Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    प्राक्‍कथन
    ख्रीष्‍टका जनहरूलाई प्रेरित पावलको उपदेश

    “अगमवाणी बोल्‍नालाई उत्कट इच्छा गर”

    १ कोरिन्थी १२औं अध्यायमा आत्मिक वरदानहरूका वर्णन गर्दै पावलले अन्यान्य भाषा बोल्‍ने वरदानको पनि उल्‍लेख गरेका छन्, जुन वरदान आज धेरैजनाले “हामीले पाएका छौं’ भनी दावा गर्छन् । तर यहाँ उल्‍लेख गरिएका अरु वरदानहरू, जस्तै - ज्ञान, बुद्धि, निको पार्ने वरदान, आश्‍चर्यकर्म, अन्यान्य भाषाको अर्थ लाउने, भविष्यवाणी गर्ने, इत्यादि वरदानहरू चाहिँ कता गए ?1BP 6.6

    उनले कतिवटा यति महत्त्‍वपूर्ण प्रश्‍न पनि गरेका छन्, जसमाथि प्रायः ध्यान नदिइएको पाइन्छ, जस्तै -1BP 6.7

    के सबै प्रेरितहरू हुन् र ? के सबै भविष्यवक्ताहरू हुन् र ? के सबैले आश्‍चर्यकर्म गर्छन् र ? के सबैसित निको पार्ने दान हुन्छन् र ? के सबैले अन्यान्य भाषा बोल्छन् र ?1BP 6.8

    पावलले ‘म तिमीहरूलाई अझै उत्तम मार्ग बताउँछु’ भनीवरी १ कोरिन्थी १३औं अध्यायमा यसो भनी सफासफ बताइदिए - “यदि हामीमा प्रेम छैन भने वरदानहरू पाएर हामीलाई केही लाभ छैन (हुँदैन) ।”1BP 6.9

    १ कोरिन्थी -१४:१मा एक कदम अघि बढ्‍दै उनि भन्छन् - “प्रेमको पछि लाग, र आत्मिक वरदानहरूका चाहना गर, तर खास गरि अगमवाणी बोल्‍नालाई ।” “यसकारण हे भाइ हो, अगमवाणी बोल्‍नालाई उत्कट इच्छा गर, औ विभिन्न (अन्यान्य) भाषामा बोल्‍नालाई नरोक ।”1BP 6.10

    “अन्तमा हे भाइ हो, आत्मालाइ ननिभाओ । अगमवाणीलाई तुच्छ नठान । सबै कुराको जाँच गर, जुन असल छ त्यसैमा लागिरहो ।” १ थिस्सलोनिकी - ५:१९-२१1BP 8.1

    सन् १८५८ मै यी परमेश्‍‍वर-भक्त अबला नारीले पवित्र आत्माद्वारा यो पुस्तक लेख्‍ने अभिप्रेरणा पाएकी भए तापनि १३५ वर्ष पश्‍चात् अर्थात् १९९६ मा मात्रै विस्तृत रूपमा यो वितरणको लागि प्रकाशित भयो ।1BP 8.2

    आज किन हाम्रो संसारमा, यहाँसम्म कि धार्मिक विश्‍‍वास राख्‍नेहरूमा पनि लड़ाइँ, चोरी, हत्या, व्यभिचार आदि समस्याहरू भइरहन्छन् भनी मानिसहरू प्रश्‍न गर्छन् । यो संसारको उत्पत्तिदेखि नै हुँदै आइरहेको ख्रीष्‍ट र शैतानबीचको घोर प्रतिद्वन्द्व बारे बुझ्यौं भने उपरोक्त प्रश्‍नहरूका उत्तर यहीँ पाउँछौं ।1BP 8.3

    पाठकवृन्द, परमेश्‍‍वरको वचन बाइबलको आधारमा यस पुस्तकमा उल्‍लेखित सबै कुरालाई १ थेस्सलोनिकी - ५:१९-२१अनुसार जाँचिहेर्नुहोस्, तब परमेश्‍‍वरले तपाईंहरूलाई उत्तम उत्तम वरदानहरू दिऊन् !1BP 8.4

    Larger font
    Smaller font
    Copy
    Print
    Contents