हामीलाई आकर्षण गर्ने हजारौं विषयहरूबाट हामी फर्कनुपर्छ । यस्ता कुराहरू पनि त्यहाँ छन्, जसले समय नष्ट पार्दछ र सोधपूछलाई उक्साउँछ, तर कुनै निष्कर्षमा पुग्नै सक्दैन । उच्च विचारमा उपयोग गरिनुपर्ने समय र शक्ति धेरैजसो समय महत्वहीन कुराहरूमा लगाइएका हुन्छन् । PHs 77.3
नयाँ सिद्धान्तलाई अङ्गिकार गर्दैमा यसले आत्माभित्र नयाँ जीवन ल्याउँदैन । आफैमा महत्वपूर्ण भएका तथ्यहरू र सिद्धान्तहरूप्रति परिचित हुनु तर तिनलाई व्यवहारिक जीवनमा लगाइएन भने ती कम महत्वका हुन्छन् । हाम्रो मनलाई हामीले यस्तो खुराक दिने जिम्मेवारीको महशुस गर्नुपर्छ, जसले हाम्रो आत्मिक जीवनलाई उचित पौष्टिक तत्व प्रदान गर्ने र उत्तेजित तुल्याउनेछ । PHs 77.4
“बुद्धिका कुराहरू सुन्ने गरिस्
र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने ...
यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्
र गाड़धनझैँ त्यो खनिस् भने,
तैंले परमप्रभुको भय बुझ्नेछस्
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस् ।
किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ ...
तब ठीक र न्यायसङ्गत र उचित को हो—
साथै हरेक असल मार्ग के हो तैंले बुझ्नेछस् ।
किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ,
र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ ।
विवेकले तँमाथि हेरचाहा गर्नेछ,
समझशक्तिले तेरो रक्षा गर्नेछ ।”
“बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो,
त्यसलाई पक्रनेहरूले आशिष पाउनेछन् ।” PHs 78.1
(हितोपदेश २:२-११; ३:१८)
हामीले अध्ययन गर्नुपर्ने प्रश्न हो, “सत्य के हो त ? यस्तो सत्य जसलाई स्याहार्नु पर्छ, प्रेम गरिनुपर्छ, आदर गरिनुपर्छ र यसको आज्ञापालन गरिनुपर्छ ।” विज्ञानका तपस्वीहरू परमेश्वरलाई पत्ता लगाउने उनीहरूको प्रयत्नमा निरुत्साहित भएर हारेका छन् । उनीहरूले यस बेला सोधपूछ गर्नुपर्ने प्रश्न हो, “हाम्रो आत्मालाई मुक्तिमा विजयी गराउने सत्यता के हो त ?” PHs 78.2
“ख्रीष्ट को हुन् भनी तिमी सोच्दछौ ?” यो एकदम महत्वपूर्ण प्रश्न छ । के उहाँलाई तपाईंले व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको छ ? जस-जसले उहाँलाई आत्मासाथ गरेका छन्, उनीहरूलाई उहाँ परमेश्वरका सन्तान बन्ने शक्ति दिनुहुन्छ । PHs 78.3
चेलाहरूका सामुन्ने ख्रीष्टले उहाँमा परमेश्वर यसरी प्रकट गरिदिनुभयो, कि जसले उनीहरूको मनमा एक विशेष परिवर्तन ल्यायो, उहाँले हामीहरूका हृदयमा पनि यस्तै होस् भनी चाहनुभएको छ । धेरैले आफ्नै सिद्धान्तमा लागिरहनाले मुक्तिदाताको जीवित शक्तिको उदाहरणको दृष्टिलाई गुमाइएका छन् । तिनीहरूले उहाँ एक नम्र, निस्वार्थी कामदार स्वरूपको दृष्य गुमाएका छन् । तिनीहरूले येशूलाई हेर्नुपर्छ । दैनिक हामीलाई उहाँको प्रत्यक्ष उपस्थितिको आवश्यकता पर्दछ । हामीहरूले उहाँको निस्वार्थ र आत्मा-त्यागको उदाहरणलाई अझ नजीकबाट पछ्याउनुपर्छ । PHs 79.1
हामीलाई पावलको झैँ अनुभनको खाँचो छ । जब उनले यी कुरा लेखे: “म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो” (गलाती २:२०) । PHs 79.2
परमेश्वर र येशू ख्रीष्टको चरित्र पृथ्वीमा अनि स्वर्गमा रहेका हरेक कुराभन्दा माथि उठाइनुपर्छ । यो नै सबभन्दा उच्च शिक्षा हो । स्वर्गका ढोका खोल्ने साँचो यही नै हो । जसले ख्रीष्टलाई अपनाएका छन्, परमेश्वरको ज्ञान उनीहरूले पाऊन् भन्ने परमेश्वरको उद्देश्य छ । PHs 79.3