Go to full page →

प्राक्‍कथन
ख्रीष्‍टका जनहरूलाई प्रेरित पावलको उपदेश 1BP 6

“अगमवाणी बोल्‍नालाई उत्कट इच्छा गर” 1BP 6

१ कोरिन्थी १२औं अध्यायमा आत्मिक वरदानहरूका वर्णन गर्दै पावलले अन्यान्य भाषा बोल्‍ने वरदानको पनि उल्‍लेख गरेका छन्, जुन वरदान आज धेरैजनाले “हामीले पाएका छौं’ भनी दावा गर्छन् । तर यहाँ उल्‍लेख गरिएका अरु वरदानहरू, जस्तै - ज्ञान, बुद्धि, निको पार्ने वरदान, आश्‍चर्यकर्म, अन्यान्य भाषाको अर्थ लाउने, भविष्यवाणी गर्ने, इत्यादि वरदानहरू चाहिँ कता गए ? 1BP 6.6

उनले कतिवटा यति महत्त्‍वपूर्ण प्रश्‍न पनि गरेका छन्, जसमाथि प्रायः ध्यान नदिइएको पाइन्छ, जस्तै - 1BP 6.7

के सबै प्रेरितहरू हुन् र ? के सबै भविष्यवक्ताहरू हुन् र ? के सबैले आश्‍चर्यकर्म गर्छन् र ? के सबैसित निको पार्ने दान हुन्छन् र ? के सबैले अन्यान्य भाषा बोल्छन् र ? 1BP 6.8

पावलले ‘म तिमीहरूलाई अझै उत्तम मार्ग बताउँछु’ भनीवरी १ कोरिन्थी १३औं अध्यायमा यसो भनी सफासफ बताइदिए - “यदि हामीमा प्रेम छैन भने वरदानहरू पाएर हामीलाई केही लाभ छैन (हुँदैन) ।” 1BP 6.9

१ कोरिन्थी -१४:१मा एक कदम अघि बढ्‍दै उनि भन्छन् - “प्रेमको पछि लाग, र आत्मिक वरदानहरूका चाहना गर, तर खास गरि अगमवाणी बोल्‍नालाई ।” “यसकारण हे भाइ हो, अगमवाणी बोल्‍नालाई उत्कट इच्छा गर, औ विभिन्न (अन्यान्य) भाषामा बोल्‍नालाई नरोक ।” 1BP 6.10

“अन्तमा हे भाइ हो, आत्मालाइ ननिभाओ । अगमवाणीलाई तुच्छ नठान । सबै कुराको जाँच गर, जुन असल छ त्यसैमा लागिरहो ।” १ थिस्सलोनिकी - ५:१९-२१ 1BP 8.1

सन् १८५८ मै यी परमेश्‍‍वर-भक्त अबला नारीले पवित्र आत्माद्वारा यो पुस्तक लेख्‍ने अभिप्रेरणा पाएकी भए तापनि १३५ वर्ष पश्‍चात् अर्थात् १९९६ मा मात्रै विस्तृत रूपमा यो वितरणको लागि प्रकाशित भयो । 1BP 8.2

आज किन हाम्रो संसारमा, यहाँसम्म कि धार्मिक विश्‍‍वास राख्‍नेहरूमा पनि लड़ाइँ, चोरी, हत्या, व्यभिचार आदि समस्याहरू भइरहन्छन् भनी मानिसहरू प्रश्‍न गर्छन् । यो संसारको उत्पत्तिदेखि नै हुँदै आइरहेको ख्रीष्‍ट र शैतानबीचको घोर प्रतिद्वन्द्व बारे बुझ्यौं भने उपरोक्त प्रश्‍नहरूका उत्तर यहीँ पाउँछौं । 1BP 8.3

पाठकवृन्द, परमेश्‍‍वरको वचन बाइबलको आधारमा यस पुस्तकमा उल्‍लेखित सबै कुरालाई १ थेस्सलोनिकी - ५:१९-२१अनुसार जाँचिहेर्नुहोस्, तब परमेश्‍‍वरले तपाईंहरूलाई उत्तम उत्तम वरदानहरू दिऊन् ! 1BP 8.4