Go to full page →

उच्‍चकोटीका ग्रन्थहरू PHs 62

कलेज र विश्‍‍वविद्यालयहरूमा हजारौँ युवाहरू उनीहरूका जीवनका महत्‍वपूर्ण वर्षहरू ग्रीक र ल्याटिन अध्ययनमा बिताउँछन् । जब यस्ता अध्ययनमा लागिरहेकाहरूको दिमाग र चरित्र अन्यजातिको साहित्यको नकारात्मक प्रकृतिले गर्दा त्यसैअनुसार बदलिन्छ, यी भाषाहरूको अध्ययन गर्नु प्रायः गरेर पढाइको महत्‍वपूर्ण भागको रूपमा ठानिन्छ । PHs 62.3

यस्ता ग्रन्थहरूमा निपूण मानिसहरू अन्तमा यही घोषणा गर्छन् कि “ग्रीक वियोगान्त नाटकहरू व्यभिचारपूर्ण घटना, हत्या र कामातुर प्रतिशोधले भरिएका भगवानहरूलाई चढाइएका मानव बलिदान सम्बन्धि लेखहरूले भरिएका छन् ।” यस्ता श्रोताहरूबाट शिक्षा प्राप्‍त गरिनुको साटो यसलाई पूर्णरूपमा हटाइएको भए यसले संसारको निम्ति हित गर्ने थियो । “जलिरहेको भुङ्ग्रामा कुनै मानिस हिँड्‍यो भने के त्यसका खुट्टा पोल्दैनन् र ?” (हितोपदेश ६:२८) । “अशुद्धताबाट कसले शुद्ध निकाल्‍न सक्छ ? कसैले सक्दैन !” (अय्यूब १४:४) । के हामीले यस्ता युवाहरूबाट इसाई चरित्रको विकास होला भनी आशा राख्‍न सक्दैछौं त ? जसको शिक्षा परमेश्‍‍वरका सिद्धान्तका विपरीत भएका पढाइद्वारा प्रेरित छन् । PHs 62.4

संयमलाई छोडेर, उपद्रवी रमाइलो वा लम्पट र दुष्‍टतामा आफूलाई डुबाएर विद्यार्थीहरूले उनीहरूको अगाडि जे पढ्‍नुपर्छ भनी राखिएको छ, त्यसैबाट यही कुरा सिकिरहेका हुन्छन् । कुनै-कुनै बेला त्यहाँ यस्ता मागहरू आउँछन् जसको निम्ति ग्रीक र ल्याटिन भाषाका ज्ञान हुनैपर्छ । कसैले यस्ता भाषा पढ्‍नैपर्छ । तर व्यवहारिक उपयोगिताको लागि आवश्‍‍यक ती भाषाहरूका ज्ञान हुनैपर्छ । कसैले यस्ता भाषा पढ्‍नैपर्छ । तर व्यवहारिक उपयोगिताको लागि आवश्‍‍यक ती भाषाहरूका ज्ञान त्यस्ता भ्रष्‍ट साहित्य नपढीकन पनि हासिल गर्न सकिन्छ । PHs 63.1

धेरै जनाको लागि ग्रीक र ल्याटिन भाषाको ज्ञान हुनु आवश्‍‍यक छैन । जुन विषयले शरीर मनका शक्तिहरूलाई ठीक रूपले सञ्‍चालन गर्न सिकाउँछ, यीबाहेक मृत भाषाहरूका अध्ययनलाई सहायक मात्र ठानिनुपर्छ । जीवनका व्यवहारिक कर्तव्यको तालिमलाई लत्याएर, मृत भाषा र अन्य विषयका ज्ञानका पुस्तकमा आफ्‍नो समय बिताउनु मूर्खता हो PHs 63.2

जब विद्यार्थीहरूले स्कूल छोड्‍छन्, तब तिनीहरूले आफूसित के लिएर जान्छन् त ? उनीहरू कतातिर जाँदैछन् ? अब तिनीहरूले के गर्नु पर्नेछ त ? के उनीहरूमा अरूलाई सिकाउन सक्‍ने ज्ञान छ ? के उनीहरूलाई असल बाबु-आमा बन्नका लागि शिक्षित गराइएका छन् त ? के तिनीहरू परिवारको एक बुद्धिमान शिक्षकको रूपमा अगुवा बन्न सक्छन् त ? नाम काढे़र पुकारिने योग्य शिक्षा त्यही शिक्षा हो जसले जवान युवा र युवतीहरूलाई ख्रीष्‍टजस्तै बन्न अभिप्रेरित गर्नेछ, जसले तिनीहरूलाई जीवनका उत्तरदायित्‍वहरूलाई वहन गर्ने योग्य तुल्याउँदछ र तिनीहरूलाई घरको अगुवा बनाउन सक्दछ । यस प्रकारको ज्ञान संसारिक अन्य जातिहरूका उच्‍चकोटिका ग्रन्थहरू अध्ययनद्वारा प्राप्‍त गरिनु हुँदैन । PHs 63.3