Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ९ — पवित्रहरूका पवित्रमा

    पवित्रस्थानको विषयवस्तु नै एक चाबी थियो जसले १८४४को नैराश्‍‍यको समयको रहस्यलाई खुलासा गऱ्यो। यसले अन्तर्सम्बन्धित र मिलापपूर्ण एक पूर्ण सत्यताको प्रणालीको दृश्‍‍य प्रकट गरिरहेको थियो जसले परमेश्‍‍वरद्वारा नै यो महान् दोस्रो आगमनको अभियानमा अगुवाइ भएको थियो भनी देखायो र उहाँका मानिसहरूको अवस्था र कार्य ज्योतिमा ल्याउँदै वर्तमान कर्तव्य प्रकट गऱ्यो। जसरी तिनीहरूका संताप र नैराश्‍‍यको भयङ‌्कर रातपछि येशूका चेलाहरूले प्रभुलाई देख्दा आनन्दित भए, त्यसरी जसले विश्‍‍वासमा उहाँको दोस्रो आगमनको प्रतीक्षा गरेका थिए अब आनन्दित भए। आफ्‍ना दासहरूलाई इनाम दिन महिमामा आउनुहुन्छ भनी तिनीहरूले अपेक्षा गरेका थिए। जसरी आशाहरू नैराश्‍‍य भएर गए त्यसरी तिनीहरूले येशूलाई भुले र चिहानमा मरियमले भनेझैँ तिनीहरूले यसरी विलाप गरे: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।” अब तिनीहरूले उहाँलाई पवित्रहरूका पवित्रमा देखे, तिनीहरूका दयालु प्रधान पूजाहारी जो तिनीहरूका राजा र मुक्तिदाताको रूपमा चाँडै नै प्रकट हुनुपर्नेथियो। पवित्रस्थानबाट चम्केको ज्योतिले भूत, वर्तमान र भविष्यलाई उज्‍ज्‍वल पाऱ्यो। तिनीहरूलाई थाहा भयो कि परमेश्‍‍वरले तिनीहरूलाई अचुक कृपासाथ अगुवाइ गर्नुभएको थियो। प्रथम चेलाहरूझैँ तिनीहरूले धारण गरेको सन्देश आफै बुझ्‍न असफल भए तापनि प्रत्येक प्रसङ्‌गमा त्यो सही नै थियो। तिनीहरूले सो विषय घोषणा गरेर परमेश्‍‍वरको अभिप्राय पूर्ति गरे, र तिनीहरूका परिश्रम परमेश्‍‍वरमा व्यर्थ भएन। तिनीहरू “एउटा जीवित आशाको निम्ति” नयाँ गरी जन्मेर “अवर्णनीय र गौरवमय आनन्दमा” रमाए।MBND 163.1

    दानिएल ८:१४को, “दुई हजार तीन सय दिनसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ,” (KJV) र पहिलो स्‍वर्गदूतको सन्देश, “परमेश्‍‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ” [प्रकाश १४:७] भनिने दुवै अगमवाणीहरूले उहाँका मानिसहरूका मुक्ति र दुष्‍टहरूको विनाशका लागि ख्रीष्‍टको आगमनलाई होइन, महा-पवित्रस्थानमा ख्रीष्‍टको सेवाकार्य, अनुसन्धानात्मक न्यायलाई केन्द्रित गरेको थियो। अगमवाणीका अवधिहरूको हिसाबमा गल्ती भएको थिएन, तर ती २३०० दिनहरूको अन्तिममा घट्‍नुपर्ने घटनामा गल्ती भएको थियो। यो गल्तीद्वारा विश्‍‍वासीहरूले नैराश्‍‍यको घड़ी सहन गरे, तापनि अगमवाणीमा पूर्ववाणी गरेका सबै कुराहरू, र तिनीहरूले धर्मशास्‍‍त्रअनुसार अपेक्षा गर्न सक्‍ने सबै कुराहरू पूरा भएका थिए। जुन समय तिनीहरूले आफ्‍ना आशाको असफलतामा विलाप गरिरहेका थिए त्यही समय सन्देशले पूर्ववाणी गरेका घट्‍नाहरू घटिरहेका थिए, जुन परमप्रभुले उहाँका दासहरूलाई उहाँको इनाम दिन प्रकट हुनुभन्दा पहिले नै पूरा हुनैपर्नेथियो।MBND 163.2

    तिनीहरूले अपेक्षा गरेझैँ पृथ्वीमा ख्रीष्‍ट आउनुभएन, तर सङ‌्केतमा भविष्यको सूचनाअनुसार स्‍वर्गमा भएका परमेश्‍‍वरको मन्दिरको महा-पवित्रस्थानमा आउनुभएको थियो। दानिएल अगमवक्ता उहाँलाई अति प्राचीनकहाँ यति बेला आउनुभएको कुरा बताउँछन्: “मैले रातका दर्शनहरूमा हेरिरहेको थिएँ; अनि हेर, आकाशका बादलहरूको साथमा मानिसका पुत्रजस्तै एकजना आउँदै हुनुहुन्थ्यो; अनि उहाँ ती अति प्राचीनकहाँ आउनुभयो,” (पृथ्वीमा होइन) “अनि तिनीहरूले उहाँलाई उहाँको सामु नजिक ल्याए।” दानिएल ७:१३ (KJV)।MBND 164.1

    यस आगमनको बारेमा अगमवक्ता मलाकीले पनि पूर्ववाणी गरेका छन्: “‘एक्‍कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्‍नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,’ सर्वशक्तिमान् प्रमप्रभु भन्‍नुहुन्छ।” मलाकी ३:१। उहाँको मन्दिरमा परमप्रभुको आगमन उहाँका मानिसहरूलाई अचानक र आकस्मिक भयो। तिनीहरूले उहाँलाई त्यहाँ हेरिरहेका थिएनन्। तिनीहरूले उहाँलाई पृथ्वीमा “दन्किरहेको आगोमा प्रकट हुनुहुने ... , र परमेश्‍‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशू ख्रीष्‍टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुने ...” स्‍वरूप अपेक्षा गरेका थिए। २ थेसस्‍लोनिकी १:७, ८ (KJV)।MBND 164.2

    तर मानिसहरू त्यति बेला तिनीहरूका परमप्रभुलाई भेट्‍न तयार थिएनन्। त्यहाँ तिनीहरूका बीचमा अझै पनि तयारीको कार्य पूरा हुन बाँकी नै थियो। तिनीहरूका दिमागहरूलाई स्‍वर्गमा भएको परमेश्‍‍वरको मन्दिरतर्फ केन्द्रित गर्दै ज्योति प्रदान गरिएको थियो; र जसरी तिनीहरूले विश्‍‍वासद्वारा तिनीहरूका प्रधान पूजाहारीलाई उहाँका सेवाकार्यमा त्यहाँ पछ्याउनेथिए, त्यसरी नै नयाँ कर्तव्यहरू प्रकट हुनुपर्नेथियो। चर्चमा अर्को चेतावनी र निर्देशनको सन्देश दिइनुपर्नेथियो।MBND 164.3

    अगमवक्ता भन्दछन्: “तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्नेजस्तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्याउनेछन्।” मलाकी ३:२, ३। जब ख्रीष्‍टको मध्यस्थ कार्य माथि भएको पवित्रस्थानमा बन्द हुन्छ तब त्यो समयसम्म पृथ्वीमा जिउँदो रहने मानिसहरू एक पवित्र परमेश्‍‍वर अघि मध्यस्थकर्ताविना नै उभिनुपर्नेछ। तिनीहरूका पोशाकहरू निष्खोट हुनुपर्छ, तिनीहरूका चरित्र छर्काइएको रगतद्वारा पापबाट शुद्ध हुनुपर्छ। परमेश्‍‍वरको अनुग्रह र तिनीहरूका आफ्‍नै मेहनती प्रयत्‍नद्वारा दुष्‍टतासँग लड़ाइँ गरी विजयी हुनुपर्छ। जब स्‍वर्गमा अनुसन्धानात्मक न्याय अघि बढिरहेको हुन्छ, जब पश्‍चात्तापी विश्‍‍वासीहरूका पाप पवित्रस्थानबाट हटाइरहेका हुन्छन्, तब त्यहाँ पृथ्वीमा भएका परमेश्‍‍वरका मानिसहरूका बीच शुद्धीकरण, पाप हटाउने एक विशेष कार्य हुनुपर्छ। यस कार्यको विषयमा प्रकाश १४का सन्देशहरूमा अझै स्पष्‍ट प्रस्तुत गरिएको छ।MBND 165.1

    जब यो कार्य पूरा भएको हुनेछ तब ख्रीष्‍टका अनुयायीहरू उहाँका आगमनका लागि तयारी हुनेछन्। “तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्।” मलाकी ३:४। त्यो बेला जुन मण्डली हाम्रा प्रभुले उहाँको आगमनमा स्‍वीकार गर्नुपर्ने हो त्यो एउटा “दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्‍वी मण्डली” हुनेछ। त्यस बेला यिनी “प्रभातले झैं हेर्दछे, चन्द्रमाझैं सुन्दरी, सूर्यझैं निर्मल छे, झण्डाहरू लिएर हिँड़ेको फौजझैं भयङ्कर” देखिनेछे। एफिसी ५:२७; श्रेष्‍ठगीत ६:१० (KJV)।MBND 165.2

    परमप्रभु आफ्‍ना मन्दिरमा आइरहनुभएका मात्र होइन, तर उहाँको दोस्रो आगमन, उहाँ आफ्‍नो न्यायको प्रतिफल दिन आइरहनुभएको पनि मलाकीले यही शब्दहरूमा पूर्ववाणी गरेका छन्, “‘यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ।” मलाकी ३:५। जब यहूदा यसो भन्छन्, तिनी त्यही दृश्‍‍यलाई केन्द्रित गर्दछन्, “हेर, प्रभु आफ्‍ना हजारौं-हजारौं पवित्र जनहरूको साथमा आउनुहुन्छ—उहाँ सबैको न्याय गर्नलाई अनि तिनीहरूका बीचमा भएका सबै भक्तिहीनहरूलाई, तिनीहरूले भक्तिहीन भएर गरेका तिनीहरूका सबै भक्तिहीन कामहरूको विषयमा ... दोषी ठहराउनलाई आउनुहुन्छ।” यहूदा १४, १५ (KJV)। यो आगमन र उहाँको मन्दिरमा परमप्रभुको आगमनचाहिँ फरक र छुट्टा-छुट्टै घटनाहरू हुन्।MBND 165.3

    हाम्रा प्रधान पूजाहारी स्‍वरूप महा-पवित्रस्थानमा पवित्रस्थानको शुद्धीकरण गर्न दानिएल ८:१४मा भएको ख्रीष्‍ट आइरहनुभएको कुरा; दानिएल ७:१३मा प्रकट गरेको मानिसको पुत्र अति प्राचीनकहाँ आउनुभएको कुरा; साथै मलाकीले पूर्ववाणी गरेको परमप्रभु उहाँको मन्दिरमा आइरहनुभएको कुरा सबैले एउटै घटनालाई प्रस्तुत गर्दछ; ख्रीष्‍टले मत्ती २५को दश कन्याहरूको दृष्‍टान्तमा वर्णन गर्नुभएअनुसार विवाहमा दुलहाको आगमनद्वारा पनि यो कुरा प्रकट गरिएको छ।MBND 166.1

    १८४४को ग्रीष्म र शरद् ऋतुमा, “हेर, दुलहा आउँदैछन्,” भन्‍ने घोषणा भएको थियो। बुद्धिमति र मूर्ख कन्याहरूद्वारा प्रतिनिधित्‍व गरेको दुई वर्गहरू त्यति बेला विकसित भयो—एक वर्गले परमप्रभुको आगमनलाई आनन्दसाथ प्रतीक्षा गरे, र उहाँलाई भेट्‍न मेहनतसाथ तयारी गरिरहेका थिए; अर्को वर्गचाहिँ तिनीहरूको डर र भावनाद्वारा प्रभावित भएर तिनीहरू सत्यताको ज्ञानमा सन्तुष्‍ट भएका थिए, तर तिनीहरू परमेश्‍‍वरको अनुग्रहरहित थिए। त्यो दृष्‍टान्तमा जब दुलहा आयो, तब “तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे।” यहाँ प्रस्तुत गरिएको दुलहाको आगमनचाहिँ विवाह हुनुभन्दा अघि नै हुन्छ। विवाह भन्‍नाले यो कुरालाई प्रतिनिधित्‍व गर्दछ कि ख्रीष्‍टले उहाँको राज्य स्‍वीकार गर्नुहुन्छ। राज्यको राजधानी र प्रतिनिधि, नयाँ यरूशलेम, त्यो पवित्र सहर “थुमाकी पत्‍नी, उहाँकी दुलही,” भनिन्छ। स्‍वर्गदूतले यूहन्‍नालाई भने: “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।” अगमवक्ता भन्छन्, “तिनले मलाई पवित्र आत्मामा ... लगे, र परमेश्‍‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।” प्रकाश २१:९, १०। त्यसो भए यो स्पष्‍ट छ कि दुलहीले पवित्र सहरलाई प्रतिनिधित्‍व गर्दछ, र दुलहालाई भेट्‍न गइरहेका कन्याहरूचाहिँ मण्डलीको सङ‌्केत हो। प्रकाशमा परमेश्‍‍वरका जनलाई विवाहको भोजका पाहुनाहरू हुन् भनी सम्बोधन गरेको छ। प्रकाश १९:९। यदि तिनीहरू पाहुनाहरू हुन् भने तिनीहरू दुलही पनि हो भनी वर्णन गर्न सकिँदैन। दानिएल अगमवक्ताका अनुसार ख्रीष्‍टले स्‍वर्गमा हुनुहुने अति प्राचीनबाट अधिकार, महिमा र एउटा राज्य प्राप्‍त गर्नुहुनेछ, उहाँको राज्यको राजधानी “दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी” नयाँ यरूशलेम उहाँले प्राप्‍त गर्नुहुनेछ। दानिएल ७:१४; प्रकाश २१:२। उहाँले राज्य प्राप्‍त गर्नुभएपछि उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा उहाँका मानिसहरूलाई मुक्ति दिन उहाँको महिमामा आउनुहुनेछ, जोहरू अब्राहाम, इसहाक र याकूबसँग उहाँका राज्यको टेबुलमा बस्‍नेछन्, (मत्ती ८:११; लूका २२:३०) तिनीहरू थुमाको विवाहको भोजमा सहभागी हुनेछन्।MBND 166.2

    १८४४को ग्रिष्म ऋतुमा भएको “हेर, दुलहा आउँदैछन्,” भनिने घोषणाले हजारौँलाई परमप्रभुको आकस्मिक आगमनको अपेक्षा गरायो। निर्धारित समयमा दुलहा आए, मानिसहरूले अपेक्षा गरेअनुसार यस पृथ्वीमा होइन, तर स्‍वर्गमा भएको अति प्राचीनकहाँ विवाहमा उहाँको राज्य हासिल गर्न आउनुभयो। “तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।” तिनीहरू विवाहमा व्यक्तिगतरूपमा उपस्थित हुनुपर्नेथिएनन्; किनकि तिनीहरू पृथ्वीमा हुँदै यो कार्य स्‍वर्गमा हुन्छ। ख्रीष्‍टका चेलाहरूले “आफ्‍ना मालिक विवाहको भोजबाट फर्कि” नआएसम्म पर्खनुपर्नेछन्। लूका १२:३६। तर तिनीहरूले उहाँको कार्य बुझ्‍नुपर्नेछन्, र जब उहाँ परमेश्‍‍वर अघि जानुहुन्छ तब तिनीहरूले उहाँलाई विश्‍‍वासद्वारा पछ्याउनुपर्नेछन्। यही अर्थमा तिनीहरू विवाहमा गएको भनिन्छ।MBND 167.1

    दृष्‍टान्तअनुसार जसको बत्ती साथै भाँडामा तेल पनि थियो तिनीहरू मात्र विवाहमा प्रवेश गरे। जोसँग धर्मशास्‍‍त्रबाट प्राप्‍त गरेको सत्यताको ज्ञान साथै परमेश्‍‍वरको आत्मा र अनुग्रह पनि थियो, र जसले तिनीहरूको तीतो जाँचको रातमा अझै स्पष्‍ट ज्योतिको खोजीमा धर्मशास्‍‍त्र अध्ययन गर्दै धैर्यसाथ प्रतीक्षा गरे— तिनीहरूले स्‍वर्गमा भएको पवित्रस्थान साथै मुक्तिदाताको कार्य परिवर्तन भएको सत्यता देखे, र विश्‍‍वासद्वारा तिनीहरूले माथि भएको पवित्रस्थानमा उहाँको कार्यमा उहाँलाई पछ्याए। अनि जसले धर्मशास्‍‍त्रको गवाहीद्वारा जब उहाँ मध्यस्थताका अन्तिम कार्य गर्न परमेश्‍‍वरको अघि प्रवेश गर्नुहुन्छ, र त्यसको अन्तमा उहाँको राज्य प्राप्‍त गर्नुहुन्छ तब तिनीहरू विश्‍‍वासद्वारा ख्रीष्‍टलाई पछ्याएर त्यही सत्यताहरू स्‍वीकार गर्छन्—तिनीहरू सबै विवाहमा प्रवेश भएका हुन् भन्‍ने कुरा देखाउँछ।MBND 167.2

    मत्ती २२को दृष्‍टान्तमा त्यस्तै प्रकारको विवाहको विषयमा प्रस्तुत गरेको छ, र विवाहभन्दा अगाड़ि अनुसन्धानात्मक न्यायको दृश्‍‍य स्पष्‍ट प्रकट गरिएको छ। विवाह हुनुभन्दा पहिले सबै जनाले विवाहको पोशाक पहिरेको छ कि छैन भनी राजा पाहुनाहरूलाई हेर्न आउँछन्, जुनचाहिँ थुमाको रगतमा धोएर सेतो बनाइएको चरित्रको निष्खोट पोशाक हो। मत्ती २२:११; प्रकाश ७:१४। जो-जो हल्का भेटाइन्छन् तिनीहरू बाहिर फालिन्छन्, तर परीक्षामा जसलाई विवाहको पोशाक पहिरेको देखिन्छ परमेश्‍‍वरले तिनीहरूलाई स्‍वीकार गर्नुहुन्छ र तिनीहरू उहाँको राज्यमा भागीदार हुने र उहाँको सिंहासनमा स्थान प्राप्‍त गर्ने योग्य ठहरिन्छन्। परमेश्‍‍वरको राज्यका लागि को-को तयार छन् भनी निर्धारण गर्न यो चरित्रको परीक्षणको कार्यचाहिँ अनुसन्धानमूलक न्याय, अर्थात् माथि भएको पवित्रस्थानको अन्तिम कार्य हो।MBND 168.1

    जब छानबिनको कार्य अन्त हुनेछ, सबै युगहरूभरिका ख्रीष्‍टका चेलाहरू भनी दाबी गर्नेहरूका मुद्दाहरू परीक्षण र निर्णय भइसकेका हुन्छन्, र त्योभन्दा अगाड़ि होइन, तर त्यसपछि परीक्षणकालको अन्त हुनेछ, र कृपाको ढोका बन्द हुनेछ। त्यसकारण “तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो” भन्‍ने एउटा सानो वाक्‍यले हामीलाई मुक्तिदाताको अन्तिम सेवाकार्यद्वारा मानिसको मुक्तिका लागि महान् कार्य सम्पन्‍न हुने समयसम्मका कार्यहरूको बिषयमा प्रस्तुत गरेको छ।MBND 168.2

    पृथ्वीमा भएको पवित्रस्थानको सेवाकार्यचाहिँ हामीले देखेझैँ स्‍वर्गीय सेवाकार्यको सङ‌्केत मात्र हो, त्यो सेवाकार्यअनुसार जब प्रायश्‍चित्तको दिनमा प्रधान पूजाहारी महा-पवित्रस्थानमा प्रवेश गऱ्यो तब पहिलो कोठाको सेवाकार्य समाप्‍त भयो। परमेश्‍‍वरले आज्ञा दिनुभयो: त्यसले “... जम्मै समुदायको निम्ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्।” लेवी १६:१७। त्यसरी जब ख्रीष्‍ट प्रायश्‍चित्तको अन्तिम कार्य समाप्‍त गर्न पवित्रहरूको पवित्रमा प्रवेश गर्नुभयो, तब उहाँले पहिलो कोठामा उहाँको सेवाकार्य समाप्‍त गर्नुभयो। तर जब पहिलो कोठामा सेवाकार्य समाप्‍त भयो तब दोस्रो कोठामा सेवाकार्य आरम्भ भयो। साङ‌्केतिक सेवाकार्यको प्रायश्‍चित्तको दिनमा प्रधान पूजाहारीले पवित्रस्थानलाई छोडेर आफ्‍ना पापहरूप्रति सत्य पश्‍चात्ताप गर्ने सबै इस्राएलीहरूका खातिर पापबलिको रगत प्रस्तुत गर्न ऊ परमेश्‍‍वरको सामु जान्थ्यो। त्यसरी ख्रीष्‍टले यस कार्यको एउटा अंश पूरा गर्नुभयो र हाम्रा मध्यस्थता स्‍वरूप उहाँको कार्यको अर्को अंशमा प्रवेश गर्नुभयो र उहाँले अझै पनि उहाँको पितासँग उहाँको रगतसहित पापीहरूका खातिर बिन्ती गर्दैहुनुहुन्छ।MBND 169.1

    १८४४मा एड्‍भेन्टिष्‍टहरूमा यस विषयमा ज्ञान थिएन। मुक्तिदाताको अपेक्षित घड़ी बितेपछि पनि तिनीहरूले उहाँको आगमन निकट छ भन्‍ने विश्‍‍वास गरे; तिनीहरूले सोचे कि तिनीहरू एक महत्‍वपूर्ण घटनामा आइपुगेका थिए र परमेश्‍‍वरको सामु मानिसको मध्यस्थता गरिनुपर्ने ख्रीष्‍टका कार्य समाप्‍त भएको थियो। बाइबलमा यस्तो सिकाएझैँ लाग्यो कि आकाशका बादलहरूका साथ हुने प्रभुको वास्तविक आगमन हुनुभन्दा छोटो समय अगाड़ि मानिसहरूको अनुग्रहको समय समाप्‍त हुनेछ। त्यो समयलाई सङ‌्केत गर्ने धर्मशास्‍‍त्रबाट तिनीहरूलाई यो कुरा निश्‍चय नै प्रमाणित भयो कि मानिसहरूले खोज्‍नेछन्, ढकढक्‍याउनेछन् र कृपाको ढोकामा कराउनेछन्, र त्यो खोलिनेछैन। तिनीहरूमा यस्तो प्रश्‍न आयो कि हुन सक्छ तिनीहरूले प्रतीक्षा गरेका ख्रीष्‍टको आगमनको समयचाहिँ तुरुन्तै उहाँको आगमनलाई तय गर्ने यो समय अवधिको आरम्भ हो त? न्यायको निकटताको चेतावनी दिइसकेको कारण तिनीहरूले यसरी सोचे कि तिनीहरूको यस संसारका लागि काम समाप्‍त भयो, र तिनीहरू पापीहरूका मुक्तिको लागि वहन गरेको प्राणको बोझबाट मुक्त भए, त्यसै गरी अटेरी र ईश्‍‍वरनिन्दक अविश्‍‍वासीहरूले गरेको खिसीद्वारा यो कुरा प्रमाणित भएको जस्तो देखियो कि उहाँको कृपालाई अस्‍वीकार गर्नेहरूबाट परमेश्‍‍वरको आत्मा हटिसकेको थियो। यी सबै कुराहरूले यही विश्‍‍वासलाई निश्‍चित गरायो कि अनुग्रहको समय समाप्‍त भयो, वा तिनीहरूले व्यक्त गरेअनुसार “कृपाको ढोका बन्द भयो।”MBND 169.2

    तर पवित्रस्थान आधारित प्रश्‍नको अनुसन्धानका साथ अझै स्पष्‍ट ज्योति आयो। अब तिनीहरूले थाहा पाए कि २३०० दिनको अन्त अर्थात् १८४४मा महत्‍वपूर्ण घटना सुरुवात भएको थियो भनी विश्‍‍वास गरेर तिनीहरूले ठीक गरेका थिए। अठार सय वर्षसम्म मानिसहरू परमेश्‍‍वरको समीपमा गइरहेका आशा र कृपाको त्यो ढोका बन्द हुने समयमा अर्को ढोका खोलियो, र महा-पवित्रस्थानमा ख्रीष्‍टको मध्यस्थताद्वारा मानिसहरूलाई पापको क्षमा प्रदान गरियो। उहाँको सेवाकार्यको एक भाग अन्त भएको थियो, त्यसले अर्कोलाई स्थान दिएको थियो। त्यहाँ अझै पनि स्‍वर्गीय पवित्रस्थानमा जाने “खुला ढोका” थियो, जहाँ ख्रीष्‍टले पापीको खातिर सेवा गरिरहनुभएको थियो।MBND 170.1

    प्रकाशमा भएका ख्रीष्‍टका यी शब्दहरूको उपयुक्तता अब देखियो जुन यही समयका चर्चलाई सम्बोधन गरेको थियो: “जो पवित्र छन्, जो सत्य छन्, जससँग दाऊदको चाबी छ, जसले खोल्छन् र कसैले बन्द गर्दैन, अनि बन्द गर्छन् र कसैले खोल्दैन, उनैले यी कुराहरू भन्छन्: ‘तिम्रा कामहरू म जान्दछु; हेर, मैले तिम्रा सामु एउटा खुला ढोका राखेको छु, अनि कसैले यो बन्द गर्न सक्दैन।’” प्रकाश ३:७-८ (KJV)।MBND 170.2

    जसले विश्‍‍वासद्वारा त्यो प्रायश्‍चित्तको महान् काममा येशूलाई पछ्याउँछन् तिनीहरूको पक्षमा गरिएको उहाँको मध्यस्थताका फाइदाहरू तिनीहरू प्राप्‍त गर्छन्, तर जसले यस सेवाकार्यको प्रकाश अस्‍वीकार गर्छन् तिनीहरूले त्यसबाट कुनै फाइदा पाउनेछैनन्। जुन यहूदीहरूले ख्रीष्‍टको प्रथम आगमनमा प्रदान गरिएको ज्योति अस्‍वीकार गरे, र जसले संसारका मुक्तिदाताको रूपमा उहाँमाथि विश्‍‍वास गर्न इन्कार गरे, तिनीहरूले उहाँद्वारा क्षमा प्राप्‍त गर्न सकेनन्। जब येशू उहाँको स्‍वर्गारोहणमा उहाँका चेलाहरूलाई उहाँका मध्यस्थ कार्यका आशिष्‌हरू वर्षाउन उहाँको आफ्‍नै रगतद्वारा स्‍वर्गीय पवित्रस्थानमा प्रवेश गर्नुभयो तब यहूदीहरूचाहिँ तिनीहरूका व्यर्थका बलिदानहरू र भेटीहरूलाई निरन्तरता दिन पूर्ण अन्धकारमा छोडिएका थिए। सङ‌्केत र छायाको सेवाकार्य अन्त भएको थियो। पहिले मानिसहरू जुन ढोकाबाट परमेश्‍‍वरको सामुन्‍ने जान्थे अब उप्रान्त सो खुला भएन। यहूदीहरूले उहाँलाई भेटाउन सक्‍ने एउटै मात्र उपायबाट खोज्‍न इन्कार गरे जुन स्‍वर्गीय पवित्रस्थानको सेवाकार्यबाट मात्र उहाँलाई भेटाउन सकिन्थ्यो। त्यसकारण तिनीहरूले परमेश्‍‍वरसँग वार्तालाप गर्ने उपाय पाएनन्। तिनीहरूका लागि ढोका बन्द भयो। ख्रीष्‍ट सत्य बलिदान र परमेश्‍‍वरको अगि एक मात्र मध्यस्थकर्ता हुनुहुन्छ भन्‍ने कुनै ज्ञान तिनीहरूसँग थिएन; त्यसकारण तिनीहरूले उहाँको मध्यस्थ-कार्यबाट कुनै फाइदा प्राप्‍त गर्न सक्दैनन्।MBND 170.3

    अविश्‍‍वासी यहूदीहरूको अवस्थाले इसाई दाबी गर्नेहरूको बीचमा भएको हेलचेक्‍य्राइँ र अविश्‍‍वासीहरूको अवस्थालाई प्रकट गर्दछ, जोहरू जानेर पनि हाम्रा कृपामय प्रधान पूजाहारीको कार्यप्रति अनजान रहेका छन्। साङ‌्केतिक सेवाकार्यमा जब प्रधान पूजाहारी महा-पवित्रस्थानमा प्रवेश गर्थे तब सम्पूर्ण इस्राएलीहरू पवित्रस्थान वरिपरि जम्मा हुन आवश्‍‍यक थियो र अति गम्भीर ढाँचाले तिनीहरूका मनहरू परमेश्‍‍वर अगि नम्र पार्नुपर्नेथियो ताकि तिनीहरूले पापहरूको क्षमा प्राप्‍त गर्न सकून् र समाजबाट बहिष्कार हुन नपरून्। यो वास्तविक प्रायश्‍चित्तको दिनमा हामीले हाम्रो प्रधान पूजाहारीको काम बुझ्‍न र कुन कार्य हामीले गर्न आवश्‍‍यक छ भनी जान्‍न त झन् कति महत्‍वपूर्ण छ!MBND 171.1

    दण्डविना मानिसहरूले चेतावनी अस्‍वीकार गर्न सक्दैनन् जुन परमेश्‍‍वरले तिनीहरूलाई कृपासाथ दिनुहुन्छ। नोआको समयमा एउटा सन्देश स्‍वर्गबाट संसारमा पठाइएको थियो, र तिनीहरूले त्यो सन्देशप्रति प्रकट गरिएको व्यवहारमा नै तिनीहरूको मुक्ति आधारित थियो। परमेश्‍‍वरको आत्मा पापी जातिहरूदेखि निस्केर जानुभयो, र तिनीहरू जलप्रलयको पानीमा नष्‍ट भए किनकि तिनीहरूले त्यो चेतावनी अस्‍वीकार गरे। अब्राहामको समयमा सदोमका दोषी बासिन्दाहरूसँग कृपाले बिन्ती गर्न छोिडयो, र लोत र तिनकी पत्‍नी र दुई छोरीहरूबाहेक सबै जना आकाशबाट झरेको आगोद्वारा भष्म पारिए। ख्रीष्‍टको दिनमा पनि त्यस्तै भयो। परमेश्‍‍वरका पुत्रले त्यस ताकाका अविश्‍‍वासी यहूदी पुस्तालाई घोषणा गर्नुभयो: “हेर, तिमीहरूको घर उजाड छोडिएको छ।” मत्ती २३:३८। अन्तको समयलाई दृष्‍टि लगाउँदै उही असीम शक्तिले “सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार” गर्नेहरूको विषयमा घोषणा गर्नुहुन्छ: “तिनीहरूले झूटा कुरामा विश्‍‍वास गरून् भनेर परमेश्‍‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्‍‍वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्।” २ थेसलोनिकी २:१०-१२। जब तिनीहरूले उहाँका वचनका शिक्षाहरू इन्कार गर्छन् तब परमेश्‍‍वरले उहाँका आत्मा तिनीहरूबाट लानुहुन्छ र तिनीहरूले मन पर्ने भ्रममा तिनीहरूलाई छोड्‍नुहुन्छ।MBND 171.2

    तर ख्रीष्‍ट अझै मानिसका खातिर मध्यस्थ गर्नुहुन्छ, र जसले खोजी गर्दछ तिनीहरूलाई ज्योति प्रदान गरिनेछ। यो कुरा एड्‍भेन्टिष्‍टहरूले पहिले नै नबुझे तापनि जुन धर्मशास्‍‍त्रले तिनीहरूको वास्तविक अवस्था परिभाषित गर्दछ सो तिनीहरूका सामु खुला हुन थालेपछि तिनीहरूले स्पष्‍ट बुझे।MBND 172.1

    १८४४को समय बितेपछि दोस्रो आगमनको विश्‍‍वास कायम राख्‍नेहरूलाई एक महासङ्कष्‍टको अवधि भयो। तिनीहरूका वास्तविक अवस्था निश्‍चित गर्ने विषयमा तिनीहरूको सान्त्‍वना एउटै मात्र थियो जुन माथि भएको पवित्रस्थानतर्फ केन्द्रित गर्ने ज्योति थियो। कति जनाले तिनीहरूका भूतकालमा तिनीहरूले विश्‍‍वास गरेको अगमवाणीका समय अवधिहरूमाथि भएको विश्‍‍वासलाई इन्कार गरे र पवित्र आत्माद्वारा शक्तिशाली प्रभावलाई मानवीय वा शैतानिक माध्यमबाट आएको हो भनी आरोप लगाए जुनचाहिँ दोस्रो आगमनको प्रसङ्‌गसँग सम्बन्धित थियो। अर्को दर्जाका मानिसहरूले दृढतासाथ विश्‍‍वास गरे कि परमप्रभुले नै तिनीहरूका विगतका अनुभवमा तिनीहरूलाई अगुवाइ गर्नुभएको थियो; र जब तिनीहरूले परमेश्‍‍वरको इच्छा जान्‍न प्रतीक्षा गरे र जागा रहे र प्रार्थना गरे तब तिनीहरूले देखे कि तिनीहरूका प्रधान पूजाहारी अर्को सेवाकार्यमा प्रवेश गर्नुभयो, र विश्‍‍वासद्वारा उहाँलाई पछ्याउँदा तिनीहरूले चर्चको अन्तिम काम पनि देखे। तिनीहरूले पहिलो र दोस्रो स्‍वर्गदूतका सन्देशहरू अझै स्पष्‍ट बुझे, र तिनीहरू प्रकाश १४को तेस्रो स्‍वर्गदूतको गम्भीर चेतावनी प्राप्‍त गर्न र संसारलाई दिन तयारी भए।MBND 172.2