Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १०. अन्तिम चेतावनी

    (अंग्रेजी पुस्तक अध्याय ३८ पृष्‍ठ ६०३)

    “मैले ठूलो अधिकार भएको अर्को स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लिरहेका देखें; अनि उनको महिमाले पृथ्वी झलमल्‍ल भयो । अनि उनी ठूलो सोरले यसो भन्दै शक्तिसाथ कराए: ‘महान् बेबिलोन ढल्यो ! ढल्यो ! र दुष्‍ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको कैदखाना र हरेक अशुद्ध र घिनलाग्दा चराहरूको खोर भएको छ !’” “अनि मैले स्‍वर्गबाट यसो भन्दै गरेको अर्को एउटा आवाज सुनें: ‘हे मेरा जनहरूहो, त्यसबाट निस्केर आओ, र तिमीहरूले त्यसका पापहरूमा सहभागी हुन नपरोस्, र त्यसका महामारीहरूबाट तिमीहरूले पाउनु नपरोस् ।’” प्रकाश १८:१, २, ४ (KJV) ।MBA 127.1

    जसरी प्रकाश १४ (पद ८) को दोस्रो स्‍वर्गदूतले बेबिलोनको पतनलाई घोषणा गरेको थियो त्यसरी नै यो बाइबलको पदले पनि एक आगामी समयलाई केन्द्रित गर्दछ, यो त झन थप भ्रष्‍टताहरूको वर्णनका साथ डोहोरिनुपर्नेछ जुन ग्रीष्म ऋतु १८४४मा प्रथम पल्ट यो सन्देश घोषणा गरेदेखि यता बेबिलोन संस्थापित विभिन्न संस्थाहरूमा प्रवेश भइरहेका छन् । धार्मिक संसारको एक डरलाग्दो अवस्था यहाँ वर्णन गरिएको छ । प्रत्येक सत्यताको इन्कारले गर्दा मानिसहरूका दिमागहरू अझै अँध्यारो हुनेछन्, तिनीहरूका हृदयहरू भक्तिहीन साहसको खाड़लमा नपरेसम्म झन एकोहोरो हुनेछन् । जुन चेतावनीहरू परमेश्‍‍वरले प्रदान गर्नुभएको छ त्यसको विरोधमा तिनीहरूले दश आज्ञामध्ये एउटा आज्ञालाई निरन्तररूपमा कुल्‍चिरहनेछन् र यहाँसम्म कि त्यसलाई पवित्र राख्‍नेहरूमाथि पनि सतावट ल्याउनेछन् । उहाँको वचन र उहाँका मानिसहरूमाथि गरिएको घृणाद्वारा ख्रीष्‍टलाई निरर्थक तुल्याउनेछन् । जब चर्चहरूले भूत आत्माहरूको विश्‍‍वासका शिक्षाहरूलाई स्‍वीकार गर्दछन्, तब शारीरिक हृदयमा स्थापित नियन्‍‍त्रण हट्‍नेछ, र धर्मका स्‍वीकरणचाहिँ सबभन्दा नीच अधर्महरूलाई लुकाउने एक भेष हुनेछ । भूत आत्माको प्रदर्शनलाई विश्‍‍वास गरेको खण्डमा बहकाउने आत्मा र भूत आत्माहरूका सिद्धान्तहरूप्रति ढोका खोल्दछ, र यसरी चर्चहरूमा पनि दुष्‍ट दूतहरूको प्रभाव महसुस गरिनेछ ।MBA 127.2

    यस अगमवाणीक दृश्‍‍य प्रकट भएको बखत बेबिलोन बारे यसरी घोषणा भएको छ: “त्यसका पापहरू स्‍वर्गसम्म पुगेका छन्, र परमेश्‍‍वरले त्यसका अधर्महरूको सम्झना गर्नुभएको छ ।” प्रकाश १८:५ (KJV) । त्यसले आफ्‍नो दोषको नापको कचौरा भरिसकेको छ, र त्यसमाथि विनाश आउनै लागेको छ । तर बेबिलोनमा पनि परमेश्‍‍वरका जनहरू अझै बाँकी छन्; र उहाँका न्यायहरू आउनुभन्दा अगाड़ि यी विश्‍‍वासयोग्य जनहरूलाई त्यसबाट बोलाउनु आवश्‍‍यक छ, ताकि तिनीहरू त्यसको पापमा सहभागी नहोस् र “त्यसका विपत्तिहरू नपाओस् ।” यसरी यस कार्यलाई सङ्केत गर्दै स्‍वर्गबाट एउटा स्‍वर्गदूत आइरहेका छन्, र पृथ्वीलाई त्यसको महिमाले उज्‍ज्‍वल पारेर बेबिलोनका पापहरू घोषणा गर्दै ठूलो सोरले शक्तिसाथ कराउँदै छन् । तिनको सन्देश सान्दर्भिक यो बोलावट सुनिएको छ: “हे मेरा जनहरूहो, त्यसबाट निस्केर आओ ।” यी घोषणाहरू साथै तेस्रो स्‍वर्गदूतको सन्देशलाई समाहित गर्दा पृथ्वीका बासिन्दाहरूलाई प्रदान गर्ने अन्तिम चेतावनी समाविष्‍ट भएको पाईन्छ ।MBA 128.1

    संसारमाथि उर्लने घटना भयपूर्ण छ । पृथ्वीका शक्तिहरू परमेश्‍‍वरका आज्ञाहरूको विरूद्ध लड़ाइँ गर्न एक हुनेछन्, “सबै साना र ठूला, धनी र गरीब, फुक्‍का र बन्दी”-लाई झूटो शबाथको पालनद्वारा चर्चका चलनहरू पालन गर्नुपर्ने आदेश निकाल्‍नेछन् । जसले यो पालन गर्न अस्‍वीकार गर्दछन् तिनीहरू सरकारी सजायहरूका भागी ठहरिनेछन्, र अन्तमा तिनीहरू मृत्युदण्डका योग्य छन् भनी घोषणा गर्नेछन् । अर्कोतिर भने सृष्‍टिकर्ताको विश्राम दिन समाविष्‍ट परमेश्‍‍वरको व्यवस्थाले आज्ञाकारिता माग गरेको हुन्छ र त्यसका आज्ञाहरूलाई भङ्ग गर्ने सम्पूर्णका निम्ति क्रोध आउनै लागेको हुन्छ ।MBA 128.2

    यसरी तिनको नजरमा यस घटनाबारे स्पष्‍ट प्रस्तुत गरियो, जोसुकैले पनि मानविक नियमलाई पालन गर्नका लागि परमेश्‍‍वरको व्यवस्थालाई कुल्‍चीमिल्‍ची गर्दछ त्यसले पशुको छाप स्‍वीकार गर्दछ; त्यसले त्यो शक्तिलाई बफादारीको चिन्ह स्‍वरूप स्‍वीकार गर्दछ जसमा त्यसले परमेश्‍‍वरभन्दा बरु त्यसलाई नै मान्ने निर्णय गर्दछ । स्‍वर्गबाट आएको चेतावनीचाहिँ: “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पूज्यो र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍‍वरका क्रोधको कड़ा मद्य पिउनेछ ।” प्रकाश १४:९, १० ।MBA 128.3

    तर सत्यताले प्रत्येकको दिमाग र विवेकलाई प्रभावित पारेर पनि त्यसलाई अस्‍वीकार नगरेसम्म कसैले पनि परमेश्‍‍वरको क्रोध भोग्‍नुपर्नेछैन । त्यहाँ यस्ता धेरै मानिसहरू छन् जसले समसामयिक विशेष सत्यताहरू कहिले पनि सुन्ने मौका पाएका छैनन् । तिनीहरूका सामु चौथो आज्ञाको कर्तव्य त्यसका सत्य ज्योतिमा कहिले पनि प्रकट गरिएको छैन । जसले प्रत्येक हृदय पढ्‍नुहुन्छ र प्रत्येक भावनाहरूको जाँच गर्नुहुन्छ उहाँले सत्यताको ज्ञानको अभिरुचि राख्‍नेहरू कसैलाई पनि महान् विवादका विषयहरूको भ्रममा छोड्‍नुहुन्न । त्यो आदेश मानिसहरूमाथि अन्‍जानमा आइपर्नु हुँदैन । प्रत्येक मानिसले विवेकशीलतासाथ आफ्‍नो निर्णय बनाउने पर्याप्‍त ज्योति पाउनुपर्नेछ ।MBA 128.4

    बफादारीको ठूलो जाँचचाहिँ शबाथ नै हुनेछ, किनकि यही नै विशेष विवादयुक्त सत्यता भएको छ । जब मानिसहरूले अन्तिम जाँच भोग्‍नुपर्नेछ, त्यसपछि परमेश्‍‍वरका सेवकहरू र विद्रोहीहरूको बीचमा भिन्नताको रेखा कोरिनेछ । जब चौथो आज्ञाको विरूद्धमा राज्यको व्यवस्थाअनुसार झूटो शबाथ पालन गर्नेछ, तब परमेश्‍‍वरको एक विरोधी शक्तिप्रति बफादारीको चिन्ह हुनेछ, त्यसरी नै परमेश्‍‍वरको व्यवस्थाको आज्ञाकारितामा सत्य शबाथ पालन गर्दा सृष्‍टिकर्ताप्रति बफादारीको एक प्रमाण हुनेछ । जबकि एक समूहका मानिसहरूले पृथ्वीका शक्तिहरूप्रति समर्पणको चिन्ह स्‍वीकार गरेर पशुको छाप लगाउँदछन् भने, अरूले चाहिँ दैवीय अधिकारको बफादारीको चिन्हका पक्षमा निर्णय गरेर परमेश्‍‍वरको छाप लगाउँछन् ।MBA 129.1

    जसले तेस्रो स्‍वर्गदूतको सन्देशका सत्यताहरूलाई प्रकट गर्दछन् अहिलेसम्म प्रायः तिनीहरूलाई केवल त्रास फैल्याउने व्यक्तिहरू स्‍वरूप आरोप लगाएका छन् । तिनीहरूले अगमवाणी गरेका थिए कि संयुक्त राज्यमा धार्मिक असहिष्णुताले नियन्‍‍त्रण गर्नेछ, जसले परमेश्‍‍वरका आज्ञाहरू पालन गर्दछ तिनीहरूलाई सताउन चर्च र राज्य एक हुनेछ, त्यसलाई तिनीहरूले आधारहीन र निरर्थक घोषणा गरेका छन् । त्यो कुरा दृढ विश्‍‍वासका साथ यसरी घोषणा गरेका छन् कि यो देश पहिलेभन्दा फरक हुनै सक्दैन—धर्म स्‍वतन्‍‍त्रताको रक्षक । तर जब आइतबारको पालन लागू गर्ने प्रश्‍नले सर्वत्र उत्तेजित पारेको हुन्छ तब त्यो घटना यति लामो समयसम्म शंका गरेको थियो, तर विश्‍‍वास गरेको थिएन, अब त्यही नै आउनै लागेको जस्तो देखिन्छ, र तेस्रो सन्देशले एउटा प्रभाव उत्पन्न गर्नेछ जुन पहिले यसले यसो गर्न सक्दैन थियो ।MBA 129.2

    परमेश्‍‍वरले प्रत्येक पुस्तामा, संसार र चर्च दुवैमा पाप देखाउनका लागि आफ्‍ना दासहरू पठाउनुभएको छ । तर मानिसहरूले तिनीहरूबाट मनोहर कुराहरू चाहना गर्दछन्, र शुद्ध र नसिङ्गारिएको सत्यता ग्रहणयोग्य हुँदैन । धेरै सुधारकहरूले तिनीहरूका कामको सुरुवातमा राज्य र चर्चका पापहरूलाई आक्रमण गर्न महान् बुद्धि प्रयोग गर्ने दृढ निर्णय गरे । तिनीहरूले मानिसहरूलाई इसाई जीवनको एक शुद्ध उदाहरणद्वारा बाइबलका सिद्धान्तहरूतिर अगुवाइ गरी तिनीहरूलाई फर्काउने आशा गरे । तर परमेश्‍‍वरको आत्मा एलियामाथि आउनु भएझैँ तिनीहरूमाथि पनि आउनुभयो, जसले तिनलाई दुष्‍ट राजा र पतित मानिसहरूका पापहरू हप्काउने प्रेरणा दिनुभयो; तिनीहरूले बाइबलका स्पष्‍ट वाक्‍यहरूको प्रचारलाई रोक्‍नै सक्दैनथे—सिद्धान्तहरू जुन तिनीहरूले प्रकट गर्न हिचकिचाइरहेका थिए । तिनीहरू उत्साहसाथ सत्यता र आत्मामाथि आउनै लागेका खतराहरू घोषणा गर्न बाध्य भए । जुन वचन तिनीहरूलाई परमप्रभुले दिनुभयो, त्यही वचन तिनीहरूले परिणामहरूको प्रर्वाह नराखी उच्‍चारण गरे, र मानिसहरू चेतावनी सुन्न बाध्य भए ।MBA 129.3

    यसरी नै तेस्रो स्‍वर्गदूतको सन्देश पनि घोषणा गरिनेछ । जब यसलाई अझै ठूलो शक्तिसाथ प्रस्तुत गर्ने समय आउँछ, तब जसले उहाँको सेवामा आफैलाई समर्पण गर्दछ तिनीहरूको दिमागलाई अगुवाइ गरेर परमप्रभुले ती नम्र औजारहरूद्वारा काम गर्नुहुनेछ । ती कामदारहरू साहित्यिक संस्थाहरूका तालिमहरूभन्दा पनि बरु उहाँको आत्माको अभिषेकद्वारा योग्य ठहरिनेछन् । विश्‍‍वास र प्रार्थनाका मानिसहरू, परमेश्‍‍वरले तिनीहरूलाई प्रदान गर्नुभएका वचनहरू, पवित्र जोशका साथ घोषणा गर्दै बाहिर निस्कन बाध्य हुनेछन् । बेबिलोनका पापहरू खुल्‍ला हुनेछन् । चर्चका नियमहरू सरकारी अधिकारले कार्यान्वयन गर्ने डरलाग्दा परिणामहरू, भूत आत्माको विश्‍‍वास प्रवेश गर्ने माध्यमहरू, र गुप्‍तमा तापनि वेगसाथ विकसित भइरहेको पोपतन्‍‍त्रको शक्ति—सबै खुलिनेछन् । यी गम्भीर चेतावनीहरूद्वारा मानिसहरू सजक हुनेछन् । यस्ता वचनहरू कहिले पनि नसुनेका हजारौँ हजारले सुन्नेछन् । बेबिलोनचाहिँ चर्च हो, त्यसका झूटहरू तथा पापहरूले गर्दा र त्यसले स्‍वर्गबाट पठाएको सत्यता अस्‍वीकार गरेको कारणले गर्दा पतन भएको थियो भन्ने गवाही उदेकका साथ तिनीहरूले सुन्नेछन् । जब मानिसहरू तिनीहरूका अघिल्‍ला शिक्षकहरूकहाँ उत्सुक प्रश्‍नसाथ जान्छन्, के यी कुराहरू यस्तै हुन् ? प्रचारकहरूले तिनीहरूका डरहरू र सजक विवेकलाई शान्त पार्नका लागि दन्त्यकथाहरू प्रस्तुत गर्दछ र मनोहर कुराहरू अगमवाणी गर्दछ । तर धेरैले केवल मानिसको अधिकारमा सन्तुष्‍टि हुन अस्‍वीकार गरेर “परमप्रभु यसो भन्नुहुन्छ” भन्ने स्पष्‍टताको माग राख्दछन्, यसरी प्रचलित प्रचार-कार्यले तिनीहरूको अधिकार शंकामा पारेको देखेर प्राचीनका फरिसीहरूझैँ तिनीहरू रिसले चूर हुनेछन्, र तिनीहरूले त्यो सन्देश शैतानबाट आएझैँ निन्दा गर्नेछन् र जसले यसलाई घोषणा गर्दछन्, तिनीहरूलाई निन्दा गर्न र सताउन पाप-प्रेमी भीड़हरूलाई मच्‍चाउँदछन् ।MBA 130.1

    जब विवाद नयाँ जग्गातर्फ फैलिन्छ र मानिसहरूका दिमागहरू परमेश्‍‍वरका कुल्‍चिएको व्यवस्थातर्फ केन्द्रित हुन्छन्, तब शैतान उत्तेजित हुन्छ । सन्देशयुक्त शक्तिले त्यसका विरोधीहरूलाई बोैलाहा मात्र तुल्याउनेछ । प्रचारकहरूले ज्योति छेक्‍न झण्डै अमानविक प्रयासहरू प्रयोग गर्नेछन् त्यसो नभए ता तिनीहरूका बगालहरूमाथि ज्योति चम्कनेछ । तिनीहरूले अनिवार्य प्रश्‍नहरूको छलफललाई यथाशक्‍य हरेक माध्यमहरूद्वारा दबाउने प्रयास गर्नेछन् । चर्चले सरकारी शक्तिको बलियो बाहुलीलाई आव्हान गर्दछ, र यही कार्यमा पोपतन्‍‍त्र र प्रोटेस्टेन्टहरू एकतामा आउनेछन् । जब आइतबारको नियम लागू गर्ने पर्यावरण दृढ र निर्णायक हुन्छ, तब आज्ञा पालन गर्नेहरूको विरूद्ध एउटा कानुन निकाल्‍नेछन् । तिनीहरूलाई जरिवानाहरू र कैदको धम्की दिनेछन्, र कति जनालाई तिनीहरूका विश्‍‍वास इन्कार गराउन प्रभावकारी पदहरू, इनामहरूउ र फाइदाहरू प्रलोभक स्‍वरूप प्रदान गर्नेछ । तर तिनीहरूको दृढ जवाफचाहिँ यो हुनेछ: “हाम्रो गलत हामीलाई परमेश्‍‍वरको वचनबाट देखाउनुहोस्”&mdash लुथरले पनि उस्तै परिस्थितिमा एउटै विन्ती गरेका थिए । जसलाई अदालतको सामु दोषारोपन गरिनेछ त्यो सत्यताको बलियो समर्थक हुनेछ, र कति जनाले त्यसलाई सुनेर परमेश्‍‍वरका सम्पूर्ण आज्ञाहरू पालन गर्न अभिप्रेरित हुनेछ । यसरी हजारौँका सामु ज्योति प्रकट गरिनेछ त्यसो नभए ता यी सत्यताहरूको विषयमा तिनीहरूले केही पनि जान्ने थिएनन् ।MBA 130.2

    परमेश्‍‍वरको वचनको विवेकैशील आज्ञाकारीलाई विद्रोह स्‍वरूप व्यवहार गर्नेछ । बाबाआमाले तिनीहरूका विश्‍‍वासी छोराछोरीहरूप्रति कड़ा र तानाशाही व्यवहार गर्नेछन्; मालिक वा मालिकनीले आज्ञा पालन गर्ने नोकरलाई अत्याचार गर्नेछन्, किनकि शैतानले तिनीहरूलाई अन्धो पारेको हुन्छ । प्रेम सेलाएर जानेछ; छोराछोरीहरू अंशहीन बनाइनेछन् र घरबाट धपाइनेछन् । पावलका वचनहरू वास्तविकरूपमा पूरा हुनेछ: “ख्रीष्‍ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछ ।” २ तिमोथी ३:१२ (KJV) । जब सत्यताका रक्षकहरूले आइतबारको शबाथलाई आदर गर्न इन्कार गर्छन्, तब कति जना जेलमा हालिनेछ, कति जना बहिष्कार गरिनेछ र कति जनाप्रति दासको व्यवहार गरिनेछ । मानविक बुद्धिका लागि यी सबै कुराहरू असम्भव देखिन्छ; तर जब परमेश्‍‍वरको नियन्‍‍त्रण गर्ने आत्मा मानिसहरूबाट हटाइनेछ, र तिनीहरू दैवीय विधानहरूलाई घृणा गर्ने शैतानको नियन्‍‍त्रणमा हुनेछन् तब त्यहाँ अनौठो कुराहरू विकास हुनेछन् । परमेश्‍‍वरको भय र प्रेम हटेपछि हृदयहरू अति नै क्रूर हुन सक्छ ।MBA 131.1

    जब बाढ़ी नजीकै आउँछ, एक ठूलो दर्जा जसले तेस्रो स्‍वर्गदूतको सन्देशमा विश्‍‍वास गर्ने दाबी गरेको हुन्छन् तर तिनीहरू सत्यताको आज्ञाकारीद्वारा पवित्र भएका हुँदैनन्, तब तिनीहरूले आफ्‍नो पदलाई इन्कार गरेर विरोधीको दर्जामा समावेश हुन्छन् । संसारसँग एकत्रित भएर र त्यसको आत्मा लिएर तिनीहरूले पनि प्रसङ्गहरू उस्तै ज्योतिमा देख्दछन्; र जब जाँच आइपर्छ, तब तिनीहरू सजिलो र प्रचलित पक्षतर्फ निर्णय गर्न तयारी हुन्छन् । प्रतिभाशाली र मनोहर वक्ताहरू, जोहरू कुनै समय सत्यतामा आनन्दित भएका थिए, अब तिनीहरूले आफ्‍ना शक्तिहरू मानिसहरूलाई भ्रमाउन र कुमार्गतिर डोऱ्याउन प्रयोग गर्छन् । तिनीहरू नै अघिल्‍ला भाइहरूका सबभन्दा तीता शत्रुहरू बन्छन् । जब शबाथ पालन गर्नेहरूलाई तिनीहरूका विश्‍‍वासका खातिर अदालतका सामु जवाफ दिन ल्याइन्छ, तब यी पतितहरू नै तिनीहरूका विरूद्ध झूटो वर्णन गर्ने र दोष लगाउने, झूटा गवाहीहरू र छलहरूद्वारा शासकहरूलाई उचाल्‍ने शैतानका सबभन्दा प्रभावशाली माध्यमहरू हुन्छन् ।MBA 131.2

    यस सतावटको घड़ीमा परमप्रभुका दासहरूको विश्‍‍वास जाँचिएको हुन्छ । तिनीहरूले केवल परमेश्‍‍वर र उहाँको वचनलाई हेरेका हुन्छन् र विश्‍‍वासयोग्यसाथ चेतावनी दिएका हुन्छन् । परमेश्‍‍वरको आत्मा तिनीहरूका हृदयहरूमाथि हलचल गरेर तिनीहरूलाई बोल्‍न बाध्य बनाएको हुन्छ । तिनीहरू पवित्र जोशले जोशिला भएका हुन्छन् र तिनीहरूमाथि सामर्थी दैवीय प्रभाव परेको हुन्छ, त्यसकारण तिनीहरूले मानिसहरूसँग वचन प्रचार गर्दा आउने परिणामहरूलाई प्रर्वाह नगरिकन आ-आफ्‍ना कर्तव्यहरू पूरा गर्न अघि बढे़का हुन्छन् जुन परमप्रभुले तिनीहरूलाई दिनुभएको थियो । तिनीहरूले आफ्‍ना क्षणिक लक्ष्यहरूको वास्ता गरेका हुँदैनन्, नता तिनीहरूले आफ्‍नो इज्‍जत वा जीवन नै बचाउने प्रयास गरेका हुन्छन् । तापनि जब तिनीहरूमाथि विरोध र घृणाको बाढ़ी उर्लेर आउँछ, तब कति जना त्रासले चकित भई यसरी चिच्याउन तयार हुनेछन्: “यदि हामीले हाम्रा वचनहरूका परिणामहरू पहिले नै देखेको भए ता हामी शान्त रहने थियोै ।” तिनीहरू कठिनाइहरूले घेरिएका हुन्छन् । शैतानले तिनीहरूलाई उग्र परीक्षाहरूका साथ आक्रमण गर्दछ । जुन काम तिनीहरूले सुरु गरेका छन् सो पूरा गर्नुचाहिँ तिनीहरूको क्षमतादेखि बाहिरको कुरा जस्तै देखिन्छ । तिनीहरूमाथि विनाश आउनै लागेको हुन्छ । तिनीहरूलाई उत्साह दिने जोश अब हुँदैन; तापनि तिनीहरू फर्कन सक्दैनन् । त्यसपछि तिनीहरूले पूर्ण असाह्‌य महसुस गर्छन्, र तिनीहरू शक्तिका लागि सर्वशक्तिमान्‌कहाँ भाग्छन् । तिनीहरूले सम्झन्छन् कि जुन वचनहरू तिनीहरूले बोलेका छन्, ती तिनीहरूका थिएनन्, तर उहाँकै थिए, जसले तिनीहरूलाई चेतावनी दिने आदेश दिनुभएको थियो । परमेश्‍‍वरले तिनीहरूको हृदयमा सत्यता हालिदिनुभएको थियो, र तिनीहरूले यसलाई घोषणा गर्न पर्खनै सक्दैनथे ।MBA 132.1

    परमेश्‍‍वरका मानिसहरूले विगत युगहरूमा पनि एउटै कष्‍टहरू अनुभव गरेका छन् । विक्‍लिफ, हस, लुथर, टिन्डल, ब्याक्स्टर, वेश्‍‍लीले जोड़ दिए कि समस्त सिद्धान्तहरू बाइबलद्वारा जाँचिनुपर्छ र यसरी घोषणा गरे कि तिनीहरूले त्यसद्वारा दोषी ठहरिएको सबै कुरा इन्कार गर्ने थिए । यी मानिसहरूका विरूद्धमा प्रचण्डतासाथ दयाहीन सतावट उर्लेर आयो; यद्यपी तिनीहरूले सत्यता घोषणा गर्न छोडेनन् । प्रत्येक चर्च इतिहासका विभिन्न अवधिहरूलाई कुनै न कुनै विशेष सत्यताको विकासद्वारा चिनिएका छन्, र त्यो सत्यता परमेश्‍‍वरका जनहरूका समसामयिक आवश्‍‍यकताहरू अनुकूल प्राप्‍त भएको थियो । प्रत्येक नयाँ सत्यताचाहिँ घृणा र प्रतिरोधको सामना गर्दै प्रवेश गरेको छ; जो त्यसको ज्योतिद्वारा आशिषित भएका थिए तिनीहरू परिक्षित हुन्थे र जाँचिन्थे । परमप्रभुले आकस्मिक अवस्थामा मानिसहरूलाई विशेष सत्यता प्रदान गर्नुहुन्छ । यसलाई प्रकाशनमा ल्याउन कसले इन्कार गर्ने आँट गर्छ र ? उहाँले आफ्‍ना दासहरूलाई संंसारमा अन्तिम कृपाको निमन्‍‍त्रणा प्रकट गर्ने आज्ञा दिनुहुन्छ । तिनीहरूका प्राणहरूलाई जोखिममा पारेर मात्रै तिनीहरू शान्त रहन सक्छन् । ख्रीष्‍टका राजदूतहरूलाई परिणामहरूसँग केही सरोकार हुँदैन । तिनीहरूले आफ्‍नो काम पूरा गर्नुपर्छ र परिणामहरूचाहिँ परमेश्‍‍वरसँग छोड्‍नुपर्छ ।MBA 132.2

    जब विरोध अझै प्रचण्डताको उचाइमा पुग्दछ, तब परमेश्‍‍वरका दासहरू फेरि चिन्तित हुन्छन्; किनकि तिनीहरूलाई यस्तो लाग्दछ कि तिनीहरूले नै सङ्‌कष्‍टको घड़ी ल्याएको हो । तर तिनीहरूलाई विवेक र परमेश्‍‍वरको वचनले साहस दिन्छ कि तिनीहरूको कार्यचाहिँ ठीकै छ; यसर्थ कष्‍टहरू निरन्तर नै भइरहेतापनि तिनीहरू त्यसलाई सहन बलियो पारिएका हुन्छन् । संघर्ष अझै नजीक र धारिलो हुँदै आउँछ, तर तिनीहरूका विश्‍‍वास र साहससँगै आपत‌्काल पनि बढ्‍दै जान्छ । तिनीहरूका गवाहीचाहिँ यही हुन्छ: “हामी संसारको समर्थन प्राप्‍त गर्नका लागि उहाँको पवित्र व्यवस्थाको एक भागलाई आवश्‍‍यकीय र अर्कोलाई अनावश्‍‍यकीयको रूपमा विभाजन गरी परमेश्‍‍वरको वचनलाई अधिकारविना हेरफेर गर्ने साहस गर्दैनौं । परमप्रभु जसलाई हामी सेवा गर्छौं उहाँले हामीलाई बचाउन सक्‍नुहुन्छ । ख्रीष्‍टले संसारका शक्तिहरूलाई जित्‍नुभएको छ; र के हामी पराजय भइसकेको संसारसँग डराउनुपर्नेछ र ?”MBA 133.1

    विभिन्न प्रकारको सतावटद्वारा एउटा सिद्धान्तको विकास हुन्छ जुन जतिसम्म शैतान रहन्छ र इसाई धर्मको अत्यावश्‍‍यक शक्ति रहन्छ तबसम्म त्यो रहन्छ । कुनै पनि मानिसले अन्धकारका फौजहरूको विरूद्धमा आफैलाई भर्ना नगरेसम्म परमेश्‍‍वरको सेवा गर्न सक्दैन । दुष्‍ट दूतहरूले उसलाई आक्रमण गर्नेछन्, उसको प्रभावले शिकारलाई तिनीहरूका हातहरूबाट लैजाँदैछ भनी तिनीहरू सचेत हुन्छन् । दुष्‍ट मानिसहरूले उसको उदाहरणद्वारा हप्की पाएका हुन्छन्, जसले उसलाई परीक्षामा पसाएर परमेश्‍‍वरबाट छुट्‌याउने प्रयास गर्दछ तिनीहरू पनि उनीहरूसँगै सामेल हुन्छन् । जब यी कुराहरूले सफलता हासिल गर्दैनन् तब विवेकलाई दबाब गर्न जोड़दार शक्ति प्रयोग गर्दछ ।MBA 133.2

    तर जबसम्म येशू मानिसका मध्यस्थकर्ताको रूपमा माथिका पवित्रवासस्थानमा हुनुहुन्छ, तबसम्म पवित्र आत्माको नियन्‍‍त्रणात्मक शक्ति शासकहरू र मानिसहरूले महसुस गर्दछन् । यसले अझै पनि केही हदसम्म देशको व्यवस्थालाई पनि नियन्‍‍त्रण गर्दछ । यदि यी व्यवस्थाहरू नभएको भए यस संसारको अवस्था अहिले भन्दा पनि अझै खराब हुने थियो । हाम्रा शासकहरूमध्ये धेरै जना शैतानको क्रियाशील औजार भएतापनि राज्यका अगुवा मानिसहरूका बीचमा परमेश्‍‍वरका औजारहरू पनि छन् । जुन कुराहरूले परमेश्‍‍वरको कामप्रति ठूलो बाधा ल्याउँदछन् त्यस्ता उपायहरूमा त्यो शत्रुले त्यसका दासहरूलाई प्रस्ताव गर्ने प्रेरणा गर्दछ: तर जुन राज्यका शासकहरूले परमप्रभुको भय मान्दछन् तिनीहरू पवित्र स्‍वर्गदूतहरूको प्रभावद्वारा यस्ता प्रस्तावहरूका विरूद्धमा जवाफदेही विवादसाथ विरोध गर्दछन् । यसरी थोरै मानिसहरूले दुष्‍टताको शक्तिशाली वेगलाई रोक्‍नेछन् । सत्यताका शत्रुहरूको विरोधचाहिँ नियन्‍‍त्रण हुनेछ ताकि तेस्रो स्‍वर्गदूतको सन्देशले त्यसको काम गर्न सकोस् । जब अन्तिम चेतावनी दिइनेछ, तब त्यसले यी शासकहरूका ध्यान आर्कषण गर्नेछन् जसद्वारा परमप्रभुले अहिले काम गर्दै हुनुहुन्छ, र तिनीहरूमध्ये कतिजनाले यसलाई स्‍वीकार गर्नेछन्, र परमेश्‍‍वरका मानिसहरूसँगै सङ्‌कष्‍टको समयभरि उभिनेछन् ।MBA 133.3

    जुन स्‍वर्गदूत तेस्रो स्‍वर्गदूतको सन्देश घोषणा गर्नका लागि सामेल हुन्छन् तिनको महिमाले समस्त पृथ्वी नै चम्किलो पार्नुपर्नेछ । यहाँ एक विश्‍‍वव्यापी हदका काम र असाधारण शक्तिको अगमवाणी भएको छ । १८४०-१८४४को दोस्रो आगमनको घटनाचाहिँ एक परमेश्‍‍वरको शक्तिको महिमित प्रदर्शन थियो; पहिलो स्‍वर्गदूतको सन्देश संसारको प्रत्येक सुसमाचार प्रचारको केन्द्रमा पुऱ्याएको थियो, र कुनै देशहरूमा सबभन्दा ठूलो धार्मिक चाह उत्पन्न भयो जुन सोह्रोै शताब्दीको सुधार-कार्यदेखि यसो कुनै पनि देशमा यसरी प्रकट भएको थिएन; तर यी कुराहरूभन्दा तेस्रो स्‍वर्गदूतको अन्तिम चेतावनीको शक्तिशाली घटनामा झन बढ़ी हुनुपर्नेछ ।MBA 134.1

    त्यो काम पेन्तिकोसको दिनमा जस्तै हुनेछ । जसरी “अघिल्‍लो वर्षा” सुसमाचारको आरम्भमा बहुमूल्य बीउहरू उमार्नका खातिर पवित्र आत्माको वर्षामा दिनुभएको थियो, त्यसरी नै “पछिल्‍लो वर्षा” पनि त्यसको अन्तमा कटनी तयार गर्नका निम्ति दिइनेछ । “यसैले हामी उहाँलाई चिनौं ! परमप्रभुलाई चिन्नुको पछि लागौं; उहाँको उदय बिहानीझैँ निश्‍चित छ; अनि उहाँ वर्षाझैँ—पृथ्वीमाथि बर्सने पछिल्‍लो र अघिल्‍ला वर्षाझैँ हामीकहाँ आउनुहुनेछ ।” होशे ६:३ (KJV) । “हे सियोनका छोराहरूहो, परमप्रभु तिमीहरूका परमेश्‍‍वरमा आनन्दित होओ र रमाओ ! किनकि उहाँले तिमीहरूलाई ... अघिल्‍लो वर्षा दिनुभएको छ; अनि उहाँले पहिले झैँ तिमीहरूका निम्ति वर्षा बर्साउनुहुनेछ—अघिल्‍लो र पछिल्‍लो वर्षा ।” योएल २:२३ (KJV) । “आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍‍वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछ ।” “अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ ।” प्रेरित २:१७, २१ ।MBA 134.2

    सुसमाचारको महान् कामचाहिँ आरम्भमा जस्तै परमेश्‍‍वरको शक्तिको अल्प प्रदर्शनसाथ अन्त हुँदैन । जुन अगमवाणीहरू सुसमाचारको आरम्भमा अघिल्‍लो वर्षाको वर्षाद‌्द्वारा पूरा भयो र त्यसको अन्त्यमा फेरि पछिल्‍लो वर्षाद्वारा पूरा हुनेछ । यहाँ शीतल पार्ने समयहरू छन् जसलाई प्रेरित पत्रूसले आशा राखे जब तिनले यसो भने: “यसकारण तपाईंहरूका पाप मेटिनका लागि पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस्; तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्; अनि उहाँले येशू ख्रीष्‍टलाई ... पठाउनुहुनेछ ।” प्रेरित ३:१९, २० (KJV) ।MBA 135.1

    परमेश्‍‍वरका दासहरूका अनुहारहरू पवित्र समर्पणले उज्‍ज्‍वल र चम्किलो हुनेछन् त्यसका साथै स्‍वर्गबाट आएको सन्देश ठाउँ-ठाउँमा घोषणा गर्नका निम्ति हतार गर्दै जानेछन् । हजारौँ आवाजहरूले पृथ्वीभरि चेतावनीहरू दिनेछन् । अचम्मलाग्दा कामहरू गर्नेछन्, बिरामीहरू निको पार्नेछन्, र चिन्ह र अचम्मलाग्दा कामहरू विश्‍‍वासीहरू पछि लाग्‍नेछन् । शैतानले पनि झूटा अचम्मलाग्दा कामहरू गर्नेछ, यहाँसम्म कि मानिसहरूका दृष्‍टिमा आकाशबाट आगो पनि खसाल्‍नेछ । प्रकाश १३:१३ । यसरी पृथ्वीका बासिन्दाहरू आफ्‍नो स्थानमा खड़ा हुनुपर्नेछ ।MBA 135.2

    तर्क-वितर्कद्वारा सन्देश त्यति फैलिनेछैन तर परमेश्‍‍वरको आत्माको गहिरो प्रमाणद्वारा अझै सविस्तार हुँदै जानेछ । तर्कहरू प्रस्तुत गरिएका छन् । बीउ छरिएको छ, र अब त्यो उम्रनेछ र फल फलाउनेछ । सुसमाचार प्रचारकहरूद्वारा बाँड़िएका प्रकाशनहरूले त्यसका प्रभाव पार्ने चेष्‍टा गरेका छन्, तापनि धेरै जनाका दिमागहरू प्रभावित भएका छन्, र तिनीहरूले सत्यतालाई पूर्णरूपले बुझ्‍ने वा आज्ञाकारी बन्ने प्रक्रियामा बाधा आएको छ । अब ज्योतिका किरणहरू सर्वत्र प्रवेश गरेका छन्, सत्यता त्यसको स्पष्‍टतामा देखिएको छ, र परमेश्‍‍वरका ईमानदार छोराछोरीहरूले तिनीहरूलाई बाँधेका बन्धनहरू छुट्‌याएका छन् । अब तिनीहरूलाई बाँध्‍ने पारिवारिक बन्धन र चर्चका सम्बन्धहरू शक्तिहीन छन् । अरू सबै कुराभन्दा सत्यता अझै बहुमूल्य भएको छ । त्यति मात्र होइन, सत्यताको विरोधमा संलग्‍न भएका औजारहरूका एक ठूलो सङ्ख्या परमप्रभुको पक्षमा खड़ा हुन्छन् ।MBA 135.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents