Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - १
    शैतानको पतन

    सर्वप्रथम आत्माले मलाई त्यस बेलाको दर्शन दिनुभयो, जुन समयमा शैतान पनि प्रभु येशूदेखि मनिको दोस्रो दर्जामा सम्मानित एकजना दूत अर्थात् प्रधान दूत नै थियो । अहिलेसम्मन् रहीरहेका ज्योतिर्मय स्‍वर्गदूतहरू जस्तै नै ज्योतिर्मय एवम् सर्वाङ्ग सुन्दर थियो ऊ । उसमा असाधारण बुद्धिमत्ता औ गौरवपूर्ण व्यक्तित्‍व झल्कन्थ्यो ।1BP 11.1

    त्यसपछी मैले के देखें भने - जब परमेश्‍‍वरले आफ्‍ना पुत्रलाई भन्नुभयो, ‘हामी मनुष्यलाई हाम्रै स्‍वरूपमा बनाऔं’ -- तब शैतानले येशूसित ईर्ष्या गर्नथाल्यो । किनकि मनुष्य सृष्‍टि गर्ने काममा परमेश्‍‍वरले उसित पनि परामर्श लिनुभएको ऊ चाहन्थ्यो । त्यसपछि उसको हृदय ईर्ष्या, द्वेष र घृणाले भरिँदै गयो । उसले आफ्‍नो सिंहासन उच्‍च पारेर परमेश्‍‍वरै समान हुने सङ्कल्प गर्नथाल्यो । त्यतिन्‍जेल परमेश्‍‍वरको राज्यको अधीनतामै सम्पूर्ण स्‍वर्ग शान्तिसय, सुव्यवस्थित र सर्वसिद्ध थियो । तर जब शैतानले परमेश्‍‍वरको व्यवस्था र इच्छाविरूद्ध विद्रोह गरेर एउटा ठूलो अपराधको सिर्जना गऱ्यो, तब स्‍वर्गभरि ठूलो हलचल मच्‍चियो । सब स्‍वर्गदूतहरू उत्तेजित भई उठे, र एकजना प्रधान दूतको नैतृत्‍वमा पङ्क्ति बाँध्‍नथाले । शैतानले आफूलाई उच्‍च तुल्याईकन येशूको अधिकार अन्तर्गत नरहने विचार मात्रै होइन, तर विस्तार-विस्तार परमेश्‍‍वरकै शासनाधिकार पनि हात पार्ने उद्देश्‍‍यले षड़यन्‍‍त्र रचीरहेको थियो । स्‍वर्गदूतहरूमध्ये पनि कतिले शैतानको पक्षमा लागेर उसलाई सहयोग दिए, तापनि अरूहरूले चाहिँ आफ्‍ना पुत्रलाई अख्तियार दिनुहुने परमेश्‍‍वरको सम्मान र उहाँको बुद्धिसङ्गत उद्देश्‍‍यको पक्षमा ती विपक्षी दलसित घोर विवाद गरे । स्‍वर्गदूत-स्‍वर्गदूतबीचै फाटो भएर निकै वाद-विवाद भयो । त्यसपछी परमेश्‍‍वरको शासनपद्धतिलाई पनि ओल्टयाङपल्टयाङ पार्न खोज्‍ने शैतान र उसका सहयोगीहरूले कसरी परमेश्‍‍वरले येशू ख्रीष्‍टलाई उच्‍च पारीकन उहाँलाई अधिकार र प्रभुता सुम्पनहुँदो रहेछ हेरौं, भनी उहाँको गतिबिधि बुझ्‍नलाई उहाँको चेवाचर्चा गरे; तर उहाँको अपार अनि अगम बुद्धि कसले पत्ता लाएर सक्‍ने र ?1BP 11.2

    तिनीहरूले परमेश्‍‍वरका पुत्रको अधिकारविरुद्ध घोर प्रतिवाद जनाए । यतिसम्म कि उनीहरूको झगड़ा मिलाउन सबै स्‍वर्गदूतहरूलाई परमेश्‍‍वरका अगाड़ि बोलावट भयो । अन्तमा विरोधी शैतान र उसका सहयोगीहरूलाई पनि स्‍वर्गदेखि निष्कासित गरिदिने निर्णय भयो । तत्पश्‍चात् स्‍वर्गमै स्‍वर्गदूतहरू बीच घमासान युद्ध भयो, तर आखिरमा परमेश्‍‍वरका पुत्रका पक्षमा लड्‍ने सच्‍चा दूतहरूकै जीत भयो । त्यसपछी शैतान र उसका अनुयायीहरूलाई त्यहाँदेखि लखेटिदिए । अनि जब तिनीहरू स्‍वर्गदेखि निकालिए र ढोका पनि बन्द भयो तब शैतानले झसङ्गै भएर पछुताउँदै भन्नथाल्यो, ‘ला, मैले त सम्पूर्ण स्‍वर्गीय वैभव र महिमालाई सधैंभरिको लागि नै गुमाइपठाएछु ! फेरि स्‍वर्गमा प्रवेश गर्न पाए ता भरिशक्‍य पहिलेकै पद फेरि प्राप्‍त गर्ने कोशिश गर्नेथिएँ, नभए पनि अरू जुनसुकै पदमा राखे पनि मा सन्तोषै मान्ने थिएँ ।’ तर के उसलाई पुनः स्‍वर्गमा फर्काई ल्याएर सम्पूर्ण स्‍वर्गै नष्‍ट-भ्रष्‍ट पार्नु थियो र ? असम्भव ! किनकि पाप उबाटै प्रादुर्भूत भएको थियो, र विद्रोह उब्‍जाउने बीउ उ भित्र अन्तर्निहित छँदै थियो । शैतान र उसका अनुयायी दूतहरूले परमेश्‍‍वरको निगाह पुनर्प्राप्‍त गर्नलाई पछितो गर्दै रोई-कराई विन्ती गरे, तर तिनीहरूको विन्ती सुनाइ हुन सकेन, कारण तिनीहरूका द्वेष, ईर्ष्या र विद्रोह यति अघोर भइसकेका थिए, जसको परिणाम ता अन्तिम न्यायपछि दण्डसिवाय अर्को वैकल्पिक उपाय नै थिएन ।1BP 12.1

    अब फेरि-फेरि परमेश्‍‍वरको निगाह प्राप्‍त गर्नु सम्भव नहुने रहेछ भनी जब शैतानलाई पूर्णतः विदित भयो, तब उसले फेरि द्वेषपूर्ण र घृणात्मक कामहरू गर्नथाल्यो । परमेश्‍‍वरको राज्यविरूद्ध षड्‌यन्‍‍त्र रच्दै शैतानले आफ्‍ना अनुयायीहरूसित परामर्श राख्यो ।1BP 13.1

    अनि जब परमेश्‍‍वरले आदम र हव्‍वालाई सुन्दर अदनको बगैंचामा राख्‍नुभयो, तब शैतानले उनीहरूलाई पनि नष्‍ट-भ्रष्‍ट पार्ने उद्देश्‍‍यले आफ्‍ना सहचरहरूसित यस्तो सल्‍लाह गऱ्यो - “यदि यी दुई दम्पतिले परमेश्‍‍वरको आज्ञा पालन गरिरहे भने ता यिनीहरूको सुख, शान्ति र आनन्द खोस्‍ने कसैको पनि क्षमता हुँदैन । यो हामीलाई थाह छ । यिनीहरूलाई परमेश्‍‍वरको आज्ञा उल्‍लङ्‌घन गराउन सक्‍यौं भने मात्र यिनीहरू परमेश्‍‍वरको निगाहदेखि वञ्‍चित होला । तब मात्र हामीले यिनीहरूलाई हाम्रा मुट्ठीमा ल्याउन सकौंला । यसर्थ यिनीहरूलाई परमेश्‍‍वरको आज्ञा भङ्ग गराउन कुनै न कुनै युक्ति ता गर्नैपऱ्यो ।” त्यसपश्‍चात् शैतानले छद्‍म रूप धारण गरेर मनुष्यलाई परीक्षाको घेरामा हाली सत्यवादी परमेश्‍‍वरको वचनविरूद्ध शङ्का उत्पन्न गराइदिने प्रथम निर्णय लियो । त्यस प्रकारले ती मनुष्य-जोड़ाको मनमा परमेश्‍‍वरको अगम्य विचार एवम् योजनाका विषयमा प्रश्‍न र कुतूहल जगाईकन उहाँको चेवा गर्न र असल-खराबको ज्ञानको वृक्षको बारेमा पनि ‘किन परमेश्‍‍वरले यसमा चाहिँ रोक लगाउनु भएको होला ?’ भन्ने विवादास्पद विचार उब्‍जाएर आफैँ झैँ दोषी तुल्याउने षड्‌यन्‍‍त्र रच्यो ।1BP 13.2