Go to full page →

६ साँचो ज्ञानको खोजी गर्नुको महत्‍व PHs 72

हामीहरूले गरिरहेका भन्दा अझ स्पष्‍टसँग जुन महान् विवादको विषयका ठूला विरोधी कुराहरूको सन्देहको बारेमा हामी सम्मिलित छौं त्यसबारेमा बुझ्‍नु अति जरूरी छ । परमेश्‍‍वरको वचनको सत्यताका महत्‍व अझ राम्रोसँग बुझ्‍नु परेको छ, र हाम्रो मनलाई वचनलाई गहनताबाट त्यो महान् धूर्तद्वारा देखाएको बाटो हिँड्‍दा हुने खतराको बारेमा बुझ्‍नुपर्छ । PHs 72.1

हाम्रो उद्धारको लागि आवश्‍‍यक त्यो असीमित महत्‍वको बलिदान, यो हामीले यो कुरा तथ्यता प्रकट गर्दछ कि पाप एक भयंकर हानिकारक कुरा हो । पापद्वारा पूरा मानव-प्राणाली अव्यवस्थित भएको छ, दिमाग बरालिएको छ, सोच-विचार भष्‍ट हुन्छ । पापले आत्माको आन्तरिक शक्तिहरूलाई पतित बनाएको छ । बाहिरबाट आउने परीक्षाहरूले हृदयभित्र एक जवाफरूपि सुर फेला पार्दछ, अनि पाइलाहरू अचेत रूपले दुष्‍टतातर्फ बढ्‍दै जान्छन् । PHs 72.2

जसरी हाम्रो निम्ति गरिएको बलिदानमा पूर्णता थियो, यसै गरी पापबाट मुक्ति अनि संरक्षण पनि पूर्ण हुनुपर्ने थियो । दृष्‍टताको कुनै पनि कार्यलाई परमेश्‍‍वरको नियमले क्षमा गर्दैन, कुनै पनि अधर्मिपन यसको दण्डबाट उम्कनसक्‍ने छैन । सुसमाचारको नीतिले ईश्‍‍वरीय चरित्रको पूर्णताबाहेक अन्य कुनै पनि मापदण्डलाई स्‍वीकार गर्नेछैन । ख्रीष्‍टको जीवन सबै नियमहरूका मर्यादा पूरा भएको एउटा सम्पूर्ण जीवन थियो । उहाँले भन्नुभयो, “मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु,” आज्ञाकारिता र सेवाको उहाँको जीवन हाम्रो जीवनको लागि उदाहरण हो । परमेश्‍‍वरले मात्र हृदय नयाँ बनाउन सक्‍नुहुन्छ । “किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्‍‍वर तिमीहरूमा काम गर्नुहुन्छ,” तर हामीले “आफ्‍नो मुक्तिको काम पूरा गर्ने” आज्ञा पाएका छौं (यूहन्ना १५:१०; फिलिप्पी २:१३, १२) । PHs 72.3