Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    मैले भन्न पर्ने कुरा

    महान लेखिका सिस्टर एलिन जी॰ ह्वाइटद्वारा लिखित पुस्तक “भीषण प्रतिद्वन्द्व - ख्रीष्‍ट र उहाँका दूतगण अनि शैतान र उसका दूतहरूबीच” प्रत्येक ईशाइ धर्मावलम्बीहरूको निम्ति पढ़न अतिनै आवस्यक छ । यस अनमोल प्रभूको पवित्र वचनमा आधारित पुस्तकको माध्यमबाट हामीले भविष्यमा कस्तो समय र परिस्थिति प्रत्येक मानवहरूको जीवनमा आउनेछ, प्रभूको आगमण कसरी हुनेछ, अनि हामी विश्‍‍वासीहरूले कसरी आफैलाई अनि अरु अज्ञानरूपी संसारमा तड़पिरहेका, बाटामा अल्‌मल्‍लिरहेका मानवहरूको आत्मा बचाई त्यस दिनको निम्ति तयारी राख्‍न पर्ने भन्ने कटु सत्य वचनहरूको गवाही हामी प्रत्यक्ष बुझ्‍न सक्छौं बाइबलमा लेखिएको प्रभूको वचन यस पुस्तकमा सरल र सहज नेपाली भाषामा अनुवाद भएकोले प्रभूले देखाउन भएको उत्तम बाटो पहिल्याउन हरेक व्यक्तिलाई यस पुस्तकले तोगदान पुऱ्याएको छ ।1BP 4.1

    उक्त शीर्षकमा लिखित पुस्तक हाम्रो क्षेत्रीय सरल नेपाली भाषामा प्रकाशित गरी, हाम्रो प्रेरणाको श्रोत बनी आफ्‍नो बहूमूल्य समय प्रभूको काममा अर्पित गरिदिनुभएकोमा म सेभेन्थ डे एडभेन्टिस्ट चर्च पास्टर, कालेवुङ, दा॰गो॰पा॰प॰को तर्फबाट ब्रदर दानियल विन्टरलाई हार्दिक अभिनन्दन तथा धन्यवाद टक्र्याँउदछु । ब्रदर मोहन राई, जसले आफ्‍नो मन, प्राण, ध्यान साथै अनमोल समय प्रदान गरी, आफ्‍नो आध्यात्मिक ज्ञानलाई समेटोर, प्रभूको पवित्र शब्दहरूको गहन अध्ययन गरी यस पुस्तकलाई साधारण मानिसले बुझ्‍न सक्‍ने सरल नेपाली भाषामा अनुबाद गरी सबै नेपाली समाजलाई मनन र चिन्तन गर्ने मौका प्रदान गर्नुभएकोमा अत्यन्तै आभार व्यक्त गर्दछु । छपाईको व्यवस्थाको निम्ति श्री भरतमणि प्रधानलाई पनि आभार प्रकट गर्दछु । यसरीनै जति पनि यस अनमोल र बहुमूल्य पुस्तकको पाठकवर्ग छन् वहाँहरू सबैको सुझाउ तथा संशोधनको आन्तरिक हृदयबाट स्‍वागत गर्दै हजुरहरू सबैलाई धन्यवाद टक्र्याउन चाहन्छु ।1BP 4.2

    प्रविण किशोर तामसाङ
    चर्च पास्टर
    एस॰ डी॰ ए॰ चर्च, कालेवुङ
    दा॰ गो॰ पा॰ प॰

    Larger font
    Smaller font
    Copy
    Print
    Contents