Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ७ परमेश्‍‍वरको वचनबाट प्राप्‍त ज्ञान

    सम्पूर्ण बाइबलनै परमेश्‍‍वरको महिमा ख्रीष्‍टमा प्रकट भएको एक चित्रण हो । ग्रहण गरिएको, विश्‍‍वास गरिएको र आज्ञापालन गरिएको खण्डमा यो चरित्र परिवर्तनको निम्ति एक महान् हतियार समान सावित हुनेछ । एउटा ठूलो उत्तेजना र बाध्य गराउने शक्ति हो जसले शारीरिक, मानसिक र आत्मिक शक्तिहरूलाई जागृत पार्छ र जीवनलाई सही दिशातर्फ अग्रसर बनाउँछ ।PHs 80.1

    बयस्कहरू सजिलैसित परीक्षा र पापतिर अग्रसित हुनुको कारण हो तिनीहरूले परमेश्‍‍वरको वचन अध्ययन नगर्नु र यस उपर पर्याप्‍त मात्रामा ध्यान नदिनु । परमेश्‍‍वरको वचन (पवित्र शिक्षा) प्रति हेला गर्नाले जीवनमा दह्रिलो अनि निश्‍चित इच्छा शक्तिको कमि आउँदछ जुन जीवन र चरित्रमा प्रकट हुने गर्दछ । तिनीहरू उत्सुकतापूर्णको कोशिशद्वारा आफ्‍नो मनलाई अशुद्ध र असत्य कुराहरूबाट शुद्ध अनि पवित्र कुराहरूपट्टि लाने कोशिश गर्दैनन् । थोरै मात्र मेरीजस्तै येशूको पाउँनेर बसेर असल शिक्षकबाट असल कुरा खोज्दछन् । थोरैले मात्र उहाँका वचनहरूलाई हृदयमा संकलन गर्दछन् र तिनलाई दैनिक जीवनमा उपयोगमा ल्याउँदछन् ।PHs 80.2

    बाइबलको सत्यताहरूलाई ग्रहण गरिएमा यसले मन र आत्मालाई उच्‍च पार्नेछ । परमेश्‍‍वरको वचनलाई दिनुपर्ने मान दिएर ग्रहण गरिएको छ भने जवान र वृद्ध मानिसहरूले एक आन्तरिक ईमान्दारीपन र एक यस्तो सैद्धान्तिक शक्ति प्राप्‍त गर्नेछन्, जसले उनीहरूलाई परीक्षाको सामना गर्न सक्षम तुल्याउनेछ ।PHs 80.3

    मानिसहरूले पवित्र वचनबाट बहुमूल्य कुराहरूका बारेमा सिकाउन वा लेखून् । विचार, योग्यता र मस्तिष्कको शक्तिको तीव्रतालाई परमेश्‍‍वरका विचारहरू अध्ययन गर्ने कार्यमा लगाइनुपर्छ । मानिसले तयार पारेका काल्पनिक कुराहरू होइन र उहाँका विचारहरू ध्ययन गरौं जो सच्‍चा हुनुहुन्छ । मूल्यमा अरू कुनै साहित्य यसको दाँजोमा आउन सक्दैन ।PHs 81.1

    संसारिक मस्तिष्कले परमेश्‍‍वरको वचनको ध्यानमा केही आनन्द प्राप्‍त गर्दैन, तर पवित्र-आत्माद्वारा नवीन बनाइएको मनले पवित्र पन्नाहरूमा ईश्‍‍वरीय सुन्दरता र स्‍वर्गीय ज्योतिको चमक यसमा चम्किएको भेट्टाउँछ । संसारिक मनको लागि सुखा मरुभूमि भएको भूमि पवित्र मनको लागि यही एक जीवित मुहानहरूले भरिपूर्ण भूमि सावित हुनेछ ।PHs 81.2

    उहाँको शब्दहरूमा प्रकाशित परमेश्‍‍वरको ज्ञान हामीले हाम्रा बच्‍चाहरूलाई दिनुपर्छ । उनीहरूको जीवनको शुरूदेखि नै येशूको नाम र उहाँको जीवनको बारेमा उनीहरूलाई परिचित तुल्याइनुपर्छ । उनीहरूको पहिलो पाठमा नै यही सिकाइनुपर्छ कि, परमेश्‍‍वर उनीहरूका पिता हुनुहुन्छ । उनीहरूका पहिलो तालिम प्रेमिलो आज्ञाकारिताको बारेमा हुनुपर्छ । आदरसाथ अनि कोमलतासाथ परमेश्‍‍वरका वचन उनीहरूले बुझ्‍न सक्‍ने मिल्‍ने भागहरू र तिनीहरूको चाहाना जगाउन मिल्‍ने पढ्‍नु र डोऱ्याउनुपर्छ । र सबैभन्दा महत्‍वपूर्ण कुरा यही हो कि तिनीहरूले ख्रीष्‍टमा प्रकट भएको उहाँको प्रेम र यसको पाठको बारेमा सिकून् ।PHs 81.3

    “परमेश्‍‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कालाई प्रेम गर्नुपर्छ” (१ यूहन्ना ४:११) ।PHs 81.4

    Larger font
    Smaller font
    Copy
    Print
    Contents