Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ३ परमेश्‍‍वरको सच्‍चा ज्ञान

    हामी पनि हाम्रो मुक्तिदाताजस्तै यस संसारमा परमेश्‍‍वरको सेवा गर्नको लागि आएका हौं । उहाँको जस्तै चरित्र बनाउन र सेवापूर्ण जीवनद्वारा परमेश्‍‍वरलाई संसारमा प्रस्तुत गर्नको लागि हामी यहाँ छौं । उहाँको सहायक (सह-कार्यकर्ता) अर्थात् उहाँजस्तै बन्न, र उहाँको चरित्र प्रकाशित गर्नको लागि हामीले उहाँलाई राम्ररी चिन्नुपर्छ । उहाँले आफूलाई जुन रूपमा प्रकट गर्नुहुन्छ त्यही रूपमा हामीले उहाँलाई चिन्नुपर्छ ।PHs 24.1

    परमेश्‍‍वरप्रति ज्ञान हुनु भनेको सबै साँचो शिक्षा र सबै साँचो कार्यको मूल जग हो । यो नै परीक्षाविद्धको एक सुरक्षा हो । केवल यसले मात्र हामीलाई चरित्रमा परमेश्‍‍वरजस्तो बनाउँछ ।PHs 24.2

    आफ्‍ना जनहरूको आत्मा-उत्थानका लागि कार्य गरिरहेकाहरूको लागि यो ज्ञानको आवश्‍‍वयकता पर्छ । चरित्रमा परिवर्तन, जीवनमा शुद्धता, सेवा-कार्यमा दक्षता, ठीक प्रशस्तकारका सिद्धान्त अवलम्बन आदि सबै परमेश्‍‍वरका साँचो ज्ञानमा भर पर्दछन् । यही ज्ञान, यो जीवन र आउने जीवन दुवैको तयारीको लागि चाहिन्छ ।PHs 24.3

    “परम-पवित्रको ज्ञान नै समझशक्ति हो” (हितोपदेश ९:१०) । उहाँको ज्ञानद्वारा नै “जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ” (२ पत्रुस १:३) ।PHs 24.4

    “अब अनन्त जीवन यही हो” येशूले भन्नुभयो, “कि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍‍वरलाई चिनून्, र तपाईंले पठाउनुभएको, येशू ख्रीष्‍टलाई चिनून्” (यूहन्ना १७:३) ।PHs 24.5

    “परमप्रभु यसो भन्नहुन्छ,
    ‘बुद्धिमान् मानिसले आफ्‍नो बुद्धिमा घमण्ड नगरोस्,
    अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्ड नगरोस्,
    अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्ड नगरोस्,
    तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा घमण्ड गरोस्:
    म परमप्रभुलाई जान्दछु र चिन्दछु,
    र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया,
    न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ ।
    किनभने यिनैमा म प्रसन्न हुन्छु,’ परमप्रभु भन्नुहुन्छ ।”
    PHs 25.1

    (यर्मिया ९:२३, २४)

    परमेश्‍‍वरले आफैलाई प्रकाशित गरेको कुरा पनि हामीले अध्ययन गर्नुपर्छ ।PHs 25.2

    “अब परमेश्‍‍वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस् ।
    यसरी तपाइको सुदिन फर्केर तपाईंकहाँ आउनेछ ।
    उहाँको मुखबाट शिक्षा लिनुहोस्,
    र तपाईंले हृदयमा उहाँका वचनहरू सञ्‍चय गर्नुहोस् ...
    सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ ...”
    PHs 25.3

    “तब सर्वशक्तिमान्‌मा नै तपाईंले आनन्द पाउनुहुनेछ ।
    र तपाईंले आफ्‍ना नजर परमेश्‍‍वरतिर उठाउनुहुनेछ ।
    तपाईंले उहाँलाई प्रार्थाना गर्नुहुनेछ, र उहाँले सुन्नुहुनेछ,
    र तपाईंले आफ्‍नो भाकल पूरा गर्नुहुनेछ ।
    तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ,
    तपाईंको बाटोमा ज्योति चम्कनेछ ।
    जब मानिसहरू होच्याइन्छन् र तपाईंले भन्नुहुनेछ,
    ‘यिनीहरूलाई उचाल्‍नुहोस्’,
    र उहाँले होच्याइएकालाई बचाउनुहुनेछ ।”
    PHs 25.4

    (अय्यूब २२:२१-२९)

    “उहाँको अदृष्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्‍‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ” (रोमी १:२०) ।PHs 25.5

    प्रकृतिमा भएका वस्तुहरूले अहिले हामीलाई अदनको बगैँचाको महिमाको एक अति थोरै मात्र विचारधारा दिंदछ । पापले पृथ्वीको सुन्दरतालाई नष्‍ट पारिदिएको छ र सबै कुरामा पापको छाप भेटिन्छ । तर पनि अझै सुन्दरता बाँकी रहेको छ । प्रकृतिले यही गवाही दिन्छ कि अनन्त शक्तिले जो महान् प्रेमिलो हुनुहुन्छ, दयालु हुनुहुन्छ उहाँले संसार बनाउनुभयो र यसलाई जीवन र प्रसन्नताद्वारा भरिदिनुभयो । आफ्‍नो खिया लागेको अवस्थामा पनि तिनीहरूले महान् चित्रकारीको चित्रकलालाई प्रकाश गर्छन् । हामी जता फर्के पनि परमेश्‍‍वरको आवाज सुन्न सक्छौं र उहाँको भलाइको प्रमाणहरू देख्‍न सक्छौं ।PHs 26.1

    भित्रदेखि आवाज निकालेर गर्जने चट्याङ र समुद्रको अनन्त गर्जाइदेखि लिएर वनमा राम्रो स्‍वरमा गाउँने चराको आवाज र प्रकृतिका हजारौं आवाजहरूले परमेश्‍‍वरको बढाइ गर्छन् । अचम्मका रङ्गले पोतिएका, एकनाससँग मिलेका र विभिन्न राम्रा रङ्गहरूमा हामी उहाँको महिमा देख्‍छौं । अनन्तसम्म स्थिर पहाडले हामीलाई उहाँको शक्तिको बारेमा बताउँछ । हरिया रूखहरू जसले सूर्यको किरणमा आफ्‍ना हरिया झण्डाहरू हल्‍लाउँछन् र फूलहरू आफ्‍नो सुकोमल सुन्दरताले सृष्‍टिकर्तातिर नै देखाउँछन् । हरिया झाडी जसले उजाड-डाँडालाई ढाकेका छन्, प्रत्येक दिन तिनले परमेश्‍‍वरका सबैभन्दा सानाभन्दा साना प्राणीहरूप्रति उहाँको प्रेमको बखान गर्छन् । समुद्रका गहिराई र पृथ्वीका गुफाहरूले उहाँको धनको बारेमा प्रकाश पार्छन् । उहाँ जसले समुद्रमा मोती राख्‍नुभयो, मणी र रत्‍न पत्थरमा राख्‍नुभयो, उहाँ सुन्दरताको प्रेमी हुनुहुन्छ । आकाशमा उदाइरहेको सूर्यले उहाँको प्रतिनिधित्‍व गर्छ जो उहाँले सृष्‍टि गर्नुभएका सबै थोकका जीवन र ज्योति हुनुुहुन्छ । पृथ्वी र आकाशमा भएका उज्योलोले उहाँको बारेमा जुन उज्यालोपनले पृथ्वीलाई सिंगारेको र आकाशलाई उज्यालो पारेको छ ती सबैले परमेश्‍‍वरको बारेमा बताउँदछन् ।PHs 26.2

    “उहाँको महिमाले स्‍वर्ग ढाक्‍यो ।”
    “तपाईंले सृष्‍टि गर्नुभएको यावात् थोकले पृथ्वी परिपूर्ण छ ।”
    PHs 27.1

    “दिनहुँ तिनीहरूले वार्तालाप गर्छन्,
    र रातैपिच्छे तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन् ।
    कुनै बोलि छैन, न भाषा छ,
    जहाँ तिनीहरूको सोरले सुनिँदैन ।
    तिनीहरूको सोरले सारा पृथ्वी गुञ्‍जायमान छ,
    तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् ।”
    PHs 27.2

    (हबकूक ३:३; भजन १०४:२४; १९:२-४)

    सबै कुराहरूले उहाँको कोमल पैतृक हेरचाहा र उहाँका आफ्‍ना छोराछोरीको उद्धार गरी खुशी पार्ने चाहनाको बारेमा बताउँछन् ।PHs 27.3

    यस्ता सर्वश्रेष्‍ठ शक्ति जसले प्रकृतिद्वारा कार्य गर्नुहुन्छ र बचाई राख्‍नुहुन्छ, उहाँ कुनै मानिसले भनेजस्तो खाली एउटा सबैले फैलाएको सिद्धान्त वा एक उत्तेजनात्मक शक्ति होइन । परमेश्‍‍वर पवित्र-आत्मा हुनुहुन्छ तर पनि उहाँ एक व्यक्तिगत अस्तित्‍व हुनुहुन्छ, किनकि आफ्‍नो बारेमा उहाँले यसरी प्रकाशन गर्नुभएको छ:PHs 27.4

    “परमप्रभु त साँचो परमेवर हुनुहुन्छ,
    उहाँ जीवित परमेश्‍‍वर, अनन्तका महाराजा हुनुहुन्छ । ...
    ती देवताहरू जसले आकाश र पृथ्वीलाई बसाएनन्,
    तिनीहरू पृथ्वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन् ।”
    PHs 27.5

    “उहाँ जो याकूबको भाग हुनुहुन्छ, यी जस्ता हुनुहुन्न,
    किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्छ ।”
    PHs 27.6

    “परमेश्‍‍वरले नै पृथ्वीलाई आफ्‍नो सामर्थ्यले बनाउनुभयो ।
    उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो,
    र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो ।”
    PHs 27.7

    (यर्मिया १०:१०, ११, १६, १२)