर्णय लिनेतर्फ अग्रसर तुल्यायो । ख्रीष्‍टको वचनमाथि विश्‍‍वास राखेको कारण ऊ स्‍वयम् आफैप्रति क्रोधित भयो, र सत्यताप्रतिको चेतनाद्वारा येशू नै मुक्तिदाता हुनुहुन्छ भनी पश्‍चत्ताप गर्दै आफ्‍नो हृदय चिर्नुको सट्टा उसले निर्धारित विरोधका साथ आफ्‍नो पूजाहारी बस्‍‌त्रलाई च्यात्यो । उसले आफ्‍नो पूजाहारी बस्‍‌त्रलाई च्यात्‍नु जस्तो यस कार्यको गहिरो अर्थ थियो । यसको अर्थको बारेमा स्‍वयम् कैयाफा आफै अनभिज्ञ थियो । न्यायधीशहरूलाई प्रभावित पार्दै ख्रीष्‍टलाई दोषी ठहराउने यस कार्यमार्फत प्रधान पूजाहारीले स्‍वयम् आफैलाई दोषी ठहराएको थियो । परमेश्‍‍वरको व्यवस्था मुताविक ऊ पूजाहारी पदको लागि अयोग्य ठहरिएको थियो । उसले स्‍वयम् आफैमाथि मृत्युदण्ड घोषणा गरिसकेको थियो ।PAP 35.1

    एक प्रधान पूजाहारीको हैसियतले उसले आफ्‍नो बस्‍‌त्र नच्यात्‍नुपर्ने थियो । लेवी व्यवस्था मुताविक यसो गर्नुको अर्थ मृत्युदण्डको भागिदार हुनु थियो । कुनै परिस्थिति वा अवस्थामा पनि पूजाहारीले आफ्‍नो बस्‍‌त्र च्यात्‍न हुँदैनथ्यो । यहूदी परम्परा मुताविक मित्रहरूका मृत्युको समयमा बस्‍‌त्र च्यात्‍नु एक परम्परा नै थियो, तर पूजाहारीहरूले यो परम्परालाई अपनाउनु आवश्‍‍यक थिएन । ख्रीष्‍टले मोशालाई यसबारेमा प्रष्‍ट आज्ञा दिनुभएको थियो । लेवी १०:६ ।PAP 35.2

    पूजाहारीले लगाउने हरेक बस्‍‌त्र पूर्ण तथा निष्खोट हुनुपर्नेथियो । ती आधिकारिक सुन्दर बस्‍‌त्रहरूले महान् प्रतिरूप येशू ख्रीष्‍टको चरित्रको प्रतिनिधित्‍व गर्दथे । परमेश्‍‍वरलाई बस्‍‌त्र, भाव, वचन, तथा मनमा पूर्णता बाहेक अन्य केही पनि स्‍वीकार्य छैनन् । उहाँ पवित्र हुनुहुन्छ, र उहाँको महिमा तथा पूर्णतालाई संसारिक सेवाद्वारा प्रतिनिधित्‍व गरिनुपर्छ । पूर्णताले बाहेक अन्य कुनै पनि कुराहरूले स्‍वर्गीय विधिहरूका पवित्रतालाई उतिचरूपमा प्रतिनिधित्‍व गर्न सक्‍नेछैनन् । एक सीमित मानिसले पश्‍चात्तापी तथा नम्र स्‍वभावद्वारा मात्र आफ्‍नो हृदयलाई चिर्न सक्‍नेछ । परमेश्‍‍वरले यसलाई प्रष्‍टरूपमा देख्‍नुहुनेछ । तर पूजाहारीको बस्‍‌त्रलाई च्यातिनुहुन्न, किनकि यसले स्‍वर्गीय कुराहरूका प्रतिनिधित्‍वलाई नष्‍ट पार्दछ । जुन प्रधान पूजाहारीले पवित्र स्थानको सेवाकाइ जस्तो पवित्र कार्यमा संलग्‍न हुन एक च्यातिएको बस्‍‌त्रका साथ आउने साहस गर्दथ्यो उसलाई परमेश्‍‍वरदेखि विच्छेद हुनपुगेको व्यक्तिको रूपमा गनिन्थ्यो । आफ्‍नो बस्‍‌त्रलाई च्यातेर उसले स्‍वयम् आफैलाई एक औपचारिक पूजाहारीको रूपमा स्‍वीकार गर्नुभएन । कैयाफाद्वारा प्रदर्शन गरिएको यस व्यवहारले मानव आवेश तथा पूर्णताको बारेमा देखाउँदछ ।PAP 35.3

    मानिसहरूका परम्परा मान्ने क्रममा कैयाफाले आफ्‍नो बस्‍‌त्र नै च्यातेर परमेश्‍‍वरको व्यवस्थालाई प्रभावहीन तुल्यायो । मानिसद्वारा बनाइएको व्यवस्था मुताविक ईश्‍‍वर-निन्दा गरिएको अवस्थामा पूजाहारीले पापप्रति घोर घृणा व्यक्त गर्दै आफ्‍नो बस्‍‌त्र च्यात्‍न सक्दथ्यो, र यसप्रकार निर्दोष ठहरिन सक्दथ्यो । यसरी मानिसहरूका व्यवस्थाद्वारा परमेश्‍‍वरको व्यवस्थालाई व्यर्थको तुल्याएको थियो ।PAP 36.1

    प्रधान पूजाहारीको प्रत्येक क्रियाकलापलाई मानिसहरूले चाखपूर्वक हेरिरहेका थिए; र कैयाफाले प्रभाव देखाउनका निम्ति आफ्‍नो भक्ति भावना प्रदर्शन गर्ने बिचार लियो । तर ख्रीष्‍टविरुद्ध रचिएका यस क्रियाकलापद्वारा उसले ख्रीष्‍टको निन्दा गर्दै थियो जसको बारेमा परमेश्‍‍वरले यसो भन्नुभएको थियो, “तिनैमा मेरो नाउँ छ ।” प्रस्थान २३:२१ । कैयाफा आफैले पनि ईश्‍‍वर-निन्दा गर्दैथियो । परमेश्‍‍वरद्वारा दोषी ठहरिए पछि उसले खीष्‍टलाई एक ईश्‍‍वर-निन्दकको दण्ड सुनायो ।PAP 36.2

    जब कैयाफाले आफ्‍नो बस्‍‌त्र च्यात्यो तब उसको यस क्रियाकलाप यहूदी राज्यले यसउप्रान्त परमेश्‍‍वरमा हासिल गर्ने सम्बन्धको बारेमा सार्थ सावित भयो । कुनै समय परमेश्‍‍वरका प्रियजनहरू अब परमेश्‍‍वरदेखि अलग हुँदैथिए र छिटै यहोवे परमेश्‍‍वरद्वारा त्यागिएका मानिसहरू कहलाईदैथिए । ख्रीष्‍टले जब क्रूसमा “अब सिद्धियो” भनी उच्‍चारण गर्नुभयो, (यूहन्ना १९:३०) र मन्दिरको पर्दा बीचबाट च्यातियो, अनि उहाँले यो घोषणा गर्नुभयो कि जुन यहूदी जनहरूले उहाँलाई त्यागेका थिए उहाँ नै तिनीहरूका सबै रूपका प्रतिरूप हुनुहुन्छ, जुन ती सबै छायाहरूका सार हुनुहुन्छ । इस्राएल एक राज्यको हैसियतले परमेश्‍‍वरदेखि सम्बन्ध विच्छेद गरिसकेको थियो । कैयाफाले आफ्‍नो आधिकारिक पूजाहारी बस्‍‌त्रहरूलाई च्याते पनि ठिकै छ, जसले ऊ सर्वोच्‍च महापूजाहारीको (येशूको) प्रतिनिधि हो भनी दाबी गरेको रूपमा जनाउँथ्यो; किनकि अब यसउप्रान्त उसलाई वा मानिसहरूका निम्ति ती बस्‍‌त्रहरूका कुनै अर्थ बाँकी रहेन । आफ्‍नो वा राज्यकै पापको घृणाको कारण जनाउँदै प्रधान पूजाहारीले आफ्‍नो बस्‍‌त्र च्याते पनि ठिकै छ ।PAP 37.1

    यरुशलेमको सर्वोच्‍च परिषदले येशूलाई मृत्युदण्ड दिइने योग्य व्यक्तिका रूपमा घोषणा गरेको थियो; तर कैदीलाई रातको समयमा पुर्पक्ष गर्नु यहूदी कानून विपरित थियो । कानूनी दण्डाज्ञामुताविक दिउँसोको उज्यालो तथा महासभाको पूरा उपस्थितिमा बाहेक केही पनि गर्न सकिने थिएन । यी सबै कानूनी प्रावधान भएतापनि मुक्तिदातालाई अहिले एक दोषी अपराधीलाईझैं व्यवहार गरियो र मानिसहरूद्वारा अति तल्‍लो स्तरमा तथा क्रूररूपमा दुर्व्यवहार गरिनका निम्ति छाडियो । प्रधान पूजाहारीको महलले खुला चोकलाई घेरेको थियो, येशूलाई चौकीमा लगियो, र सबैतिर मानिसहरूले परमेश्‍‍वरको पुत्र हुनुको उहाँको दाविप्रति खिसी गरिएको आवाज सुन्न सकिन्थ्यो । “सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आईरहेको देख्‍नुहुनेछ” भन्ने उहाँकै शब्दहरूलाई ठट्टापूर्वक दोहोऱ्याइएको थियो । जब उहाँ आफ्‍नो कानूनी पुर्पक्षको प्रतिक्षामा चौकीमा हुनुहुन्थ्यो तब उहाँको रक्षा गरिएको थिएन । जुन क्रूरताका साथ महासभा सामु उहाँमाथि व्यवहार गरिएको थियो सो कुरा अबोध जनसमूहले देखेका थिए, र यसैद्वारा तिनीहरूले आफ्‍ना स्‍वभावमा निहित सारा शैतानको जस्तो तत्‍वहरूलाई प्रकट गर्ने पूर्ण स्‍वतन्‍‍त्रता लिए । ख्रीष्‍टको उदात्त स्‍वभाव तथा ईश्‍‍वरीय आचरणले तिनीहरूलाई पागलपन तर्फ उत्तेजित गराएको थियो । उहाँको नम्रता, निर्दोषिता, तथा महान् धैर्यताले तिनीहरूलाई शैतानद्वारा उत्पन्न हुने घृणाद्वारा भरिपूर्ण तुल्यायो । कृपा र इन्साफलाई भुइँमा कुल्‍चियो । जुनरूपमा परमेश्‍‍वरको पुत्रमाथि व्यवहार गरिएको थिएन त्यसरी त कुनै अपराधीलाई पनि व्यवहार गरिएको थिएन ।PAP 37.2

    तर अझ तीव्र वेदनाले येशूको हृदयलाई चिऱ्यो जुन प्रहारले पुऱ्याएको गहिरो चोटलाई कुनै पनि शत्रुले सहन सक्‍ने थिएन । जब उहाँ कैयाफाको सामु एक छानबीनको सामना गर्दैहुनुहुन्थ्यो तब ख्रीष्‍टलाई उहाँकै एक चेलाहरूमध्ये एकले इन्कार गरेको थियो ।PAP 38.1

    गेतसमनीको बगैंचामा चेलाहरूले आफ्‍ना गुरुलाई त्यागेपछि तीमध्ये दुईजनाले चाहिँ अलि टाढाबाट येशूलाई अधीनमा राख्‍ने त्यस भीडको पछि लाग्‍ने साहस गरेका थिए । पत्रुस र यूहन्ना नै ती दुई चेलाहरू थिए । पूजाहारीहरूले यूहन्नालाई येशूको चिरपरिचित चेलाको रूपमा चिने, र उनीहरूले यो आशा राख्दै उनलाई सभामा पस्‍ने अनुमति प्रदान गरे कि जब यूहन्नाले आफ्‍नो गुरुको अपमानलाई देख्‍नेछ तब उसले यस्तो व्यक्ति परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भन्ने बिचारलाई समेत घृणा गर्नेछ । यूहन्नाले पत्रुसको पक्षमा बोल्दै पत्रुसका लागि पनि प्रवेश हासिल गरे ।PAP 39.1

    बिहानको झिसमिसभन्दा केही अघिको समय भएकोले रातको सबैभन्दा चिसो समय थियो; त्यसैकारण अदालतमा आगो बालिएको थियो । आगो वरिपरि मानिसहरूका एक हुल जम्मा भए, पत्रुसले तिनीहरूका बीचमा अटेरीपूर्वक आफ्‍नो स्थान ओगट्यो । उसले येशूको एक चेलाको रूपमा पहिचान पाउने इच्छा राखेको थिएन । बेवास्था गर्दै भीडमा मिसिएर ऊ पनि त्यही जनसमुहमध्ये एक गनिने आशा गर्दैथियो जसले येशूलाई त्यस सभामा ल्याएका थिए ।PAP 39.2

    तर जसै पत्रुसको मुहारमा ज्योति चम्कियो तब पहरा दिइरहेकी एक स्‍‌त्रीले उनीमाथि शंकाको नजर लगाइन् । उक्त स्‍‌त्रीले पत्रुसलाई यूहन्नाको साथमा आउँदै गरेको देखेकी थिइन्, र तिनले उसको अनुहारमा खिन्नता देखेकी थिइन् र पत्रुस येशूकै चेला हुनुपर्छ भन्ने बिचार लिइन् । उक्त स्‍‌त्री कैयाफा घरनाको नोकरहरूमध्ये एक थिइन्, र उनी जिज्ञासु थिइन् । तिनले पत्रुसलाई भनीन्, “के तिमी पनि उहाँको चेलाहरूमध्ये एक होइन ?” पत्रुस चकित तथा अलमल बन्नपुगे; भीडको नजर तत्कालै उनीमाथि केन्द्रित हुनपुग्यो । पत्रुसले उक्त स्‍‌त्रीलाई नसुनेझैं बहाना गऱ्यो; तर उनी हठी थिइन्, र त्यहाँ वरिपरि अरू मानिसहरूलाई पनि यो मान्छे पनि येशूसँगै थियो भनी बताइन् । पत्रुसले जवाफ दिन बाध्य भएझैं महसुस गऱ्यो र क्रोधपूर्वक यसरी भन्यो, “आईमाई मैले उहाँलाई चिनेको छैन ।” यो पत्रुसको पहिलो इन्कार थियो र यसको लगत्तै पछि कुखुरा बास्यो । पत्रुस यति आफ्‍नो गुरुदेखि लज्‍जित बन्नपुग्यो ! यति छिटो उसले परमेश्‍‍वरलाई इन्कार गऱ्यो !PAP 39.3

    यूहन्नाले महलभित्र प्रवेश गरेपश्‍चात उनी येशूको चेलाहरूमध्ये एक चेला थिए भन्ने वास्तविकतालाई ढाकछोप गर्ने प्रयत्‍न गरेनन् । उनी आफ्‍नो गुरुलाई निन्दा गर्ने जनसमूहमा सामेल भएनन् । उनलाई कुनै प्रश्‍न गरिएन, किनकि उनले कुनै झूटो चरित्र धारण गरेका थिएनन्, र यसप्रकार आफूमा शंकाको कुनै कसर बाँकी राखेनन् । उनी भीडदेखि अलि टाढा एक सुरक्षित कुनामा बसे, तर जतिसक्दो येशूको नजिक हुने प्रयास गरे । यहाँबाट उनले आफ्‍नो परमप्रभुको परीक्षाको घडीमा बितेका सबै घटनाहरू देख्‍न र सुन्न सक्थे ।PAP 40.1

    पत्रुसले आफ्‍नो वास्तविक चरित्र प्रकट होस् भन्ने मनसाय राखेका थिएन । उसले वेवास्तालाई अँगाल्‍ने क्रमद्वारा स्‍वयम्‌लाई शत्रुको स्थानमा खडा पायो, र ऊ सजिलै परीक्षाको शिकार बन्नपुग्यो । यदि उसलाई आफ्‍नो गुरुको खातिर लडाइँ गर्न आव्हान गरिएको भए ऊ एक साहसी सिपाही बन्नेथियो; तर जब तिरस्कारको औंला उनीप्रति तेर्साइयो तब उसले आफूलाई एक डरपोक व्यक्तिको रूपमा प्रमाणित गऱ्यो । कैयौं मानिसहरू जो आफ्‍ना परमप्रभुको खातिर सक्रिय लडाइँ लड्‍नुदेखि पछि हट्‍दैनन् तिनै मानिसहरू उपहासका कारण आफ्‍ना आस्थालाई इन्कार गने गर्दछन् । यसप्रकार जुन मानिसहरूदेखि तिनीहरू बाँच्‍नु पर्नेथियो तिनीहरूसँगै संलग्‍न भई आफूलाई परीक्षाको मार्गमा पाउँदछन् । तिनीहरूले शत्रुलाई आफूमाथि परीक्षा ल्याउने अनुमति दिने गर्दछन्, र यसप्रकार तिनीहरू यस्ता कुराहरू बोल्‍न तथा गर्न अग्रसर रहने गर्दछन् जुन अन्य परिस्थितिहरूमा तिनीहरूले कदापि गर्ने थिएनन् । आज पनि ख्रीष्‍टको जुन चेलाले पीडा वा तिरस्कारको भयका कारण आफ्‍नो विश्‍‍वासलाई लुकाउने गर्दछ यस्तो व्यक्तिले त्यसरी नै सजिलैसँग आफ्‍नो परमप्रभुलाई इन्कार गर्नेगर्दछ जसरी पत्रुसले पनि इन्साफको कक्षमा इन्कार गरेको थियो ।PAP 40.2

    पत्रुसले आफ्‍नो गुरुको पुर्पक्षको बारेमा कुनै इच्छा व्यक्त गरेन, तर जब उनले क्रूर तिरस्कारयुक्त बोली सुने तथा उहाँले भोग्‍नुभएको पीडालाई देखे तब उनको हृदय शोकद्वारा निचोरिन पुग्यो । यशूले यसप्रकारको व्यवहारप्रति स्‍वयम् आफैलाई तथा उहाँका चेलाहरूलाई अपमानित तुल्याउलने अनुमति दिनुभएकोले ऊ अझ बढी आश्‍चर्य चकित तथा क्रोधित बन्नपुग्यो । आफ्‍नाो वास्तविक भावनाहरूलाई ढाकछोप गर्नका लागि उसले ख्रीष्‍टका पीडाहरूसँग तिनीहरूका बेसमयको उपहासमा सामेल हुने प्रयत्‍न गऱ्यो । तर उसको मुहार अस्‍वाभाविक देखा पऱ्यो । उसले झूटो अभियान गर्दैथियो, र जब उसले बेवास्ताका साथ कुरा गर्ने प्रयत्‍न गरिरहेको थियो तब उसले आफ्‍नो गुरुमाथि थुपारिएको दुर्व्यवहारप्रति आफ्‍नो क्रोधपूर्ण अभिव्यक्तिलाई थाम्‍न सकेन ।PAP 41.1

    पत्रुस ख्रीष्‍टको चेला हुन् भनी पुनः दोश्रोपटक उनको ध्यान आकर्षण गरियो । यसपटक उनको किरिया खाँदै यसो भने, “म ती मानिसलाई चिन्दिनँ ।” पत्रुसलाई पुनः अर्को मौका दिइएको थियो । एक घण्टाको समय बितिसकेको थियो, जब महापूजाहारीको नोकरहरूमध्ये एक नोकर जो पत्रुसद्वारा कान काटिएको व्यक्तिको नातेदार थिए, जब उक्त व्यक्तिले पत्रुसलाई सोध्यो, “के मैले निमीलाई तिनीसँग बगैँचामा देखिनँ र ?” “साँच्‍चै तिमी तिनीहरू मध्येको एक हौ किनभने तिमी गलालीका हौ, र तिम्रो वचनले यो प्रमाण गर्छ, ।” यसप्रति पत्रुस रिसले चुर बन्नपुग्यो । येशूका चेलाहरू आफ्‍ना वचनको शुद्धतासम्बन्धी मामलामा प्रसिद्ध थिए, र आफ्‍ना प्रश्‍नकर्ताहरूलाई पूर्णरूपमा छल्‍न तथा आफ्‍नो कल्पित चरित्रलाई सदर गर्नका निम्ति पत्रुसले अब सराप्दै र कसम खाँदै आफ्‍नो गुरुलाई इन्कार गऱ्यो । पुनः भाले बास्यो । पत्रुसले भाले बासेको आवाज सुन्यो र येशूको यस वचनहरूलाई याद गऱ्यो, “आजकै राती भाले दुई पटक बास्‍नुअघि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” मर्कूस १४:३० ।PAP 41.2

    जब पत्रुसको ओंठमा अपमानजनक किरिया अझ ताजा थियो तथा भाले बासेको तीखो आवाज उसको कानमा अझै गुञ्‍जिरहेको थियो तब मुक्तिदाताले आफ्‍नो दृष्‍टि निन्याउरो न्यायधीशहरूबाट हटाउँदै पूर्णरूपमा पत्रुसमाथि केन्दित पार्नुभयो । त्यसैबेला पत्रुसका आँखा पनि उसको गुरुप्रति आकर्षित बन्नपुगेका थिए । उहाँको त्यस शान्त अनुहारमा पत्रुसले गहिरो करुणा तथा शोक देखे, तर उहाँको अनुहारमा कुनै रिस थिएन ।PAP 42.1

    मुक्तिदाताको मलिन, पीडित अनुहार, तथा काँप्दैगरेको ओंठहरूका दृश्‍‍यले तथा करुणा अनि क्षमाशील हेराइले पत्रुसको हृदयलाई बाणलेझैं घोंच्यो । उसको अन्तरात्मा ब्युँतिनपुग्यो भने स्मरणशक्ति चाहिँ सक्रिय बन्नपुगे । पत्रुसले केही घण्टा अघिमात्र आफ्‍नो परमप्रभुसँग झ्यालखाना तथा मृत्युको सामना गर्ने भनी आफूले गरेको प्रतिज्ञालाई स्मरण गऱ्यो । त्यसै रात उसले आफ्‍नो गुरुलाई तीन पटक इन्कार गर्नेछ भनी मुक्तिदाताले माथिल्‍लो कोठामा भन्नुभएको कुराप्रति आफूले व्यक्त गरेको शोकलाई पत्रुसले याद गऱ्यो । पत्रुसले भर्खरै मात्र येशूलाई चिन्दिन भनी घोषणा गरेको थियो, तर आफ्‍नो प्रभुले उसलाई कति पूर्णरूपमा चिन्नुहुन्छ भन्ने कुरा उसले तीतो शोकका साथ चाल पायो, तथा कति सही रूपमा उसको मनलाई पढ्‍नुभएको थियो, जुन भूलप्रति स्‍वयम् पत्रुस आफै अनभिज्ञ थियो ।PAP 42.2

    उसको मनमा स्मरणका लहरहरू उत्पन्न भए । पत्रुसले मुक्तिदाताको कोमल करुणा, उहाँको भलाई, तथा पीडा, चेलाहरूप्रति उहाँको नम्रता र धैर्यता जस्ता सबै कुराहरूका बारेमा स्मरण गरिरहेको थियो । उनले यो चेतवनीलाई स्मरण गरे, “सिमोन हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्‍‍वास नडग्मगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें ।” लुका २२:३१, ३२ । उसले भयभीत हुँदै स्‍वयम् आफ्‍नै अकृज्ञता, असत्यता, तथा मिथ्यागवाहीलाई याद गऱ्यो । उसले पुनः आफ्‍नो गुरुतिर नजर लगायो, र उहाँको अनुहारमा प्रहार गर्नका निम्ति उहाँमाथि उठाइएका अधर्मी हातहरूका दृश्‍‍य देख्यो । त्यस दृश्‍‍यलाई अझ बढी समयसम्म सहन नसकेको कारण ऊ विचलित हृदयको साथ हतारपूर्वक त्यस सभाघरदेखि बाहिर गयो ।PAP 43.1

    पत्रुस एकान्त अनि अन्धकारमा अघि बढ्‍दै गऱ्यो र उसलाई आफू कहाँ जाँदैछु भनी थाहा समेत थिएन न त यसबारेमा वास्ता नै गऱ्यो । अन्त्यमा उनले स्‍वयम्‌लाई गेतसमनीमा पाए । उनको मनमा केही समय अघिका दृश्‍‍यहरू स्पष्‍टरूपमा झल्किए । रगत पसिनाले भिजेको तथा पीडाद्वारा काँप्दैगरेको आफ्‍नो परमप्रभुको पीडित अनुहार उनको नजरसामु झल्कियो । येशूले प्रार्थनामा एक्‍लै रुनुभएको तथा पीडा सहनुभएको थियो भन्ने कुरालाई उनले तितो पश्‍चातापका साथ याद गऱ्यो जबकि त्यस परीक्षाको घडीमा उहाँलाई साथ दिनुपर्ने चेलाहरू चाहिँ सुतिरहेका थिए । उसले उहाँका “जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर” भन्ने आज्ञालाई सम्झ्यो । मत्ती २६:४१ । उसले महलको घटनालाई पुनः स्मरण गऱ्यो । जब उसले मुक्तिदाताको अपमान तथा पीडामाथि सबैभन्दा भारी बोझ थपेको छ भनी थाहा पायो तब यो कुरा उसको पीडीत हृदयका लागि एक यातना सावित हुनपुग्यो । जुन स्थानमा येशूले वेदनाका साथ पितासँग आफ्‍नो हृदय पोख्‍नुभएको थियो सोहि स्थानमा पत्रुस घोप्‍टो पऱ्यो र मर्न पाए हुन्थ्यो भनी इच्छा व्यक्त गऱ्यो ।PAP 44.1

    जब येशूले “जागा रहो र प्रार्थना गर” भनी उसलाई आज्ञा दिनुभएको थियो त्यही समय सुतिरहेकै कारण पत्रुसले आफ्‍नो महापापको लागि मार्ग तैयार पारेको थियो । सबै चेलाहरू त्यही चरम घडीमा सुतेकै कारण तिनीहरूले ठूलो हानि भोगेका थिए । जुन कठीन परीक्षालाई तिनीहरू पार गर्नुपर्ने थियो त्यसको बारेमा ख्रीष्‍टलाई थाहा थियो । शैतान कसरी तिनीहरू परीक्षाको लागि तैयार नरहून् भनी तिनीहरूका चेतनालाई निस्‍िक्रय पार्ने कोसिस गर्नेछ भन्ने कुरा उहाँलाई थाहा थियो । त्यसैकारण उहाँले तिनीहरूलाई उक्त चेतावनी दिनुभएको थियो । यदि पत्रुसले गेतसमनीको बगैंचामा उक्त समय जागा रहँदै प्रार्थना गर्ने क्रममा बिताएको भए ऊ स्‍वयम् आफ्‍नै कमजोर बलमाथि निर्भर रहनुपर्नेगरी छोडिने थिएन । उसले आफ्‍नो परमप्रभुलाई इन्कार गर्ने थिएन । ख्रीष्‍टको वेदनाको समयमा यदि चेलाहरू उहाँसँगै जागा रहेका भए तिनीहरू क्रूसमा उहाँको पीडा देख्‍न तयार रहनेथिए । तिनीहरूले केही परिमाणमा भए पनि उहाँको असहयनीय वेदनाको बारेमा बुझ्‍नेथिए । तिनीहरूले उहाँको पीडा, उहाँको मृत्यु, तथा उहाँको पुनरुत्थानको बारेमा भविष्यवाणी गरिएका उहाँका वचनहरूलाई स्मरण गर्नेथिए । सबै भन्दा कठीन घडीको अन्धकार बीच पनि आशाका केही किरणहरूले अन्धकारलाई उज्‍ज्‍वल तुल्याउने तथा तिनीहरूका विश्‍‍वासलाई थाम्‍ने थियो ।PAP 44.2

    दिनको शुरुवातसँगै यरुशलेमको सर्वोच्‍च परिषदका सदस्यहरू पुनः भेला भए र येशूलाई पुनः महासभा सामु ल्याइयो । उहाँले स्‍वयम् आफैलाई परमेश्‍‍वरको पुत्रको रूपमा घोषणा गर्नुभएको थियो, र तिनीहरूले उहाँको यही वचनलाई उहाँविरुद्ध आरोपको रूपमा अर्थ लाएका थिए । तर तिनीहरूले उहाँलाई यस कुरामाथि दोष लगाउन सक्तैनथे, किनकि धेरै मानिसहरू रातको सभामा उपस्थिति थिएनन्, र तिनीहरूले उहाँका वचनहरूलाई सुनेका थिएनन् । र तिनीहरूलाई यो थाहा थियो कि रोमी न्यायाधिकरणले उहाँका वचनहरूमा त्यस्ता कुनै कुरा फेला पार्ने थिएनन् जसअनुसार उहाँलाई मृत्युदण्ड दिन सकियोस् । तर स्‍वयम् उहाँकै ओंठबाट जनसमूहले तिनै शब्दहरू दोहोऱ्याइएको सुन्न पाए महासभाका सदस्यहरूका उद्देश्‍‍य पूरा हुने थियो । मुक्तिदाताको रूपमा उहाँले गर्नुभएको दावीलाई तिनीहरूले राजद्रोही राजनैतिक दावीको रूपमा अर्थ लाउन चाहेका थिए ।PAP 45.1

    तिनीहरूले भने, “तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर ख्रीष्‍ट मौन रहनुभयो । तिनीहरूले उहाँलाई अनेकौं प्रश्‍नहरूद्वारा प्रहार गरे । अन्त्यमा शोकपूर्ण बोलीका साथ उहाँले यसरी जवाफ दिनुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न । मैले प्रश्‍न गरें भने पनि तपाईंहरू जवाफ दिनुहुन्न ।” तिनीहरू निहुँरहित अवस्थामा नरहून भनी उहाँले गम्भीर चेतावनी बताउनुभयो, “तर अब मानिसको पुत्र परमेश्‍‍वरको शक्तिको दाहिनेपट्टि बस्‍नेछ ।”PAP 46.1

    “के तँ परमेश्‍‍वरको पुत्र होस् ?” भनी तिनीहरूले एकै स्‍वरमा प्रश्‍न गरे । उहाँले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ ।” तिनीहरूले चर्को स्‍वरमा यसो भने, “हामीलाई अब अरू के साक्षीको आवश्‍‍यकता छ र ? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं ।”PAP 46.2

    तसर्थ यहूदी अधिकारीहरूका तेश्रो फैसलाअनुसार येशूलाई मृत्युदण्ड दिइनुपर्ने थियो । तिनीहरूले बिचार गरे कि अब पूरा गर्नुपर्ने एकमात्र कार्य भन्नु नै यस फैसलाप्रति रोमीहरूद्वारा औपचारिक मञ्‍जुरी हासिल गरी उहाँलाई तिनीहरूका हातमा जिम्मा लाउनु हो ।PAP 46.3

    तब अबूझ जनसमूहदेखि प्राप्‍त भएभन्दा अधिक कठिनाइयुक्त दुर्व्यवहार र अपमानले भरिपूर्ण तेश्रो दृश्‍‍यको समय आइपुग्यो । यो घटना पूजाहारी तथा शासकहरूकै स्‍वीकृतिमा तिनीहरूकै उपस्थितिमा घट्‍न पुग्यो । तिनीहरूका हृदयदेखि करुणा वा मानवताका सबै भावानहरू हटिसकेका थिए । यदि तिनीहरूका तर्कहरू कमजोर सावित भएका भए तथा उहाँको आवाजलाई दबाउन असफल भएको भए तिनीहरूसँग युगौंदेखि विधर्मीहरूलाई चूप पार्न प्रयोग गरिने पीडा, हिंसा तथा मृत्युदण्ड जस्ता अन्य खतरनाक हतियारहरू अझ बाँकी नै थिए ।PAP 46.4

    जब न्यायधीशहरूले येशूलाई दण्ड सुनाए तब मानिसहरू पिशाचीय क्रोधद्वारा भरिपूर्ण हुनपुगे । मानिसहरूका आवाज जंगली पशुहरूका गर्जनझैं सुन्न सकिन्थ्यो । “ऊ दोषी छ, उसलाई मार !” भन्दै मानिसहरू येशूतर्फ बढे । यदि त्यहाँ रोमी सैनिकहरू उपस्थित नभएको भए येशू कलवरीको क्रूसमा टाँगिनका निम्ति जीवित छोडिनुहुने थिएन । यदि त्यहाँ रोमी शासकहरूद्वारा व्यवधान नगरिएको खण्डमा तथा भीडको हिंसालाई हतियारको सहाराद्वारा नदबाइएको खण्डमा उहाँलाई न्यायधिशहरूकै सामु टुक्रा टुक्रा पारिने थियो ।PAP 47.1

    जुन येशूको विरुद्धमा कुनै कुरा पनि प्रमाणित गरिएको थिएन उहाँ विरुद्ध निर्दयी व्यवहार गरिएको देख्दा अन्यजातिहरू क्रोधित भए । रोमी अधिकारीहरूले घोषणा गरे कि येशूमाथि यहूदीहरूले दण्ड सुनाई रोमी शक्तिलाई मिच्दैछन्, र कुनै व्यक्तिलाई स्‍वयम् आफ्‍नै बयानको आधारमा मृत्युदण्ड दिनु यहूदी व्यवस्थाविरुद्ध थियो । यस हस्तक्षेपले पुर्पक्षको क्रममा केही समयसम्म मन्दी ल्यायो; तर यहूदी नेताहरू करुणा तथा लाजप्रति मरेतुल्य थिए ।PAP 47.2

    पूजाहारी तथा शासकहरूले आफ्‍ना पदको मर्यादालाई भुल्दै परमेश्‍‍वरको पुत्रलाई घृणित उपनामले पुकार्दै दुर्व्यवहार गरे । उहाँलाई तिनीहरूले उहाँको वंशजको नाउँमा छेडछाड गरे । तिनीहरूले यो घोषणा गरे कि येशूले स्‍वयम्‌लाई मुक्तिदाताको रूपमा दावी गर्नुभएको कारण उहाँ सर्वाधिक अपमानजनक मृत्यु भोग्‍न योग्यको हुनुहुन्छ । सबैभन्दा दुराचारी मानिसहरू मुक्तिदातालाई दुर्व्यवहार गर्ने जस्तो घृणित कार्यमा तल्‍लीन रहे । एक पुरानो बस्‍‌त्रलाई उहाँको अनुहारमाथि फाल्दै उहाँलाई सताउने मानिसहरूले यसो भन्दै उहाँलाई अनुहारमा हिर्काए, “हे ख्रीष्‍ट, लौ अगमवाणी भन् ! तँलाई हिर्काउने को हो ?” जब त्यस बस्‍‌त्रलाई हटाइयो तब एक नालायक व्यक्तिले उहाँको अनुहारमा थुक्‍यो ।PAP 47.3

    परमेश्‍‍वरका स्‍वर्गदूतहरूले उनीहरूका प्रिय महारथी विरुद्धको हरेक अपमानजनक हेराइ तथा क्रियाकलापहरूलाई ईमान्दारीपूर्वक टिपोट गरे । एक दिन ख्रीष्‍टको शान्त तथा निदाउरो अनुरहारमा थुके तथा उहाँलाई खिसी गर्ने मानिसहरूले घामभन्दा उज्‍ज्‍वलरूपमा चम्किएको त्यही महिमित अनुहारलाई देख्‍नेछन् ।PAP 48.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents