Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    समय खेर फाल्‍नुहुँदैन

    हामीसँग व्यर्थको समय छैन । हाम्रो परीक्षा-काल कति छिट्टै समाप्‍त हुनेछ सो हामीलाई थाहै छैन । भएभरको समय यही जीवनभरको समय हो र हामीलाई थाहा छैन कहिले मृत्युको वाणले हाम्रो हृदयमा प्रहार गर्नेछ । हामीलाई थाहा छैन कि कुन घड़ीमा हामीलाई यस संसार र यसका लाभहरू त्याग्‍न पठाइनेछ । हाम्रो अगाडि अनन्त फैलिएको छ । पर्दा उघारिन लागेको छ । थोरै वर्ष बाँकी छ, र जो-जति बाँचेका छन्, उनीहरूको लागि यस्तो आज्ञा आउनेछ । “दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍‍लील काम गर्नेले अश्‍‍लील काम गरिरहोस् धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्” (प्रकाश २२:११) ।PHs 75.2

    के हामी तयार छौं त ? के हामी परमेश्‍‍वरसँग परिचित छौं त ? जसले स्‍वर्ग बनाउनुभयो, जसले नियम बनाउनुभयो, र येशूसँग, जसलाई आफ्‍नो प्रतिनिधित्‍व गर्दै उहाँले पठाउनुभयो । जब हाम्रो काम यस पृथ्वीमा सकिनेछ, अनि के हामी यसो भन्न सक्‍नेछौं, त जसरी हाम्रो लागि उदाहरण दिँदै येशूले भन्नुभएको थियो: “जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु, तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु” (यूहन्ना १७:४-६) ।PHs 76.1

    परमेश्‍‍वरका दूतहरूले हामीलाई स्‍वयम् हामी आफैबाट र संसारिक कुराबाट आकर्षित गर्न खोज्दैछन् । उनीहरूले परिश्रम व्यर्थमा नजाओस् । बेकारका विचारहरूबाट प्रभावित मनहरू बदलिनु पर्दछ । “त्यसकारण आफ्‍नो मन बाँध, सचेत होओ, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख । आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग । तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहन-सहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु”” (१ पत्रुस १:१३-१६) ।PHs 76.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents