Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - २२
    विलियम मिलर

    मैले दर्शनमा एकजना कृषकलाई पनि देखें, जसले पहिले बाइबलमा विश्‍‍वास गर्दैनथ्यो, तर त्यस्तैको हृदयमा काम गर्न र भविष्यवाणीहरू खोजी गराउनलाई परमेश्‍‍वरले आफ्‍ना दूतलाई पठाउनुभयो । परमेश्‍‍वरका दूतले तिनलाई भेटीकन भविष्यवाणीका कुराहरू बुझ्‍न समझ-शक्ति दिनुभयो, जुन भविष्यवाणीहरू परमेश्‍‍वरकै लोकहरूका निम्ति पनि अज्ञात नै रहिरहेका थिए । तिनले परमेश्‍‍वरका श्रृङ्‌खलाबद्ध वचनको प्रकाश पाए, र उहाँको वचनलाई एकपछि अर्को गर्दै तुलनात्मक अध्ययन गर्दै गए र अन्तमा तिनले परमेश्‍‍वरको वचनमाथि आश्‍चर्य प्रकट गर्दै तारिफ गर्नथाले । अनि जुन परमेश्‍‍वरका वचनलाई अघि पवित्रात्माद्वारा प्रेरित भएको कुरामा तिनी अविश्‍‍वास गर्थे भने त्यही वचन अहिले तिनको ज्ञानचक्षु अघि सौन्दर्य र महिमासहित छर्लङ्गिन थाल्यो । तिनले हेर्दै गए र साँच्‍चै नै पवित्रशास्‍‍त्रको एक खण्डलाई बुझ्‍न नसके तापनि अर्को खण्डले त्यसको अर्थ खोलिदिएको तिनले पाए। त्यसपछि तिनले परमेश्‍‍वरको वचनलाई बड़ो आदर र भयसाथ कदर गर्नथाले । पवित्रशास्‍‍त्रका भविष्यवाणीहरू अध्ययन गर्दै र बुझ्दै जाँदा तिनले हाम्रो संसारका मानिसहरू ता संसारकै इतिहासबारे पनि अनभिज्ञ नै रहेछन् भनी थाहा पाए । मण्डलीमा भइरहेको भ्रष्‍टाचारलाई देखेर तिनले यो पनि बुझे, कि ती मानिसहरूले ख्रीष्‍टलाई होइन, तर संसारलाई प्रेम गर्दारहेछन्, परमेश्‍‍वरबाट पाइने आदर होइन, तर सांसारिक मान-इज्‍जत खोज्दारहेछन्, अनि स्‍वर्गमा धन सञ्‍चय गर्नुको सट्टामा सांसारिक धन-सम्पतिकै पछि लाग्दारहेछन् । चारैतिर तिनले कपट्याइँ, अन्धकार र मृत्यु देखे । तिनी आत्मामा उत्प्रेरित भए र जसरी परमेश्‍‍वरबाट बोलावट पाएर एलिशा आफ्‍ना खेत र हाल-गोरुहरू छोड़ीवारी एलियाका पछि लागेका थिए, त्यसरी नै तिनी पनि आफ्‍ना खेतबरी छोड़ीवरी परमेश्‍‍वरकै बोलावट पाईकन उहाँको सेवामा लागे । बड़ो डर र कम्पनसाथ विलियम मिलरले मानिसहरूलाई परमेश्‍‍वरको राज्यको रहस्य उद्‍घाटन गरिदिँदै ख्रीष्‍टको दोस्रो आगमनबारे बुझाँउदै गए । अर्थात् जसरी बप्‍तिस्मा दिने यूहन्नाले ख्रीष्‍टको पहिलो आगमनको प्रचार गर्दै उहाँको मार्ग तयार गरे, त्यसै गरी वि॰ मिलरले पनि केही मानिसहरूलाई साथमा लिएर ख्रीष्‍टको दोस्रो आगमनको प्रचार गरे ।1BP 132.1

    त्यसपछि मलाई ख्रीष्‍टकै चेलाहरूमध्ये उहाँका प्यारो चेला यूहन्नाको दर्शन दिइयो, जसलाई परमेश्‍‍वरले विशेष काम सुम्पनुभएको थियो । तिनको काममा वाधा पुऱ्याउन र तिनलाई पनि नाश गर्न शैतानले कदम उठाएको थियो, तर परमेश्‍‍वरले आफ्‍ना दूतहरू पठाईकन अद्‍भुत प्रकारले तिनलाई रक्षा गर्नुभयो । त्यसरी परमेश्‍‍वरको अपार शक्तिद्वारा यूहन्ना बाँचेका देख्‍नेहरू जत्ति सब छक्‍कै परे, अनि परमेश्‍‍वर तिनका साथमा हुनुहुँदो रहेछ भनेर धेरैले यूहन्नाको गवाहीमा विश्‍‍वास गरे । त्यसपछि तिनका शत्रुहरू तिनको ज्यान लिन डराए तापनि तिनले ख्रीष्‍टको निम्ति दुःखचाहिँ भोग्‍नु नै थियो । तिनलाई तिनका शत्रुहरूले झूटा आरोपहरू लगाई-लगाईकन कालापानीको सजायस्‍वरूप निर्जन टापुमा पुऱ्याए, जहाँ प्रभुले आफ्‍ना दूत पठाईकन तिनलाई पृथ्वीमा हुनेवाला कुराहरू, मण्डलीको अवस्था, मण्डलीको पतन अनि मण्डलीले परमेश्‍‍वरलाई खुशी तुल्याए अन्तमा विजय प्राप्‍त पनि गर्नसक्‍ने कुरा तिनलाई दर्शन दिँदै बताइदिनुभयो । ती यूहन्नाकहाँ आउने स्‍वर्गदूतको चेहरा स्‍वर्गीय महिमाले जाज्‍वल्यमान थियो, जसले यूहन्नालाई परमेश्‍‍वरको मण्डलीबारे अति गम्भीर र मुटु कमाउने कुराहरूको दर्शन दिए र उनीहरूले कस्ता कस्ता किसिमका संघर्ष सामना गर्नुपर्ने छ, ती कुराहरू पनि यूहन्नाका सामु दर्शाइदिए । तिनले दर्शनमा आफूहरूलाई डरलाग्दा अग्‍नि-परीक्षाहरूबाट भई गएका अनि जाँचिएर र खारिएर अन्तमा विजय प्राप्‍त गरी परमेश्‍‍वरको राज्यमा स्‍वेत वस्‍‍त्र पहिरेका देखे । अनि परमेश्‍‍वरको मण्डलीको आखिरी विजय-प्राप्‍तिको दर्शन दिँदै र वताउँदै जाँदा ती स्‍वर्गदूतको पनि चेहरा आनन्दले जगजग बलिरहेको थियो । त्यसरी मण्डलीको अन्तिम उद्धारको दृश्‍‍य देखेर यूहन्नाको खुशीको सीमा रहेन, र तिनी बड़ो श्रद्धा र भक्तिसाथ स्‍वर्गदूतलाई दण्डवत् गर्न तिनका चरणमा परे, तर दूतले हतार-हतार यूहन्नालाई उठाउँदै भने, “हेर, तिमीले यसो नगर; म त तिम्रो र ख्रीष्‍टका साक्षी भाइहरूको सङ्गी-दास मात्र हुँ; परमेश्‍‍वरलाई नै दण्डवत् गर, किनकि भविष्यवाणीको आत्मा ख्रीष्‍टको साक्षी हो । त्यसपश्‍चात् स्‍वर्गदूतले यूहन्नालाई सारा स्‍वर्गीय महिमाले सुशोभित र सुसज्‍जित पवित्र नगर देखाए । त्यो महिमान्वित नगरलाई देखेर यूहन्ना पनि दङ्गै परे, यहाँसम्म कि तिनले भुलेर फेरि स्‍वर्गदूतलाई दण्डवत् गर्न तिनको चरणमा घोप्‍टो परे । तर ती दूतले फेरि पनि यूहन्नालाई नम्रतापूर्वक सम्झाउँदै भने, “हेर, तिमी यसो नगर । म ता तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ । परमेश्‍‍वरलाई नै दण्डवत् गर ।”1BP 133.1

    आजसम्म पनि प्रचारकहरू तथा अन्य ईसाइहरूले प्रकाशितवाक्‍यको पुस्तकलाई रहस्यमय र दुर्बोध मानेर त्यति ध्यान दिँदैनन् । तर मैले चाहिँ यस पुस्तकलाई साँच्‍चै यस्तो दर्शन र प्रकाशको पुस्तक देखें, जुन पुस्तकले अन्तिम दिनहरूमा बाँचिरहेका विश्‍‍वासीहरूका लागि आफूहरू कुन स्तरमा छौं र हाम्रो कर्त्तव्य के हो, सो जानकारी दिँदछ । परमेश्‍‍वरले वि॰ मिलरको हृदयलाई भविष्यवाणीका रहस्यहरूको खोजी गराउँदै प्रकाशितवाक्‍यका वचनहरू तिनलाई छर्लङ्गै गरी प्रकाशित गरिदिनुभयो ।1BP 134.1

    मानिसहरूले दानियलकै दर्शन बुझ्‍नसकेका भए यूहन्नाको दर्शन ता झन् छर्लङ्गै बुझ्‍नेथिए । तर ठीक समयमा परमेश्‍‍वरले आफ्‍ना यस्ता चुनिएका दासलाइ उपयोग गर्नुभयो, जसले पवित्र आत्माको सामर्थ्यमा यी भविष्यवाणीका पुस्तकहरूको रहस्योद्‍घाटन गराए, अनि दानियल र यूहन्नाको दर्शन परस्परमा मिल्दा-जुल्दा छन् भनी सप्रमाण मानिसहरूलाई बुझाउँदै ख्रीष्‍टको दोस्रो आगमनका निम्ति तयार हुन चेतावनीसाथ आह्वान गरे । तिनीबाट परमेश्‍‍वरका वचन सुनेर कैंयौं मानिसहरू प्रभुकहाँ फर्के ।1BP 135.1

    वि॰ मिलरले जहाँ-जहाँ सेवा गर्थे, परमेश्‍‍वरका दूतहरूले तिनलाई साथ दिन्थे । तिनले किञ्‍चित् पनि नडराईकन परमेश्‍‍वरको आज्ञा र अगुवाइ भएअनुसार परमेश्‍‍वरको वचन सुनाउँथे । ती नामधारी ईसाइहरू साथै संसारले घोर विरोध गरे अनि शैतान र उसका दूतहरूले तिनलाई मुक्‍का लगाए तापनि तिनले आफूलाई निम्त्याइएका ठाउँहरूमा भीड़का भीड़ मानिसहरूलाई अनन्त सुसमाचार सुनाइरहे र भने, “परमेश्‍‍वरको भय मान र उहाँलाई माहिमा देओ, किनकि न्यायको घड़ी आइरहेछ !”1BP 135.2