Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "undefined".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ७. विवेकको स्‍वतन्‍‍त्रता जोखिममा

    (अंग्रेजी पुस्तक अध्याय ३५ पृष्‍ठ ५६३)

    प्रोटेस्टेन्टहरूले रोमी धर्मलाई अघिल्‍ला वर्षहरूमा भन्दा अहिले धेरै असल दृष्‍टिकोणले हेरेका छन् । जहाँ क्‍याथोलिक धर्मको सर्वोच्‍चता छैन ती देशहरूमा पोपतन्‍‍त्रहरूले मेलमिलापद्वारा प्रभाव पार्ने प्रयास गरिरहेछन्, त्यहाँ यी सिद्धान्तहरूको बढ्‍दो बेवास्ता भएका छन् जसले पोपतन्‍‍त्रको उच्‍च शासनबाट सुधार-चर्चहरूलाई फरक पार्दछ; त्यति मात्र नभएर, यो विचारले स्थान लिइरहेको छ कि यी आवश्‍‍यकीय विषयहरूमा जस्तो अनुमान गरिएको छ त्यति धेरै भिन्नता अब पाइदैन, र त्यसमा हामीले हाम्रा केही कुराहरू त्याग गरेको खण्डमा हामीलाई रोमसँग अझै असल सम्झौतामा ल्याउनेछ । कुनै समयमा प्रोटेस्टेन्टहरूले विवेकको स्‍वतन्‍‍त्रतालाई अति नै मूल्यवान ठानेका थिए, जुन तिनीहरूले यति प्रिय ठानेर किनेका थिए । तिनीहरूका बालबच्‍चाहरूलाई पोपतन्‍‍त्रप्रति घृणा गर्न सिकाए साथै रोमसँग मेलमिलाप गर्ने प्रयास नै परमेश्‍‍वरप्रति अनाज्ञाकारी हो भनी सिकाए । तर अहिले व्यक्त भएका भावनाहरू कति फरक छन् !MBA 83.1

    पोपतन्‍‍त्रका समर्थकहरूले घोषणा गरे कि प्रोटेस्टेन्टजगतले चर्चको विरूद्धमा झूटा कुराहरू गरेको छ, र ती भनाइहरू त्यसले स्‍वीकार गर्न कर लागेको छ । धेरै जनाले जोड़ दिन्छन् कि वर्तमान चर्चलाई घृणित थोकहरू र मूर्खताहरूले न्याय गर्नु उचित हुँदैन जसले अजान र अन्धकारका शताब्दीहरूभरि त्यसको शासनको प्रतिनिधित्‍व गरेको थियो । तिनीहरूले त्यसको डरलाग्दो क्रूरतालाई ती समयहरूको अज्ञानताको परिणाम हो भनी बहाना गर्दछ र आधुनिक शिक्षाको प्रभावले त्यसका भावनाहरू परिवर्तन गरेको छ भनी बहाना गर्दछ ।MBA 83.2

    यो हठ्ठी शक्तिले आठ सय वर्षहरूसम्म त्यसको अटलताको दाबी गरेको थियो, के ती मानिसहरूले भुलिसकेका छन् र ? त्यस दाबीलाई त्याग्‍नको सट्टामा नवौं शताब्दीमा पहिले भन्दा पनि अझै महान् सकारात्मकरूपमा निश्‍चित गरेको थियो । जसरी रोमले दाबी गर्दछ कि “चर्चले कहिले पनि गल्ती गरेको छैन; न धर्मशास्‍‍त्रअनुसार कहिले गल्ती गर्नेछ,” (John L. von Mosheim, Institutes of Ecclesiastical History, book 3, century 11, part 2, chapter 2, section 9, note 17), विगत युगहरूमा त्यसले जुन सिद्धान्तहरूद्वारा त्यसको कार्य निर्देशन गरेको थियो त्यसले ती कुराहरू कसरी इन्कार गर्न सक्छ र ?MBA 84.1

    पोपतन्‍‍त्रको चर्चले त्यसको अटलताको दाबीलाई कहिले पनि त्याग्‍नेछैन । त्यसको सतावटको समयमा त्यसका धर्म विधिहरू इन्कार गर्नेहरूलाई त्यसले जेजति गरेको छ, ती सबको विषयमा त्यसले उचित नै ठान्छ; के यदि फेरि त्यसले मौका पाएको भए त्यस्तै कार्यहरू डोहोऱ्याउने थिएन र ? सांसारिक सरकारहरूले स्थापना गरेका नियन्‍‍त्रणहरू अब हटोस् र रोमले फेरि त्यसको पहिलेको शक्ति प्राप्‍त गरोस्, तब त्यसको तानाशाह र सतावट चाँडै नै वेगसाथ जागृति हुनेछ ।MBA 84.2

    एक प्रख्यात् लेखकले विवेकको स्‍वतन्‍‍त्रताप्रति पोपतन्‍‍त्रको उच्‍च शासनको आचरण साथै त्यसको नीतिको सफलताले, विशेष गरेर संयुक्त राज्यमाथि हुने खतराहरूको निकटताको विषयमा यसरी भन्छन्:MBA 84.3

    “संयुक्त राज्यमा धेरै जना यस्ता पनि छन् जसले रोमन क्‍याथोलिक धर्मप्रति कुनै पनि डरलाई कट्टरता वा बालकजस्तै विचार भन्ठान्छन् । यस्ताहरूले रोमी धर्मको चरित्र र व्यवहारमा केही पनि देख्दैनन् जुन हाम्रो स्‍वतन्‍‍त्र व्यवस्थाहरूको विरोधी छ, वा नता त्यसको विकासमा कुनै कुरा डरलाग्दो नै देखिन्छ । त्यसो भए, अब पहिले हाम्रो शासनका केही मोैलिक सिद्धान्तहरू क्‍याथोलिक चर्चका सिद्धान्तहरूसँग तुलना गरौं ।MBA 84.4

    “संयुक्त राज्यको विधानले विवेकको स्‍वतन्‍‍त्रताको प्रतिज्ञा गर्दछ । यो भन्दा अझै प्रिय वा मौलिक केही पनि छैन । पोप पायस नवौंले अगस्ट १५, १८५४को सार्वजनिक आदेश पत्रमा भन्यो: ‘विवेकको स्‍वतन्‍‍त्रताको पक्षमा अमिल्दो र गलत सिद्धान्तहरू वा वेहोशी निरर्थक कुराचाहिँ एक सबभन्दा दुख दिने गलत हो—कुनै पनि राज्यका लागि यो सबभन्दा डरलाग्दो महामारी हो ।’ त्यही पोपले डिसेम्बर ८, १८६४को सार्वजनिक आदेश पत्रमा लेख्यो, ‘जसले विवेकको स्‍वतन्‍‍त्रता र धार्मिक सेवाको स्‍वतन्‍‍त्रताको दाबी गर्दछन्,’ साथै ‘जसले विश्‍‍वास गर्छन् कि चर्चले तिनीहरूमाथि दबाब दिन सक्दैन,’ तिनीहरूलाई सरापहरूसहित चर्चदेखि बहिष्कार गरेको थियो ।MBA 84.5

    “संयुक्त राज्यमा रोमको शान्तमय स्‍वरले नै त्यसको हृदय परिवर्तन भएको जनाउँदैन । जहाँ त्यो साहाराहीन हुन्छ त्यहाँ सहनशील हुन्छ । विशप ओकोनोरले भन्दछ: ‘जबसम्म क्‍याथोलिक संसारमा कुनै जोखिमविना विपरीत कार्य कार्यान्वयन गर्ने मोैका पाउँदैन तबसम्म मात्र धार्मिक स्‍वतन्‍‍त्रतालाई सहेको हुन्छ ।’ ... सन्त लुइसको प्रमुख विशपले एक समयमा यसो भन्यो: ‘अपधर्म र अविश्‍‍वासचाहिँ अपराधहरू हुन्; उदाहरणका लागि इटाली र स्पेन जस्ता इसाई देशहरू जहाँ सबै मानिसहरू क्‍याथोलिक छन्, र जहाँ क्‍याथोलिक धर्मले देशको व्यवस्थामा पनि विशेष भुमिका खेलेको छ, त्यहाँ ती अपराधहरू अन्य अपराधहरूझैँ सजायको योग्य छन् ।’ ...MBA 85.1

    “क्‍याथोलिक चर्चका प्रत्येक प्रमुख व्यक्ति [कार्डिनल], प्रमुख विशप र विशपले पोपप्रति बफादारी हुने शपथ खान्छन्, जसमा निम्‍न लिखित शब्दहरू हुन्छन्: ‘अपधर्मीहरू, विच्छेदकारीहरू र हाम्रा प्रभु, (पोप) वा उहाँका आगामी उत्तराधिकारीहरूका विद्रोहीहरूलाई जतिसक्दो म सताउनेछु र विरोध गर्नेछु ।’” —Josiah Strong, Withholding the Bible From the People, ch. 5, pars. 2-4.MBA 85.2

    यो सत्य हो कि रोमन क्‍याथोलिक समाजमा पनि वास्तविक विश्‍‍वासीहरू छन् । हजारौँ मानिसहरूले त्यही चर्चमा बसेर पनि तिनीहरूसँग भएको उत्तम ज्योतिअनुसार परमेश्‍‍वरका सेवा गरिरहेका छन् । तिनीहरूलाई उहाँको वचन पढ्‍ने अनुमति दिइएको छैन, र त्यसकारण तिनीहरूले सत्यता चिन्न सक्दैनन् । (१८८८ र १९११मा प्रकाशित) तिनीहरूले जीवित हृदयको सेवा र केवल रीति र विधिहरूको तालिका बीच भिन्नता कहिले पनि देखेका छैनन् । परमेश्‍‍वरले त्यस्ता मानिसहरूमाथि दयालु स्‍नेहसाथ हेर्नुहुन्छ, तिनीहरूले यस्तो भ्रमपूर्ण र असन्तुष्‍टि विश्‍‍वासमा शिक्षा हासिल गरेका छन् । उहाँले तिनीहरूको वरिपरी भएको निष्पट्ट अँध्यारोमा ज्योतिको प्रकाश चम्काउनुहुनेछ । उहाँले तिनीहरूलाई येशूमा झैँ सत्यता प्रकट गर्नुहुनेछ, र अझै पनि धेरै जना उहाँका मानिसहरूसित खड़ा हुनेछन् ।MBA 85.3

    तर रोमी धर्म संस्थाको रूपमा भूतकालको इतिहासको कुनै पनि समयावधिझैँ अहिले पनि ख्रीष्‍टको सुसमाचार अनुरूप छैन । प्रोटेस्टेन्ट चर्चहरू निष्पट्ट अन्धकारमा छन्, नत्रता तिनीहरूले समयहरूका चिन्हहरू थाहा पाउने थिए । रोमी चर्च त्यसका योजनाहरू र कार्यान्वयन गर्ने पद्धतिसाथ सर्वत्र फैलिरहेको छ । त्यसले संसारलाई फेरि नियन्‍‍त्रण गर्न, सतावट पुनः स्थापना गर्न र प्रोटेस्टेन्ट शिक्षाले गरेको काम भङ्ग गर्न प्रचण्ड र निर्णायक लड़ाइँको तयारीमा आफ्‍नो प्रभाव फैल्याउन र त्यसको शक्तिको विकास गर्न प्रत्येक युक्ति प्रयोग गरिरहेको छ । क्‍याथोलिक धर्म जताततै प्रवेश गरिरहेछ । प्रोटेस्टेन्ट देशहरूमा त्यसका साना झुन्डहरू र गिर्जाघरहरू वृद्धि भइरहेको हेर्नुहोस् । अमेरिकामा त्यसका कलेजहरू र तालिम केन्द्रहरूको प्रसिद्धता हेनुहोस्, प्रोटेस्टेन्टहरू नै खुलमखुल्‍ला त्यसका ग्राहक भएका छन् । बेलायतमा धर्म संस्कार—शास्‍‍त्रको विकास र मानिसहरूले बारम्बार धर्म—त्याग गर्दै क्‍याथोलिकहरूका दर्जाहरूमा भर्ना भएको हेर्नुहोस् । जसले सुसमाचारका शुद्ध सिद्धान्तहरूलाई मूल्यवान ठान्छन् यी कुराहरूले तिनीहरू सबैको चिन्ता जागृत पार्नुपर्छ ।MBA 85.4

    प्रोटेस्टेन्टहरूले पोपतन्‍‍त्रको कुरामा हात हालेका छन् र त्यसका ग्राहक भएका छन्; तिनीहरूले सम्झौताहरू र त्यागहरू गरेका छन्, त्यो देखेर पोपतन्‍‍त्रका मानिसहरू आफै पनि चकित छन् र बुझ्‍न असफल भएका छन् । मानिसहरूले रोमको वास्तविक चरित्र र त्यसको सर्वोच्‍चताबाट आउने खतराहरू थाहा पाउनदेखि आँखा बन्द गरिरहेका छन् । मानिसहरूलाई सरकारी र धार्मिक स्‍वतन्‍‍त्रताको विरोधी सबभन्दा खतराजनक शत्रुका प्रगतिहरूको प्रतिकार गर्न जागृत बनाउन अति आवश्‍‍यक छ ।MBA 86.1

    धेरै प्रोटेस्टेन्टहरूले विचार गर्छन् कि क्‍याथोलिक धर्म त्यति आकर्षित छैन् र त्यसको सेवा एक निस्तेज र अर्थहीन विधि मात्र हो । यहीँ तिनीहरूले गल्ती गर्दछन् । जबकि रोमी सिद्धान्त झूटमा आधारित छ, यो असभ्य र बेढङ्गको धोकाबाजी होइन । रोमन चर्चका धार्मिक सेवाहरूचाहिँ सबभन्दा आकर्षक विधि हो । त्यसको वैभवशाली प्रदर्शन र गम्भीर धर्म विधिहरूले मानिसहरूका चेतनाहरूलाई तारङ्गित बनाउँदछ र ज्ञान र विवेकको आवाजलाई शान्त पार्दछ । आँखा मोहित भएको हुन्छ । भव्य चर्चहरू, प्रतापशाली प्रदर्शनहरू, सुनौला वेदीहरू, गहनापातले भरिएका पवित्रस्थलहरू, उत्तम चित्रहरू, र अति सुन्दर शिल्प-कलाले सुन्दरताको प्रेमलाई आव्हान गर्दछ । कानले ध्यानसित सुन्छ । सङ्गीत अति उत्तम हुन्छ । खलाति बाजाको [ओर्गेन] गहिरो स्‍वरको सुन्दर आवाज, जब अग्‍ला टाकुराहरू र क्‍याथोलिकहरूका विशाल गिर्जाघरहरूको खम्बा राखिएका पथहरूतिर गुञ्‍जन्छ तब धेरै जनाका स्‍वरहरूको मिश्रित भाकाले अवश्‍‍य नै दिमागलाई भय र श्रद्धाको प्रभाव पार्दछ ।MBA 86.2

    यो बाह्‌य महिमा, देखावटी र विधि, जसले पापग्रष्‍त भएको मनको चाहनालाई खेलबाड़ मात्र गर्दछ त्यही नै तिनीहरूको आन्तरिक भ्रष्‍टताको प्रमाण हो । ख्रीष्‍टको धर्ममा यस्ता आकर्षणहरूले सिफारिस गर्न आवश्‍‍वयक छैन । क्रूसबाट चम्केको ज्योतिमा नै सत्य इसाई धर्मचाहिँ शुद्ध र प्रिय देखापर्छ कि यसको सत्य मूल्यलाई बाहिरी सजावटहरूले विकास गर्न सक्दैन । एक पवित्रताको सुन्दरता, एक नम्र र शान्त आत्मा नै परमेश्‍‍वरको दृष्‍टिमा साह्रै बहुमूल्य छ ।MBA 86.3

    शैलीको महानता नै शुद्ध र उच्‍च विचारको सूचक हुनुपर्छ भन्ने छैन । कलाका उच्‍च समझहरू, सुन्दर र कुरूप छुट्‌याउने शिष्‍ट दक्षता प्रायः दिमागहरूमा रहेका हुन्छन् जुनचाहिँ सांसारिक र भोगविलासी हुन् । ती चीजहरू शैतानले प्रायजसो प्रयोग गर्दछ जसले हृदयको आवश्‍‍यकता बिर्साउँदछ, भविष्यको लक्ष्य र अमर जीवनबाट टाढ़ा लैजान्छ, र तिनीहरूका असीम सहायकबाट फर्काउँछ र यस संसारमा एकलो जीवन यापन गराउँछ ।MBA 87.1

    देखावटी धर्मचाहिँ अपरिवर्तित हृदयलाई आकर्षक हुन्छ । क्‍याथोलिक सभाको प्रदर्शन र धर्म विधिमा लोभ्याउने र मोहित पार्ने एक शक्ति छ, जसद्वारा धेरै जना भ्रम परेका छन्; त्यसरी तिनीहरूले रोमन क्‍याथोलिक चर्चलाई नै स्‍वर्ग जाने ढोकाको रूपमा हेर्छन् । जसले तिनीहरूको गोड़ा सत्यताको जगमा दृढतासाथ बसालेका छन्, र जसका हृदयहरू परमेश्‍‍वरका आत्माद्वारा पुनःनयाँ भएका छन्, तिनीहरू नै त्यसको प्रभाव विरूद्ध प्रमाण भएका छन् । जोसँग ख्रीष्‍टको अनुसन्धात्मक ज्ञान छैन तिनीहरू हजारौँले शक्तिहीन भक्तिका ढाँचाहरूलाई स्‍वीकार गर्नेछन् । भीड़हरूले यस्तै धर्मका चाहना गर्दछन् ।MBA 87.2

    चर्चले क्षमा दिने अधिकार दाबी गरेर रोमन क्‍याथोलिक धर्मका मानिसहरूलाई पाप गर्न स्‍वतन्‍‍त्रता महसुस गराउँदछ; र त्यहाँ पाप स्‍वीकारको विधि हुन्छ जुन विधिविना त्यसले क्षमा प्रदान गर्दैन र त्यसले प्रायः दुष्‍टताको प्रतिफल ल्याउँदछ । जो पापी मानिसको सामु घुँड़ा टेक्छ, र उसको हृदयका गुप्‍त विचारहरू र कल्पनाहरू पाप स्‍वीकारमा पोखाउँछ, उसले आफ्‍नो पुरूषत्‍व भ्रष्‍ट पारिरहेछ र प्राणको प्रत्येक आन्तरिक भद्रता बिगारिरहेछ । एकजना पूजाहारीलाई—एक गल्ती गर्ने, पापपूर्ण विनाशी, मद्यपान र धेरै जसो व्यभिचारले भ्रष्‍ट भएको—उसको जीवनका पापहरू प्रकट गर्दा आफ्‍नो चरित्रको स्तर तल खसेको छ, र परिणाम स्‍वरूप ऊ दूषित भएको छ । उसको विचारमा परमेश्‍‍वर पतित मानवको स्‍वरूपमा तल खसेको छ, किनकि त्यो पूजाहारी परमेश्‍‍वरको प्रतिनिधिको रूपमा उभिन्छ । मानिसले मानिससँग गर्ने यो अपमानित पश्‍चात्तापचाहिँ एक गुप्‍त मुहान हो जसद्वारा संसारलाई दूषित पार्ने र अन्तिम विनाशका लागि तयार पार्ने धेरै जसो दुष्‍टता निस्किआएको छ । तापनि जो आत्म-भोग प्रेमी छ, त्यसका निम्ति त परमेश्‍‍वरको चरणमा आफ्‍नो प्राण खुल्‍ला पार्नुभन्दा बरु विनाशी व्यक्तिलाई नै पाप स्‍वीकार गर्न झन रमणीय कुरा हो । मानविक स्‍वभावले पाप त्याग्‍नुभन्दा त बरु पापका लागि यातना भोग्‍नु नै उत्तम ठान्छ; शारीरिक अभिलाषाहरूलाई क्रूसमा टाँग्‍नुभन्दा त बरु शरीरलाई वंशमा पारेर भाङग्रा र सिस्‍नुहरू र कष्‍टकारी साङलाहरू नै अझै सजिलो ठान्छ । शारीरिक हृदय ख्रीष्‍टको जुवामा झुक्‍नुभन्दा त बरु गह्रौं जुवा बोक्‍नु नै तयारी हुन्छ ।MBA 87.3

    रोमको चर्च र ख्रीष्‍टको पहिलो आगमनको समयको यहूदी चर्चको बीचमा अचम्मलाग्दो समानता छ । जबकि यहूदीहरूले परमेश्‍‍वरको व्यवस्थाको प्रत्येक सिद्धान्तलाई गुप्‍तरूपमा कुल्‍चेतापनि तिनीहरूले देखावटी रूपमा कठोरतासाथ त्यसका विधानहरू पालन गर्थे, त्यसमा पनि दबाबहरू र परम्पराहरूद्वारा लादेर आज्ञाकारीलाई कष्‍टपूर्ण र बोझपूर्ण बनाएका थिए । जसरी यहूदीहरूले व्यवस्थालाई श्रद्धा गर्ने दाबी गरे त्यसरी नै रोमीहरूले पनि क्रूसप्रति श्रद्धा गर्ने बहाना गर्दछन् । तिनीहरूले ख्रीष्‍टका कष्‍टहरूको चिन्हलाई उच्‍च पार्छन् जबकि तिनीहरूले आफ्‍ना जीवनमा उहाँलाई इन्कार गर्छन् जो त्यसको प्रतिनिधि हुनुहुन्छ ।MBA 88.1

    पोपतन्‍‍त्रका मानिसहरूले तिनीहरूका चर्चहरू, वेदीहरू, र पोशाकहरूमा क्रूसहरू झुण्ड्‌याउँछन् । क्रूसको चिन्ह सर्वत्र देखिन्छन् । त्यसलाई बाहिरी तवरले जताततै आदर दिएको छ र उच्‍च पारेको छ । तर ख्रीष्‍टका शिक्षाहरूचाहिँ निरर्थक प्रथाहरू, झूटा व्याख्याहरू र कठोर दबाबहरूका थुप्रोमुनि पुरिएका छन् । मुक्तिदाताले कट्टरपन्थी यहूदीहरूलाई भन्नुभएका वचनहरू रोमन क्‍याथोलिक चर्चका अगुवाहरूलाई झन ठूलो सामर्थ्यसाथ उपयोगी छन्: “तिनीहरूले गह्रोैं र बोक्‍न नसक्‍ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन् । तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन् ।” मत्ती २३:४ । चेतनशील प्राणीहरूलाई एक बेखुशी परमेश्‍‍वरको क्रोधप्रति निरन्तर आतङ्कले भयभीत अवस्थामा राखिएका छन्, जबकि चर्चका धेरै प्रमुख अधिकारीहरूचाहिँ सुखविलास र आरामदायी कामुकतामा जीवन बिताएका छन् ।MBA 88.2

    मूर्तिहरू र स्मारकहरूको पूजा गर्ने, सन्तहरूलाई विन्ती गर्ने, र पोपलाई उच्‍च पार्ने जस्ता कार्यहरूचाहिँ मानिसहरूका दिमागहरूलाई परमेश्‍‍वर र उहाँका पुत्रदेखि त्यसतर्फ आकर्षित पार्ने शैतानका युक्तिहरू हुन् । जसद्वारा मात्र तिनीहरूले मुक्ति पाउन सकिन्छ उसले तिनीहरूलाई विनाश पार्नका लागि उहाँबाट तिनीहरूका ध्यान फर्काउने प्रयास गर्दछ । जसले भन्नुभएको छ: “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु,” (मत्ती ११:२८) उहाँको सट्टामा अरू कुनै पनि वस्तुतर्फ उसले तिनीहरूका ध्यान केन्द्रित गराउनेछ ।MBA 88.3

    शैतानले परमेश्‍‍वरको चरित्र, पापको स्‍वभाव र महान् विवादका वास्तविक प्रसङ्गहरूका खतरालाई कुव्याख्या गर्ने निरन्तर प्रयास गरिरहेको छ । उसको कुतर्कले दैवीय व्यवस्थाको कर्तव्यलाई घटाउँछ र मानिसहरूलाई पाप गर्ने अनुमति दिन्छ । त्यसरी नै उसले तिनीहरूलाई परमेश्‍‍वरको विषयमा झूटा विचारहरू सृजना गरिदिन्छ ताकि तिनीहरूले उहाँलाई प्रेमसाथ होइन तर डर र घृणासाथ आदर गरोस् । उसको आफ्‍नै चरित्रमा भएको क्रूरताको दोष सृष्‍टिकर्तालाई लगाएको छ; यसलाई धार्मिक प्रणालीमा एकत्रित पारेका छन् र यसलाई आराधनको प्रकारमा प्रकट गरेका छन् । यसरी मानिसहरूका दिमागहरू अन्धो पारेका छन्, र शैतानले तिनीहरूलाई परमेश्‍‍वरको विरूद्ध लड़ाइँमा उसको माध्यम स्‍वरूप प्राप्‍त गर्दछ । दैवीय चरित्रहरूका कुटिल विचारहरूद्वारा अन्यजातिहरूले विश्‍‍वास गरे कि भगवानलाई खुशी पार्न मानविक बलिदानहरू अति नै आवश्‍‍वक छ; र यसरी विभिन्न मूर्तिपूजक ढाँचाहरूमा भयाप्रद क्रूरताहरू प्रवेश भएका छन् ।MBA 89.1

    रोमन क्‍याथोलिक चर्चले मूर्तिपूजक धर्म र इसाई धर्मका विधिहरू एक बनाएको छ, र मूर्तिपूजक धर्मले झैँ परमेश्‍‍वरको चरित्रलाई कुव्याख्या गरेको छ, र त्यसका व्यवहारहरूमा त्यतिकै क्रूरता र विद्रोह देखिएको छ । रोमीको शासनकालमा त्यसका सिद्धान्तहरूको सहमतिमा बाध्य तुल्याउने यातनाका औजारहरू थिए । जसले त्यसको दाबीलाई स्‍वीकार गर्दैन थिए तिनीहरूका निम्ति तख्ताहरू तयार थिए । त्यहाँ हजारौँ-हजार मानिसहरूका निर्दयी हत्या भए कि त्यो न्यायमा प्रकट नभएसम्म कहिले पनि थाहा पाउनेछैन । चर्चका पदाधिकारीहरूले तिनीहरूका शिकारहरूका जीवन अन्त्य नगरीकन यथाशक्‍य सम्भावनात्मक कष्‍टदायिक यातनाका साधनहरू आबिष्कार गर्न तिनीहरूको मालिक शैतानको निरीक्षणमा अध्ययन गरे । प्रायजसो मानविक सहनशीलताको चरमसीमामा क्रूर प्रक्रिया डोहोरिन्थ्यो, यहाँसम्म कि प्रकृतिले पनि संघर्ष गर्न छोड़िदिन्थ्यो र त्यो पीड़ितले मृत्युलाई एक मनोहर विश्रामको रूपमा स्‍वागत गर्दथ्यो ।MBA 89.2

    रोमका विरोधीहरूको भाग्य यस्तो थियो । त्यसले आफ्‍ना अनुयायीहरूलाई कोर्रा, अत्यन्तै अनिकालको भोक, सोच्‍न सक्‍ने प्रत्येक शारीरिक कठोरता, र हृदय नै कमजोर पार्ने प्रकारका अनुशासन दिएको थियो । पश्‍चात्तापीहरूले स्‍वर्गको अनुग्रह प्राप्‍त गर्नका लागि प्रकृतिका नियमहरू भङ्ग गरेर परमेश्‍‍वरका व्यवस्थालाई पनि भङ्ग गर्दथे । तिनीहरूलाई त्यो सम्बन्ध विच्छेद गर्न सिकाएको थियो जुन उहाँले मानिसको सांसारिक बसाइलाई आशिषित र खुशी तुल्याउन सृजना गर्नुभएको छ । चर्चका आँगनमा लाखौँ मृतकहरू छन् जसले व्यर्थमा तिनीहरूका स्‍वभाविक अभिलाषाहरूलाई वशमा राख्‍ने साथै तिनीहरूका संगी प्राणीहरूप्रति भएको प्रत्येक वास्ता र सहानुभूतिको भावना परमेश्‍‍वरको विरोधी कार्य भएझैँ त्यसलाई दबाउने प्रयास गरेर तिनीहरूले जीवन यापन गरे ।MBA 89.3

    यदि हामी शैतानको निर्णायक क्रूरता जान्न चाहन्छौं भने जुन सयौं वर्षहरूसम्म प्रकट भएको थियो, त्यो पनि जसले परमेश्‍‍वरको विषयमा कहिले सुनेका थिएनन् तिनीहरूका बीचमा होइन, तर इसाईजगतभरिको मुटु अर्थात् रोमी धर्मको इतिहासमा हेरेर मात्र सो हामी थाहा पाउन सक्छोै । यही छलको विशाल प्रणालीद्वारा दुष्‍टको राजकुमारले परमेश्‍‍वरप्रति अनादर पार्ने र मानिसलाई तुच्छ बनाउने अभिप्राय पूरा गर्छ । अनि जब हामी देख्‍छौं कि कसरी ऊ आफैले भेष बदली गर्छ र चर्चका अगुवाहरूद्वारा उसको काम सफलतासाथ पूरा गर्छ, तब हामी राम्रोसँग बुझ्‍न सक्छौं कि त्यसले बाइबललाई किन अत्याधिक स्‍वभावले नै विरोध गर्दछ । त्यो पुस्तक पढ़ेको खण्डमा परमेश्‍‍वरको कृपा र प्रेम प्रकट भएको हुनेछ; उहाँले मानिसहरूमाथि यस्ता कुनै पनि गह्रौं भारी बोकाउनुहुन्न भन्ने कुरा देखिनेछ । चुर्ण र पश्‍चात्तापी हृदय, एक नम्र र आज्ञाकारी आत्मा मात्र उहाँले चाहनुहुन्छ ।MBA 90.1

    ख्रीष्‍टले आफ्‍नो जीवनमा कहिले पनि यस्तो उदाहरण दिनुभएको छैन जहाँ स्‍‍त्रीहरू र पुरूषहरू स्‍वर्गको योग्य बन्न आश्रमहरूमा थुनिएर बस्‍नुपर्छ । उहाँले कहिल्यै पनि सिकाउनु भएन कि प्रेम र सहानुभूतिलाई दबाउनुपर्छ । मुक्तिदाताको हृदय मायाले भरिपूर्ण थियो । मानिस जति नै नैतिक पूर्णतातर्फ नजीक आउँदछ, उसका चेतनाहरू झन तीक्ष्ण हुँदैजान्छ, जसको पापको समझ जति तेज हुन्छ, उसको सहानुभूति कष्‍टमा परेकाहरूप्रति त्यतिकै प्रगाढ हुँदैजान्छ । पोपले ख्रीष्‍टको प्रतिनिधि भनी दाबी गर्दछ; तर हाम्रा मुक्तिदाताको चरित्रसँग तुलना गर्दा उसको चरित्र कस्तो देखिन्छ ? मानिसहरूले ख्रीष्‍टलाई कहिले पनि स्‍वर्गको राजाको रूपमा आदर नगरेको कारण के उहाँले मानिसहरूलाई जेलमा हाल्‍ने वा कठोर यातना दिने काम गर्नुभयो र ? जसले उहाँलाई स्‍वीकार गरेनन् के उहाँले तिनीहरूलाई मृत्युदण्ड दिएको उहाँको आवाज कहिले सुनियो र ? जब उहाँलाई सामरियाका गाउँलेहरूले बेवास्ता गरे तब प्रेरित यूहन्नाले रिसको झोकमा सोधे: “हे प्रभु, के हामी एलियाले गरेझैँ आकाशबाट आगो बर्सने र तिनीहरूलाई भस्म पार्ने आज्ञा दिऔं—के तपाईं यो इच्छा गर्नुहुन्छ ? ।” येशूले दयासाथ उहाँका चेलालाई हेर्नुभयो र तिनका कठोर आत्मालाई हप्काएर भन्नुभयो: “मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई नष्‍ट गर्न होइन, तर बचाउन आएका हुन् ।” लूका ९:५४, ५६ । उहाँको प्रतिनिधि दाबी गर्ने आत्माबाट ख्रीष्‍टका आत्मा कस्तो भिन्न प्रकट भएको छ ।MBA 90.2

    रोमन चर्च अहिले त्यसका डरलाग्दा क्रूरताहरूको अभिलेखलाई भूल स्‍वीकारहरूले ढाकेर संसारको अगाड़ि निष्खोट प्रकट भएको छ । त्यो आफैले ख्रीष्‍टरूपी पोशाकहरू पहिरेको छ; तर त्यो परिवर्तन भने भएकै छैन । पोपतन्‍‍त्रका प्रत्येक सिद्धान्त जुन विगतका युगहरूमा थियो सो आज पनि छँदैछ । निष्पट्ट अन्धकारका युगहरूमा सृजना गरेका सिद्धान्तहरू अहिले पनि अपनाएका छन् । कोही पनि आफै भ्रममा नपरोस् । जुन पोपतन्‍‍त्र प्रोटेस्टेन्टहरूले आज सम्मान गर्न तयार भइसकेका छन् त्यो त सुधार कार्यका दिनहरूमा संसारको शासन जस्तै छ, त्यति बेला परमेश्‍‍वरका जनहरू तिनीहरूका जीवन जोखिममा पारेर त्यसको अधर्मका विरोधमा खड़ा भएका थिए । त्यसले उस्तै घमण्ड र अहङ्ककारको मान्यता अपनाएको छ जसले राजाहरू र राजकुमारहरूमाथि शासन गरेको थियो, र त्यसले परमेश्‍‍वरको उत्तराधिकारीको दाबी गर्दथ्यो । जब त्यसले मानविक स्‍वतन्‍‍त्रता र सर्वोच्‍चका सन्तहरूको हत्या गरेको थियो त्यो बेलाभन्दा त्यसको आत्मा अहिले पनि अलिकति कम क्रूर र कम स्‍वेच्छाकारी भएको छैन ।MBA 91.1

    पोपतन्‍‍त्र अगमवाणीले घोषणा गरेअनुसार नै भयो, आखिरी समयहरूका पतन । २ थेसलोनिकी २:३, ४ । त्यो त्यसको षड्‌यन्‍‍त्रको एक भाग हो जसले त्यसको उद्देश्‍‍यलाई उत्तम ढङ्गले पूरा गर्ने चरित्र धारण गर्दछ; तर त्यसले छेपारोको परिवर्तनशील रूप धारण गरेर सर्पको अभिन्न विष लुकाउँछ । त्यसले घोषणा गर्दछ “अपधर्मीहरू वा अपधर्मको शंकामा परेकाहरूलाई दिएको प्रतिज्ञाहरू पूरा गर्नु हुँदैन ।” (Lenfant, volume 1, page 516) । यो शक्ति, जसको इतिहास हजार वर्षसम्म सन्तहरूको रगतमा लेखिएको छ, अब के त्यो पनि ख्रीष्‍टको चर्चको एक अंशको रूपमा स्‍वीकार्य हुनेछ त ?MBA 91.2

    प्रोटेस्टेन्ट देशहरूमा कारणविना यस्तो दाबी गरेको होइन कि अघिल्‍ला समयहरूभन्दा वर्तमानमा प्रोटेस्टेन्ट धर्म र क्‍याथोलिक धर्ममा कम्ती मात्र फरक पाइन्छ । त्यहाँ परिवर्तन भएको छ; तर पोपतन्‍‍त्रमा चाहिँ होइन । क्‍याथोलिक धर्म वर्तमानका धेरैजसो प्रोटेस्टेन्ट धर्मसँग निश्‍चय नै उस्तै भएको छ, किनकि सुधारकहरूको समयदेखि प्रोटेस्टेन्ट धर्म अति नै बिँग्रदै आएको छ ।MBA 91.3

    जसरी प्रोटेस्टेन्ट चर्चहरूले संसारको अनुग्रह खोजिरहेका छन्, त्यसरी तिनीहरूका आँखाहरू झूटो प्रेमले अन्धो पारेको छ । तिनीहरूले सबै दुष्‍टता असलको रूपमा विश्‍‍वास गर्न उत्तम ठान्छन्, र निश्‍चित परिणाम स्‍वरूप अन्तमा तिनीहरूले सबै असललाई दुष्‍टको रूपमा विश्‍‍वास गर्नेछन् । एक पटक सन्तहरूलाई प्रदान गरेको विश्‍‍वासको पक्षमा खड़ा रहनुको सट्टामा अब तिनीहरू रोमप्रति अनुचित विचार धारण गरेको कारण खेद प्रकट गरिरहेको, र तिनीहरूको कट्टरताका निम्ति क्षमा मागिरहेको जस्तो देखिन्छ ।MBA 91.4

    रोमी धर्मलाई असल दृष्‍टिकोण नलगाउने एक ठूलो दर्जाले पनि त्यसको शक्ति र प्रभावको खतराको विषयमा थोरै मात्र थाहा पाउँछन् । धेरै जनाले जोड़ दिन्छन् कि मध्ययुगको अवधिभरि फैलिरहेको बौद्धिक र नैतिक अन्धकारले त्यसको फैलिएका सिद्धान्तहरू, अन्धविश्‍‍वासहरू, र अत्याचारको समर्थन गरेको थियो, र जुन आधुनिक समयहरूमा सबभन्दा उच्‍च बुद्धि र ज्ञान साधारण रूप प्रवेश भएको कारण, र धर्मको सन्दर्भमा बढ्‍दो स्‍वतन्‍‍त्रताको कारणले गर्दा असहनीय र तानाशाहीको एक जागृतिलाई निषेध गर्दछ । यो बुद्धिमानी युगमा पनि त्यस्तै गतिविधि हुनेछ भन्ने विचारचाहिँ निन्दाजनक कुरा हो । यो सत्य हो कि बौद्धिक, नैतिक र धार्मिक महान् ज्योति यस पुस्तामाथि चम्केको छ । संसारमाथि परमेश्‍‍वरको पवित्र वचनको खुल्‍ला पृष्‍ठहरूमा स्‍वर्गबाट आएको ज्योति चम्केको छ । तर यो कुरा पनि याद गर्नुपर्छ कि जति धेरै ज्योति प्रदान गरिएको हुन्छ, जसले त्यसलाई बिगार्छन् र अस्‍वीकार गर्छन् तिनीहरूको अन्धकार त्यतिकै निष्पट्ट हुन्छ ।MBA 92.1

    एक प्रार्थनापूर्ण बाइबल अध्ययनले प्रोटेस्टेन्टहरूलाई पोपतन्‍‍त्रको वास्तविक चरित्र देखाउने थियो र त्यही नै त्यसप्रति तिनीहरूको घृणा र इन्कारको कारण बन्ने थियो; तर धेरैजना तिनीहरू आफ्‍नै विचारमा अति नै बुद्धिमानी हुन्छन् कि तिनीहरूले सत्यताको मार्ग पाउनका लागि नम्रसाथ परमेश्‍‍वरलाई खोज्‍नुपर्ने आवश्‍‍यकताको महसुस नै गर्दैनन् । तिनीहरूले आफ्‍नै ज्ञानोदयमा घमण्ड गरेतापनि तिनीहरू धर्मशास्‍‍त्र र परमेश्‍‍वरको शक्ति दुवैदेखि अजान छन् । तिनीहरूसँग आफ्‍ना विवेकहरू शान्त पार्ने केही माध्यमहरू हुनुपर्छ, र तिनीहरूले सबभन्दा कम आत्मिकी र अपमानजनक कुराहरूलाई खोज्दछन् । तिनीहरूले परमेश्‍‍वरको सम्झनाको भाव दिने कुरालाई भुल्‍ने तरीका नै रुचि गर्दछन् । पोपतन्‍‍त्रले यी सबका चाहनाहरूलाई पूर्ति गर्न राम्ररी जान्दछ । झण्डै सारा संसारलाई समावेश गरेर यो दुई वर्गका मानवजातिका निम्ति तयार गरिएको छ—जो तिनीहरूका योग्यताहरूद्वारा बाँच्‍ने थिए र जो तिनीहरूकै पापमा बाँच्‍ने थिए । त्यसको शक्तिको रहस्य यहाँ छ ।MBA 92.2

    एक महान् बौद्धिक अन्धकारको दिनमा पोपतन्‍‍त्रको उपयुक्त सफलता प्रकट भएको छ । त्यो अझै पनि प्रदर्शित हुनेछ कि महान् बौद्धिक ज्योतिको दिनमा पनि त्यसको सफलता त्यतिकै उपयुक्तसाथ हुन्छ । विगतका युगहरूमा, जब मानिसहरू परमेश्‍‍वरको वचनहीन र सत्यताको ज्ञानरहित थिए, तब तिनीहरूका आँखामा पट्टी बाँधिएका थिए, र हजारौँले तिनीहरूका गोड़ाका निम्ति बिछ्‌याएका जाल देखेनन् र तिनीहरू त्यसमा फसे । यस पुस्तामा धेरैका आँखाहरू मानविक मनोज्ञानहरूको प्रताप, “विज्ञान नामक झूटहरू” द्वारा तिर्मिरिएका छन्; तिनीहरूले जाल देख्‍न सक्दैनन् र आँखा पट्टीले बाँधिएजस्तै त्यसभित्र सीधा हिँडेर प्रवेश गर्छन् । परमेश्‍‍वरले यसरी सृजना गर्नुभयो कि मानिसले बौद्धिक शक्तिहरू उसका सृष्‍टिकर्ताबाट आएको उपहार स्‍वरूप ठान्नुपर्ने थियो र यसलाई सत्यता र धार्मिकताको सेवामा प्रयोग गर्नुपर्ने थियो; तर जब घण्मड र आकाङ्‍क्षालाई मनमा आश्रय दिएको हुन्छ, र मानिसहरूले आफ्‍नै शिक्षाहरू परमेश्‍‍वरको वचनभन्दा उच्‍च पार्दछ, तब अजानभन्दा बुद्धिमानी नै अझै हानिकारक हुन सक्छ । यसरी वर्तमान दिनको झूटो विज्ञानले बाइबलमाथि भएको विश्‍‍वासको जरा काट्‍दछ, त्यसले पोपतन्‍‍त्रलाई स्‍वीकार गर्न त्यसका रमणीय ढाँचाहरूसाथ सफलतापूर्वक मार्ग तयार गरिरहेको प्रमाण दिनेछ, जसले ज्ञान रोकेर अन्धकारका युगहरूका उन्नतिका लागि मार्ग खुल्‍ला पारिदियो ।MBA 93.1

    संयुक्त राज्यमा संस्थाहरू र विधानहरू साथै चर्चका कार्यहरूमा राज्यको सहयोग प्राप्‍त गर्ने जस्ता प्रसङ्गहरू अहिले चलिरहेका छन्, र यसमा प्रोटेस्टेन्टहरूले पोपतन्‍‍त्रका पाइलाहरू पछ्‌याइरहेका छन् । त्यति मात्र होइन, त्योभन्दा पनि धेरै त तिनीहरूले प्रोटेस्टेन्ट अमेरिकामा पोपतन्‍‍त्रलाई त्यसको सर्वोच्‍चता पुनःप्राप्‍तिका लागि ढोका खोलिरहेका छन् जुन त्यसले प्राचीन संसारमा [युरोपका देशहरू] गुमाएको थियो । अनि यस प्रसङ्गलाई आइतबार पालनलाई लागू गर्ने प्रमुख विचारशील विषयवस्तुले अझै महान् महत्‍व दिन्छ—यो एक चलन जुन रोमले सृजना गरेको हो र जसलाई त्यसले आफ्‍नो अधिकारको चिन्ह भनी दाबी गर्दछ । पोपतन्‍‍त्रको आत्मा यही नै हो—सांसारिक प्रथाहरूमा समानताको आत्मा, परमेश्‍‍वरका आज्ञाहरूभन्दा उच्‍चरूपमा मानविक प्रथाहरूको आदर गर्ने—त्यही कुराहरू प्रोटेस्टेन्ट चर्चहरूमा फैलिरहेका छन् र तिनीहरूलाई त्यही आइतबार पालन गर्ने कामतर्फ अगुवाइ गरिरहेछ जुन तिनीहरूभन्दा पहिले पोपतन्‍‍त्रले गरेको छ ।MBA 93.2

    यदि पाठकले शीघ्र आइरहेको संघर्षमा प्रयोग हुनुपर्ने साधनहरूका विषयमा बुझ्‍नु छ भने रोमले विगतका युगहरूमा उस्तै उद्देश्‍‍यका लागि प्रयोग गरेका साधनहरूको अभिलेखमा नै हेर्नुपर्छ । यदि उसले पोपतन्‍‍त्रहरू र प्रोटेस्टेन्टहरू मिलेर तिनीहरूका धर्ममतलाई अस्‍वीकार गर्नेहरूप्रति कसरी व्यवहार गर्नेछ भनी जान्न चाहन्छ भने, उसलाई यस्तो आत्मा अवलोकन गर्न दिइओस् जुन रोमले शबाथ र त्यसका समर्थकहरूप्रति प्रकट गरेको थियो ।MBA 93.3

    राजकीय आदेशहरू, प्रमुख परिषद्‍हरू, र चर्चका विधि-विधानहरू सरकारी शक्तिको सहयोगद्वारा नै मूर्तिपूजक चाड़पर्वले इसाईजगतमा आदरको स्थान ओगट्‍ने पहिला खुड्‍किल्‍लाहरू भएका छन् । कन्सट्‌यान्टिनद्वारा पहिलो पल्ट सार्वजनिकरूपमा आइतबार पालनको नियमको आदेश लागू भएको थियो । (ए डी ३२१, एपेन्डिक्स नोट पृष्‍ठ ५३) । यो आदेशले शहरका मानिसहरूलाई “सूर्यको श्रद्धापूर्ण दिन”-मा विश्राम गर्न अनिवार्य बनायो, तर गाउँका मानिसहरूलाई आफ्‍ना कृषिकार्यहरूमा निरन्तरता दिने अनुमति दिएको थियो । सम्राटले इसाई धर्मलाई नामधारेरूपमा स्‍वीकार गरेतापनि वास्तवमा तिनले एक मूर्तिपूजक नियम लागू गरे ।MBA 94.1

    राजकीय हुकुमले दैवीय अधिकारको सत्तामा पर्याप्‍त प्रमाण दिएको थिएन, युसिबियस नामक एक विशप जसले राजकुमारहरूको माया चाहन्थ्यो, र जो कन्सट्‌यान्टिनको विशेष मित्र र व्यर्थ प्रशंसा गर्ने व्यक्ति थियो, ख्रीष्‍टले शनिबारदेखि आइतबारमा परिवर्तन गर्नुभएको छ भन्ने दाबी उसैले गरेको थियो । यो नयाँ सिद्धान्तको प्रमाण स्‍वरूप धर्मशास्‍‍त्रबाट कुनै साक्षी निकाल्‍न सकेन । युसिबियस आफैले अजानमा त्यसका झूटलाई स्‍वीकार गर्दछ र परिवर्तनको वास्तविक सृजकलाई केन्द्रित गर्दछ । उसले भन्छ, “शबाथका सबै कर्तव्यहरूलाई हामीले प्रभुको दिनमा सारेका छौं ।” —Robert Cox, Sabbath Laws and Sabbath Duties, page 538. तर आइतबारको प्रसङ्ग जसरी पनि आधारहीन छ जसले मानिसहरूलाई परमप्रभुको शबाथमाथि कुल्‍चन प्रोत्साहन दियो । जसले संसारको आदर चाहना गरे तिनीहरू सबैले प्रचलित चाड़पर्व स्‍वीकार गरे ।MBA 94.2

    जसरी त्यो पोपतन्‍‍त्र बलियोसाथ स्थापित भयो, त्यसरी आइतबारलाई उच्‍च पार्ने काम पनि निरन्तर भई नै रह्‌यो । केही समयसम्म त सातौं दिनलाई शबाथकै रूपम पालन गर्दै चर्चमा उपस्थित नभएको बेलामा मानिसहरू कृषि-कार्यमा व्यस्त हुन्थे । तर लगाताररूपमा एउटा परिवर्तनले प्रभाव पार्दै थियो । ती पवित्र कार्यालयमा बस्‍नेहरूलाई आइतबार कुनै पनि सरकारी विवादको फैसला गर्न निषेध गरिएको थियो । त्यसपछि चाँडै नै सम्पूर्ण मानिसहरू, जुनसुकै दर्जाका भएपनि, स्‍वतन्‍‍त्रलाई जरिमानाको सजाय र नोकरलाई चाहिँ कोर्राको सजायका साथ दैनिक कामहरू छोड्‍ने हुकुम दिइयो । त्यसपछि यस्तो पनि आदेश निकालेको थियो कि धनीहरूबाट तिनीहरूका कुल सम्पत्तिको आधा भाग सजाय स्‍वरूप खोसिनुपर्छ; र अन्तमा यदि तिनीहरू अझै अटेरी नै भए भने तिनीहरूलाई दास बनाउनुपर्छ । अनि तल्‍लो दर्जाका मानिसहरूले चाहिँ सदाकालका निम्ति बहिष्कार भोग्‍नुपरेका थिए ।MBA 94.3

    अचम्मलाग्दा कामहरूले पनि अधिकारप्रति आकर्षित गरेका थिए । अरू अचम्मलाग्दा कुराहरूमध्ये यस्तो भनाइ पनि थियो कि जसरी किसानले आइतबार खेत जोत्‍न लागेको थियो त्यति बेला उसले हलोलाई फलामले सफा गऱ्यो, र त्यो फलाम उसको हातमा ट्‌यापै टाँसियो, र दुई वर्षसम्म उसले त्यो आफूसँगै वरिपरी बोकी हिँड्‌यो, र “उसलाई असाध्यै दुखाइ र लाज भयो ।” —Francis West, Historical and Practical Discourse on the Lord’s Day, page 174.MBA 95.1

    त्यसपछि फेरि पोपले निर्देशनहरू दियो कि पेरिसको पूजाहारीले आइतबार उल्‍लङ्घन गर्नेहरूलाई चेतावनी दिनुपर्छ, र तिनीहरूलाई चर्चमा जाने प्रेरणा दिनुपर्छ र तिनीहरूका प्रार्थनाहरू भन्नुपर्छ, नत्रता तिनीहरूले आफूमाथि साथै छिमेकीहरूमाथि कुनै पनि ठूलो विपत्ति ल्याउनेछन् । एक धार्मिक परिषद्‍ले एउटा विषय उठायो कि त्यहाँदेखि प्रोटेस्टेन्टहरूले पनि त्यसलाई मुक्तकण्डले प्रयोग गर्दछ, जब मानिसहरूले आइतबारमा काम गरिरहेका थिए तब तिनीहरूलाई चट्‌याङ्गले लाग्यो, त्यसकारण त्यही नै शबाथ हुनुपर्छ । एकजना धर्म अधिकारीले भन्यो: “यो दिनको अवहेलनाप्रति परमेश्‍‍वर अत्यन्तै दुःखित हुनुहुन्छ भन्ने कुरा स्पष्‍ट भएको छ ।” त्यसपछि एउटा आव्हान जाहेर गरियो कि पूजाहारीहरू र प्रचारकहरू, राजाहरू र राजकुमारहरू साथै सम्पूर्ण विश्‍‍वासयोग्य मानिसहरूले “तिनीहरूका यथाशक्‍य प्रयत्‍नहरू र वास्ता प्रयोग गर्नुपर्छ ताकि त्यो दिनले त्यसको सम्मान पुनःप्राप्‍त गर्न सकोस्, र इसाई धर्मका लाभका खातिर आगामी सयममा अझै भक्तिसाथ पालन गर्न सकोस् ।” —Thomas Morer, Discourse in Six Dialogues on the Name, Notion, and Observation of the Lord’s Day, page 271.MBA 95.2

    परिषद्‍हरूका आदेशहरूले पर्याप्‍त प्रमाण दिन सकेनन्, त्यसकारण सरकारी अधिकारहरूलाई यस्तो हुकुम निकाल्‍ने अनुरोध गरियो जसले मानिसहरूका हृदयहरू त्रासित हुन सकोस् र तिनीहरूलाई आइतबारको दिन कामबाट रोक्‍न बाध्य पार्न सकोस् । रोमका अधिकारीहरूको परिषद्‍मा सम्पूर्ण पूर्व निर्णयहरू अझै ठूलो सामर्थ्य र गम्भीरतासाथ पुनः निश्‍चित गरियो । ती कुराहरू धार्मिक व्यवस्थामा गाभिए र सरकारी अधिकारीहरूद्वारा झण्डै समस्त इसाईजगतभरि ती लागू भए । (See Heylyn, History of the Sabbath, pt. 2, ch. 5, sec, 7.)MBA 95.3

    धर्मशास्‍‍त्रको अधिकारविना अझै पनि आइतबार पालन गरेको कारणले अति नै लाजलाग्दो भएको थियो । सूर्यको दिनलाई आदर गर्नका निम्ति “सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍‍वरको निम्ति शबाथ-दिन हो,” भन्ने यहोवाको निश्‍चित घोषणालाई हटाउने कुरामा मानिसहरूले तिनीहरूका शिक्षकहरूको अधिकारमा शंका गरे । बाइबलका साक्षीहरूका अभाव पूरा गर्न अरू कुनै लाभदायिक कुराहरूको आवश्‍‍यक पर्दथ्यो । एकजना आइतबारको उत्साही समर्थक, जो बाह्रौं शताब्दीको अन्त्यतिर बेलायतका चर्चहरूमा गयो र सत्यताका विश्‍‍वासयोग्य साक्षीहरूद्वारा प्रतिकार गरियो; र यसरी उसका प्रयासहरू व्यर्थ भए, र ऊ त्यो देशबाट केही समयका लागि निस्केर गयो र उसका शिक्षाहरू लागू गराउन वरिपरी केही उपायहरू खोज्यो । जब ऊ फर्केर आयो तब त्यो अभाव पूरा भयो र उसले पछिल्‍लो परिश्रममा अत्याधिक सफलता हासिल गऱ्यो । उसले एउटा मुठो लिएर आयो जुन परमेश्‍‍वरले नै पठाउनुभएको हो भनेर भनिन्थ्यो, जसमा अनाज्ञाकारीहरूलाई भयभीत पार्न डरलाग्दा धम्कीहरूसाथै आइतबार पालनको आवश्‍‍यकीय आज्ञा समाविष्‍ट थिए । यो बहुमूल्य लेख—जस्तो प्रथाको सर्मथन त्यस्तै तुच्छ नक्‍कल—चाहिँ स्‍वर्गबाट झरेको हो र यो यरूशलेममा भएको गलगथाको सन्त सिमियोनको वेदीमाथि भेटाएको हो भनी दाबी गऱ्यो । तर वास्तवमा यो रोमको पोपतन्‍‍त्रको दरबारबाट आएको थियो । सबै युगहरूभरि पोपतन्‍‍त्रको उच्‍च शासनले चर्चको शक्ति र उन्नतिलाई वृद्धि गर्न छलहरू र किर्तेहरूलाई न्यायसंगतको रूपमा मान्यता दिएको छ ।MBA 96.1

    त्यो मुठोले तीन बजे शनिबार दिउँसोदेखि सोमबार घाम नउदाएसम्म परिश्रम गर्न निषेध गरेको थियो; र यसरी घोषणा गरियो कि धेरै अचम्मलाग्दा कामहरूद्वारा त्यसको अधिकारलाई निश्‍चित गरेका थिए । कसैको भनाइ अनुसार, निर्धारित समय वास्ता नगरी काम गरिरहने मानिसहरूलाई पक्षघात्‍ले पहार गरियो । एकजना घट्टको मालिकले उसको मकै घट्टमा पिँध्‍न खोज्दा पिठोको सट्टा रगतको ठूलो मुस्‍लो आइरहेको देख्यो, र पानीका तेजिलो वेग भएतापनि घट्टको पाङग्रा चलेन । एकजना स्‍‍त्रीले मुसेको पिठोको डल्‍ला भट्टीमा हालेकी थिई, भट्टी धेरै राँकिलो भएपनि जब उनीले त्यो निकाली तब सो काँचै थियो । अर्को एकजनाले तीन बजेतिर पिठो मुसेर तयार गरेकी थिई, तर उनले सोमबारसम्म राख्‍ने निर्णय गरी, अर्को दिन उनीले दैवीय शक्तिद्वारा डल्‍ला बनाएर पनि पाकेको भेटाई । एकजना मानिसले शनिबार तीन बजेपछि रोटी पकाएको थियो जब उसले भोलिपल्ट बिहान भाँचेर हेऱ्यो तब त्यसबाट रगत बग्‍न थाल्यो । यस्ता निरर्थक र अन्धविश्‍‍वास छलहरूद्वारा आइतबारका समर्थकहरूले त्यसको पवित्रता स्थापना गर्ने प्रयास गरे । (See Roger de Hoveden, Annals, vol. 2, pp. 526-530) ।MBA 96.2

    बेलायतमा झैँ स्कोटल्याण्डमा पनि आइतबारको पालनलाई धेरै मान्यता दिन थाल्यो किनकि त्यसमा प्राचीन शबाथको एक भाग मिसाएको थियो । तर त्यसलाई पवित्ररूपमा पालन गर्ने आवश्‍‍यक समयचाहिँ फरक भयो । स्कोटल्याण्डको राजाबाट एउटा हुकुम घोषणा भएको थियो कि “शनिबार दिउँसो बाह्र बजेदेखि नै त्यसलाई पवित्र रूपले मान्नुपर्दछ,” र कसैले पनि त्यो समयदेखि सोमबार बिहानसम्म सांसारिक व्यवसायहरू गर्नु हुँदैन । —Morer, pages 290, 291.MBA 97.1

    तर आइतबारको पवित्रताको स्थापना गर्ने सम्पूर्ण प्रयासहरू भएतापनि पोपतन्‍‍त्रहरू आफैले शबाथको दैवीय अधिकार र त्यसको सट्टामा राखेको विधिको मानविक सृजनालाई सार्वजनिकरूपमा स्‍वीकार गरे । सोह्रौं शताब्दीमा पोपतन्‍‍त्रको एउटा परिषद्‍ले स्पष्‍टसाथ घोषणा गऱ्यो: “सबै इसाईहरूलाई यो कुरा थाहा होस् कि सातौं दिन नै परमेश्‍‍वरद्वारा अर्पण गरिएको थियो, र यसलाई स्‍वीकार र पालन गरिएको छ, यहूदीहरूले मात्र होइन, तर जसले परमेश्‍‍वरलाई सेवा गर्ने बहाना गर्दछन् तिनीहरू सबैले पालन गरेका छन्; तापनि हामी इसाईहरूले तिनीहरूका शबाथलाई प्रभुको दिनमा परिवर्तन गरेका छौं ।” —Morer, pages 281, 282. जसले दैवीय व्यवस्थालाई अधिकारविना नै हेरफेर गरिरहेका थिए तिनीहरू आफ्‍ना कामको चरित्रप्रति अजान थिएनन् । तिनीहरूले जानीजानी आफैलाई परमेश्‍‍वरभन्दा उच्‍च स्थानमा बसालेका थिए ।MBA 97.2

    जसले रोमसँग सहमत जनाउँदैनन् त्यसले तिनीहरूप्रति प्रयोग गर्ने नीतिको अचम्मलाग्दो उदाहरण वाल्डेन्सीहरूको लामो र रक्ताम्य सतावटमा प्रकट भएको थियो, त्यसमा कतिपय शबाथ पालन गर्नेहरू थिए । त्यस्तै तरीकाले अरू पनि तिनीहरूको चौथो आज्ञाको भक्तिले गर्दा सतावटमा परे । इथिओपिया र अबिसिनियाका चर्चहरूको इतिहासचाहिँ विशेष गरी महत्‍वपूर्ण छ । अन्धकार युगहरूको अँध्यारोमाझमा मध्य अफ्रिकामा भएका इसाईहरू हराएका थिए र संसारले बिर्सेको थियो, र धेरै शताब्दीसम्म तिनीहरूले आफ्‍नो विश्‍‍वासको अभ्यासमा स्‍वतन्‍‍त्रता हासिल गरे । तर अन्तमा रोमले तिनीहरूको अस्तित्‍वको विषयमा थाहा पायो, र चाँडै नै अबिसिनियाका सम्राटलाई ख्रीष्‍टको प्रतिनिधिको रूपमा पोपलाई स्‍वीकार गर्न लोभ्याइयो । अरू सम्झौताहरू पनि भए । शबाथ पालन गरेको खण्डमा सबभन्दा कड़ा सजायका साथ निषेधित हुकुम जाहेर गऱ्यो । (See Michael Geddes, Church History of Ethiopia, pages 311, 312.) । तर पोपतन्‍‍त्रको तानाशाह चाँडै नै यस्तो कष्‍टकारी जुवा बन्न पुग्यो कि अबिसिनियाका बासिन्दाहरूले त्यसलाई तिनीहरूका घाँटीबाट भाँच्‍ने निर्णय गरे । एक डरलाग्दो संघर्षपछि तिनीहरूका प्रशासनिक क्षेत्रबाट रोमीहरू बहिष्कृत भए र प्राचीन विश्‍‍वास पुनः स्‍वीकार गरियो । चर्चहरू स्‍वतन्‍‍त्रतामा आनन्दित भए, र तिनीहरूले रोमको छली, उग्रपन्थी र स्‍वेच्छाकारी शक्तिको विषयमा सिकेका पाठहरू कहिले पनि भुलेनन् । तिनीहरू बाँकी इसाईजगतबाट टाढ़ा अज्ञात् अवस्थामा एकान्त राज्यमा बस्‍न सन्तुष्‍ट भए ।MBA 97.3

    पोपतन्‍‍त्रको चर्च पूर्ण पतन हुनअघि जसरी त्यसले शबाथ पालन गर्थ्यो त्यसरी नै अफ्रिकाका चर्चहरूले शबाथ पालन गरेका थिए । जबकि तिनीहरूले परमेश्‍‍वरको आज्ञाको आज्ञाकारितामा सातौं दिन पालन गरेर पनि तिनीहरू चर्चको चलनअनुसार आइतबार कामबाट अलग बसे । रोमले त्यसको सर्वोच्‍च शक्ति प्राप्‍त गरेपछि आफ्‍नो शबाथलाई उच्‍च पार्नका खातिर परमेश्‍‍वरको शबाथलाई कुल्‍चीमिल्‍ची पाऱ्यो; तर अफ्रिकाका चर्चहरू झण्डै हजार वर्षहरूसम्म गुप्‍त बसेर पनि यो पतनमा सहभागी भएनन् । जब तिनीहरू रोमको अधीनमा भए तब तिनीहरूले सत्य शबाथलाई हटाएर झूटोलाई उच्‍च पार्न बाध्य भए; तर तिनीहरूले स्‍वतन्‍‍त्रता पुनः प्राप्‍त गर्ने बित्तिकै तिनीहरू चौथो आज्ञाको आज्ञाकारितातर्फ फर्किहाले । (एपेन्डिक्समा हेर्नुहोस्) ।MBA 98.1

    सत्य शबाथ र त्यसका समर्थकहरूप्रति रोमको दुश्‍‍मनी, र त्यसका आत्म-सृजित संस्थाका आदरका लागि प्रयोग गरेका माध्यमहरूलाई यी विगतका अभिलेखहरूले स्पष्‍ट प्रकट गर्दछन् । परमेश्‍‍वरको वचनले सिकाउँदछ कि जब रोमन क्‍याथोलिकहरू र प्रोटेस्टेन्टहरू आइतबारलाई उच्‍च पार्न एकत्रित हुनेछन् तब यी दृश्‍‍यहरू फेरि डोहोरिनुपर्नेछ ।MBA 98.2

    प्रकाश १३ मा भएको अगमवाणीले घोषणा गर्दछ कि थुमाको जस्ता सिङहरू भएको पशुद्वारा प्रतिनिधित्‍व गरेको शक्तिले “पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई” पोपतन्‍‍त्रको—“चितुवा जस्तो” पशुद्वारा सङ्केतिक—सेवा गर्न लगाउनेछ । दुई सिङे पशुले पृथ्वीका बासिन्दाहरूलाई त्यस पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम पनि दिनेछ; र त्यति मात्र नभई त्यसले “साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा,” सबैलाई त्यस पशुको छाप लगाउने आज्ञा दिनेछ । प्रकाश १३:११-१६ ।fro संयुक्त राज्य नै थुमाजस्तै सिङहरू भएको जनावरद्वारा प्रतिनिधित्‍व गरेको शक्ति हो भनेर प्रकट भएको छ, र त्यसले यस अगमवाणी पूरा गर्नेछ, जब संयुक्त राज्यले आइतबारको नियमलाई लागू गर्नेछ, जसलाई रोमले त्यसको सर्वोच्‍चताको विशेष स्‍वीकृति स्‍वरूप दाबी गर्दछ । तर पोपतन्‍‍त्रप्रति प्रदान गरिने यस सम्मानमा संयुक्त राज्य मात्र हुनेछैन । जुन देशहरूमा रोमको शासन एक पल्ट स्‍वीकार गरियो त्यहाँ त्यसको प्रभाव नष्‍ट हुन कठिन छ । अगमवाणीले त्यसको शक्तिको पुनर्स्थापनाको पूर्ववाणी गर्दछ । “त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो । अनि सारा पृथ्वी छक्‍क परेर त्यस पशुको पछिपछि लाग्यो ।” प्रकाश १३:३ । घातक चोट लागाइले १७९८मा पोपतन्‍‍त्रको पतनलाई देखाउँदछ । अगमवक्ता भन्दछन्, त्यसपछि “त्यसको चोट निको भयो । अनि सारा पृथ्वी छक्‍क परेर त्यस पशुको पछिपछि लाग्यो ।” पावल स्पष्‍ट भन्छन् कि “पापको मानिस” दोस्रो आगमनसम्म रहिरहनेछ । २ थेसलोनिकी २:३-८ । समयको अन्तसम्म त्यो छली काम गर्दै अघि बढ़्नेछ । पोपतन्‍‍त्रलाई निर्देशित गर्दै प्रकाशक घोषणा गर्दछन्: “र पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ ... जीवनको पुस्तकमा लेखिएको छैन ।” प्रकाश १३:८ । पुरानो र नयाँ संसार दुवैमा पोपतन्‍‍त्रले सम्मान प्राप्‍त गर्नेछ किनकि जुनचाहिँ रोमन क्‍याथोलिक चर्चको अधिकारमा मात्र आधारित छ त्यही आइतबारको प्रथालाई त्यसले आदर दिएको छ ।MBA 98.3

    उन्नाइसौं शताब्दीको मध्य युगदेखि नै संयुक्त राज्यका अगमवाणीका विद्यार्थीहरूले यो गवाही संसारमा प्रकट गरेका छन् । वर्तमानका घटनाहरू अगमवाणीको पूर्णतातर्फ गतिशीलरूपले बढिरहेका देखिन्छन् । जसरी पोपतन्‍‍त्रका अगुवाहरूले परमेश्‍‍वरबाट आएको आज्ञाको स्थानमा बनावटी अचम्मलाग्दा कामहरूले पूर्ति गर्दथे त्यसरी नै प्रोटेस्टेन्ट शिक्षकहरूले पनि आइतबार पालनका लागि उस्तै दैवीय अधिकारका दाबी गर्दछन्, तापनि उस्तै धर्मशास्‍‍त्रीय प्रमाणको अभाव छ । आइतबार-शबाथ भङ्ग गरेको कारणले मानिसहरूमाथि परमेश्‍‍वरको न्याय आएको हो भन्ने दाबी फेरि डोहोरिनेछ; अहिले नै यसलाई जोड़ दिन थालिसकेको छ । आइतबार पालनलाई लागू गर्ने प्रसङ्गले अब छिटै ठाउँ ओगट्‍दैछ ।MBA 99.1

    रोमी चर्च त्यसका धूर्तता र चतुरतामा अचम्मलाग्दो छ । हुन आउने कुरा पनि त्यसले पढ्‍न सक्छ । त्यसले आफ्‍नो समय पर्खेर हेरिरहेछ, कि प्रोटेस्टेन्ट चर्चहरूले त्यसको झूटो शबाथको स्‍वीकृतिमा त्यसलाई सम्मान गरिरहेका छन् र तिनीहरूले त्यही माध्यमद्वारा त्यसलाई लागू गर्न तयार गरिरहेका छन् जुन विगतका दिनहरूमा पनि त्यसले प्रयोग गरेको थियो । जसले सत्यताको ज्योतिलाई अस्‍वीकार गर्दछन् तिनीहरूले त्यसबाट नै रचना भएको एक संस्थापनालाई उचाल्‍न एक आत्म-शिर्षक अटल शक्तिको सहायता खोज्‍नेछन् । प्रोटेस्टेन्टहरूकहाँ यस कामको सहयोगका लागि त्यो कति चाँडो आउनेछ भनी अनुमान गर्न मुश्‍‍किल छैन । चर्चका अनाज्ञाकारीहरूसँग व्यवहार गर्न पोपका अगुवाहरूले जति राम्ररी कसले जान्दछ र ?MBA 99.2

    संसारभरिका रोमन क्‍याथोलिक चर्चसाथै त्यसका सबै शाखा-प्रशाखाहरूले एक विशाल संस्था स्थापना गर्दछ, र यो पोपतन्‍‍त्र शासनको नियन्‍‍त्रणमा छ र त्यसको फाइदाका निम्ति सृजना गरिएको छ । त्यसका लाखौँ संवाददाताहरूले संसारका प्रत्येक देशमा पोपको बफादारिताका अधीनमा रहने प्रशिक्षण प्रदान गरेका छन् । तिनीहरू जस्तोसुकै जाति र राज्यका भएपनि तिनीहरूले चर्चको अधिकारलाई सबभन्दा उच्‍चरूपले मान्नुपर्दछ । तिनीहरूले राज्यसँग आफ्‍नो बफादारिताको शपथ खाएतापनि रोमप्रति पनि आज्ञाकारीको शपथ खाएको हुन्छ, र त्यसले आफ्‍ना लाभ विरोध भएका प्रत्येक प्रतिज्ञाहरूलाई क्षमा दिन्छ ।MBA 100.1

    देशहरूका मामलाहरूमा आफै चाल नपाइकन प्रवेश गर्ने त्यसको सीपालु र नियमित प्रयासहरूको विषयमा इतिहासले गवाही दिदछ; र त्यसका आफ्‍नै उद्देश्‍‍यहरू अगाड़ि बढ़ाउन पाइला टेक्‍ने ठाउँ पाएपछि त्यो राजकुमारहरू र मानिसहरूलाई पनि नष्‍ट गर्न तयारी छ । १२०४मा पोप इनोसेन्ट तेस्रोले आरोगनको राजा पत्रूस दोस्रोलाई जबरजस्ती निम्‍न लिखित असाधारण कसम खान लगायो: “म, पत्रूस, आरोगनबासीका राजा, मेरा प्रभु, पोप इनोसेन्ट, उहाँका क्‍याथोलिक उत्तराधिकारीहरू, र रोमन चर्चप्रति सदा विश्‍‍वासयोग्य र आज्ञाकारी हुन, साथै क्‍याथोलिक विश्‍‍वासलाई कायम राखेर अपधर्मी भ्रष्‍टतालाई सतावट दिएर मेरो राज्यलाई विश्‍‍वासयोग्यसाथ उहाँको आज्ञाकारितामा राख्‍ने स्‍वीकार र प्रतिज्ञा गर्दछु ।&rdqup; —John Dowling, The History of Romanism, b. 5, ch. 6, sec. 55. योचाहिँ रोमन अभिमानी पोपले दाबी गरेको शक्तिको विषय अनुकूल छ “कि त्यसले सम्राटहरूलाई पदच्युत गर्न न्यायसङ्गत छ,” र “त्यसले तिनीहरूका जनताहरूलाई अधार्मिक शासकहरूको राजभक्तिबाट छुटकारा गर्न सक्छ ।” —Mosheim, b. 3, cent. 11, pt. 2, ch. 2, sec. 9, note 17. (एपेन्डिक्स नोट पृष्‍ठ ४४७ पनि हेर्नुहोस्) ।MBA 100.2

    अनि यो कुरा याद रहोस् कि रोमको अभिमानचाहिँ त्यसले कहिले पनि परिवर्तन गर्दैन । ग्रेगोरी सातौं र इनोसेन्ट तेस्रोका सिद्धान्तहरू अझै पनि रोमन क्‍याथोलिक चर्चका सिद्धान्तहरू नै हुन् । यदि त्यसले शक्ति हासिल गरेको भए जसरी त्यसले विगतका शताब्दीहरूमा प्रयोग गरेको थियो त्यसले त्यस्तै प्रचण्डतासाथ लागू गर्ने थियो । जब प्रोटेस्टेन्टहरूले आइतबारलाई उच्‍च पार्ने काममा रोमको सहयोग स्‍वीकार गर्ने प्रस्ताव गर्छ तब तिनीहरूले के गरिरहेछन् तिनीहरूलाई थोरै मात्र थाहा हुन्छ । जब तिनीहरू आफ्‍नो उद्देश्‍‍य पूरा गर्न लागी परेका हुन्छन्, तब रोमचाहिँ त्यसको गुमेको सर्वोच्‍चता पुनःप्राप्‍तिका लागि त्यसको शक्ति पुनर्स्थापना गर्ने सुर कसिरहेको हुन्छ । संयुक्त राज्यमा एकपल्ट यो सिद्धान्त पुनःस्थापित होस् कि चर्चले राज्यको शक्तिलाई प्रयोग अर्थात् नियन्‍‍त्रण गर्न सक्छ; कि धार्मिक विधिहरू सरकारी व्यवस्थाहरूद्वारा लागू हुन सक्छ; संक्षिप्‍तमा, चर्च र राज्यको अधिकारले विवेकलाई दबाउनेछ, र यस देशमा रोमको विजय निश्‍चय नै हुनेछ ।MBA 100.3

    परमेश्‍‍वरको वचनले सन्निकट खतराको चेतावनी दिएको छ; यसलाई ध्यान नदिओस्, त्यसपछि मात्र प्रोटेस्टेन्ट संसारले रोमका वास्तविक उद्देश्‍‍यहरूको विषयमा जान्नेछन्, त्यति खेर त्यसको पासोबाट उम्कन ढिलो भइसकेको हुन्छ । त्यसले निशब्दसाथ शक्ति हासिल गरिरहेछ । त्यसका सिद्धान्तहरूले आफ्‍ना प्रभाव व्यवस्थापिका भवनहरू, चर्चहरू र मानिसहरूका हृदयहरूमा प्रवेश गर्ने चेष्‍टा गरिरहेछन् । त्यसले अहिले अग्‍ला र ठूला रचनाहरू बनाउँदैछ र त्यसका गुप्‍त गुफाहरूबाट त्यसका अघिल्‍ला सतावटहरू फेरि डोहोरिनेछन् । गुप्‍तरूपमा र अजानसाथ त्यसले आफ्‍ना शक्तिहरूलाई आफ्‍नै उद्देश्‍‍यहरूका लागि बलियो पारिरहेछ, जब समय आउनेछ तब त्यसले प्रहार गर्नेछ । त्यसले राजकीय श्रेष्‍ठता मात्र चाहना गर्दछ, र त्यो त्यसलाई दिइरहेछ । रोमन सिद्धान्तको उद्देश्‍‍य के हो त सो हामी चाँडै नै देख्‍नेछौं र अनुभव गर्नैछौं । ज-जसले परमेश्‍‍वरको वचनलाई विश्‍‍वास गर्दछन् र पालन गर्दछन् त्यस सम्बन्धमा तिनीहरू घृणा र सतावटमा पर्ने नै छन् ।MBA 101.1