Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    सनसनपिूर्ण साहित्य

    आजका धेरै सर्वप्रिय लेखहरू सनसनपिूर्ण कथाहरूद्वारा भरिएका छन् जसले युवाहरूलाई दुष्‍टताको बारेमा शिक्षा दिँदै उनीहरूलाई नैतिक मृत्युको बाटोतिर अग्रसर गराउँदैछन् । साना केटाकेटीहरू पनि अपराधसम्बन्धि विषयको ज्ञानमा बयस्क छन् । तिनीहरू आफूले पढेका कथाहरूद्वारा यस्ता दुष्‍टताप्रति प्रेरित हुन्छन् । उनीहरू कल्पना कथामा बताइएका कुराहरूप्रति प्रेरित हुन्छन् र तिनका देखासिकी तबसम्म उनीहरूको आकांक्षा यस कुरा देख्‍नका निम्ति उत्तेजित हुँदैनन् कि तिनीहरूले अपराध गर्न र सजायबाट उम्कन के गर्न सक्दछन् ।PHs 64.1

    बच्‍चा र युवाहरूको चलाख मस्तिष्कमा भविष्यसम्बन्धि काल्पनिक दृष्यहरू यर्थाथतातुल्य हुन्छन् । जसरी क्रान्तीहरूका बारेमा भविष्यबाणी गरिएका छन् र कामको तरीकाहरूले व्यवस्था र आत्मा-प्रतिबन्धहरूका पर्खालहरूलाई तोडे़को छ भनी वर्णन गर्दछ तब धेरैले यस स्‍वभावको प्रतिरूपहरूलाई अँगाल्दछन् । ती सनसनपिूर्ण लेखहरूमा बयान गरिएभन्दा अझ बढ्‍ता रूपमा तिनीहरू अपराधका प्रवृत्तितिर अगुवाइ गरिन्छन् । यस्ता प्रभावहरूद्वारा समाज अनैतिकतातर्फ लम्कँदैछ । अनियमितताका बीउहरू सर्वत्र छरिएका छन् । अपराधको कटनी यसको परिणाम हो भन्ने कुरामा कसैले पनि अचम्म मान्नु पर्दैछ ।PHs 64.2

    रोमान्‍चकारी कार्य, तुच्छ, उत्तेजनात्मक कथाहरूले पाठकहरूले जीवनमा अनिष्‍ठतालाई निम्त्याउँछ । लेखकले कुनै एक नैतिक पाठ सिकाउने कोशिश गरेको हुन सक्छ, पाठभरि नै उसले धार्मिक भावहरू मिसाएको हुन सक्छ तर यी कुराहरूले प्रायःजसो भित्रतिर रहेको दुष्‍टता र बेकारका कुराहरूलाई छोप्‍ने कार्य मात्र गरेका हुन्छन् ।PHs 64.3

    संसार यस्ता पुस्तकहरूद्वारा भरिएको छ जुन मोहित पार्ने भ्रमहरूद्वारा भरिपूर्ण छन् । जुन कुराहरूलाई बाइबलले झूटो ठहर गरिकको छ त्यही कुरालाई युवाहरूले सत्यताको रूपमा ग्रहण गर्दछन्, र तिनीहरूले त्यही छललाई मन पराउँदछन् र त्यसैमा टाँसिन्छन् जसको अर्थ आत्माको विनाश हो ।PHs 65.1

    सत्य कुराहरू सिकाउने अथवा कुनै महान् दुष्‍टतालाई प्रकाश गर्ने उद्देश्‍‍य अनुरूप लेखिएका उपन्यासहरू पनि त्यहाँ छन् । यस्ता किताबहरूमध्ये कुनैले असल पनि गरेका छन् । तर तिनीहरूले वर्णन नै गर्न नसकिने हानी पनि ल्याएका छन् । यिनीहरू ठूला वक्तव्यहरू र कलमहरूद्वारा उल्‍लेखित हुन्छन्, जसले सोच-विचारलाई उक्साउँछन्, र यस्तो किसिमको विचार-धारा उब्‍जाउँछन्, जो खास गरेर युवाहरूको लागि खतरापूर्ण हुन्छन् । त्यो दृष्यमा बताइएका कुराहरूमा उनीहरूको विचार अल्झिरहन्छ । यस्ता पढाइले दिमागलाई उपयोगिता प्रति अयोग्य पार्दछ र यसलाई धार्मिकताप्रति असमर्थ बनाउँछ । यसले बाइबलप्रतिको चाखलाई नष्‍ट तुल्याइदिन्छ । स्‍वर्गीय कुराहरूले उसका विचारमा थोरै मात्र स्थान पाउँछन् । जब मस्तिष्क अशुद्धताले भरिन्छ तब खराब चाहना बढ्‍छ र अन्तमा पापपूर्ण बन्दछ ।PHs 65.2

    अशुद्धताबारे केही नबताउने उपन्यासहरू जसले अति उत्तम सिद्धान्तहरू सिकाउने धारणा लिएको किन नहोस्, यी पनि हानिकारक हुन्छन् । यसले छिटो-छिटो केवल बाहिरी कथा मात्र पढ्‍ने बानीलाई प्रोत्साहित गराउँछ । यस प्रकार यसले, निरन्तरता र राम्रो विचारधाराको शक्ति नष्‍ट पार्छ, यसले मनलाई कर्तव्य र गन्तव्यप्रतिको समस्याहरूप्रति विचार गर्नदेखि अयोग्य बनाउँछ ।PHs 65.3

    मनोरञ्‍जनप्रति प्रेमलााई बढ़ावा दिंदै उपन्यासको पढाइले जीवनका व्यवहारिका कर्तव्यहरूप्रति एक अरूचि उत्पन्न गराउँदछ । यसको उत्तेजनात्मक र उन्मादक शक्तिको कारण यो कहिलेकाही मानसिक र शारिरीक दुवै रोगका कारण बन्न सक्छ । उपन्यास पढ्‍ने बानीद्वारा नै धेरै जना दुःखित भएका छन्, घर त्याग्दछन्, आजीवन अशक्त बन्दछन् र बौलाह बनेर पागलखानाको सदस्य बन्न पुगेका छन् ।PHs 65.4

    कैयनपटक युवाहरूका मनलाई सनसनपिूर्ण साहित्य अथवा गुणहीन साहित्यबाट फर्काउनका निम्ति यस्तो सुझाव दिइन्छ कि हामीले तिनीहरूलाई एक अलि उच्‍च स्तरका उपन्यासहरू पढ्‍न दिनुपर्छ । यसो गर्नुको अर्थ जँड्‍यहालाई उपचार गर्ने क्रममा व्हिस्की वा ब्रान्डी जस्ता कड़ा मद्यपानको सट्टामा वाइन् (अंगूरको रक्सी), बियर वा साइडर (स्याउको रक्सी) जस्ता कम शक्तिका मद्यपानद्वारा उपचार गर्ने प्रयास गर्नु सरह नै हो । यिनीहरूका प्रयोगले निरन्तर रूपमा अझ शक्तिशाली उत्तेजक कुराहरूप्रतिको भोग जगाउने छ । जँड्‍यहा र असंयम व्यक्तिहरूका निम्ति एक मात्र बचाउको माध्यम हो पूर्णरूपको आत्मात्याग उपन्यास प्रेमिहरूमा पनि यही कुरा लागु हुन्छ । पूर्ण आत्मात्याग नै एक मात्र सुरक्षा हो ।PHs 66.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents