Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ८. सन्निकट संघर्ष

    (अंग्रेजी पुस्तक अध्याय ३६ पृष्‍ठ ५८२)

    स्‍वर्गमा महान् विवादको सुरुवात भएको समयदेखि नै शैतानले परमेश्‍‍वरको व्यवस्थालाई पराजय गर्ने उद्देश्‍‍य लिएको छ । त्यसकारण त्यसले सृष्‍टिकर्ताको विरूद्धमा त्यसको विद्रोह सुरु गऱ्यो, र त्यो स्‍वर्गबाट फालिएतापनि त्यसले पृथ्वीमा पनि त्यही युद्ध गरिरहेछ । मानिसहरूलाई भ्रममा पारेर परमेश्‍‍वरको व्यवस्था भङ्ग गराउने मुख्य लक्ष्यतिर त्यो दृढतासाथ अघि बढेको छ । सम्पूर्ण व्यवस्था इन्कार गर्दा अर्थात् त्यसको एउटा मात्र नियमलाई इन्कार गर्दा, आखिरमा त्यसको परिणाम भने एउटै हो । जो “एउटै कुरामा” चुक्छ त्यसले सम्पूर्ण व्यवस्थाप्रति घृणा प्रकट गर्दछ; त्यसको प्रभाव र उदाहरण अपराधतर्फ नै हुन्छ; त्यसैले त्यो “सबै कुरामा दोषी ठहरिएको हुन्छ ।” याकूब २:१० ।MBA 103.1

    शैतानले दैवीय विधानहरूमाथि घृणा गर्ने प्रयास गर्दा बाइबलको सिद्धान्तहरूलाई नै भ्रष्‍ट पारेको छ, र यसरी हजारौँ-हजार जसले धर्मशास्‍‍त्रलाई विश्‍‍वास गर्ने दाबी गर्दछन् तिनीहरूका विश्‍‍वासमा पनि झूटहरू मिसिएका छन् । सत्यता र झूटको बीचमा अन्तिम महासंघर्षचाहिँ परमेश्‍‍वरको व्यवस्थाको विषयमा लामो समयदेखि भइरहेको विवादको अन्तिम लड़ाइँ हो । अहिले हामी यही लड़ाइँमा प्रवेश गरिरहेका छौं—मानिसहरूका व्यवस्थाहरू र यहोवाका विधानहरूको बीचमा लड़ाइँ, बाइबलको धर्म र दन्त्यकथा तथा परम्परागत धर्मको बीचको लड़ाइँ ।MBA 103.2

    जुन माध्यमहरू सत्यता र धार्मिकताको विपक्षी युद्धमा एकता हुनेछन् तिनीहरू अहिले क्रियाशील भई काम गर्दैछन् । जुन परमेश्‍‍वरको पवित्र वचन हाम्रो सामु ल्याउनका लागि यति धेरै कष्‍ट र रगतको मूल्य चुकाएका छन् त्यसलाई नै कम मूल्यका ठानेका छन् । बाइबल हामी सबैले प्राप्‍त गर्न सक्छौं, तर त्यसलाई वास्तविक जीवनको अगुवा स्‍वरूप स्‍वीकार गर्नेहरूचाहिँ थोरै मात्र छन् । भक्तिहीनताचाहिँ संसारमा मात्र होइन, तर मण्डलीमा पनि डरलाग्दो तरिकाले फैलिएको छ । धेरै जनाले यस्ता सिद्धान्तहरूलाई अस्‍वीकार गरेका छन् जुन त्यैचाहिँ इसाई धर्मको विश्‍‍वासका खम्बाहरू हुन् । प्रेरणात्मक लेखकहरूले प्रस्तुत गरेको महान् सृष्‍टिका तथ्यहरू, मानिसको पतन, प्रायश्‍चित र परमेश्‍‍वरको व्यवस्थाको अटलतालाई व्यवहारिक रूपमा धेरै जसो इसाई नामक संसारले पूर्ण वा एक भाग जेजति भएपनि अस्‍वीकार गरेको छ । हजारौँ मानिसहरूले आफ्‍नै बुद्धि र स्‍वतन्‍‍त्रतामाथि घमण्ड गर्छन्, र बाइबलमाथि पूर्णरूपले भरोसा राख्‍नुचाहिँ कमजोरीपनको प्रमाण भनी ठान्छन्; धर्मशास्‍‍त्रबाट झूटो दोष निकाल्‍नु र अध्यात्मिक व्याख्या गर्नु साथै त्यसका सबभन्दा महत्‍वपूर्ण सत्यताहरूको कुव्याख्या गर्नु नै तिनीहरूको दृष्‍टिमा उच्‍च प्रतिभा र शिक्षाको प्रमाण ठहरिन्छ । धेरै प्रचारकहरूले तिनीहरूका मानिसहरूलाई प्रचार गरिरहेका छन्, र प्रध्यापकहरू र शिक्षकहरूले तिनीहरूका विद्यार्थीहरूलाई प्रशिक्षण गरिरहेका छन्, कि परमेश्‍‍वरको व्यवस्था परिवर्तन अथवा रद्द भएको छ; त्यसका व्यवस्थाहरू वास्तवमै अझै पनि पालन गर्नुपर्ने अनिवार्यतालाई प्रकट गर्नेहरूचाहिँ गिल्‍ला र घृणाको योग्य ठहरिएका छन् ।MBA 103.3

    मानिसहरूले सत्यतालाई अस्‍वीकार गरेर त्यसका लेखकलाई पनि इन्कार गर्छन् । तिनीहरूले परमेश्‍‍वरको व्यवस्थालाई कुल्‍चीमिल्‍ची गरेर व्यवस्थादाताको अधिकारलाई नै इन्कार गर्छन् । काठ अथवा ढुङ्गाको मूर्तिलाई आकार दिन जति सजिलो छ झूटा सिद्धान्तहरू र मतहरूको मूर्ति बनाउन पनि त्यतिकै सजिलो छ । शैतानले परमेश्‍‍वरको गुणलाई झूटो वर्णन गरेर मानिसहरूसँग उहाँको एक झूटो चरित्रको धारणा प्रकट गर्दछ । धेरै जनाले यहोवाको स्थानमा दर्शनशास्‍‍त्रीय मूर्तिलाई सिंहासनमा राखेका छन्, जबकि जीवित परमेश्‍‍वरलाई चाहिँ आफ्‍नो वचनमा, ख्रीष्‍टमा र उहाँका सृष्‍टिका कामहरूमा प्रकट हुनुभएअनुसार थोरैले मात्र आराधना गरेका छन् । हजारौँले प्रकृतिको परमेश्‍‍वरलाई इन्कार गरेर प्रकृतिलाई नै भगवान बनाउँछन् । वर्तमान इसाईजगतमा पनि एलियाका दिनहरूको प्राचीन इस्राएलको बीचमा झैँ विभिन्न आकारमा मूर्तिपूजा भइरहेका छन् । धेरै दावेदार बुद्धिमान् मानिसहरू, दार्शनिकहरू, कविहरू, राजनीतिज्ञहरू र सम्पादकहरूको देवता-शिक्षित प्रचलित समूहहरू, धेरै कलेजहरू, विश्‍‍वविद्यालयहरू र त्यसका साथै कुनैकुनै धर्मशास्‍‍त्रीय संस्थाहरूको देवता भएको छ—फोर्निसियाको सूर्य देवता, बालभन्दा असल छैन ।MBA 104.1

    अब मानिसहरू परमेश्‍‍वरको व्यवस्थाको अधीनमा छैन भन्ने आधुनिक सिद्धान्त तीब्र गतिसाथ प्रवेश गरिरहेको छ, इसाईजगतले स्‍वीकार गरेको कुनै पनि झूटोले स्‍वर्गीय अधिकारको विरूद्ध यति साहससाथ प्रहार गरेको छैन, कुनैले पनि यसरी प्रत्यक्षरूपमा बुद्धिको आदेशलाई विरोध गरेको छैन, त्यसका परिणामहरू अरू कुनै पनि त्यति विनाशकारी भएको छैन । प्रत्येक राज्यका आफ्‍नै व्यवस्थाहरू छन्, जसले आदर र आज्ञापालनको माग राख्दछन्; कुनै पनि सरकार तीविना टिक्‍न सक्दैन; अनि के उहाँले सृष्‍टि गर्नुभएका प्राणीहरूलाई शासन गर्न आकाश र पृथ्वीका सृष्‍टिकर्ताको कुनै व्यवस्था छैन भन्दा त्यसको कल्पना गर्न सकिन्छ र ? मानौ कि प्रमुख प्रचारकहरूले विधि-विधानहरूको अधीनमा रहन आवश्‍‍यक छैन भनी सार्वजनिकरूपमा सिकाउँछन्, जसले तिनीहरूको देशलाई शासन गर्दछ र त्यसका नागरिकहरूको अधिकारलाई सुरक्षा गर्दछ—किनकि ती कुराहरूले मानिसहरूको स्‍वाधीनतालाई प्रतिबन्ध गर्दछ, त्यसकारण त्यसलाई पालन गर्नुपर्दैन; त्यस्ता व्यक्तिहरू कतिसम्म पुल्पिटमा टिक्‍न सक्‍ला ? तर के राष्‍ट्र र राज्यका व्यवस्थाहरूलाई अनादर गर्नुभन्दा ता सम्पूर्ण सरकारका जगहरू, दैवीय विधानहरूमाथि कुल्‍चीमिल्‍ची गर्नु झन ठूलो अपराध होइन र ? ब्रमाण्डको शासकले उहाँको व्यवस्थालाई रद्द गरेर दोषीलाई दोषी ठहऱ्याउने र आज्ञाकारीलाई धर्मी ठहऱ्याउने स्तरविना नै संसारलाई छोड्‍नु भन्दा बरु राज्यहरूले तिनीहरूका कानुनहरू रद्द गरेर मानिसहरूलाई आफूखुसीमा छोड्‍नु नै उपयुक्त हुन्थ्यो । के परमेश्‍‍वरको व्यवस्था निषेध गर्दा आउने परिणाम हामीलाई थाहा हुन्छ र ? त्यसको परीक्षण भइसकेको छ । जब फ्रान्समा नियन्‍त्रित शक्ति नाष्‍तिकताले शासन गऱ्यो तब डरलाग्दा दृश्‍‍यहरू प्रकट भए । त्यति बेला त्यो कुरा संसारमा प्रदर्शन भयो कि परमेश्‍‍वरले स्थापना गर्नुभएका नियन्‍‍त्रणहरूलाई फाल्‍नु नै तानाशाहहरूको सबभन्दा क्रूर शासन स्‍वीकार गर्नु हो । जब धार्मिकताको स्तर हटाउँछ, तब दुष्‍टको राजकुमारलाई त्यसको शक्ति पृथ्वीमा स्थापना गर्ने मार्ग खुल्‍ला हुन्छ ।MBA 105.1

    जहाँजहाँ दैवीय नियमहरूलाई अस्‍वीकार गरेको हुन्छ, त्यहाँ पाप पापपूर्ण देखिन छोड्‍छ अथवा धार्मिकताको चाहना हुँदैन । जसले परमेश्‍‍वरको सरकारमा समर्पण गर्न अस्‍वीकार गर्छन् तिनीहरू आफैलाई शासन गर्न पनि पूर्ण अयोग्य भएका हुन्छन् । तिनीहरूका विनाशकारी शिक्षाहरूद्वारा केटाकेटीहरू र युवाहरूको हृदयमा अनाज्ञाकारी आत्माको बीउ रोपिएको हुन्छ, जसले स्‍वभाविकरूपमा नियन्‍‍त्रणको अधीरता देखाउँछ; र त्यसको परिणाम स्‍वरूप समाज व्यवस्थाहीन र कामुक अवस्थामा पुग्छ । जसले परमेश्‍‍वरका व्यवस्थाहरूलाई पालन गर्छन् तिनीहरूको विश्‍‍वासप्रति निन्दा गर्दै भीड़का भीड़ मानिसहरूले शैतानका भ्रमहरूलाई उत्सुकसाथ स्‍वीकार गर्छन् । तिनीहरूले अभिलाषालाई शासन गर्न छोड़िदिन्छन् र यस्ता पापहरू गर्दछन् जसले मूर्तिपूजकहरूमाथि इन्साफहरू निम्त्याएका छन् ।MBA 105.2

    जसले मानिसहरूलाई परमेश्‍‍वरका आज्ञाहरू हल्का ठान्न सिकाउँछन्, तिनीहरूले अनाज्ञाकारी कटनी गर्न अनाज्ञाकारी नै रोप्दछन् । दैवीय व्यवस्थाद्वारा स्थापित भएको नियन्‍‍त्रण पूर्णरूपले हटाओस्, त्यसपछि चाँडै़ नै मानविक व्यवस्थाहरूको पनि मान्यता हुँदैन । किनकि परमेश्‍‍वरले बेईमान कार्यहरू, लालच, झूटो र कपटलाई निषेध गर्नुहुन्छ, मानिसहरूले उहाँका विधानहरूलाई तिनीहरूका सांसारिक उन्नतिको अवरोध भनी ठानेका छन् र तिनीहरू त्यसमाथि कुल्‍चनु तत्पर छन्; तर यी विधानहरू बहिष्कार गर्दा यस्तो परिणाम आउँछ जुन तिनीहरूले सोचेका पनि छैनन् । यदि व्यवस्थाको अधीनमा बस्‍नुपर्दैन भने, कुनै व्यक्तिले त्यसलाई भङ्ग गर्न किन डराउने थियो र ? अब उप्रान्त सम्पत्तिको सुरक्षा हुँदैन थियो । मानिसहरूले दुर्व्यवहार गरेर तिनीहरूका छिमेकीका सम्पत्तिहरू जफत गर्ने थिए, र सबभन्दा बलियाहरू नै सबभन्दा धनी हुने थिए । जीवनको कदर नै हुने थिएन । अब विवाहको कसम परिवारको सुरक्षाका लागि पवित्र किल्‍लाको स्‍वरूप खड़ा रहँदैन थियो । जसको शक्ति थियो, यदि उसले इच्छा गऱ्यो भने आफ्‍नो छिमेकीकी स्‍वास्‍नीलाई दुर्व्यवहारसाथ लैजाने थियो । चौथो आज्ञासाथै पाँचौँ आज्ञालाई पनि हटाइने थियो । यदि छोराछोरीहरूले यसो गर्दा तिनीहरूका भ्रष्‍ट हृदयहरूको इच्छा प्राप्‍त गर्न सक्थे भने तिनीहरूका बुबा र आमाको जीवन लिनधरि डराउँदैनथे । शिक्षित संसार डाँकाहरू र हत्याराहरूको एक फौज हुने थियो, र पृथ्वीबाट शान्ति, आराम र हर्षपन हटेर जाने थियो ।MBA 106.1

    परमेश्‍‍वरको व्यवस्थाको आज्ञाकारिताबाट मानिसहरू स्‍वतन्‍‍त्र भएका छन् भन्ने सिद्धान्तले नैतिक कर्तव्यको सामर्थ्यलाई कमजोरी बनाइसकेको छ र संसारमाथि आउने अधर्मको बाढ़ीका ढोकाहरू खुल्‍ला पारिसकेका छन् । व्यवस्थाहीनता, लम्पट्‌यपन र भ्रष्‍टताले एक आश्‍चर्यचकित वेगझैँ हामीलाई सोतर पारिरहेको छ । परिवारका बीचमा शैतानले काम गर्दैछ । इसाई नामक घरनाहरूमा पनि त्यसको झण्डा हल्‍लिन्छ । त्यहाँ डाह, दुष्‍ट विचार, पाखण्डीपन, फूट, इखालुपन, लड़ाइँ, पवित्र भरोसाप्रति विश्‍‍वासघात्, अभिलाषाको भोग जस्ता कुराहरू छन् । सम्पूर्ण धार्मिक सिद्धान्तहरू र शिक्षाहरूका व्यवस्थापन, जसमा सामाजिक जीवनको जग र बनावटको आकार सृजना हुनुपर्दछ, त्यही नै हल्‍लिरहेको थुप्रो र सर्वनाश हुन तयारी भएजस्तै देखिन्छ । जब ती सबभन्दा दुष्‍ट अपराधीहरू तिनीहरूको अधर्मको कारणले जेलमा हालिन्छन्, र प्रायः तिनीहरूले लालचयोग्य प्रसिद्धता प्राप्‍त गरेझैँ उपहारहरू र सम्मान प्राप्‍त गर्दछन् । तिनीहरूको चरित्र र अपराधहरूलाई व्यापक प्रसिद्धता प्रदान गरिन्छ । छापाखानाले विद्रोहकारी दुष्‍टताको विवरण प्रकाश गर्दछ, यसरी अरूलाई पनि छल, ढकैती, र हत्याराको कार्यमा समावेश गराइरहेको हुन्छ; र शैतान त्यसका नीच लक्ष्यहरूको सफलतामा हर्षित हुन्छ । दुष्‍टताको मोह, अनियन्‍त्रित हत्या, असंयमताको डरलाग्दो विकास र हरप्रकार र स्तरको अधर्मले गर्दा परमेश्‍‍वरको भय मान्नेहरू सबैले प्रश्‍न सोध्‍नुपर्दछ, दुष्‍टको वेग रोक्‍न के गर्न सकिन्छ ।MBA 106.2

    न्यायका अदालतहरू भ्रष्‍ट छन् । शासकहरू उन्नतिको चाहना र कामुक भोगविलासको मायाले प्रेरित भएका छन् । असंयमले गर्दा धेरै जनाका दिमागहरूलाई धमिलो बनाएको छ, त्यसरी शैतानले तिनीहरूलाई झण्डै पूर्ण नियन्‍‍त्रण गरेको छ । कानुन विज्ञहरू भ्रष्‍ट छन्, घूस लिन्छन्, र भ्रममा परेका छन् । ती कानुनी कार्यकर्ताहरूको माझमा हरेक प्रकारको पियकड़पन, मोजमस्ती, रिस, डाह, र बेईमानीपन देखा पर्दछ । “यसैले न्याय पछिल्तिर हटाएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमान्दारीले प्रवेश गर्न सक्दैन ।” यशैया ५९:१४ ।MBA 107.1

    त्यसले धर्मशास्‍‍त्रलाई कुल्‍चीमिल्‍ची पारेको निश्‍चित परिणामचाहिँ रोमको शासनकालमा व्यापक भएको अधर्म र आत्मिक अन्धकार थियो; तर धार्मिक स्‍वतन्‍‍त्रताको एक युगमा सुसमाचारको ज्योतिको पूर्ण चमकमा सर्वत्र फैलिएको भक्तिहीनता, परमेश्‍‍वरको व्यवस्थाको इन्कार, र परिणामयुक्त भ्रष्‍टताको कारणचाहिँ कहाँ पाउनुपर्ने हो ? अब उप्रान्त शैतानले संसारबाट धर्मशास्‍‍त्र लुकाएर त्यसको अधीनमा राख्‍न सक्दैन, त्यसले त्यही लक्ष्य पूरा गर्नका निम्ति अरू माध्यमहरू प्रयोग गर्छ । बाइबलमाथि भएको विश्‍‍वास साथै बाइबललाई नै नष्‍ट गर्नाले त्यसको लक्ष्यमा योगदान पुऱ्याउँदछ । उसले परमेश्‍‍वरको व्यवस्थाको अधीनमा बस्‍नुपर्दैन भन्ने विश्‍‍वासको परिचयद्वारा मानिसहरू त्यसका विधानहरूप्रति पूर्णरूपले अजान भएझैँ प्रभाकारीसाथ तिनीहरूलाई सो भङ्ग गराउँदछ । अनि विगत युगहरूमा झैँ आजकाल पनि त्यसले आफ्‍ना ढाँचाहरू विकसित गर्न चर्च मार्फत काम गरेको छ । वर्तमान धार्मिक संस्थाहरूले धर्मशास्‍‍त्रद्वारा प्रत्यक्ष प्रस्तुत गरेका अलोकप्रिय सत्यताहरू सुन्न इन्कार गरेका छन्, र ती कुराहरूको विरोधमा तिनीहरूले यी वर्णनहरू स्‍वीकार गरेका छन् र पक्ष लिएका छन् जसले टाढ़ासम्म शंकाका बीउहरू छरेका छन् । स्‍वभाविक अमरत्‍व र मृत्युमा पनि मानिसहरूको चेतना हुन्छ भन्ने पोपतन्‍‍त्रको झूटमा झुण्डिएर तिनीहरूले भूत आत्माहरूको विरूद्ध उभिने एक मात्र रक्षालाई अस्‍वीकार गर्दछन् । अनन्त यातनाको सिद्धान्तले गर्दा धेरैलाई बाइबलको विश्‍‍वासबाट भड्‍काएको छ । अनि जब चौथो आज्ञाको दाबीले मानिसहरूमाथि जोड़ दिन्छ, तब सातौं दिन-शबाथको पालनलाई पनि समावेश गरेको पाउँछन्; र धेरै जना प्रचलित शिक्षकहरूले आफ्‍ना अनिच्छुक कर्तव्य पूरा गर्नदेखि स्‍वतन्‍‍त्र हुने एक मात्र माध्यम स्‍वरूप यसरी सिकाउँछन् कि अब उसो परमेश्‍‍वरको व्यवस्थाको अधीनमा रहनुपर्नेछैन । यसरी तिनीहरूले व्यवस्था साथै शबाथ सबैलाई हटाइदिन्छन् । जब शबाथको सुधार-कार्य विकसित हुन्छ, त्यसपछि चोैथोँ आज्ञाका दाबीहरूलाई निषेध गर्ने दैवीय व्यवस्था इन्कारचाहिँ झण्डै विश्‍‍वव्यापीरूपमा हुनेछ । यी धार्मिक अगुवाहरूका शिक्षाहरूद्वारा नाष्‍तिकता, भूत आत्माप्रति विश्‍‍वास र परमेश्‍‍वरको पवित्र व्यवस्थाप्रति घृणाको ढोका खोलिदिएको छ; र यी अगुवाहरूमाथि इसाईजगतमा भएका अधर्महरूको डरलाग्दो जिम्मेवारी रहन्छ ।MBA 107.2

    तापनि यी दर्जाका मानिसहरूले दाबी गर्दछन् कि “इसाई” नामक “शबाथको” अपवित्रताको कारणले नै भ्रष्‍टता गतिशीलरूपमा फैलिरहेको छ, र आइतबार कानुनलाई लागू गर्दा समाजका नैतिकतालाई अति नै विकसित पार्ने थियो । विशेषगरी अमेरिकामा यो दाबीलाई जोड़ दिएको पाइन्छ, जहाँचाहिँ सत्य शबाथको सिद्धान्त जताततै प्रचार भएको छ । यहीँ लागू पदार्थ विरोध कार्य, नैतिक सुधारहरूको एक सबभन्दा प्रमुख र महत्‍वपूर्ण कार्य नै प्रायः आइतबारको प्रसङ्गमा समावेश भएको हुन्छ, र आइतबार प्रसङ्गका अनुयायीहरूले समाजको सबभन्दा उच्‍च कल्याणको उत्थान गर्न आफैलाई परिश्रमीको रूपमा प्रतिनिधित्‍व गर्दछन्; र जसले तिनीहरूसँग सहमत हुन इन्कार गर्दछन् तिनीहरूलाई चाहिँ संयम र सुधारका शत्रुहरू सरह घृणा गर्दछन् । तर वास्तवमा झूटोलाई स्थापना गर्ने सप्रसङ्गचाहिँ यस्तो कामसँग सम्बन्धित छ जुन चीजचाहिँ असल नै छ, त्यै नै झूटोको पक्षको एक विवाद होइन । हामीले स्‍वस्थ खानामा विष लुकाउन सक्छौं, तर हामीले त्यसको स्‍वभाव परिवर्तन गर्दैनौं । बरु त्यसको विपरीत, त्यसलाई अजानमा लिने सम्भावना धेरै भएको कारणले त्यो झन ठूलो खतरा हुन्छ । शैतानले झूटलाई सत्याभास गराउन थोरै सत्य पनि मिसाउँछ, यही नै त्यसका युक्तिहरूमध्ये एक हो । आइतबारको प्रसङ्गका अगुवाहरूले मानिसहरूको आवश्‍‍यकीय सुधारहरूमा समर्थन गर्छन् होला जुन सिद्धान्तहरू बाइबलमुताबिक छन्; तापनि तीमध्ये कुनै त यस्तो नियम पनि छ जुन परमेश्‍‍वरको व्यवस्था विपरीत छ, त्यसकारण उहाँका दासहरू तिनीहरूसँग सहमत हुन सक्दैनन् । जसले परमेश्‍‍वरको व्यवस्था हटाउनका लागि मानिसहरूका विधानहरू स्थापित गर्छन् तिनीहरूलाई कुनै पनि कुराले निर्दोष ठहराउन सक्दैन ।MBA 108.1

    शैतानले मानिसहरूलाई आत्माको अमरत्‍व र आइतबार पवित्रता जस्ता दुई ओटा महान् झूटहरूद्वारा त्यसका भ्रमहरूको अधीनमा ल्याउनेछ । जबकि अघिल्‍लोले भूत आत्माप्रति विश्‍‍वासको जग बसाल्छ भने पछिल्‍लोले चाहिँ रोमसँग सहानुभूतिको सम्बन्ध सृजना गर्दछ । संयुक्त राज्यका प्रोटेस्टेन्टहरूले भूत आत्मामा विश्‍‍वास गर्नेहरूको हात समात्‍न महासागरपारि आफ्‍ना हात यथाशक्त तन्काउनेछऩ्; तिनीहरूले रोमी शक्तिको हात समात्‍न अतल कुण्डपारि तन्काउनेछन्; र यो त्रि-एकताको प्रभावमा रहेर यो राज्यले रोमलाई अनुसरण गर्नेछ र विवेकका अधिकारहरूलाई कुल्‍चीमिल्‍ची पार्नेछ ।MBA 109.1

    जब भूत आत्माको धर्मले नामधारे इसाई धर्मलाई निकटतासाथ नकल गर्छ, तब त्यसले भ्रामिक र फसाउने शक्ति अत्याधिक मात्रामा प्राप्‍त गर्दछ । शैतान आफै पनि आधुनिक गतिविधिअनुसार परिवर्तन भएको छ । ऊ एउटा ज्योतिमय स्‍वर्गदूतको स्‍वरूपमा देखा पर्नेछ । भूत आत्माको विश्‍‍वासको माध्यमद्वारा अचम्मलाग्दा कामहरू हुनेछन्, बिरामीहरू निको हुनेछन्, र अरू धेरै अखण्डनीय आश्‍चर्यका कामहरू हुनेछन् । अनि जब आत्माहरूले बाइबलमाथि विश्‍‍वास गरेको घोषणा गर्नेछन्, र चर्चको संस्थाहरू र विधानहरूलाई आदर प्रकट गर्नेछन्, तब तिनीहरूको कार्य नै दैवीय शक्तिको प्रदर्शन स्‍वरूप स्‍वीकार गरिनेछ ।MBA 109.2

    इसाई दावेदारहरू र भक्तिहीनहरूको बीचका रेखा अब चिन्नै मुश्‍‍किल छ । चर्चका सदस्यहरूले संसारले प्रेम गरेका थोकहरूलाई माया गर्छन् र तिनीहरूसँगै सम्बन्ध गाँस्‍न तयार छन्, र शैतानले तिनीहरूलाई एउटै शरीरमा ल्याउने र यसरी सबैलाई भूत आत्मामा विश्‍‍वास गर्ने दर्जामा थुपारेर त्यसको काम बलियो पार्ने दृढ निर्णय गर्दछ । पोपतन्‍‍त्रहरू, जसले अचम्मलाग्दा कामहरू नै सत्य चर्चको निश्‍चित चिन्ह स्‍वरूप अभिमान गर्दछन्, तिनीहरू यी अचम्मलाग्दा कामहरू गर्ने शक्तिद्वारा सजिलै बहकिनेछन्, र प्रोटेस्टेन्टहरूले सत्यताको ढाललाई हटाएको कारण तिनीहरू पनि बहकिनेछन् । पोपतन्‍‍त्रहरू, प्रोटेस्टेन्टहरू र सांसारिकहरूले उस्तै गरी यो भक्तिको भेषलाई शक्तिविना नै स्‍वीकार गर्नेछन्, र तिनीहरूले यस एकतामा संसारको परिवर्तनको एक महान् आन्दोलन देख्‍नेछन् र पहिलेदेखि प्रतीक्षा गरेको हजार वर्षमा प्रवेश गर्नेछन् ।MBA 109.3

    भूत आत्माको विश्‍‍वासद्वारा शैतान जातिहरूको हितकारीको रूपमा देखा पर्दछ, मानिसहरूका रोगहरू निको पार्दछ, अनि नयाँ र अझै उच्‍च स्तरका धार्मिक विश्‍‍वासको विधि प्रकट गर्ने घोषणा गर्दछ; तर त्यति नै खेर त्यसले विनाशकारीको रूपमा पनि काम गर्दछ । त्यसका परीक्षाहरूले भीड़हरूलाई विनाशमा डोऱ्याइरहेका हुन्छन् । असंयमले बुद्धिलाई खसालिदिन्छ; त्यसपछि लम्पट्‌यपना भोगविलास, झगड़ा र रक्तपात पछि लाग्छ । शैतान लड़ाइँमा हर्षित हुन्छ; किनकि यसले मानिसका सबभन्दा खराब अभिलाषाहरूलाई उत्तेजित पार्दछ र त्यसपछि सदाकालका लागि त्यसका शिकारहरूलाई दुष्‍टता र रगतमा डुबाएर राख्‍छ । राज्यहरूको बीचमा युद्ध उक्साउनु नै शैतानको योजना हो, किनकि यसरी मानिसहरूको दिमागलाई भड्‍काउन सक्छ, जुन परमेश्‍‍वरको दिनमा उभिनका लागि तयार गर्ने कार्यमा लगानी गर्नुपर्ने थियो ।MBA 109.4

    शैतानले तयार नभएका उसका मानिसहरूको कटनीलाई भण्डारमा राख्‍न प्राकृतिक प्रकोपहरूद्वारा पनि काम गर्दछ । उसले प्रकृतिका प्रयोगशालाहरूको रहस्यलाई अध्ययन गरेको छ, र उसले जतिसक्दो परमेश्‍‍वरको अनुमतिअनुसार प्राकृतिक शक्तिहरूलाई नियन्‍‍त्रण गर्न उसको समस्त शक्ति प्रयोग गर्दछ । जब उसले अय्यूबलाई कष्‍ट दिने अनुमति पायो, तब कति चाँड़ै बगालहरू, बथानहरू, नोकरहरू, घरहरू, छोराछोरीहरू नाश भए, एक क्षणमा झैँ एकपछि अर्को गर्दै कष्‍ट आयो । परमेश्‍‍वरले नै उहाँका प्राणीहरूलाई विनाशकारीको शक्तिबाट बचाउनुहुन्छ र पर्खालभित्र राख्‍नुहुन्छ । तर इसाईजगतले यहोवाको व्यवस्थाप्रति घृणा प्रकट गरेको छ; र जुन कुरा परमप्रभुले गर्छु भन्नुभएको छ सो उहाँले गर्नु नै हुनेछ—उहाँले पृथ्वीबाट आफ्‍ना आशिष्‌हरू लैजानुहुनेछ र जसले उहाँको व्यवस्था विरूद्ध विद्रोह गरेका छन्, र अरूलाई पनि त्यसै गर्न सिकाएका छन् र बाध्य तुल्याएका छन् तिनीहरूबाट उहाँको सुरक्षित हेरचाह हटाउनुहुनेछ । जसलाई परमेश्‍‍वरले विशेष रक्षा गर्नुहुन्न तिनीहरू सबैलाई शैतानले नियन्‍‍त्रण गर्दछ । उसले आफ्‍नै लक्ष्यहरू पूरा गर्न कति जनालाई माया गर्नेछ र उन्नतिशील बनाइदिनेछ; तर उसले अरूमाथि चाहिँ समस्या ल्याउनेछ र तिनीहरूलाई यसरी विश्‍‍वास दिलाउनेछ कि परमेश्‍‍वरले नै तिनीहरूलाई कष्‍ट दिइरहनुभएको छ ।MBA 110.1

    तिनीहरूका सबै रोगहरू निको पार्न सक्‍ने एक महान् डाक्टरका रूपमा ऊ मानिसहरूका सन्तानको सामु देखा परेतापनि उसले रोगहरू र महामारी ल्याउनेछ, यहाँसम्म कि प्रख्यात् शहरहरू विनाश र उजाड़ हुनेछन् । अहिले पनि ऊ काम गरिरहेको छ । समुद्र र भूमिमाथि दुघर्टनाहरू र ठूला विपत्तिहरूमा, ठूला आगलागीहरूमा, प्रचण्ड भुमरीहरू र डरलाग्दा असिनाहरूमा, बाढ़ीहरू, तूफानहरू, वेगपूर्ण छालहरू, र भुइँचालोहरूमा, प्रत्येक जग्गाहरूमा हजारौँ तरिकाद्वारा शैतानले उसको शक्ति प्रयोग गरिरहेको छ । उसले पाकेको कटनीलाई सखाप पार्दछ र अनिकाल र निराशपन त्यसको पछि लाग्छ । उसले हावालाई घातक तरिकाले दूषित पार्दछ, र हजारौँ मानिसहरू माहामारीद्वारा विनाश हुन्छन् । यी विपत्तिहरू अझै बारम्बार र विनाशकारी हुँदै जानुपर्नेछन् । मानिस र पशु दुवैमाथि विनाश आइपर्नेछ । “पृथ्वीले विलाप गर्छ, र ओइलिन्छ; ... पृथ्वीका घमण्डी मानिसहरू झोक्रिन्छन् । अनि पृथ्वी आफ्‍ना बासिन्दाहरूको कारणले अशुद्ध भएको छ; किनकि तिनीहरूले व्यवस्था उल्‍लङ्घन गरेका छन्, विधि बदली गरेका छन्, र अनन्त वाचा तोडे़का छन् ।” यशैया २४:४, ५ (KJV) ।MBA 110.2

    अनि त्यसपछि महान् ठगाहाले मानिसहरूलाई यसरी विश्‍‍वास दिलाउनेछ कि जसले परमेश्‍‍वरलाई सेवा गरेका छन् तिनीहरूले नै यी दुष्‍टताहरू ल्याएका हुन् । जुन समूहले स्‍वर्गलाई असन्तुष्‍ट पारेको छ, तिनीहरूका सबै समस्याहरूको दोष परमेश्‍‍वरका आज्ञा पालन गर्नेहरूमाथि नै थुपार्नेछ, तिनीहरू नै व्यवस्था भङ्ग गर्नेहरूका निम्ति सदासर्वदाका हप्की भएका हुन्छन् । यो कुरा घोषित हुनेछ कि मानिसहरूले आइतबार शबाथलाई भङ्ग गरेर परमेश्‍‍वरलाई रिस उठाएका छन्; यो पापले विपत्तिहरू ल्याएको छ जुन आइतबारको पालन कड़ासाथ लागू नगरेसम्म थामिने छैन; चौथो आज्ञाका दाबीहरू प्रकट गर्नेहरूले यसरी आइतबारलाई अनादर गरिरहेका छन्, तिनीहरूले मानिसहरूलाई दैवीय अनुग्रहको पुनःप्राप्‍ति र सांसारिक वृद्धिबाट प्रतिबन्ध गरेका छन् र तिनीहरू नै मानिसहरूका कष्‍टकारक हुन् । यसरी प्राचीन समयमा परमेश्‍‍वरको दासको विरूद्धमा लगाएको दोष फेरि पनि डोहोरिनेछ र त्यही नै राम्ररी स्थापित कारणहरू हुनेछन्: “जब आहाबले एलियालाई देखे, तब तिनले एलियालाई भने, ‘इस्राएललाई कष्‍ट दिने तिमी नै हौ ?’ एलियाले जवाफ दिए, ‘इस्राएललाई कष्‍ट मैले दिएको होइनँ, तर तपाईं र तपाईंका पिताका परिवारले पो हो । तपाईं परमप्रभुका आज्ञा त्यागी बाल देवताहरूको पछि लाग्‍नुभएको छ ।’” १ राजा १८:१७, १८ । जब मानिसहरू झूटा आरोपहरूद्वारा क्रोधित हुनेछन्, तब पतित इस्राएलले एलियाप्रति जस्तो व्यवहार गरे तिनीहरूले पनि परमेश्‍‍वरका राजदूतहरूप्रति त्यस्तै व्यवहार गर्नेछन् ।MBA 111.1

    जसले मानिसको भन्दा बरु परमरेश्‍‍वरका आज्ञा पालन गर्ने निर्णय गर्दछन् । भूत आत्माको विश्‍‍वासद्वारा प्रदर्शित अचम्मलाग्दो काम गर्ने शक्तिले तिनीहरूमाथि त्यसको प्रभाव पार्ने चेष्‍टा गर्नेछ । आत्माहरूसँग वार्तालापबाट यसरी घोषणा गर्नेछन् कि परमेश्‍‍वरले तिनीहरूलाई आइतबार अस्‍वीकार गर्नेहरूको गलत देखाउन, र देशका नियमहरूलाई पनि परमेश्‍‍वरको व्यवस्थाझैँ पालन गर्नुपर्छ भन्ने कुरालाई निश्‍चित गराउन पठाउनुभएको छ । तिनीहरूले संसारको महान् दुष्‍टतामा दुःख प्रकट गर्नेछन् र त्यसपछि धार्मिक शिक्षकहरूको गवाहीलाई समर्थन गर्नेछन् कि नैतिकताको नीच अवस्था आइतबारको अपवित्रताको कारणले गर्दा नै भएको हो । जसले तिनीहरूको गवाही स्‍वीकार गर्न इन्कार गर्दछन् तिनीहरूको विरूद्धमा अति प्रचण्ड क्रोध वर्षनेछ ।MBA 111.2

    जुन षड्‌यन्‍‍त्र शैतानले स्‍वर्गको महान् विवादको आरम्भमा प्रयोग गरेको थियो, परमेश्‍‍वरका मानिसहरूसँग गर्ने अन्तिम लड़ाइँमा पनि त्यसले त्यही नै प्रयोग गर्नेछ । उसले दैवीय सरकारमा स्थिरता प्रदान गर्ने प्रयासमा लागी परेको दाबी गरेतापनि उसले त्यसलाई नष्‍ट पार्ने प्रत्येक गुप्‍त प्रयत्‍न गरिरहेको थियो । अनि जुन काम उसले यसरी गर्न खोजिरहेको थियो, त्यहा कामको आरोप उसले बफादारी स्‍वर्गदूतहरूलाई लगायो । रोमी चर्चको इतिहासमा छलको त्यही षड्‌यन्‍‍त्र प्रकट भएको छ । जबकि त्यसले स्‍वर्गको प्रतिनिधि स्‍वरूप काम गरेतापनि आफैलाई परमेश्‍‍वरभन्दा उच्‍च पारेर उहाँको व्यवस्थालाई परिवर्तन गर्ने प्रयत्‍न गरिरहेको छ । रोमको शासनमा, तिनीहरूको सुसमाचारप्रति भएको भक्तिको खातिर मृत्यु भोग्‍नेहरूलाई दुष्‍टकर्मीहरूको रूपमा घृणा गरे; तिनीहरू शैतानसँग सम्बधित छन् भनी घोषणा गरे; र तिनीहरूलाई सकेसम्म प्रत्येक तरिकाको तिरस्कारले ढाक्‍ने प्रयास गरे, ताकि मानिसहरूको दृष्‍टिमा साथै तिनीहरूकै दृष्‍टिमा पनि आफैलाई सबभन्दा खराब अपराधी स्‍वरूप देखिन सकोस् । अहिले पनि त्यस्तै हुनेछ । जसले परमेश्‍‍वरको व्यवस्थालाई आदर गर्दछन् तिनीहरूलाई शैतानले नष्‍ट गर्ने प्रयास गर्नेछ, र तिनीहरूलाई व्यवस्था भङ्ग गर्ने, परमेश्‍‍वरलाई अनादर गर्ने र संसारमाथि इन्साफ ल्याउने मानिसहरूको रूपमा दोष लगाउनेछ ।MBA 112.1

    परमेश्‍‍वरले कहिले पनि इच्छा वा विवेकलाई दबाब दिनुहुन्न; तर शैतानको निरन्तर माध्यम—जसलाई त्यसले फसाउन सक्दैन तिनीहरूलाई नियन्‍‍त्रणमा ल्याउन—क्रूरताद्वारा नै तिनीहरूलाई बाध्य गर्दछ । डर तथा दबाबद्वारा उसले विवेकलाई शासन गर्ने र आफैप्रति आदर खिँच्‍ने प्रयत्‍न गर्दछ । उसले यो प्राप्‍त गर्नका लागि धार्मिक र सांसारिक दुवै अधिकारहरूद्वारा काम गर्दछ, र परमेश्‍‍वरको व्यवस्थालाइ निन्दा गर्ने प्रेरणा दिएर मानविक व्यवस्था लागू गराउँदछ ।MBA 112.2

    जसले बाइबलको शबाथलाई आदर गर्दछन् तिनीहरू कानुन र व्यवस्थाका दुश्‍‍मनहरू स्‍वरूप निन्दा गरिनेछन्, समाजको नैतिक नियन्‍‍त्रणलाई भत्काउने, विद्रोह र भ्रष्‍टचार ल्याउने, र पृथ्वीमाथि परमेश्‍‍वरको न्याय ल्याउने भनी तिरस्कार गरिनेछन् । तिनीहरूका नैतिक संकोचलाई एकोहारो, हठ्ठी, र अधिकारप्रति घृणा भनी घोषणा गरिनेछन् । तिनीहरूलाई देशद्रोहीको आरोप लगाउनेछन् । जुन पास्टरहरूले दैवीय व्यवस्थाको कर्तव्यलाई इन्कार गर्छन् तिनीहरूले पुल्पिटबाट सरकारी अधिकारहरूलाई पनि परमेश्‍‍वरबाट अभिषेक भएको ठान्नुपर्ने र त्यसप्रति आज्ञाकारिता हुनुपर्ने बयान प्रस्तुत गर्नेछन् । आज्ञा पालन गर्नेहरूलाई व्यवस्थापिका भवनहरू र न्यायका अदालतहरूमा पनि झूटो वर्णन गर्नेछन् र दोष दिनेछन् । तिनीहरूका शब्दहरूमा झूटो अर्थ लगाउनेछन्; र तिनीहरूका लक्ष्यहरूमा अति नै नराम्रो अर्थ लगाउनेछन् ।MBA 113.1

    जसरी प्रोटेस्टेन्ट चर्चहरूले परमेश्‍‍वरको व्यवस्थाको पक्षमा प्रकट भएको स्पष्‍ट र धर्मशास्‍‍त्रीय वर्णनहरूलाई इन्कार गर्दछन्, त्यसरी जसको विश्‍‍वास तिनीहरूले बाइबलद्वारा पराजय गर्न सक्दैनन्, तिनीहरूलाई शान्त पार्ने अति नै उत्कट इच्छा गर्नेछन् । तिनीहरूले आफ्‍नै आँखा वास्तविकताप्रति अन्धो पारेर अब तिनीहरूले यस्तो कार्य अपनाइरहेछन्, जसले बाँकी इसाईजगतले जे गरिरहेका छन् तिनीहरूले विवेकशीलतासाथ सो गर्न इन्कार गर्छन्, तिनीहरूले यस्ता मानिसहरूलाई सतावट दिनेछन् र पोपतन्‍‍त्रका शबाथका दाबीहरूलाई स्‍वीकार गर्नेछन् ।MBA 113.2

    चर्च र राज्यका पदाधिकारीहरू घूस दिन, सम्झाउन साथै दबाब दिन एकमत हुनेछन्, त्यसरी नै सम्पूर्ण दर्जालाई आइतबारको नियम आदर गर्न बाध्य तुल्याउनेछन् । दैवीय अधिकारको अभावलाई जबरजस्ती कानुनहरूले पूर्ति गर्नेछन् । राजनीतिक भ्रष्‍टताले न्यायको माया र सत्यताको सम्मानलाई नष्‍ट पारिरहेछ; र स्‍वतन्‍‍त्र अमेरिकामा पनि शासकहरू र व्यवस्थापिका सभाका सदस्यहरूले जनताको समर्थन प्राप्‍तिका लागि प्रचलित रूपमा माग गरेको आइतबार पालनको व्यवस्थालाई लागू गर्न स्‍वीकार गर्नेछन् । विवेकको स्‍वतन्‍‍त्रता, जसले यति धेरै मूल्य चुकाएको छ, अब त्यसलाई मान्यता दिइनेछैन । शीघ्रतापूर्ण संघर्षमा हामी अगमवक्ताले वर्णन गरेका शब्दहरू हेर्नेछौं: “त्यो अजिङ्गर त्यो स्‍‍त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो—अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्‍‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् ।” प्रकाश १२:१७ ।MBA 113.3