Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    येशू साँचो ज्ञानको मूलधार

    हामीलाई आकर्षण गर्ने हजारौं विषयहरूबाट हामी फर्कनुपर्छ । यस्ता कुराहरू पनि त्यहाँ छन्, जसले समय नष्‍ट पार्दछ र सोधपूछलाई उक्साउँछ, तर कुनै निष्कर्षमा पुग्‍नै सक्दैन । उच्‍च विचारमा उपयोग गरिनुपर्ने समय र शक्ति धेरैजसो समय महत्‍वहीन कुराहरूमा लगाइएका हुन्छन् ।PHs 77.3

    नयाँ सिद्धान्तलाई अङ्गिकार गर्दैमा यसले आत्माभित्र नयाँ जीवन ल्याउँदैन । आफैमा महत्‍वपूर्ण भएका तथ्यहरू र सिद्धान्तहरूप्रति परिचित हुनु तर तिनलाई व्यवहारिक जीवनमा लगाइएन भने ती कम महत्‍वका हुन्छन् । हाम्रो मनलाई हामीले यस्तो खुराक दिने जिम्मेवारीको महशुस गर्नुपर्छ, जसले हाम्रो आत्मिक जीवनलाई उचित पौष्‍टिक तत्‍व प्रदान गर्ने र उत्तेजित तुल्याउनेछ ।PHs 77.4

    “बुद्धिका कुराहरू सुन्ने गरिस्
    र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने ...
    यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्
    र गाड़धनझैँ त्यो खनिस् भने,
    तैंले परमप्रभुको भय बुझ्‍नेछस्
    र परमेश्‍‍वरको ज्ञान प्राप्‍त गर्नेछस् ।
    किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ ...
    तब ठीक र न्यायसङ्गत र उचित को हो—
    साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस् ।
    किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ,
    र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायक हुनेछ ।
    विवेकले तँमाथि हेरचाहा गर्नेछ,
    समझशक्तिले तेरो रक्षा गर्नेछ ।”
    “बुद्धिलाई अँगाल्‍नेहरूका निम्ति त्यो एक जीवनको रूख हो,
    त्यसलाई पक्रनेहरूले आशिष पाउनेछन् ।”
    PHs 78.1

    (हितोपदेश २:२-११; ३:१८)

    हामीले अध्ययन गर्नुपर्ने प्रश्‍न हो, “सत्य के हो त ? यस्तो सत्य जसलाई स्याहार्नु पर्छ, प्रेम गरिनुपर्छ, आदर गरिनुपर्छ र यसको आज्ञापालन गरिनुपर्छ ।” विज्ञानका तपस्‍वीहरू परमेश्‍‍वरलाई पत्ता लगाउने उनीहरूको प्रयत्‍नमा निरुत्साहित भएर हारेका छन् । उनीहरूले यस बेला सोधपूछ गर्नुपर्ने प्रश्‍न हो, “हाम्रो आत्मालाई मुक्तिमा विजयी गराउने सत्यता के हो त ?”PHs 78.2

    “ख्रीष्‍ट को हुन् भनी तिमी सोच्दछौ ?” यो एकदम महत्‍वपूर्ण प्रश्‍न छ । के उहाँलाई तपाईंले व्यक्तिगत मुक्तिदाताको रूपमा स्‍वीकार गर्नुभएको छ ? जस-जसले उहाँलाई आत्मासाथ गरेका छन्, उनीहरूलाई उहाँ परमेश्‍‍वरका सन्तान बन्ने शक्ति दिनुहुन्छ ।PHs 78.3

    चेलाहरूका सामुन्ने ख्रीष्‍टले उहाँमा परमेश्‍‍वर यसरी प्रकट गरिदिनुभयो, कि जसले उनीहरूको मनमा एक विशेष परिवर्तन ल्यायो, उहाँले हामीहरूका हृदयमा पनि यस्तै होस् भनी चाहनुभएको छ । धेरैले आफ्‍नै सिद्धान्तमा लागिरहनाले मुक्तिदाताको जीवित शक्तिको उदाहरणको दृष्‍टिलाई गुमाइएका छन् । तिनीहरूले उहाँ एक नम्र, निस्‍वार्थी कामदार स्‍वरूपको दृष्य गुमाएका छन् । तिनीहरूले येशूलाई हेर्नुपर्छ । दैनिक हामीलाई उहाँको प्रत्यक्ष उपस्थितिको आवश्‍‍यकता पर्दछ । हामीहरूले उहाँको निस्‍वार्थ र आत्मा-त्यागको उदाहरणलाई अझ नजीकबाट पछ्‌याउनुपर्छ ।PHs 79.1

    हामीलाई पावलको झैँ अनुभनको खाँचो छ । जब उनले यी कुरा लेखे: “म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्‍‍वरका पुत्रमा विश्‍‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो” (गलाती २:२०) ।PHs 79.2

    परमेश्‍‍वर र येशू ख्रीष्‍टको चरित्र पृथ्वीमा अनि स्‍वर्गमा रहेका हरेक कुराभन्दा माथि उठाइनुपर्छ । यो नै सबभन्दा उच्‍च शिक्षा हो । स्‍वर्गका ढोका खोल्‍ने साँचो यही नै हो । जसले ख्रीष्‍टलाई अपनाएका छन्, परमेश्‍‍वरको ज्ञान उनीहरूले पाऊन् भन्ने परमेश्‍‍वरको उद्देश्‍‍य छ ।PHs 79.3