त्यसपछि मैले पृथ्वीपट्टि दृष्टि हेरें, जहाँ दुष्टहरू मरेर सोतर भएका देखें । ती पृथ्वीवासीहरूमाथि परमेश्वरको क्रोध अन्तिम सात विपत्तिहरूका रूपमा खनिएको थियो । पीड़ाले गर्दै तिनीहरूले आफ्नै जिब्रो चपाउँदै परमेश्वरलाई सरापे । ठाड़ै उभिँदा-उभिँदै तिनीहरूका आँखाहरू टोड़कैभित्र र तिनीहरूका जिब्राहरू मुखभित्रै कुहे । परमेश्वरको आवाजद्वारा सन्तहरू उठाइसकिएपछि ती दुष्टहरू रिसले आपस्तमै भिड्नथाले । सारा पृथ्वीभरि रगतको भल बगिरहेको र पृथ्वीका चारै कुनामा लाशहरू थुप्रिरहेका देखिए । 1BP 218.1
पृथ्वी उजाड़ र उराठलाग्दो थियो । भुइँचालो आएर शहरहरू र गाउँहरू एकै थुप्रो परेका थिए । पहाड़हरूले आफ्ना ठाउँ छोड़ेर ठूला ठूला ध्वान्द्रा परेका थिए । समुन्द्रदेखि पनि धूजा-धूजा परेका ढुङ्गाहरू बाहिर उछिटिरहेका र जमिनदेखि चट्टानहरू फुटेर चारैतिर छरपुस्ट भइरहेका थिए । बड़े बड़े रूखहरू जरैसमेत उखेलिएर लड़ेका थिए । यी सबले गर्दा पृथ्वी मरूभूमिभन्दा उजाड़ र उराठलाग्दो देखियो । हजार वर्षको अवधिभरि शैतान र उसका दूतहरू यस्तैमा बस्नुपर्छ । कारण हजार वर्षसम्म यहीँ कैद गरिएर यही चिराचिरा परेको पृथ्वीतलमैं कुच्रेर परमेश्वरको व्यवस्थाको विरोध गरेको नतिजा भोग्नुपर्नेछ । पृथ्वीबाहेक तिनीहरूले अरू ग्रहमा गएर परमेश्वरका लोकलाई परीक्षा गर्नु वा दुःख दिनु पाउने छैनन् । उसको पतन भएकोदेखि उसले बारम्बार विद्रोह मच्चाउँदै आइरहेको थियो तर त्यस बेला चाहिँ ऊ शक्तिहीन भएर उसका अतीतका कार्यकलापहरू सम्झिँदै आफ्नै त्यो डरलाग्दो भविष्य अर्थात् आफूले गरेका ती दुष्कर्महरू र उसकै कारणले भएका जति पनि पापहरूका लागि हुनेवाला दण्ड सम्झेर डरले काँप्नुबाहेक अरू उपाय हुनेछैन । 1BP 218.2
त्यसपछि मैले स्वर्गदूतहरू र ती उद्धार-प्राप्त सन्तहरूले विजयका नाराहरू लगाएका सुनें, जसको आवाज दश हजार बाजाहरूको ध्वनि जस्तै सुनिन्दैथ्यो, कारण त्यहाँदेखि उसो फेरि-फेरि शैतानले उनीहरूलाई दुःख दिनु वा परीक्षामा पार्नु सक्नेछैन अनि संसारका अरू बासिन्दाहरूले पनि तिनीहरू र तिनीहरूको परीक्षादेखि छुटकारा पाए । 1BP 219.1
त्यसपछि मैले सिंहासनहरू देखें, जहाँ ख्रीष्ट साथै ती उद्धार-प्राप्त सन्तगण पनि बसेका थिए । ती सन्तहरू ता परमेश्वरका निम्ति राजाहरू र पूजाहारीहरू भएर राज्य गर्दारहेछन् । अनि त्यहाँ दुष्ट काम गरेर मर्नेहरूको इन्साफ भयो । अनि तिनीहरूका कामहरू (कर्म) परमेश्वरको व्यवस्था पुस्तकअनुसार दँजाइए र तिनीहरूका काम (कर्म) अनुसार तिनीहरूको न्याय हुँदै थियो । अर्थात् जिउँदा छँदा शरीरमा तिनीहरूले जे-जस्ता काम गरे, त्यहीअनुसार न्याय हुँदैथ्यो। ख्रीष्टले ती सन्तगणसित मिलेरै दुष्टहरूलाई तिनीहरूका काम अनुसारको भाग ठहराइरहनुभएको थियो । अनि त्योचाहिँ मृत्युको पुस्तकमा लेखिएर तिनीहरू विरूद्ध कारबाई शुरू भयो । शैतान र उसका दूतहरूको इन्साफ पनि ख्रीष्ट र ती सन्तगणद्वारै भइरहेथ्यो । शैतानको लागि दण्ड ता उबाट ठगिएकाहरूको भन्दा डरलाग्दो थियो । कता हो कता बेसी । आखिरमा उसले ठगेकाहरू नाश भइगए, तर शैतानचाहिँ दीर्धकालसम्म बाँचेर धेरै लामो समयसम्म दण्ड भोगीरहनु पऱ्यो । 1BP 219.2
अनि दुष्टहरूलाई इन्साफ गर्ने काम सिद्धिएपछि अर्थात् एक हजार वर्ष पूरा हुनासाथ येशू त्यस शहरलाई छोड़ीकन हिँड्नुभयो, र उहाँका पछि-पछि स्वर्गीय सैन्यदलको ताँती थियो । ती सन्तहरू पनि उहाँसितै गए । त्यसपश्चात् येशू एउटा विशाल पहाड़माथि ओर्लनुभयो, अनि त्यसलाई उहाँको पाउले छुनेबित्तिकै त्यो टुक्रा-टुक्रा भई छुट्टिएर एउटा विशाल समतल भूमिमा परिणत भयो । त्यसपछि हामीले उँभो हेर्दा त्यो महान् र सौन्दर्य-पूर्ण शहरलाई देख्यौं, जसमा तीन-तीनवटा गरेर जम्मा बाह्रवटा जग र बाह्रैवटा ढोकाहरू थिए । प्रत्येक ढोकामा एक-एकजना स्वर्गदूतको पहरा थियो । त्यो नगर देखेर हामी ता यसो भन्दै कराइपठाएछौं, “आहा, त्यो नगर ! महान् नगर !! उः त्यो नगर ता परमेश्वरको उपस्थिति अर्थात् स्वर्गदेखि तलतिर ओर्लिरहेछ !” अनि त्यो शहर आफ्नो परम सौन्दर्य र अपार महिमाका साथमा ओर्लीकन ख्रीष्टले तयार पारिराख्नुभएको त्यो विशाल समतल भूमिमाथि बसालियो । 1BP 220.1