Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    नास्तिक लेखकहरू

    धेरैले शिक्षा प्राप्‍त गर्दा नास्तिक लेखकहरूका किताबहरू पढ्‍नुपर्छ भनी विचार गर्छन्, किनकि त्यहाँ धेरै राम्रा विचारहरूका उज्याला रत्‍नहरू हुन्छन् । तर यी विचाररूपी रत्‍नहरूका सृष्‍टिकर्ताचाहिँ को हुनुहुन्थ्यो त ? उहाँ केवल परमेश्‍‍वर नै हुनुहुन्थ्यो । उहाँ सबै प्रकाशको मुहान् हुनुहुन्छ । तब किन हामी केही बुद्धिमत्तापूर्ण कुराको लागि किन खराबीको भण्डारमा धुमलिनु, जब कि सबै सच्‍चाइ हामीले सजिलै प्राप्‍त गर्न सक्छौं ।PHs 59.1

    कसरी परमेश्‍‍वरको व्यवस्थाप्रति दुश्‍‍मनी भएका मानिसहरू पनि कहिलेकाहीँ बुद्धिमान् हुन्छन् भन्ने कुरा कहिलेकाहीँ उनीहरूले देखाउँछन् ? शैतान आफै पनि स्‍वर्गीय राजदरबारमा शिक्षित थियो र ऊसगँ असलको साथै खराब कुराको ज्ञान छ । उसले अमूल्य कुराहरूलाई दुष्‍ट कुराहरूसित मिसाइदिन्छ र यसैले उसलाई छल्‍नसक्‍ने शक्ति प्रदान गर्दछ । शैतानले स्‍वयम् आफैलाई स्‍वर्गीय पहिरनद्वारा सुसज्‍जित राखेको छ र भन्दैमा के हामी उसलाई प्रकाशको दूत भनेर स्‍वीकार गर्ने त ? शैतानसँग आफ्‍ना यस्ता सहायकहरू छन् जसलाई उसकै तवरद्वारा शिक्षित गरिएको उसका आत्माद्वारा प्रेरित गरिएर र उसकै कार्यहरूका निम्ति अनुकुल पारिएका छन् । के हामीले उसको माध्यहरूका कार्यलाई शिक्षा प्राप्‍त गर्ने क्रमको महत्‍वपूर्ण भागको रूपमा ग्रहण गर्ने त ?PHs 59.2

    नास्तिकताको गहन विचारका शिक्षाको खोजीमा लगाइएको समय र मेहनतलाई परमेश्‍‍वरको वचनमा बताइएबमोजिम बहुमूल्य कुराहरूमा अध्ययन गरेर बिताइएको भए आज अन्धकार र मृत्युको छाँयामा बसेका हजारौँले परमेश्‍‍वरको महिमामय जीवनको ज्योतिमा खुशी मनाइरहेका हुनेथिए ।PHs 60.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents