Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ६ साँचो ज्ञानको खोजी गर्नुको महत्‍व

    हामीहरूले गरिरहेका भन्दा अझ स्पष्‍टसँग जुन महान् विवादको विषयका ठूला विरोधी कुराहरूको सन्देहको बारेमा हामी सम्मिलित छौं त्यसबारेमा बुझ्‍नु अति जरूरी छ । परमेश्‍‍वरको वचनको सत्यताका महत्‍व अझ राम्रोसँग बुझ्‍नु परेको छ, र हाम्रो मनलाई वचनलाई गहनताबाट त्यो महान् धूर्तद्वारा देखाएको बाटो हिँड्‍दा हुने खतराको बारेमा बुझ्‍नुपर्छ ।PHs 72.1

    हाम्रो उद्धारको लागि आवश्‍‍यक त्यो असीमित महत्‍वको बलिदान, यो हामीले यो कुरा तथ्यता प्रकट गर्दछ कि पाप एक भयंकर हानिकारक कुरा हो । पापद्वारा पूरा मानव-प्राणाली अव्यवस्थित भएको छ, दिमाग बरालिएको छ, सोच-विचार भष्‍ट हुन्छ । पापले आत्माको आन्तरिक शक्तिहरूलाई पतित बनाएको छ । बाहिरबाट आउने परीक्षाहरूले हृदयभित्र एक जवाफरूपि सुर फेला पार्दछ, अनि पाइलाहरू अचेत रूपले दुष्‍टतातर्फ बढ्‍दै जान्छन् ।PHs 72.2

    जसरी हाम्रो निम्ति गरिएको बलिदानमा पूर्णता थियो, यसै गरी पापबाट मुक्ति अनि संरक्षण पनि पूर्ण हुनुपर्ने थियो । दृष्‍टताको कुनै पनि कार्यलाई परमेश्‍‍वरको नियमले क्षमा गर्दैन, कुनै पनि अधर्मिपन यसको दण्डबाट उम्कनसक्‍ने छैन । सुसमाचारको नीतिले ईश्‍‍वरीय चरित्रको पूर्णताबाहेक अन्य कुनै पनि मापदण्डलाई स्‍वीकार गर्नेछैन । ख्रीष्‍टको जीवन सबै नियमहरूका मर्यादा पूरा भएको एउटा सम्पूर्ण जीवन थियो । उहाँले भन्नुभयो, “मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु,” आज्ञाकारिता र सेवाको उहाँको जीवन हाम्रो जीवनको लागि उदाहरण हो । परमेश्‍‍वरले मात्र हृदय नयाँ बनाउन सक्‍नुहुन्छ । “किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्‍‍वर तिमीहरूमा काम गर्नुहुन्छ,” तर हामीले “आफ्‍नो मुक्तिको काम पूरा गर्ने” आज्ञा पाएका छौं (यूहन्ना १५:१०; फिलिप्पी २:१३, १२) ।PHs 72.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents