Go to full page →

नास्तिक लेखकहरू PHs 59

धेरैले शिक्षा प्राप्‍त गर्दा नास्तिक लेखकहरूका किताबहरू पढ्‍नुपर्छ भनी विचार गर्छन्, किनकि त्यहाँ धेरै राम्रा विचारहरूका उज्याला रत्‍नहरू हुन्छन् । तर यी विचाररूपी रत्‍नहरूका सृष्‍टिकर्ताचाहिँ को हुनुहुन्थ्यो त ? उहाँ केवल परमेश्‍‍वर नै हुनुहुन्थ्यो । उहाँ सबै प्रकाशको मुहान् हुनुहुन्छ । तब किन हामी केही बुद्धिमत्तापूर्ण कुराको लागि किन खराबीको भण्डारमा धुमलिनु, जब कि सबै सच्‍चाइ हामीले सजिलै प्राप्‍त गर्न सक्छौं । PHs 59.1

कसरी परमेश्‍‍वरको व्यवस्थाप्रति दुश्‍‍मनी भएका मानिसहरू पनि कहिलेकाहीँ बुद्धिमान् हुन्छन् भन्ने कुरा कहिलेकाहीँ उनीहरूले देखाउँछन् ? शैतान आफै पनि स्‍वर्गीय राजदरबारमा शिक्षित थियो र ऊसगँ असलको साथै खराब कुराको ज्ञान छ । उसले अमूल्य कुराहरूलाई दुष्‍ट कुराहरूसित मिसाइदिन्छ र यसैले उसलाई छल्‍नसक्‍ने शक्ति प्रदान गर्दछ । शैतानले स्‍वयम् आफैलाई स्‍वर्गीय पहिरनद्वारा सुसज्‍जित राखेको छ र भन्दैमा के हामी उसलाई प्रकाशको दूत भनेर स्‍वीकार गर्ने त ? शैतानसँग आफ्‍ना यस्ता सहायकहरू छन् जसलाई उसकै तवरद्वारा शिक्षित गरिएको उसका आत्माद्वारा प्रेरित गरिएर र उसकै कार्यहरूका निम्ति अनुकुल पारिएका छन् । के हामीले उसको माध्यहरूका कार्यलाई शिक्षा प्राप्‍त गर्ने क्रमको महत्‍वपूर्ण भागको रूपमा ग्रहण गर्ने त ? PHs 59.2

नास्तिकताको गहन विचारका शिक्षाको खोजीमा लगाइएको समय र मेहनतलाई परमेश्‍‍वरको वचनमा बताइएबमोजिम बहुमूल्य कुराहरूमा अध्ययन गरेर बिताइएको भए आज अन्धकार र मृत्युको छाँयामा बसेका हजारौँले परमेश्‍‍वरको महिमामय जीवनको ज्योतिमा खुशी मनाइरहेका हुनेथिए । PHs 60.1