Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ७ — रोमबाट लुथरको विच्छेदन

    (अंग्रेजी पुस्तक अध्याय ७ पृष्‍ठ १२०)

    चर्चलाई पोपतन्‍‍त्रको अन्धकारबाट अझै शुद्ध विश्‍‍वासको ज्योतिमा अगुवाइ गर्नेहरूमध्ये मार्टिन लुथर अग्र-स्थानमा खडा भए । जोशिलो, उत्साहपूर्ण र समर्पित, परमेश्‍‍वरको भय बाहेक अन्यतर्फ भय नराख्‍ने, पवित्रशास्‍‍त्रबाहेक अन्य धार्मिक विश्‍‍वासको जगलाई स्‍वीकार नगर्ने व्यक्ति लुथर तिनको समयमा आवश्‍‍यक व्यक्तित्‍व थिए; परमेश्‍‍वरले चर्चको सुधार र संसारमा ज्योति प्रदान गर्ने कार्य तिनीद्वारा नै सम्पन्‍न गर्नुभयो ।MBAJ 117.1

    अघिल्‍ला सुसमाचारवाहकहरूझैँ लुथर पनि गरिबी घरनामा हुर्केका थिए । तिनका अघिल्‍ला वर्षहरू जर्मनीको एउटा गाउँको सानो घरमा बित्यो । तिनका पिताले खानीमा दैनिक परिश्रम गरेर तिनका शिक्षाको लागि पैसा कमाउने गर्दथे । पिताले तिनलाई वकिल बनाउने लक्ष्य राखेका थिए; तर परमेश्‍‍वरले तिनलाई महान् मन्दिरको निर्माता बनाउने उद्देश्‍‍य राख्‍नुभएको थियो जुन शताब्दीऔँसम्म बिस्तारै वृद्धि भइरहेको थियो । असिमित बुद्धिले लुथरलाई कडा परिश्रम, दरिद्रता र कडा अनुशासनको पाठशालामा तिनको जीवनको महत्‍वपूर्ण कार्यका लागि तयार गर्नुभयो ।MBAJ 117.2

    लुथरका पिता एक बलियो र क्रियाशील दिमाग भएका व्यक्ति थिए र प्रबल चरित्र भएको, ईमान्दार, संकल्पित, सीधा कुराबोल्‍ने पुरूष थिए । जस्तोसुकै परिणाम भएपनि तिनको कर्तव्यको विश्‍‍वासप्रति तिनी निडर रहन्थे । तिनको अति नै असल समझले आश्रमिक विधिप्रति सन्देह उत्पन्‍न गरायो । लुथरले विना अनुमति नै भिक्षु जीवनमा प्रवेश गर्दा तिनका पिता अतिनै दुःखी भए; र दुई वर्ष नबितेसम्म पिता तिनको छोरासँग मेलमिलापमा भएनन्, त्यो समयमा पनि तिनको विचार परिवर्तन भएन ।MBAJ 117.3

    लुथरका अभिभावकहरूले तिनीहरूका बालबच्‍चाहरूको शिक्षा र तालिमप्रति राम्ररी ध्यान दिए । तिनीहरूले तिनीहरूलाई परमेश्‍‍वरको ज्ञान र इसाई उपकारिताको व्यवहारमा प्रशिक्षण गराउने प्रयत्‍न गरे । प्रायजसो पिताको प्रार्थना बच्‍चाले सुन्दथ्यो ताकि त्यो बच्‍चाले प्रभुको नाउँ स्मरण गर्न सकोस् र एक दिन सत्यता फैल्याउने कार्यमा योगदान गर्न सकोस् । तिनीहरूकाे जीवनको परिश्रमले गर्दा उपभोग गर्न पाएको प्रत्येक नैतिक वा बौद्धिक उन्‍नतिका अवसरहरू ती अभिभावकहरूले उत्सुतासाथ व्यवहारमा ल्याए । तिनीहरूका प्रयत्‍नहरू उत्सुक थिए र बालबच्‍चाहरूलाई भक्ति र लाभदायिक जीवनको तयारीप्रति अथक प्रयास गरिरहेका थिए । कहिलेकाही तिनीहरूले आफ्‍नो चरित्रको दृढता र सामर्थ्यसाथ अति कठोरपना देखाए; तर कुनै-कुनै प्रसङ्गमा गल्ती गरेका थिए भन्‍ने कुरामा सचेत भएपनि सुधारक आफैले तिनीहरूका अनुशासनमा दोष भन्दा पनि धेरै अनुमोदन नै भेटाए ।MBAJ 117.4

    जब लुथरलाई बाल्यावस्थामा विद्यालय पठाइयो तब त्यहाँ तिनलाई कठोरता मात्र नभई दुर्व्यवहार गरिन्थ्यो । तिनका माता-पिता यति गरिब थिए कि घरदेखि अर्को गाउँको पाठशालामा जाँदा केही समयसम्म त घर-घरमा गएर गीत गाएर आफ्‍नो खाना जुटाउन बाध्य भए, र प्रायजसो भोकले पिड़ित हुन्थे । अन्धकार र अन्धविश्‍‍वासको प्रचलित धार्मिक विचारहरूले तिनलाई डरले भरिदिन्थ्यो । तिनी राती दुःखी हृदय लिएर सुत्थे, अन्धकार भविष्यलाई कम्पकासाथ पूर्वःदृश्‍‍य लागाउने गर्दथे र परमेश्‍‍वरलाई स्‍वर्गीय दयालु पिताको रूपमा विचार गर्नुभन्दा बरु कठोर, दयाविहीन न्यायाधीश, एक क्रूर तानाशाह जस्तो ठानी निरन्तर डरमै रहन्थे ।MBAJ 118.1

    अनेकौँ र भयानक निरूत्साहहरू आएतापनि लुथर साहसका साथ नैतिक र बौद्धिक श्रेष्‍ठताको उच्‍च स्तरतर्फ अगाडि बढ़े जसले तिनको दिमागलाई उत्साहित पाऱ्यो । तिनी ज्ञानप्रति तिर्खाए, उत्सुक र व्यवहारिक चरित्र भएको तिनको दिमागले कृतिम र देखावटीको सट्टामा ठोस र लाभदायक चाहनातर्फ अगुवाइ गऱ्यो ।MBAJ 118.2

    जब तिनको उमेर अठार वर्ष पुग्यो तब तिनी एयरफोर्ट विश्‍‍वविद्यालयमा भर्ना भए, तिनको अघिल्‍ला वर्षहरूभन्दा अब तिनका अवस्थाहरू अलिक असल भए र तिनका भविष्यहरू पनि अझै उज्‍ज्‍वल देखिए । तिनका पिता-माताको बचत गर्ने बानी र उद्योगमा लाग्‍नेद्वारा तिनीहरूले समृद्धि प्राप्‍त गरे, तिनीहरूले तिनलाई आवश्‍‍वयक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सक्षम भए । तिनको अघिल्‍ला तालिमहरूका हताशपूर्ण प्रभावहरू तिनका बुद्धिमानी साथीहरूले गर्दा केही मात्रमा हटाइएका थिए । तिनले आफैलाई उत्तम लेखकहरूका पुस्तकको अध्ययनमा व्यस्त बनाए, तिनीहरूका गहन विचारहरूलाई मेहनतसाथ मूल्यवान् ठाने र बुद्धिमानको बुद्धिलाई आफ्‍नो बुद्धि बनाए । तिनका अघिल्‍ला प्रशिक्षकहरूको कठोर अनुशासनको अधीनमा रहेर पनि तिनले भिन्‍नताको प्रतिज्ञा दिएका थिए, र अनुकूल प्रभावहरूले तिनको दिमाग तीव्र गतिका साथ विकसित भयो । एक तीब्र स्मरणशक्तिको क्षमता, सजीव परिकल्पना, गहन विचार गर्ने शक्ति र अथक व्यवहारले चाँडै नै तिनलाई आफ्‍ना संगीहरूमध्ये अग्र-स्थानमा पुऱ्यायो । बौद्धिक अनुशासनले तिनको समझशक्तिलाई परिपक्‍क बनायो र दिमागको क्रियाकलापलाई जगायो र समझशक्तिको तीक्ष्णता जस्ता कुराहरूले तिनलाई जीवनका संघर्षहरूको लागि तयार गऱ्यो ।MBAJ 118.3

    लुथरको हृदयमा परमप्रभुको भयले वास गरेको थियो, जसले तिनलाई उद्देश्‍‍यको दृढता कायम राख्‍न सक्षम तुल्यायो र परमेश्‍‍वरको सामु गहिरो नम्रता बन्‍न लगायो । ईश्‍‍वरीय सहायतामाथि निर्भर रहनुपर्छ भनी तिनले सँधै महसुह गरिरहन्थे, र तिनले हरेक दिन प्रार्थनाविना आरम्भ गरेनन्, जब कि तिनको मनले निरन्तर अगुवाइ र साहाराको लागि आवेदनको सास निरन्तर लिइरन्थ्यो । तिनले प्रायः भने, “अध्ययनको आधा असल भागचाहिँ राम्ररी प्रार्थना गर्नु नै हो ।” —D’Aubigné, b. 2, ch. 2.MBAJ 119.1

    जब एक दिन विश्‍‍वविद्यालयको पुस्तकालयमा पुस्तकहरू हेर्दैथिए तब लुथरले एउटा ल्याटिन बाइबल भेटाए । तिनले यस्तो पुस्तक कहिल्यै पनि देखेका थिएनन् । त्यसको अस्तित्‍वको विषयमा पनि तिनी अन्‍जान थिए । तिनले सुसमाचारहरू र पत्रहरूका अंशहरू पढेको सुने जुन सार्वजनिक सेवाहरूमा पढिने गरिन्थे, र सम्पूर्ण बाइबल त्यति नै रहेछ भनी तिनले सोचेका थिए । अब परमेश्‍‍वरको वचनको पूर्ण भागलाई पहिलो पटक तिनले देखे । तिनले आदरसहितको डर र आश्‍चर्यकासाथ पवित्र पानाहरू पल्टाए; नाड़ीको गति र मुटुको धड़कनको गतिसाथ “ओहो, परमेश्‍‍वरले यस्तो पुस्तक मलाई दिनुभएको भए त !” भनी बीच-बीचमा रोक्दै र आश्‍चर्यसाथ कराउँदै तिनी आफैले जीवनका वचनहरू पढे । —D’Aubigné, b. 2, ch. 2. स्‍वर्गदूतहरू तिनको छेउमा थिए, तिनको समझशक्तिमा ज्योतिको किरणझैँ परमेश्‍‍वरको सिंहासनबाट सत्यताको गाडधन प्रकट भयो । परमेश्‍‍वरको चित्त दुखाउन तिनी सँधै डराउँदथे, तर अब तिनले आफू पापी अवस्थामा रहेछु भनी गम्भीरसाथ महसुस गरे जुन महसुस तिनले पहिले कहिल्यै पनि गरेका थिएनन् ।MBAJ 119.2

    तिनले अन्तमा पापबाट स्‍वतन्‍‍त्र हुने उत्कट इच्छा र परमेश्‍‍वरसँग शान्तिको खोजीको कारणले आफैलाई भिक्षु जीवनको आश्रममा प्रवेश गराए । अब त्यहाँ तिनले नीच निरस कर्म गर्नुपर्थ्यो र घर-घरमा भिख माग्‍न जानुपर्दथ्यो । तिनको यस्तो उमेर थियो कि जुन अवस्थामा आदर र कृतज्ञताको उत्कट तिर्सनाको कुरा हुन्थ्यो, यी कमसल कामहरूले तिनको स्‍वभाविक भावनाहरूमा गहिरो चोट पुऱ्यायो; तर तिनका पापहरूका खातिर यो आवश्‍‍यक थियो भन्‍ने विश्‍‍वासले गर्दा यो अपमान तिनले धैर्यसाथ सहे ।MBAJ 120.1

    तिनका दैनिक कार्यहरूदेखि बाँकी रहेका प्रत्येक क्षण तिनले अध्ययनमा नै प्रयोग गर्दथे, सुत्‍ने समयबाट समय निकाल्थे र थोरै खाना खाने समय पनि कन्‍जूसका साथ बिताउँदथे । सबै कुराभन्दा धेरै परमेश्‍‍वरको वचन अध्ययन गर्नमा नै तिनी अति प्रसन्‍न थिए । तिनले आश्रमको पर्खालमा साङ्‍लाले बाँधिएको एउटा बाइबल भेट्टाएका थिए, र प्रायः तिनी त्यहीँ नै फर्केर जान्थे । जब तिनमा पापको महसुस गहिरोरूपले भयो, तब तिनले आफ्‍नै कामहरूद्वारा शान्ति र क्षमा प्राप्‍त गर्ने प्रयास गरे । तिनले अत्यन्त्यै कठोर जीवन बिताए, उपवास, रातभरि जागा रहेर र कोर्रा लगाएर तिनको स्‍वभावका दुष्‍टताहरू वशमा पार्ने प्रयास गरे, यी सबबाट आश्रमको जीवनले छुटकारा दिन सकेन । तिनले हृदयको शुद्धता प्राप्‍त गर्न सक्‍ने यस्ता कुनै पनि बलिदान गर्न पछि परेनन् त्यही शुद्धताले परमेश्‍‍वरको सामु उभिने प्रमाण दिनेथियो । पछि तिनले भने, “म निश्‍चय नै भक्ति भिक्षु थिएँ, मैले मेरो स्तरका नियमहरू मैले व्यक्त गर्न सक्‍ने भन्दा पनि कठोररूपले पालन गरें । यदि कुनै पनि भिक्षुले त्यसको कर्म गरेर स्‍वर्ग प्राप्‍त गर्न सक्छ भने मैले निश्‍चय नै त्यसको उपाधि पाउनेथिएँ । ... यदि यसमा अझै निरन्तर दिएको भए मेरो मृत्युसम्म नै सास्ती लानेथिए ।” —D’Aubigné, b. 2, ch. 3. पीड़ादायी अनुशासनको कारण तिनले बल गुमाए र कहिलेकाही बेहोस हुने रोगबाट पिड़ित हुन्थे, त्यसको असरबाट तिनी कहिल्यै पनि पूर्णरूपमा निको हुन सकेनन् । तर तिनका सम्पूर्ण प्रयासहरूद्वारा बोझले दबिएको प्राणलाई आराम दिएन । अन्तममा तिनी निराशको किनारमा पुगे ।MBAJ 120.2

    जब लुथरको नजरमा सबै कुरा असफल भएको जस्तै देखियो, परमेश्‍‍वरले तिनको लागि एउटा साथी र सहकर्मी उठाउनुभयो । भक्ति स्टापिट्‍जले परमेश्‍‍वरको वचन लुथरको मस्तिष्कमा खोलिदिए र तिनलाई आफूदेखि अन्तै हेर्न अनुरोध गरे, परमेश्‍‍वरको आज्ञा भङ्ग गरे बापत अनन्त सजायको विषयमा सोच्‍न छोडिदिने, र तिनको पाप क्षमा दिनुहुने मुक्तिदाता येशूलाई हेर्नु होस् भनी अनुरोध गरे । “तपाईंका पापहरूको यातना आफैले भोग्‍नुभन्दा बरु मुक्तिदाताको अंगालोमा आफैलाई सुम्पिदिनुहोस् । उहाँको जीवनको धार्मिकता र उहाँको मृत्युको प्रायश्‍चितमा भरोसा राख्‍नुहोस् । ... परमेश्‍‍वरको पुत्रको कुरा सुन्‍नुहोस् । तपाईंलाई ईश्‍‍वरीय अनुग्रहको भरोसा दिलाउन उहाँ मानिस बन्‍नुभयो ।” “उहाँलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई पहिले प्रेम गर्नुभयो ।” —D’Aubigné, b. 2, ch. 4. कृपाको समाचारवाहकले यस्ता कुराहरू बोले । तिनका शब्दहरूले लुथरको दिमागमा गहिरो प्रभाव पाऱ्यो । तिनका आत्मीय झूटहरूसँग धेरै संघर्ष गरेपश्‍चात् तिनले सत्यता बुझ्‍न सक्षम भए, त्यसपछि तिनको बेचैन प्राणमा शान्ति छायो ।MBAJ 121.1

    लुथर पूजाहारीको रूपमा अभिषेक भए र गुम्बाबाट विटनवर्गको विश्‍‍वविद्यालयमा एक प्रध्यापकको रूपमा तिनलाई बोलावट गरियो । त्यही ठाउँमा तिनले मौलिक भाषाहरूमा आफैले धर्मशास्‍‍त्र अध्ययन गर्न लागी परे । तिनले बाइबलको विषयमा भाषण आरम्भ गरे; भजनसग्रह, सुसमाचारका पुस्तकहरू र पत्रहरू हर्षित स्रोताहरूको भीडको समझशक्तिमा खोलिए । तिनीभन्दा उच्‍च पदमा रहेका तिनका साथी स्टापिट्‍जले पुल्पिटमा उक्‍लेर परमेश्‍‍वरको वचन प्रचार गर्न आग्रह गरे । ख्रीष्‍टको सट्टामा मानिसहरूसँग बोल्‍न आफैलाई अयोग्य ठानेर लुथर दुविधामा परे । तिनले लामो समयसम्म संघर्ष गरेपश्‍चात् मात्र साथीहरूको अनुरोध ग्रहण गरे । तिनी धर्मशास्‍‍त्रमा बलियो भइसकेका थिए, र परमेश्‍‍वरको अनुग्रह तिनीमाथि थियो । तिनको भाषणकलाले तिनका स्रोतालाई ध्यानाकर्षित पाऱ्यो, तिनले यस्तो स्पष्‍टता र शक्तिसाथ प्रस्तुत गरेको सत्यताले तिनीहरूको समझशक्तिलाई प्रभावित पाऱ्यो, तिनको जोशले तिनीहरूको हृदय छोयो ।MBAJ 121.2

    अझै पनि लुथरचाहिँ पोपको चर्चको सत्य पुत्र थिए र तिनले कहिल्यै पनि अन्तै मार्ग रोज्‍ने तिनको कुनै सोच नै थिएन । परमेश्‍‍वरको योजनाले तिनी रोममा भ्रमण गर्न गए । तिनले हिड्‍दै जाँदा गुम्बाहरूमा बास बस्दै पैदल यात्रा गरे । इटालीको आश्रममा भएको सम्पत्ति, भव्यता र विलासितालाई देखेर तिनी आश्‍चर्यचकित भए । राजकीय राजश्‍‍वले भिक्षुहरू महिमित महलहरूमा बस्थे, तिनीहरूले आफैलाई सबभन्दा महँगो र सुन्दर कपड़ाहरूले सजाउँदथे, र शानदार टेबुलमा भोज गर्दथे । दुःखदायी आशङ्कासाथ लुथरले यो दृश्‍‍य र आफ्‍नो आत्म-इन्कार र आफ्‍नै जीवनको कठिन क्‍लेशसँग भिन्‍नता देखे । तिनको दिमाग बेचैन भइरहेको थियो ।MBAJ 121.3

    अन्तमा तिनले निकै पर सात-पहाड़ भएको शहर देखे । गहिरो भावुकतामा डुबेर तिनी भुइमा लम्पसार परेर चिच्याए, “पवित्र रोम, म तपाईंलाई सलाम गर्छु !” —D’Aubigné, b. 2, ch. 6. तिनी शहरमा प्रवेश गरे, चर्चहरूमा भ्रमण गरे, पूजाहारी र भिक्षुहरूको अचम्मको कथाहरू बारम्बार सुने, आवश्‍‍यकीय सम्पूर्ण विधिहरू पूरा गरे । तिनले जता हेरे पनि ती दृश्‍‍यहरूले तिनलाई चकित र त्रसित बनायो । तिनले सम्पूर्ण श्रेणीका धर्म-अधिकारीहरूमा अधर्म देखे । तिनले पुरोहितहरूको अशिष्‍ट हँस्यौली सुने, र प्रभुभोजको अवधिमा पनि डरलाग्दो अश्‍‍लिल भाषाहरूप्रति तिनी भयभीत भए । जब तिनी भिक्षु र नागरिकहरूसँग घुलमिल भए तब भोगविलाश र लम्पट्यपन देखा पऱ्यो । जहाँ फर्केर हेरे पनि तिनले पवित्रताको सट्टामा धर्मभ्रष्‍टता भेट्टाए । तिनले लेखे, “रोममा कस्ता पापहरू र बदनामी कार्यहरू गरिन्छ भनी कसैले पनि कल्पना गर्न सक्दैन; तिनीहरूले नदेखेसम्म र नसुनेसम्म विश्‍‍वास गर्नै सक्दैनन् । त्यसकारण तिनीहरूको यस्तो भन्‍ने बानी छ, ‘यदि कुनै एउटा नरक छ भने रोम त्यसमाथि बसालिएको छ: यो एउटा अतल कुण्ड हो जहाँबाट सबै प्रकारको पाप निस्की आउँदछ ।’” —D’Aubigné, b. 2, ch. 6.MBAJ 122.1

    जसले तिनीहरूका घुँड़ाहरू टेकेर “पिलातसको भऱ्याङ्ग” मा चढ्‍छन् तिनीहरू सम्पूर्णलाई पोपद्वारा हालसालै जारी गरेको आदेशमा पाप-क्षमाको प्रतिज्ञा गरेको थियो, जुन हाम्रा मुक्तिदाता रोमको न्यायालयबाट निस्कनुहुँदा यसबाट ओर्लनुभएको थियो र यो यरूशलेमदेखि रोमसम्म अचम्मलाग्दो तरिकाले लगिएको थियो भन्‍ने भनाइ छ । एक दिन लुथर भक्तिपूर्णतासाथ ती खुड़किल्‍लाहरूमा चढ़िरहेका थिए, तब अचानक चट्याङ्गको आवाजले यसो भने जस्तो लाग्यो: “धर्मीचाहिँ विश्‍‍वासद्वारा जिउनेछ ।” रोमी १:१७ । तिनी आफ्‍नो गोड़ामा उभिए अनि घृणा र लाजले हतारिदै त्यहाँदेखि गए । तिनको मनमा त्यो पदले कहिल्यै त्यसको शक्ति गुमाएन । त्यसपछि मुक्तिका लागि मानवीय कामहरूमा भरोसा राख्‍ने झूटो विश्‍‍वास र ख्रीष्‍टका योग्यताहरूमा नियमित विश्‍‍वासको आवश्‍‍यकतालाई तिनले अब अझै स्पष्‍टता साथ बुझे । तिनका आँखाहरू खोलिएका थिए र पोपतन्‍‍त्रको कपटप्रति अब कहिल्यै पनि बन्द हुनु हुँदैनथ्यो । तिनले रोमबाट आफ्‍नो अनुहार फर्काउँदा हृदय पनि फर्काए, त्यसपछि विभाजन झन फराकिलो हुँदै गयो, अन्तमा पोपतन्‍‍त्रको चर्चबाट सबै सम्बन्ध विच्छेद भयो ।MBAJ 123.1

    रोमबाट फर्केपछि लुथरले विटनवर्गको विश्‍‍वविद्यालयमा धर्मशास्‍‍त्रको डाक्टरको उपाधि प्राप्‍त गरे । अब तिनले मन परेको धर्मशास्‍‍त्रमा आफैलाई स्‍वाधीनतासाथ समर्पण गर्ने यस्तो अवसर कहिल्यै पनि पाएका थिएनन् । तिनले आफ्‍नो जीवनभरि पोपको भनाइ र शिक्षा होइन, तर परमेश्‍‍वरको वचन होसियारीसाथ अध्ययन गर्ने, भक्तिसाथ प्रचार गर्ने भन्‍ने एक गम्भीर प्रतिज्ञा गरेका थिए । अब उप्रान्त तिनी भिक्षु वा प्रध्यापक मात्र थिएनन्, तर अधिकारयुक्त बाइबलको समाचारवाहक पनि थिए । सत्यताको खातिर भोकाएका र तिर्खाएका परमेश्‍‍वरको बगाललाई खुवाउने गोठालाको रूपमा तिनी बोलाइएका थिए । तिनले दृढतासाथ घोषणा गरे कि इसाईहरूले पवित्र धर्मशास्‍‍त्रको अधिकारमा आधारित शिक्षाहरू बाहेक अन्य कुनै पनि कुरा स्‍वीकार गर्नु हुँदैन । यी वचनहरूले पोपतन्‍‍त्रको सर्वोच्‍चताको जगलाई नै प्रहार गरिदिए । ती शब्दहरूमा सुधारको अत्यावश्‍‍यकीय सिद्धान्त समावेश थियो ।MBAJ 123.2

    परमेश्‍‍वरको वचनभन्दा मानिसका सिद्धान्तहरू उच्‍च पार्ने खतरा लुथरले देखे । विश्‍‍वविद्यालयका शिक्षकहरूको काल्पनिक अभक्तिपनालाई तिनले निडरतासाथ आक्रमण गरे र तिनले दर्शनशास्‍‍त्र र धर्म विज्ञानलाई प्रतिकार गरे जसले लामो समयसम्म मानिसहरूमाथि नियन्‍‍त्रण गरेको थियो । तिनले यस्ता अध्ययनहरूलाई मुल्यहीनताको रूपमा इन्कार मात्रगरेनन् तर सर्वनाशकारी भनी आरोप पनि लगाए, र स्रोताका दिमागहरू दर्शनशास्‍‍त्रीहरू र धर्मशास्‍‍त्रीहरूको कुतर्कपूर्ण कुराहरूबाट अगमवक्ताहरू र प्रेरितहरूले चम्काएको सत्यतातर्फ औल्याउने प्रयास गरे ।MBAJ 123.3

    त्यो सन्देश बहुमूल्य थियो जुन तिनको वचन ध्यान दिएर सुन्‍न आएका उत्सुक भीडलाई तिनले बताए । तिनीहरूका कानमा यस्ता प्रकारका शिक्षाहरू कहिल्यै पनि परेका थिएनन् । मुक्तिदाताको प्रेमको खुशीको सन्देश, उहाँको प्रायश्‍चित् गर्ने रगतद्वारा शान्ति र क्षमाको आशाले तिनीहरूका हृदयहरू आनन्दित भए र तिनीहरूभित्र अविनाशी आशा उत्पन्‍न गऱ्यो । विटनवर्गमा एउटा ज्योति बल्यो जसका किरणहरू संसारको पल्‍लो छेउसम्म पुग्‍नु आवश्‍‍यक थियो, र त्यो समयको अन्तसम्म त्यसको उज्‍ज्‍वलताको विकास हुनुपर्ने थियो ।MBAJ 124.1

    तर उज्यालो र अन्धकार मिल्‍न सक्दैन । सत्यता र झूटको बीचमा एक रोक्‍न नसकिने संघर्ष हुन्छ । कुनैलाई धारण गर्नु र प्रतिरक्षा गर्नुपर्दा एउटाले आक्रमण गरेर अर्कालाई जित्‍नुपर्छ । हाम्रो मुक्तिदाता आफैले घोषणा गर्नुभयो: “शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ ।” मत्ती १०:३४ । सुधार-कार्य आरम्भ भएको केही वर्षपछि लुथरले भने: “परमेश्‍‍वरले मलाई अगुवाइ गर्नुहुन्‍न, उहाँले मलाई अगाडि ठेल्‍नुहुन्छ । उहाँले मलाई बोकेर लानुहुन्छ । म आफै मेरो मालिक होइनँ । आरामले जिउने मेरा इच्छा छ; तर म खैलाबैला र विद्रोहमा फालिएको छु ।” —D’Aubigné, b. 5, ch. 2. अब तिनी संघर्षमा पारिन आँटेका थिए ।MBAJ 124.2

    रोमको चर्चले परमेश्‍‍वरको अनुग्रहलाई व्यापार बनाएको थियो । वेदीको छेउमा सटही टेबुलहरू राखिएका थिए, किन-बेच गर्नेहरूको आवाजको प्रतिध्वनि भइरहेको थियो । (मत्ती २१:१२) । रोममा भएको [सन्त पत्रूस] सेन्ट पीटर चर्च खडा गर्नलाई पैसा जम्मा पार्ने अनुरोधका साथ पोपको अधिकारद्वारा पाप-क्षमापत्र सामूहिकरूपमा बेचिरहेका थिए । अपराधको मूल्यले परमेश्‍‍वरको सेवाका लागि एउटा मन्दिर बनाउनुपर्ने थियो—अधर्मको ज्यालाले कुने दुङ्गा बसालियो ! तर रोमले उन्‍नतिका लागि अपनाएको त्यहीँ माध्यमले त्यसको महानता र शक्तिमा सबभन्दा घातक प्रहार पाऱ्यो । यसद्वारा नै पोपतन्‍‍त्रका सबभन्दा निर्णायक र सफलतापूर्ण शत्रुहरू सुरुवात् गऱ्यो, र यस्तो लड़ाइँ भयो कि पोपतन्‍‍त्रको सिंहासनलाई हल्‍लाइदियो र पोपको शिरमा भएको त्रिमुकुटमा ठक्‍कर दियो ।MBAJ 124.3

    कार्यालयबाट जर्मनीमा क्षमा-पत्र लैजान तेट्‍जल नामको व्यक्तिलाई नियुक्त गरियो जसले समाज र परमेश्‍‍वरको व्यवस्था विरुद्ध सबभन्दा नीच अपराधहरूमा दोषी ठहराएको थियो; तर उसको अपराधहरूका लागि भोग्‍नुपर्ने सजायबाट उम्कने भएपछि पोपको स्‍वार्थी र निर्लज्‍ज कार्यलाई विस्तार गर्नमा ऊ प्रयोग भयो । त्यसले ठूलो निर्लज्‍जतासाथ सबभन्दा स्पष्‍ट झूटहरू दोहोऱ्यायो र अन्‍जान, सजिलै विश्‍‍वास गर्ने, अन्धविश्‍‍वासी मानिसहरूलाई बहकाउन आश्‍चर्यपूर्ण दन्त्य कथाहरू भने । यदि तिनीहरूसँग परमेश्‍‍वरको वचन भएको भए तिनीहरू यसरी भ्रममा पर्ने थिएनन् । तिनीहरूलाई पोपतन्‍‍त्रको नियन्‍‍त्रणमा राख्‍न त्यसो गरिएको थियो ताकि ती अभिलाषी अगुवाहरूले धन र शक्ति आर्जन गर्न सकून् भनी तिनीहरूबाट बाइबल हटाइएको थियो । (See John C. L. Gieseler, A Compendium of Ecclesiastical History, per. 4, sec. 1, par. 5.)MBAJ 124.4

    जब तेट्‍जल शहरमा प्रवेश गऱ्यो तब एउटा समाचारवाहक सूचना दिँदै अगाडि गयो: “परमेश्‍‍वर र पवित्र पिताको अनुग्रह तपाईंहरूका ढोकाहरूमा आईपुगेको छ ।” —D’Aubigné, b. 3, ch. 1. परमेश्‍‍वर नै स्‍वर्गबाट तिनीहरूकहाँ आएझैँ मानिसहरूले त्यो ईश्‍‍वर-निन्दक ठगलाई स्‍वागत गरे । चर्चभित्र अपमानजनक व्यवसाय खडा गरियो, र तेट्‍जलले पुल्पिटमा उक्‍लेर क्षमा-पत्रलाई परमेश्‍‍वरको सबभन्दा बहुमूल्य उपहारको रूपमा तारिफ गऱ्यो । उसले घोषणा गऱ्यो कि उसको पाप-क्षमाको प्रमाण पत्रहरूको प्रयोगद्वारा ग्राहकले भविष्यमा गर्न चाहेको सम्पूर्ण पापहरू क्षमा हुनेछ र “पश्‍चात्तापको पनि आवश्‍‍यकता पर्नेछैन ।” —D’Aubigné, b. 3, ch. 1. त्यति मात्र कहाँ हो र ! यो क्षमा-पत्रहरूमा बाँचेकाहरू मात्र होइन, मरेकाहरूलाई पनि बचाउन सक्‍ने शक्ति छ भनी उसका स्रोतालाई विश्‍‍वस्त पाऱ्यो; उसको कन्तुरमा पैसाको छिन्द्रिङ्ग आवाज आउने बितिकै जुन आत्माका खातिर मूल्य चुकाएको थियो सो व्यक्ति तपोभूमिबाट उम्केर स्‍वर्गको मार्गतर्फ यात्रा आरम्भ गरेको हुन्थ्यो । (See K. R. Hagenbach, History of the Reformation, vol. 1, p. 96.)MBAJ 125.1

    जब सिमन मगसले प्रेरितहरूबाट अचम्मलाग्दा कामहरू गर्न सक्‍ने शक्ति किन्‍न खोज्दा पत्रूसले जवाफ दिए: “तेरो रुपियाँ तँसँगै नष्‍ट होस्, किनकि परमेश्‍‍वरको वरदान रुपियाँले किन्‍न सकिन्छ भनी तैंले विचार गरिस् ।” प्रेरित ८:२० । तर तेट्‍जलको अनुरोधलाई हजारौँ उत्सुक भाीड़हरूले ग्रहण गरे । उसको अर्थ भण्डारमा सुन र चाँदी थुप्रियो । पश्‍चात्ताप, विश्‍‍वास र पाप प्रतिकार गर्न र त्यसमाथि विजय हुन मेहनतपूर्ण प्रयत्‍न गर्नुभन्दा पैसाले किन्‍न सक्‍ने मुक्ति प्राप्‍त गर्नु नै धेरै सजिलो भयो । (एपेण्डिक्समा पृष्‍ठ ५९ हेर्नुहोस्) ।MBAJ 126.1

    रोमको चर्चमा शिक्षित र भक्ति माहानुभावहरूद्वारा पाप-क्षमापत्रको शिक्षालाई विरोध गरेका थिए, र विवेक र प्रकाश दूवैको विपरीत रहेका बाहानाहरू धेरै जनाले विश्‍‍वास गरेनन् । कुनै पनि पुरोहितले यो अपराधी व्यवसायको विरुद्धमा आवाज उठाउने साहस गरेन; तर मानिसहरूको दिमाग खलबल र अशान्त थियो, र परमेश्‍‍वरले आफ्‍नो चर्चलाई शुद्धीकरण गर्नको लागि कुनै-कुनै साधनहरूद्वारा काम गर्नुहुन्‍न कि भनी धेरै जनाले उत्सुकतापूर्वक प्रश्‍न गरे ।MBAJ 126.2

    लुथर अझै पनि कठोर प्रकारको पोपतान्‍त्रिक नै भएतापनि व्यापारीहरूको क्षमा-पत्रको ईश्‍‍वर-निन्दित दुःसाहसहरूप्रति भयभीत भए । तिनको आफ्‍नै सदस्यहरूमध्ये धेरै जनाले पाप-क्षमाको प्रमाण पत्र किनेका थिए, चाँडै नै तिनीहरूले क्षमा पाइने आशाका साथ तिनीहरूका विभिन्‍न पापहरूको पास्टरकहाँ स्‍वीकार गर्दै आए, तिनीहरू पश्‍चात्तापी र सुधार हुने इच्छाले आएका होइनन्, तर त्यहीँ पाप क्षमा-पत्रको आधारमा आएका थिए । लुथरले तिनीहरूलाई क्षमा दिन इन्कार गरे, र तिनीहरूले पश्‍चात्ताप गरेर आफ्‍ना जीवनमा सुधार ल्याएनन् भने तिनीहरू आफ्‍नै पापमा नष्‍ट हुनुपर्छ भनी लुथरले तिनीहरूलाई चेतावनी दिए । उसको प्रमाण-पत्र दोष सुन्‍ने पूजाहारीद्वारा अस्‍वीकार गरियो भन्‍ने गुनासोका साथ तिनीहरू गहिरो व्याकुलतासाथ तेट्‍जलकहाँ गए; र कति जनाले हिम्मतसाथ तिनीहरूको पैसा फिर्ता मागे । सन्यासी रिसले चूर भयो । उसले भयंकर सरापहरूको उच्‍चारण गऱ्यो, जनतामा आगो लगाइदियो, र घोषणा गऱ्यो कि “जसले उसको पवित्र क्षमा-पत्रको विरोधमा जाने संकल्प गर्दछ त्यस्ता सबै धर्मविरोधीहरूलाई जलाउने उसले पोपबाट एक हुकुम पाएको छ ।” —D’Aubigné, b. 3, ch. 4.MBAJ 126.3

    अब लुथर आफ्‍नो काममा हिम्मतसाथ सत्यताको विजेता भएर प्रवेश गरे । तिनको आवाज उत्सुक, गहन चेतावनीहरूमा पुल्पिटबाट सुनिन्थ्यो । तिनले मानिसहरूको अगाडि पापको घृणाजनक चरित्र देखाए, मानिसको आफ्‍नै कामद्वारा दोष घटाउन वा सजायबाट उम्कन असम्भव छ भनी सिकाए । परमेश्‍‍वरप्रति पश्‍चात्ताप र ख्रीष्‍टमा विश्‍‍वास बाहेक अरू कुनै कुराले पापीलाई बचाउन सक्दैन । ख्रीष्‍टको अनुग्रह किन्‍न सकिँदैन; यो एक सित्तैको उपहार हो । तिनले मानिसहरूलाई क्षमा-पत्र नकिन्‍ने, तर विश्‍‍वासद्वारा क्रूसमा टाँगिनु भएको मुक्तिदातालाई हेर्ने सल्‍लाह दिए । तिनले आफ्‍नै अपमान र यातनाद्वारा मुक्ति पाउने व्यर्थको प्रयत्‍नमा आफ्‍नो पीड़ादायी अनुभवलाई वर्णन गरे, र तिनका स्रोतालाई यो भरोसा दिलाए कि आफूबाट टाढ़ा हेरेर ख्रीष्‍टमाथि विश्‍‍वास गरेपछि तिनले शान्ति र आनन्द पाए ।MBAJ 127.1

    जब तेट्‍जलले आफ्‍नो व्यापार र अधर्मी ठगहरूलाई निरन्तर दियो, लुथरले दुष्‍ट अत्याचारहरूप्रति अझै प्रभावशाली विरोध जनाउने निर्णय गरे । चाँडै नै एउटा अवसर प्रदान गरियो । विटनवर्गको दरबारको चर्चमा धेरै अवशेषहरू थिए, जुन कुनै-कुनै पवित्र दिनहरूमा मानिसहरूलाई प्रर्दशन गरिन्थ्यो, त्यो समयमा चर्चमा आउने र पाप स्‍वीकार गर्ने जति सबै जनालाई पूर्ण पाप क्षमा दिइन्थ्यो । त्यसैअनुसार ती दिनहरूमा विशाल सङ्ख्यामा मानिसहरू त्यहाँ जान्थे । यी सबभन्दा महत्‍वपूर्ण चाड़हरूमध्ये एउटा चाड़ “समस्त सन्त दिवस” नजिक आइरहेको थियो । अघिल्‍लो दिनमा नै लुथर चर्चतर्फ जाँदै गरेका भीडहरूसँग गएर क्षमा-पत्रहरूको शिक्षा विरोध पन्‍चानब्‍बे तथ्यहरू समावेश भएको प्रस्तावना पत्र यसको ढोकामा टाँसीदिए । जो-जो यी तथ्यहरूको विरुद्ध आक्रमण गर्न चाहन्छन् तिनी ती कुराहरूको पक्षमा बोल्‍न भोलिपल्ट विश्‍‍वविद्यालयमा आफू तयार भएको कुरा तिनले घोषणा गरे ।MBAJ 127.2

    तिनका प्रस्तावनाहरूले विश्‍‍वको ध्यानाकर्षण गऱ्यो । ती प्रस्तावनाहरू बारम्बार पढिए र प्रत्येक दिशामा त्यसलाई दोहोऱ्याइयो । विश्‍‍वविद्यालय र सम्पूर्ण शहरभरि एक ठूलो उत्तेजना सृजना भयो । यी तथ्यहरूद्वारा यस्तो कुरा देखायो कि पाप क्षमा प्रदान गर्ने र त्यसको सजायमुक्त गर्ने शक्ति पोप वा कुनै मानिसहरूलाई दिइएको छैन । यो पूरा योजना एउटा झूट मात्र थियो—मानिसहरूको अन्धविश्‍‍वासमा खेलबाड़ गरेर पैसा थुपार्ने एक सीप मात्र थियो—योचाहिँ शैतानको यस्तो प्रकारको औजार हो जसले त्यसको झूटा भनाइहरूमाथि भरोसा राख्दछन् तिनीहरू सबैको प्राणलाई नष्‍ट पार्दछ । ख्रीष्‍टको सुसमाचार र त्यसमा भएको परमेश्‍‍वरको अनुग्रह चर्चको सबभन्दा बहुमूल्य गाडधन हो भनी त्यहाँ स्पष्‍ट प्रकट गरिएको थियो, जसले पश्‍चात्ताप र विश्‍‍वासद्वारा खोज्दछन् तिनीहरू सबैको लागि सित्तैको वरदान प्रकट भएको थियो ।MBAJ 127.3

    लुथरका तथ्यहरूले एउटा विवादष्पद चुनौती दिएको थियो; तर कसैले पनि यो चुनौती स्‍वीकार गर्ने साहस गरेनन् । तिनले प्रस्तावमा ल्याएका विषयबस्तुहरू केही दिनमै जर्मनीभरि फैलियो, केही हप्‍तामा इसाई जगतभरि गुञ्‍जियो । धेरै जना विश्‍‍वासयोग्य रोमी अनुयायीहरू थिए जसले चर्चमा फैलिएको डरलाग्दो अधर्म देखेर विलाप गरेका थिए, तर यसको विकासलाई कसरी रोक्‍ने थाहा थिएन, त्यसमा परमेश्‍‍वरको आवाज चिनेर ती प्रस्तावहरू बडो आनन्दले पढियो । तिनीहरूलाई यस्तो महसुस भयो कि वेगसाथ बढिरहेको भ्रष्‍टताको छाल रोक्‍न प्रभुले अनुग्रहका साथ उहाँको हात पसार्नुभयो जुन रोमको शासनबाट निस्किरहेको थियो । राजकुमारहरू र न्यायाध्यक्षहरू गुप्‍तमा आनन्दित भए कि अभिमानी शक्तिमाथि अब नियन्‍‍त्रण गरिने भयो जसले त्यसको निर्णयहरूमा गरिएको निवेदनको अधिकारलाई अस्‍वीकार गर्दथ्यो ।MBAJ 128.1

    तर जब तिनीहरूको डर शान्त पार्ने झूटहरू हट्यो तब पाप-प्रेमी र अन्धविश्‍‍वासी भीडहरू डराए । अपराध गर्न अनुमति दिने कार्यमा अवरोध आयो र तिनीहरूको फाइदा उठाउने कार्यमा खतराहरू आयो भन्‍ने कुरा देखेर षड्यन्‍‍त्रकारी पादरीहरू रिसले चूर भए, र तिनीहरूको झूट उच्‍च पार्नका लागि तिनीहरूले आन्दोलन गरे । सुधारकले तीतो दोषकर्ताहरूसँग सामना गर्नुपर्ने भयो । कतिले तिनलाई बेहोशी र आवेगमा आउने भनी दोष लगाए । तिनी परमेश्‍‍वरबाट निर्देशन पाएका होइनन्, तर घमण्ड र साहसले काम गरिरहेका छन् भन्‍ने अरूले घोषण गरेर दुःसाहसको दोष लगाए । तिनले प्रतिक्रिया जनाए, “कुनै पनि मानिसले नयाँ विचार पस्तुत गर्दा अलिकति घमण्ड र झगड़ा उत्तेजकको दोषविना प्रस्तुत विरल्‍लै पाइन्छ भनी कसलाई थाहा छैन र ? ... ख्रीष्‍ट र सबै शहिदहरू किन मारिए ? किनकि तिनीहरू त्यो समयको बुद्धिप्रति घमण्डी घृणाको व्यक्तिहरूको रूपमा देखिन्थे, र तिनीहरूले पहिला प्राचीन विचारहरूको धार्मिक पुस्तकहरूमा नम्रतासाथ सल्‍लाह नलिइकन नौलो कुराहरूलाई प्रस्ताव गरेका थिए ।”MBAJ 128.2

    तिनले फेरि भने: “जे म गर्छु त्यो हुनेछ, मानिसहरूको बुद्धिले होइन, तर परमेश्‍‍वरको सल्‍लाहले हुनेछ । यदि यो परमेश्‍‍वरको काम हो भने कसले रोक्‍न सक्छ ? यदि सो होइन भने कसले अगाडि लैजान सक्छ र ? मेरो इच्छा होइन, न तिनीहरूको, नता हाम्रो; तर हे पवित्र पिता, जो स्‍वर्गमा हुनुहुन्छ, तपाईंकै इच्छा हो ।” —D’Aubigné, b. 3, ch. 6.MBAJ 129.1

    लुथरको कार्यको आरम्भ परमेश्‍‍वरको पवित्र आत्माद्वारा भएपनि कठोर संघर्षविना अगाडि बढ्‍दैनथ्यो । तिनका शत्रुहरूका घृणाहरू, तिनका उद्देश्‍‍यहरूको कुव्याख्या, र तिनको अभिप्राय र चरित्रमाथि तिनीहरूको अन्याय र ईर्ष्यापूर्ण बदनाम जस्ता कुराहरू तिनीमाथि एक आश्‍चर्यपूर्ण बाढ़ीझैँ आयो; ती कुराहरू असरविना भएनन् । तिनको विचार निश्‍चित भइसकेको थियो कि चर्च र विद्यालयहरू दुवैका मानिसहरूका अगुवाहरू सुधारका लागि हर्षसाथ तिनीसँग एकत्रित हुनेछन् । ती उच्‍च पदमा भएकाहरूका उत्साहित वचनले तिनलाई आनन्द र आशाको प्रेरणा दिएको थियो । तिनको अनुभवमा चर्चको लागि एउटा अझै उज्‍ज्‍वल दिनको प्रभात उदाइरहेको तिनले देखिसकेका थिए । तर साहस दोषारोपण र घृणामा परिवर्तन भएको थियो । चर्च र राज्य दुवैका धेरै जना मान्यजनहरूलाई तिनका तथ्यहरूको सत्यतामा चित्त बुझ्यो; तर तिनीहरूले चाँडै थाहा पाए कि यी सत्यताहरू स्‍वीकार गर्दा धेरै परिवर्तन हुनुपर्छ । मानिसहरूलाई शिक्षित बनाउन र सुधार्नु भनेको नै वास्तवमा रोमको अधिकारको जरा काट्‍ने औजार हुनुपर्ने थियो, त्यसको अर्थ भण्डारमा बगिरहेको हजारौँ खोलाहरू बन्द गर्नु, पोपतन्‍‍त्रको फजुल खर्च र विलासितालाई ठूलो तरिकाले घटाउँदथ्यो । त्यति मात्र नभएर मानिसहरूलाई जिम्मेवारी प्राणीहरू स्‍वरूप मुक्तिका लागि ख्रीष्‍टलाई मात्र हेरेर सोच्‍न र अभ्यास गर्न सिकाउँदा पोपको सिंहासन नष्‍ट हुनेथियो र अन्तमा तिनीहरूको आफ्‍नै अधिकार पनि नष्‍ट हुनेथियो । यसकारण परमेश्‍‍वरले तिनीहरूलाई प्रदान गर्नुभएको ज्ञान तिनीहरूले अस्‍वीकार गरे र जुन मानिसलाई उहाँले प्रकाश दिन तिनीहरूकहाँ पठाउनुभएको थियो सो व्यक्तिप्रति गरिएको विरोधद्वारा नै तिनीहरूले आफैलाई ख्रीष्‍ट र सत्यता विरुद्ध जान तयार गराए ।MBAJ 129.2

    लुथरले आफैलाई हेरेर आफै कामे—पृथ्वीका सबभन्दा ठूल्ठूला शक्तिहरूलाई एउटा मानिसले विरोध गरेथ्यो । कहिलेकाही तिनले शंका गर्दथे कि तिनलाई वास्तवमै चर्चको अधिकारको विरुद्धमा परमेश्‍‍वरले अगुवाइ गर्नुभएको हो के त ? तिनी लेख्‍छन्, “पोपको ऐश्‍‍वर्यको विरोध गर्ने म को थिएँ र, जसको सामुन्‍ने ... पृथ्वीका राजाहरू र सम्पूर्ण संसार थर्कमान् हुन्थे ? ... यी अघिल्‍ला दुई वर्षहरूमा मेरो हृदयले कस्तो कष्‍ट भोग्यो र म कति निराशमा परें र कस्तो उदासमा म डुबें भनी कसैलाई थाहा छैन ।” —D’Aubigné, b. 3, ch. 6. तर तिनी पूर्णरूपमा निरूत्साह भएनन् । जब मानवीय सहायता असफल भयो, तिनले परमेश्‍‍वरलाई मात्र हेरे कि तिनी सर्वशक्तिमान पाखुरामा पूर्ण सुरक्षासाथ रहन सक्छन् भनी तिनले सिके ।MBAJ 130.1

    सुधार-कार्यको एक जना मित्रलाई लुथरले लेखे: “हामीले धर्मशास्‍‍त्रको समझ अध्ययन वा विवेकद्वारा प्राप्‍त गर्न सक्दैनौं । तपाईंको पहिलो कामचाहिँ प्रार्थनाद्वारा आरम्भ गर्ने हो । उहाँको महान् कृपाद्वारा उहाँको वचनको सत्य अर्थ बुझ्‍नको लागि प्रभुसँग निवेदन गर्नुहोस् । परमेश्‍‍वरको वचनको लेखक बाहेक अरू कोही पनि त्यसको अनुवादक हुन सक्दैन, जसरी उहाँ आफैले भन्‍नुभएको छ, ‘परमेश्‍‍वरले तिनीहरू सबैलाई सिकाउनुहुनेछ ।’ आफ्‍नै परिश्रम र समझशक्तिबाट केही आशा नगर्नुहोस्: मात्र परमेश्‍‍वर र उहाँको आत्माको प्रभावमा भरोसा राख्‍नुहोस् । अनुभवी व्यक्तिको वचनमा विश्‍‍वास गर्नुहोस् ।” —D’Aubigné, b. 3, ch. 7. जसले यो कुरा महसुस गर्दछन् कि वर्तमान समयका लागि प्रदान गरिएको गम्भीर सत्यताहरू अरूलाई प्रकट गर्न परमेश्‍‍वरले बोलाउनु भएको छ तिनीहरूका लागि अति नै महत्‍वपूर्ण पाठ यहाँ छ । यी सत्यताहरूले शैतान र त्यसले सृजना गरेका दन्त्यकथाहरूले प्रेमीहरूसँग दुश्‍‍मनी बनाउँछ । दुष्‍टका शक्तिहरूसँग लड़ाइँ गर्दा विवेकको सामर्थ्य र मानवीय बुद्धिभन्दा पनि कुनै ठूलो कुराको आवश्‍‍यकता पर्दछ ।MBAJ 130.2

    जब शत्रुहरूले परम्परा र संस्कृति, वा भनाइहरू र पोपको अधिकार प्रस्तुत गरे, तब लुथरले बाइबल र बाइबलले मात्र तिनीहरूको सामना गरे । यहाँ यस्ता विवादहरू थिए जुन तिनीहरूले जवाफ दिन सक्दैनथे; यसकारण रीतिवाद र अन्धविश्‍‍वासका दासहरू तिनको रगतको लागि चिच्याए, जसरी यहूदीहरू ख्रीष्‍टको रगतको लागि चिच्याएका थिए । रोमी कट्टरपन्थीहरू चिच्याए, “यो अपधर्मी हो । यति डरलाग्दो अपधर्मीलाई एक घण्टा जिउँदो राख्‍नु पनि चर्चको विरोधमा यो ठूलो विद्रोह हो । अब तुरुन्तै यसको लागि एउटा फाँसी दिने तख्ता खडा गरी हालून् !” —D’Aubigné, b. 3, ch. 9. तर तिनीहरूको क्रोधमा लुथर शिकार बनेनन् । परमेश्‍‍वरले तिनका निम्ति काम राखिदिनुभएको थियो, र स्‍वर्गदूतहरू तिनलाई रक्षा गर्न पठाइए । जे भएपनि, जसले लुथरको बहुमूल्य ज्योति स्‍वीकार गरेका थिए तिनीहरू धेरै जना शैतानको क्रोधको तारा बने र सत्यताका खातिर यातना र मृत्यु निडरतासाथ भोगे ।MBAJ 130.3

    लुथरका शिक्षाहरूले सबै जर्मनीभरि रहेका विचारशील मष्‍तिष्कहरूको ध्यानाकर्षण गऱ्यो । तिनका प्रवचनहरू र लेखहरूबाट ज्योतिका किरणहरू निस्क्‍यो जसले हजारौँलाई ब्यूँझायो र उज्यालो पाऱ्यो । मृतक रीतिवादको सट्टामा अब जिउँदो विश्‍‍वास आएको थियो, जुन रीतिवादमा मण्डली लामो समयसम्म अभ्यस्त थियो । रोमी विश्‍‍वासको अन्धविश्‍‍वासमा मानिसहरूको भरोसा दैनिक गुम्दैथियो । भेदभावका पर्खालहरू हट्‍दैथिए । लुथरले प्रत्येक सिद्धान्त र दाबी परमेश्‍‍वरको वचनद्वारा जाँच्दथे जुन मानिसहरूका हृदयहरूसम्म काट्‍ने दुई-धारे तरवार जस्तै थियो । आत्मिकी विकासका लागि चासो सर्वत्र जागृत भइरहेको थियो । युगौँदेखि अज्ञात् रहेको धार्मिकताप्रति भोका र तिर्खाको अवस्था सर्वत्र देखियो । धेरै समयदेखि मानवीय विधि र सांसारिक मध्यस्थकर्ताहरूमा केन्द्रित भएका मानिसहरूका आँखाहरू अब पश्‍चात्ताप र विश्‍‍वाससाथ ख्रीष्‍ट र उहाँको क्रूसको मृत्युतर्फ फर्के ।MBAJ 131.1

    यो व्यापकरूपले फैलिएको चाखले गर्दा पोपतन्‍‍त्रीय अधिकृतहरूका भयहरू अझै उक्सायो । धर्म विरोधीको अभियोगमा सफाइ दिन लुथरलाई रोममा बोलावट भयो । यो आज्ञाले गर्दा तिनका साथीहरू भयभीत भए । तिनीहरूहरूले त्यो खतरा राम्ररी जान्दथे जुन त्यो भ्रष्‍ट शहरमा तिनीमाथि आउनै लागेको थियो, त्यो येशूका शहिदहरूको रगतद्वारा पहिले नै मातिसकेको थियो । तिनीहरूले तिनी रोममा जाने कुराको विरोध गरे र तिनको अनुसन्धान जर्मनीमा नै गरिओस् भनी अनुरोध गरे ।MBAJ 131.2

    अन्तमा त्यो प्रबन्ध सुनुवाइ भयो, र मुद्दा सुन्‍न पोपको प्रतिनिधि नियुक्त गरियो । यो अधिकृतसँग पोपद्वारा सूचना संञ्‍चारित हुँदा लुथरलाई अपधर्मी घोषणा गरिसकेको कुरा बतायो । यसकारण प्रतिनिधिलाई “कुनै ढीला नगरीकन अनुसन्धान र बाध्य गर्ने” आदेश दिइएको थियो । यदि तिनी दृढ नै रहे भने र प्रतिनिधिले तिनलाई गिरफ्तार गर्न असफल भएमा, “तिनलाई जर्मनीको प्रत्येक क्षेत्रमा न्यायदेखि बाहिर पार्न; तिनका पछि लाग्‍ने सबै जनालाई बहिष्कार गर्न, सराप्‍न र चर्चबाट निकाल्‍न” उसलाई शक्ति दिइएको थियो । —D’Aubigné, b. 4, ch. 2. पोपले त्यसको प्रतिनिधिलाई अझै यसरी निर्देशन दिए, सम्राट बाहेक चर्च र राज्यमा जस्तो सुकै पदमा भएपनि माहामारी रूपी अपधर्मलाई जरैदेखि उखल्‍न, चर्चबाट बहिष्कार गर्न जसले लुथर र तिनका अनुयायीहरूलाई जफत गर्न इन्कार गर्दछन् तिनीहरूलाई रोमको प्रतिशोधमा सुम्पिदेऊन् ।MBAJ 132.1

    पोपतन्‍‍त्रको सत्य आत्मा यहाँ प्रदर्शन भयो । त्यो सम्पूर्ण प्रलेखमा एउटा इसाई शिक्षाको प्रमाण वा साधारण न्यायको निशाना पनि देखिँदैन थिए । लुथर रोमदेखि धेरै टाढ़ा थिए; तिनको विश्‍‍वास वर्णन गर्ने वा त्यसको पक्षमा बोल्‍ने तिनले अवसर नै पाएनन्; तापनि तिनको मुद्दा पहिले नै अनुसन्धान भइसकेको थियो, तिनलाई छिट्टै अपधर्मी घोषणा गरियो, र त्यही दिनमा अनुरोध गऱ्यो, दोषी ठहऱ्यायो, न्याय गऱ्यो, दोष दियो; र यी सबै कुरा स्‍वघोषित पवित्र पिता, एक मात्र सर्वोच्‍च, राज्य र चर्चको अटल अधिकारबाट भएको थियो !MBAJ 132.2

    जब लुथरलाई सत्य साथीको सहानुभूति र सल्‍लाह आवश्‍‍यक परेको थियो यही समयमा परमेश्‍‍वरको कृपाले मलेङ्‍थनलाई विटनवर्गमा पठाउनुभयो । कम उमेरको भएतापनि तिनी भद्र र नम्र स्‍वभावका थिए, मलेङ्‍थनको स्‍वच्छ विचार, बृहत् ज्ञान, आर्कषित भाषणकला तिनको चरित्रको शुद्धता र निर्दोषतासँगै काम गर्दा तिनले विश्‍‍वव्यापी प्रशंसा र आदर जिते । तिनका प्रतिभाहरूको प्रताप तिनको नम्र स्‍वभावभन्दा कम थिएन । तिनी चाँडै सुसमाचारका उत्सुक चेला भए, र लुथरको सबभन्दा विश्‍‍वासी साथी र बहुमूल्य सहायक पनि भए; तिनको नम्रता, सावधानी र यथार्थताले लुथरको साहस र बलमा परिपुरकको [सहयोग] रूपमा काम गऱ्यो । तिनीहरूको एकताले सुधार-कार्यमा अझै सामर्थ्य थपियो र लुथरको लागि एक ठूलो साहसको स्रोत भयो ।MBAJ 132.3

    अग्सवर्गलाई एक अनुसन्धानको स्थान तोकिसकेको थियो, र सुधारक पैदल यात्रा गरेर त्यहाँ गए । तिनका खातिर गम्भीर डरहरू मनमा थियो । तिनलाई बाटोमा गिरफ्तार गरिनेछ र हत्या गरिनेछ भन्‍ने सार्वजनिक धम्कीहरू गरिएका थिए, र तिनका साथीहरूले तिनलाई जोखिममा नपर्नुहोस् भनी साहससाथ अनुरोध गरे । तिनीहरूले तिनलाई केही समयसम्म विटनवर्ग छोड्‍ने र जसले तिनलाई हर्षसाथ सुरक्षा गर्छ त्यहाँ सुरक्षा खोज्‍न आग्रह पनि गरे । तर परमेश्‍‍वरले तिनलाई दिनुभएको स्थान तिनले छोड्‍न मानेनन् । तिनीमाथि आँधीहरू बजारिए तापनि तिनले सत्यतालाई जोगाउन विश्‍‍वासयोग्यसाथ निरन्तरता दिनुपर्ने थियो । तिनको भाषा यस्तो थियो: “म यर्मियाजस्तै संघर्ष र तर्कको मानिस हुँ; तर जति तिनीहरूको धम्कीहरू बढ्‍छन्, त्यति नै मेरो आनन्द वृद्धि हुन्छ । ... तिनीहरूले मेरो इज्‍जत र सम्मान नष्‍ट गरिसके । एउटै चिज बाँकी छ; त्यो मेरो दुर्बल शरीर हो: यो पनि तिनीहरूले लिऊन्; यसरी तिनीहरूले मेरो जीवनको केही घण्टाहरू मात्रै घटाइ दिन्छन् । तर मेरो प्राण तिनीहरूले लिन सक्दैनन् । जसले संसारमा ख्रीष्‍टको वचन घोषण गर्ने इच्छा राख्दछ, त्यसले कुनै पनि घडीमा मृत्युको आशा गर्नैपर्छ ।” —D’Aubigné, b. 4, ch. 4.MBAJ 133.1

    लुथर अग्सवर्गमा पुग्‍ने खबरले पोपतन्‍‍त्रको प्रतिनिधिलाई अत्यन्त्यै सन्तुष्‍टि प्रदान गऱ्यो । पूरा संसार खलबल्याउँदै दुःख दिने अपधर्मी अब रोमको शक्तिमा परेको जस्तो देखियो, र त्यो प्रतिनिधिले निर्णय गऱ्यो कि अब तिनी चाहिँ उम्कनु हुँदैन । सुधारकले आफ्‍नो लागि सुरक्षा-पत्रको प्रबन्ध मिलाउन असफल भएका थिए । एउटै पनि सुरक्षा-पत्रविना पोपको प्रतिनिधिको सामुन्‍ने नजानुहोस् भनी तिनका साथीहरूले आग्रह गरे, र तिनीहरूले नै सम्राटबाट सो उपलब्ध गराउने प्रबन्ध मिलाए । त्यो प्रतिनिधिले लुथरलाई सकेसम्म तिनको विश्‍‍वासलाई त्याग्‍न कर लगाउने अथवा त्यसो गर्न सकिएन भने हस र जरोमको दशामा सहभागी हुन रोममा पठाउने इच्छा गरेको थियो । त्यसकारण उसका मानिसहरूद्वारा सुरक्षा-पत्रविना नै उसको आफ्‍नै कृपामा भर पारेर ल्याउन लुथरलाई फकाउने प्रयत्‍न गऱ्यो । सुधारकले यसलाई दृढतासाथ अस्‍वीकार गरे । तिनले सम्राटबाट बचावटको लिखित प्रतिज्ञा प्राप्‍त नगरेसम्म तिनी पोपतन्‍‍त्रको प्रतिनिधिको सामुन्‍ने देखा परेनन् ।MBAJ 133.2

    षड्यन्‍‍त्रको रूपमा रोमका अधिकारीहरूले नम्रता धारण गरेर लुथरको मन जित्‍ने प्रयास गर्ने निर्णय गरे । त्यो प्रतिनिधिले तिनीसँग वार्तालाप गर्दा मित्रताको बाहान गऱ्यो; तर उसले लुथरलाई चर्चको अधिकारमा पूर्णरूपले समर्पण गर, र प्रत्येक बुँदाहरू विवाद र प्रश्‍नविना अर्पण गर भन्‍ने माग गऱ्यो । जुन व्यक्तिलाई उसले सामना गर्नुपर्ने थियो उसले त्यस मानिसको चरित्रको सही अनुमान लगाएको थिएन । लुथरले जवाफमा चर्चप्रति भएको सम्मान र सत्यताप्रतिको इच्छा, तिनले सिकाएका सम्पूर्ण सत्यतामा भएको सबै प्रश्‍नहरूको जवाफ तयार भएको र कुनै प्रमुख विश्‍‍वविद्यालयहरूका निर्णयमा तिनका सिद्धान्तहरू समर्पण गर्ने कुरा व्यक्त गरे । तर त्यहीँ समयमा तिनको गल्ती नै प्रमाणित नगरी तिनका शिक्षालाई इन्कार गराउन बाध्य पार्ने अधिकृतको कार्यलाई विरोध गरे ।MBAJ 134.1

    प्रतिक्रिया: “तिम्रा शिक्षाहरू त्याग, त्याग !” मात्र थियो । सुधारकले देखाए कि तिनको विश्‍‍वास धर्मशास्‍‍त्रद्वारा समर्थित थियो र तिनले दृढतासाथ घोषणा गरे कि तिनले सत्यता इन्कार गर्न सक्दैनन् । लुथरका विवादहरूमा त्यो प्रतिनिधिले जवाफ दिन सकेन, बेला-बेलामा परम्परा र अग्रगामीहरूका भनाइहरू उद्धृत् गर्दै सुधारकलाई बोल्‍ने मौका पनि नदिइकन घृणा, गिल्‍ला र झूटो प्रशंसाको बाढीले तिनलाई आश्‍चर्यचकित पाऱ्यो । यसरी सभालाई निरन्तरता दिदा निरर्थक हुने कुरा देखेर अन्तमा लुथरलाई तिनको जवाफ लेखमा प्रस्तुत गर्न अनिच्छुक हुँदै अनुमति दिइएयो ।MBAJ 134.2

    तिनले एक जना साथीलाई लेख्दै भने, “यसो गर्नाले अत्याचारमा परेकाहरूले दुई गुणा फाइदा पाउँछन्; प्रथमतः जे लेखिएको छ सो अरूको न्यायमा छोडिदिन सकिन्छ; र दोस्रो, त्यो घमण्डी र बक्‍बके प्रजापीड्‍क शासकको डरमा, त्यो पनि नभए विवेकमा काम गर्ने सम्भावना हुन्थ्यो, नत्रभने त्यसले अत्याचारी बोलीहरूले दबाउनेथियो ।” —Martyn, The Life and Times of Luther, pages 271, 272.MBAJ 135.1

    अर्को वार्तालापमा लुथरले धर्मशास्‍‍त्रबाट धेरै वटा उत्कथनका साथ तिनको विचार स्पष्‍ट, संक्षिप्‍त र प्रवाभशाली ढंगले प्रकाशन गरे । ठूलो सोरमा पढेपछि त्यो कागज अधिकारीको हातमा हस्तान्तरण गरियो, जे भएपनि उसले व्यर्थका शब्दहरू र अप्रासङ्गिक उत्कथनहरूको थुप्रो हो भनी घोषणा गर्दै उसले घृणितसाथ छेउतिर फ्‍याक्‍यो । लुथर पूर्णरूपले जोशिलो भई अब हठी अधिकारीलाई परम्पराहरू र चर्चका शिक्षाहरू जस्ता उसको आफ्‍नै भनाइमा तिनले सामना गरे र उसका अभिमानहरू पूर्णरूपले निष्फल पारिदिए ।MBAJ 135.2

    जब लुथरको विचार अनुत्तरदायी पुरोहितले थाहा पायो, उसले आफैलाई नियन्‍‍त्रण गर्न सकेन, रिसले चूर भएर करायो: “आफ्‍नो सबै शिक्षाहरूलाई त्याग ! नत्र म तिमीलाई रोममा तिम्रो कामको अनुसन्धान गर्न आदेश प्राप्‍त न्यायाधीशहरूको सामुन्‍ने पठाइदिनेछु । म तिमी र तिम्रो सबै समूहलाई चर्चबाट बहिष्कार गरिदिनेछु, र जसले कुनै समयमा तिमीसँग सहमत जनाउनेछन् तिनीहरू सबैलाई चर्चबाट निकाली दिनेछु ।” उसले अन्तमा हठी र रिसको आवाजमा घोषणा गऱ्यो: “आफ्‍ना सबै शिक्षाहरू त्याग, कि फेरि फर्केर नआइज ।” —D’Aubigné, London ed., b. 4, ch. 8.MBAJ 135.3

    यसरी तिनका कुनै पनि शिक्षा त्याग गर्ने अपेक्षा नराख्‍न घोषणा गर्दै सुधारक तुरुन्तै आफ्‍ना साथीहरूसँग निस्केर गए । त्यो [कार्डिनल] अधिकारीले चाहिँ त्यस्तो उद्देश्‍‍य गरेको थिएन । उसले आफैलाई यसरी गर्व गरेको थियो कि उसले लुथरलाई अत्यचारद्वारा समर्पण गराउन सकिनेथियो । अब ऊ आफ्‍ना सहायकहरूसँग एकलै छोडियो, र उसका षड्यन्‍‍त्रहरूमा नचिताएको असफलतामा पूर्ण निराश भई तिनीहरूले एक-अर्कालाई हेरा-हेर गरे ।MBAJ 135.4

    यो अवसरमा लुथरका प्रयासहरू असल परिणामविना भएनन् । उपस्थित विशाल भेलाले दुई मानिसहरूबीच तुलना गर्ने, तिनीहरूद्वारा प्रकट भएको स्‍वभाव साथ-साथै तिनीहरूका धारणाहरूको सामर्थ्य र सत्यपूर्णताद्वारा आफैले सोच्‍ने मौका पाए । भिन्‍नता कति स्पष्‍ट थियो ! सुधारकचाहिँ परमेश्‍‍वरको शक्तिमा साधारण, नम्र, दृढसाथ खडा थिए जसमा सत्यता तिनको पक्षमा थियो; पोपको प्रतिनिधिचाहिँ धर्मशास्‍‍त्रको एउटै पनि समर्थनरहित आत्ममहत्‍व, हठी, अहङ्ककारी र असन्तुलित थियो, तापनि जोशपूर्णसाथले चिच्याईरहेको थियो: “आफ्‍ना शिक्षाहरू त्याग, नत्र सजायको लागि रोममा पठाइन्छ ।”MBAJ 135.5

    लुथरले सुरक्षा-पत्र प्राप्‍त गरेतापनि रोमका अधिकारीहरूले गिरफ्तार गरेर तिनलाई कैद गर्ने षड्यन्‍‍त्र रच्दैथियो । तिनका साथीहरूले आग्रह गरे कि तिनी त्यहाँ जति बसे पनि केही लाभ छैन, तिनी झट्टै विटनवर्गमा फर्किनुपर्छ, तिनका अभिप्रायहरू गोप्य राख्‍न अति नै सावधान हुनुपर्छ । त्यसै गरी उज्यालो हुनुभन्दा अगाडि नै न्यायाध्यक्षले पठाएको एक जना अगुवासँग घोड़ामा अग्सवर्गबाट हिड़े । धेरै आशङ्काहरूसाथ तिनले गुप्‍तरूपमा शहरको शान्त र अँध्यारो सड़कहरू पार गरे । शत्रुहरू सचेत र क्रूर भई तिनलाई नाश गर्न षड्यन्‍‍त्र रचिरहेका थिए । के तिनको लागि तयार पारिका पासोहरूबाट तिनी उम्कन्‍ने थिए त ? ती क्षणहरू चिन्ता र उत्सुक प्रार्थनाका क्षणहरू थिए । तिनी शहरको पर्खालमा भएको सानो ढोकामा पुगे । त्यो तिनको लागि खोलियो, र कुनै बाधाविना नै तिनको अगुवासँग पार भए । जब शत्रुहरूदेखि उम्केका मानिसहरू सुरक्षितसाथ बाहिर पुगे तब तिनीहरू हतार-हतार भागे, र पोपको प्रतिनिधिले लुथरको प्रस्थानको विषयमा थाहा पाउनुभन्दा अगाडि नै तिनी तिनका अत्याचारीहरूदेखि टाढ़ा पुगिसकेका थिए । शैतान र उसका प्रतिनिधिहरूको पराजय भयो । जुन व्यक्ति तिनीहरूको शक्तिमा छ भनी सोचेका थिए तिनी शिकारीको पासोबाट चरा उम्केझैँ उम्के ।MBAJ 136.1

    लुथर भागेको खबरले प्रतिनिधि आश्‍चर्य र रिसले चकित भयो । उसको बुद्धि र चर्चमा खैलाबैला ल्याउने व्यक्तिसँगको व्यवहारमा दृढताको खातिर उसले ठूलो सम्मान प्राप्‍त गर्ने अपेक्षा गरेको थियो; तर उसको आशा निराशामा परिणत भयो । स्याक्सनीको मुख्यमन्‍‍त्री फ्रेडरिकलाई लेखेको पत्रमा लुथरलाई मुटु छेड्‍ने निन्दा गर्दै र यस्तो माग गरे कि फ्रेडरिकले सुधारकलाई रोममा पठाउने वा स्याक्सनीबाट बहिष्कार गर्ने कुरामा नै उसले आफ्‍नो क्रोधको व्यक्तव्य प्रस्तुत गऱ्यो ।MBAJ 136.2

    लुथरले प्रतिरक्षा गर्दै पोप र तिनको प्रतिनिधिलाई धर्मशास्‍‍त्रबाट तिनका गल्तीहरू देखाउने आग्रह गरे, र यदि ती शिक्षाहरू परमेश्‍‍वरको वचन विपरीत भएको देखाउन सके भने तिनी आफैले अति गम्भीरतासाथ इन्कार गर्ने प्रतिज्ञा गरे । तिनले यस्तो पवित्र काममा कष्‍ट भोग्‍ने योग्य ठहरिएको कारण परमेश्‍‍वरलाई कृतज्ञता व्यक्त गरे ।MBAJ 136.3

    सुधार-कार्यका शिक्षाहरूको विषयमा मुख्यमन्‍‍त्रीलाई अझै पनि त्यति ज्ञान थिएन, तर लुथरका वचनहरूको निर्मलता, सामर्थ्य, स्पष्‍टताले तिनलाई गहिरो प्रभाव पाऱ्यो; सुधारक गलत साबित नभएसम्म फ्रेडरिक तिनको रक्षक बन्‍ने निश्‍चय गरे । पोपको प्रतिनिधित्‍व गर्ने मागलाई तिनले यसरी जवाफ दिदै लेखे: “‘डाक्टर मार्टिन अग्सवर्गमा तपाईंको सामुन्‍ने उपस्थित हुनुभएको थियो, त्यसमा तपाईं सन्तुष्‍टि हुनुपर्ने थियो । उहाँलाई गलत साबित नगरीकन तपाईंले उहाँलाई आफ्‍नो शिक्षा त्याग गराउने प्रयास गर्नुहुन्छ होला भन्‍ने कुरा त हामीले सोचेकै थिएनौं । मार्टिनको शिक्षा भक्तिहीन, ख्रीष्‍ट विरोधी, वा अपधर्मी छ भनी हाम्रो राज्यको कुनै पनि शिक्षित मानिसले मलाई सूचित गरेको छैन ।’ त्यति मात्र नभएर मुख्यमन्‍‍त्रीले लुथरलाई रोममा पठाउन, वा तिनका प्रदेशहरूबाट बहिष्कार गर्न अस्‍वीकार गरे ।” —D’Aubigné, b. 4, ch. 10.MBAJ 137.1

    मुख्यमन्‍‍त्रीले थाहा पाए कि साधारणतया समाजको नैतिक प्रतिबन्धहरू नष्‍ट भइरहेको छ । एक महान् सुधारको काम आवश्‍‍यक थियो । यदि मानिसहरूले परमेश्‍‍वरका नियमहरू र प्रज्‍ज्‍वलित विवेक अनुसार समझलाई स्‍वीकार र पालन गरेको भए अपराध नियन्‍‍त्रण गर्न र सजाय दिन जटिल र महँगो व्यवस्थापनको आवश्‍‍यक पर्ने थिएन । तिनले यो कुरा देखे कि लुथरले यो कार्य पूरा गर्न परिश्रम गरिरहेको थियो, र चर्चमा उत्तम प्रभाव त्यतिकै महसुस भएको थाहा पाएर तिनी गुप्‍तरूपमा हर्षित भए ।MBAJ 137.2

    तिनले देखे कि विश्‍‍वविद्यालयमा अध्यापकको काममा पनि लुथरले सुप्रसिद्ध सफलता हासिल गरेका थिए । सुधारकले तिनका तथ्यहरू दरबारको चर्चमा टाँसेको एक वर्ष मात्र भएको थियो, तापनि समस्त सन्त दिवसमा चर्चमा आउने तिर्थयात्रीहरूको सङ्ख्या धेरै कम भइसकेको थियो । रोमले आराधकहरू र भेटीहरू गुमाएको थियो, तर तिनीहरूको स्थानचाहिँ अर्को श्रेणीका मानिसहरूले भरिए, जुन मानिसहरू त्यसका अवशेषहरूलाई आराधना गर्ने तिर्थयात्रीहरू थिएनन्, तर तिनीहरू विद्यार्थीहरू थिए जसद्वारा त्यसका शैक्षिक भवनहरू भरिए । लुथरका लेखहरूले सर्वत्ररूपमा पवित्र धर्मशास्‍‍त्रमा एउटा नयाँ चाहना आरम्भ गरायो, र विद्यार्थीहरू जर्मनीको सबै कुनाबाट मात्र आएनन्, तर त्यो विश्‍‍वविद्यालयमा अन्य देशहरूबाट पनि ओइरिए । युवकहरू पहिलो पटक विटनवर्ग देखेर “तिनीहरूका हातहरू स्‍वर्गतिर उठाए र प्राचीन समयहरूमा सियोनदेखि सत्यको ज्योति चम्किएझैँ त्यो शहरबाट पनि चम्काउनु भएको कारण परमेश्‍‍वरलाई प्रशंसा गरे, र त्यहीबाट सबभन्दा टाढ़ाका देशहरूमा पनि ज्योति फैलिएको थियो ।” —D’Aubigné, b. 4, ch. 10.MBAJ 137.3

    त्यो बेला रोमी धर्मको झूटबाट लुथर पनि अर्ध-परिवर्तन भएका थिए । तर जब तिनले पवित्र लेखहरू पोपतन्‍‍त्रको आदेश र विधानहरूकासाथ तुलना गर्दा तिनी अचम्मले चकित भए । तिनले लेखे, “म पोपहरूका आदेशहरूबाट पढ्‍दैछु, र ... पोप आफै ख्रीष्‍ट विरोधी हो वा त्यो त्यसको प्रेरित हो मलाई थाहा छैन, ती लेखहरूमा अति नै ख्रीष्‍टको कुव्याख्या गरिएको छ र क्रूसमा टाँगिएको छ ।” —D’Aubigné, b. 5, ch. 1. यो समयमा पनि लुथर अझै पनि रोमी चर्चको समर्थक थिए, र तिनले कहिल्यै पनि त्यससँग सम्बन्ध विच्छेद गर्ने सोच राखेका थिएनन् ।MBAJ 138.1

    इसाई जगतमा सुधारकका लेखहरू र तिनका शिक्षाहरू इसाई जगतमा प्रत्येक राज्यमा फैलिरहेका थिए । स्‍वीजरल्यान्ड र होल्यान्डमा काम व्यापकरूपमा भयो । तिनका लेखहरूका पुस्तिकाहरू फ्रान्स र स्पेनमा पनि पुगे । बेलायतमा तिनका शिक्षाहरू जीवनको वचन स्‍वरूप स्‍वीकार गरियो । बेल्‍जीयम र इटालीमा पनि सत्यता पुग्यो । तिनीहरूको मृतक, अचेत अवस्थाबाट हजारौँ मानिसहरू विश्‍‍वासको जीवनको आनन्द र आशामा झस्किए ।MBAJ 138.2

    लुथरका आक्रमणहरूले गर्दा रोमलाई झन झन रिस उठायो, र क्‍याथोलिक विश्‍‍वविद्यालयका डाक्टरहरूसहित तिनको केही कट्टरपन्थी विरोधीहरूले घोषणा गरे कि जसले यो विद्रोही भिक्षुलाई मार्छ त्यो पापरहित हुन्छ । एक दिन एक जना नचिनेको मानिस उसको कपड़ामा पिस्तोल लुकाएर सुधारक नजिक आयो र तिनी किन यसरी एकलै गएको भनी सोधपुछ गरियो । लुथरले जवाफ दिए, “म परमेश्‍‍वरको हातमा छु । उहाँ मेरो बल र मेरो ढाल हुनुहुन्छ । मानिसले मलाई के गर्न सक्छ र ?” —D’Aubigné, b. 6, ch. 2. यी शब्दहरू सुनेर त्यो मानिस पहेलो भयो र स्‍वर्गबाट आएको दूतको उपस्थितिबाट भागेझैँ भाग्यो ।MBAJ 139.1

    रोमले लुथरको विनाश गर्न आँटेको थियो; तर परमेश्‍‍वर तिनको रक्षक हुनुहुन्थ्यो । तिनका शिक्षाहरू सबै ठाउँहरूमा सुनियो—“झुप्रोहरू र आश्रमहरूमा ... कुलीन परिवारका महलहरूमा, विश्‍‍वविद्यालयहरूमा र राजदरबारहरूमा;” र तिनका प्रयासहरूलाई कायम राख्‍न कुलीन मानिसहरू सबैतिर उठिरहेका थिए । —D’Aubigné, b. 6, ch. 2.MBAJ 139.2

    लगभग त्यही समयमा लुथरले हसका लेखहरू पढेर पत्ता लगाए कि विश्‍‍वासद्वारा धर्मी ठहरिने प्रक्रिया हुन्छ भन्‍ने महान् सत्यता, जुन तिनी आफैले अपनाउने र सिकाउने प्रयास गरिरहेका थिए । त्यही बोहिमियाका सुधारकले सिकाएका थिए । लुथरले भने, “हामी सबै, पावल, अगस्टिन र म आफै पनि अन्‍जानमा हसका अनुयायी भएको छु !” तिनले अझै भने, “परमेश्‍‍वरले निश्‍चय संसारलाई इन्साफ गर्नुहुन्छ, किनकि एक शताब्दी अगाडि पनि सत्यता प्रचार भएको थियो र जलाएको थियो !” —Wylie, b. 6, ch. 1.MBAJ 139.3

    सम्राट र जर्मनीमा भएका उच्‍च पदको पदाधिकारीहरूलाई इसाई धर्म-सुधारको विषयमा एक आह्वान गर्दै लुथरले पोपको विषयमा लेखे: “मानिसले आफैलाई ख्रीष्‍टको प्रतिनिधिको उपाधि दिने व्यक्तिलाई हेर्नु एक डरलाग्दो कुरा हो जसले यस्तो भव्यता प्रदर्शन गर्दछ जुन कुनै पनि सम्राट बराबर हुन सक्दैन । के यो प्राणी गरिब येशू वा नम्र पत्रूस जस्तो छ र ? तिनीहरूले भन्छन् कि तिनी संसारको मालिक हुन् ! तर जसको प्रतिनिधि हुँ भनी तिनले अभिमान गर्दछन्, उही ख्रीष्‍टले भन्‍नुभयो, ‘मेरो राज्य यो संसारको होइन ।’ आफूले प्रतिनिधित्‍व गरेको शासकको भन्दा प्रतिनिधिको आफ्‍नै शासनचाहिँ विशाल हुन सक्छ र ?” —D’Aubigné, b. 6, ch. 3.MBAJ 139.4

    विश्‍‍वविद्यालयहरूको विषयमा तिनले यसरी लेखे: “तिनीहरूले मेहनतसाथ धर्मशास्‍‍त्र वर्णन गरेनन् र ती कुराहरू युवाहरूका हृदयहरूमा खोपी दिएनन् भने विश्‍‍वविद्यालयहरू नै नरकको ठूला ढोकाहरू साबित हुनेछन् भनी मलाई डर लागेको छ । म यो सल्‍लाह दिन्छु कि जहाँ धर्मशास्‍‍त्रको सर्वोच्‍च शासन छैन त्यहाँ कसैले पनि आफ्‍नो बच्‍चाहरू नराख्‍नू । जुन संस्थामा मानिसहरू परमेश्‍‍वरको वचनमा निरन्तर अभ्यस्त हुँदैनन् त्यहाँ भ्रष्‍टता भएकै हुन्छ ।” —D’Aubigné, b. 6, ch. 3.MBAJ 140.1

    यो आह्वान वेगसाथ जर्मनीभरि फैलियो र मानिसहरूमा शक्तिशाली प्रभाव पाऱ्यो । सम्पूर्ण राज्य हल्‍लियो, र भीडहरू सुधारको स्तरमा नारा लाउन उत्तेजित भए । लुथरका विरोधीहरू बदलाको भावनाले जलेर पोपलाई तिनको विरोधमा पक्‍का उपाय निकाल्‍न आग्रह गरे । यो आदेश आयो कि तिनका शिक्षाहरू तुरुन्तै दोषी ठहरिनुपर्छ । सुधारक र तिनका अनुयायीहरूलाई साठी दिन प्रदान गरिएको थियो, यदि तिनीहरूले आफ्‍ना शिक्षा त्यागेनन् भने त्यसपछि तिनीहरू सबैलाई चर्चबाट बहिष्कार गरिनुपर्ने थियो ।MBAJ 140.2

    त्योचाहिँ सुधार-कार्यका लागि एक डरलाग्दो सङ्कष्‍ट थियो । शताब्दीऔँसम्म चर्चबाट बहिष्कार गर्ने रोमको सजायले शक्तिशाली राजाहरूलाई पनि डरले थरथर पारेको थियो; यसले शक्तिशाली साम्राज्यहरूलाई विपत्ति र उजाड़ अवस्थामा भरिदिएको थियो । जसलाई त्यसले दोषी ठहराउथ्यो त्यसलाई विश्‍‍वव्यापी डर र त्रासको नजर लगाइन्थ्यो; तिनीहरू साथीहरूबाट सम्बन्ध विच्छेद पारिदिन्थे र देश निकालाको रूपमा व्यवहार गरिन्थे र तिनीहरू सर्वनाश पार्न शिकार गरिन्थे । लुथर आफूमाथि आउनै लागेको बाढ़ीप्रति अन्धा भएका थिएनन्; तर ख्रीष्‍टमाथि नै आफ्‍नो सहायक र ढालको रूपमा भरोसा राखेर दृढसाथ उभिए । शहिदको विश्‍‍वास र साहससाथ तिनले लेखे: “के हुनै लागेको छ मलाई थाहा छैन नता मलाई जान्‍नु नै छ । ... जहाँ हुन्छ हतियार प्रहार होस्, म निडर छु । एउटै पात जस्तो कुरा पनि पिताको इच्छाविना झर्दैन । त्यसो भए उहाँले हामीलाई कति धेरै वास्ता गर्नुहुनेछ ! वचनको लागि मर्नु सामान्य कुरा हो, कारण वचन आफै देहधारी हुनुभयो र आफै मर्नुभयो । यदि हामी उहाँसँगै मर्छौं भने हामी उहाँसँगै जीउठ्‍नेछौं; जुन उहाँले हामीभन्दा पहिले पार गर्नु भयो सोही हामीले पार गरेर उहाँ जहाँ हुनुहुन्छ हामी पनि त्यहीँ हुनेछौं र उहाँसँगै सदासर्वदा वास गर्नेछौं ।” —D’Aubigné, 3d London ed., Walther, 1840, b. 6, ch. 9.MBAJ 140.3

    जब पोपतन्‍‍त्रको आदेश पत्र लुथरकहाँ पुग्यो, तब तिनले भने, “म यसलाई भक्तिहीन र झूट सरह घृणा गर्छुं र आक्रमण गर्छु । ... ख्रीष्‍ट आफैलाई त्यही कुरामा दोषी ठहराए । ... उत्तम कारणको लागि यस्तो आपत्ति भोग्‍नुपर्दा म रमाउँछु । मेरो हृदयमा अधिक स्‍वाधीन महसुस गरिसकेको छु; किनकि मलाई बल्‍ल थाहा भयो कि पोप नै ख्रीष्‍ट विरोधी हो, र उसको सिंहासन शैतानकै हो ।” —D’Aubigné, b. 6, ch. 9.MBAJ 141.1

    तापनि रोमको लिखित आदेश प्रभावरहित भएन । जबरजस्ती आज्ञाकारीता लाद्‍न जेल, यातना र तरवार जस्ता शक्तिशाली हतियारहरू प्रयोग भए । कमजोरी र अन्धविश्‍‍वासीहरू पोपको आदेशको सामु कामे; जबकि लुथरप्रति प्रायः सहानुभूति प्रकट गरेपनि तिनीहरूले सुधार-कार्यको मार्गमा जीवन जोखिममा पार्न चाहेनन् किनकि त्यो तिनीहरूका लागि अति प्रिय थियो । सबै कुराले सुधारकको काम अन्त्य भइरहेको निर्देशन गरेको थियो ।MBAJ 141.2

    तर लुथर अझै पनि निडर थिए । तिनका विरोधमा रोमले त्यसका अभिशापहरू थुपारेको थियो, र अब तिनले नष्‍ट हुनुपर्छ कि त समर्पण हुन बाध्य हुनुपर्छ भन्‍ने कुरामा संसारले शंका नगरी हेरे । तर भयंकर शक्तिसाथ तिनले तिनीमाथि लगाएको सजायको दोष त्यसमाथि नै प्रहार गरे र त्यसलाई सदाका लागि त्याग्‍ने निर्णय तिनले सार्वजनिकरूप घोषणा गरे । लुथरले विद्यार्थीहरू, डाक्टरहरू र सबै पदका नागरिकहरूको भीडको उपस्थितिमा पोपले निकालेको आदेश, साथै धार्मिक व्यवस्थाहरू, तिनको लिखित पत्रहरू र पोपतन्‍‍त्रको शक्ति समर्थन जनाउने लेखहरूलाई जलाई दिए । तिनले भने, “मेरा शत्रुहरूले मेरा पुस्तकहरू जलाएर साधारण मानिसहरूको दिमागमा सत्यताको काममा घात् तुल्याउन, र तिनीहरूका प्राणहरू नष्‍ट पार्न सक्षम भएका छन्; यसकारण त्यसको बदलामा तिनीहरूका किताबहरू मैले जलाएँ । एउटा गम्भीर संघर्ष अब सुरु भएको छ । अहिलेसम्म म पोपसँग मात्र खेलिरहेको छु । मैले यो काम परमेश्‍‍वरको नाममा सुरु गरेको छु; उहाँको शक्तिद्वारा मविना पनि यो पूरा हुने नै छ ।” —D’Aubigné, b. 6, ch. 10.MBAJ 141.3

    जुन शत्रुहरूले तिनको कार्यलाई कमजोरी भनी गिल्‍ला गरे तिनीहरूका घृणाहरूको जवाफमा लुथरले जवाफ दिए: “परमेश्‍‍वरले मलाई बोलाउनु र चुन्‍नु भएको होइन भनी कसलाई थाहा छ ? र यदि तिनीहरूले मलाई घृणा गरे भने परमेश्‍‍वरलाई नै घृणा गरेको हुन्छ भन्‍ने कुरामा तिनीहरू डराउनुपर्दैन र ? मिश्रबाट प्रस्थान गर्दा मोशा एक्‍लै थिए; आहाब राजाको शासनमा एलिया एक्‍लै थिए; यरूशलेममा यशैया एक्‍लै थिए; इजकिएल बेबिलोनमा एक्‍लै थिए । ... परमेश्‍‍वरले प्रधान पूजाहारी वा अरू कुनै मान्य व्यक्तिहरूलाई अगमवक्ताको रूपमा कहिल्यै पनि चुन्‍नु भएन; तर साधारणतया उहाँले तुच्छ र घृणित मानिसहरू चुन्‍नुहुन्छ, एक पल्ट त झन गोठालो आमोस पनि चुन्‍नुभयो । प्रत्येक युगमा सन्तहरूले तिनीहरूको जीवनलाई जोखिममा पारेर महान् व्यक्तिहरू, राजाहरू, राजकुमारहरू, पूजाहारीहरू र बुद्धिमान् मानिसहरूलाई सम्झाउनुपरेको थियो । ... म आफैचाहिँ अगमवक्ता हुँ भनी भन्दिनँ; तर म योचाहिँ भन्दछु कि तिनीहरू सही ढंगले डराउनुपर्छ किनकि म एक्‍लै छु र तिनीहरूचाहिँ धेरै छन् । परमेश्‍‍वरको वचन तिनीहरूसँग छैन तर मसँग छ भनी मलाई पक्‍का थाहा छ ।” —D’Aubigné, b. 6, ch. 10.MBAJ 142.1

    तापनि आफैभित्र पनि भयानक संघर्षविना लुथरले चर्चबाट अन्तिम विच्छेद हुने निर्णय गरेका होइनन् । लगभग त्यही समयमा तिनले यसरी लेखे: “यो आचारणहरू त्याग्‍न दिन प्रतिदिन झन-झन कति गाह्रो लाग्छ जुन व्यक्तिले वाल्यावस्थादेखि नै आत्मसात गरेको हुन्छ । ओहो, मेरो पक्षमा धर्मशास्‍‍त्र भएपनि मैले एक्‍लै पोपको विरोधमा उभिने साहस गर्नुपर्छ र त्यसलाई ख्रीष्‍ट विरोधी घोषणा गर्नुपर्छ भनी म आफैलाई चित्त बुझाउँदा कति दुःख भयो ! मेरो हृदयले कस्तो सङ्कष्‍टचाहिँ भोगेन र ! पोपका समर्थकहरूको ओठमा बारम्बार रहेको प्रश्‍न कति पल्ट म आफैले दुखित भएर सोधिनँ र: ‘के तिमी मात्र बुद्धिमानी छौ र ? कि अरूचाहिँ सबै भ्रममा परेका छन् ? यी सबै भएपछि तिमी आफैचाहिँ गल्ती छौ भने र तिम्रो गल्तीमा यति धेरै प्राणहरू समावेश भएको छ भने अनन्तको दोषी को हुनेछ त ?’ ख्रीष्‍टले उहाँको आफ्‍नै अटल वचनद्वारा मेरो हृदयका शंकाहरू विरुद्ध रक्षा नगर्नुभएसम्म यसरी मैले आफैसँग र शैतानसँग लड़ाइँ गरें ।” —Martyn, pages 372, 373.MBAJ 142.2

    यदि लुथरले आफ्‍नो सबै शिक्षा त्यागेनन् भने पोपले तिनलाई चर्चबाट बहिष्कार गर्ने धम्की दिएको थियो, त्यो धम्की अब पूरा भयो । एउटा नयाँ लिखित आदेश पत्र प्रकाशन भयो, जसमा सुधारकले रोमी चर्चबाट अन्तिम विच्छेदनको घोषणा गरेका थिए, र तिनलाई स्‍वर्गबाटै श्रापित ठहराइएझैँ निन्दा गरेको थियो, र ज-जसले तिनका सिद्धान्तहरू ग्रहण गर्छन् तिनीहरू सबै जनालाई त्यही दोष लगाइएको थियो । भीषण लड़ाइँ पूर्णरूपमा प्रवेश गरिसकेको थियो ।MBAJ 142.3

    जति जनालाई परमेश्‍‍वरले तिनीहरूको समयको लागि लाभदायिक सत्यताहरू प्रस्तुत गर्नको लागि प्रयोग गर्नुहुन्छ तिनीहरू सबै जनाको अंश नै बाधा हो । लुथरको समयमा एउटा वर्तमान सत्यता थियो—त्यो समयमा त्यो सत्यता विशेष महत्‍वपूर्ण थियो; आज पनि चर्चको लागि वर्तमान् सत्यता छ । जसले सबै कुरा उहाँको आफ्‍नै इच्छाको सल्‍लाहअनुसार गर्नुहुन्छ उहाँले नै मानिसहरूलाई विभिन्‍न परिस्थितिहरूमा राख्‍न, र तिनीहरू बाँचेको समय र तिनीहरू राखिएका परिस्थितिहरूका लागि विशेष कर्तव्यहरू तिनीहरूलाई समावेश गराउन उहाँ प्रसन्‍न हुनुभएको छ । यदि तिनीहरूले तिनीहरूलाई प्रदान गरिएको ज्योति बहुमूल्य ठानेको भए तिनीहरूको सामु सत्यताको फराकिलो दृश्‍‍य प्रकट हुनेथियो । तर लुथरको विरोधी पोपतन्‍‍त्रका मानिसहरूले भन्दा धेरै वर्तमानका बहुसङ्ख्याले सत्यताको चाह गर्दैनन् । त्यहाँ अघिल्‍ला युगहरूमा झैँ परमेश्‍‍वरको वचनको सट्टामा मानिसहरूका प्रथाहरू र सिद्धान्तहरू स्‍वीकार गर्ने स्‍वभाव त्यस्तै नै छ । जसले यो समयमा सत्यता प्रस्तुत गर्दछ पहिलेका सुधारकहरूले भन्दा धेरै कृपा प्राप्‍तिको आशा गर्नुहुँदैन । यस संसारको अन्त्यसम्मै सत्य र झूटो, ख्रीष्‍ट र शैतानको बीचमा भएको महान् विवाद प्रचण्डतासाथ वृद्धि हुनेछ ।MBAJ 143.1

    येशूले चेलाहरूलाई भन्‍नुभयो: “यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो । तर तिमीहरू यस संसारका होइनौ । तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ । मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन ।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन् । तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन् ।” यूहन्‍ना १५:१९, २० । र अर्को ठाउँमा हाम्रो प्रभुले स्पष्‍टसाथ घोषणा गर्नुभयो: “धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन ! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे ।” लूका ६:२६ । पहिलेका समयहरूमा झैँ संसारको सोच र ख्रीष्‍टको सोच आजकाल पनि मिलापमा छैन र जसले परमेश्‍‍वरको वचन त्यसको शुद्धतामा प्रचार गर्दछन् तिनीहरूलाई त्यो बेलाभन्दा अहिले कृपासाथ स्‍वीकार गर्दैन । सत्यताप्रति विरोधका तरिकाहरू परिवर्तन हुन सक्छन्, दुश्‍‍मनी त्यति स्पष्‍ट नहुन सक्छ, किनभने यो धेरै चत्तुर छ; तर त्यो दुश्‍‍मनी अझै रहिरहन्छ र अन्तको समयसम्म प्रकट हुनेछ ।MBAJ 143.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents