Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    विजय गर्नुपर्ने विज्ञान

    इसाई धर्म एक विज्ञान हो, जसबाट हामी विजयी हुनुपर्छ । यस्तो विज्ञान जुन कुनै मानव विज्ञानभन्दा एकदम गहिरो, फराकिलो र उच्‍च छ, जस्तो स्‍वर्ग, पृथ्वीभन्दा उच्‍च छ । मष्स्किलाई तालिम दिनुपर्छ, शिक्षित र अनुशासित बनाइनुपर्छ; किनकि, हामीहरूले यस्तो प्रकारबाट उहाँको सेवा गर्नुपर्छ, जुन हाम्रा आफ्‍ना स्‍वभाविक इच्छाहरूसित मेल खाँदैनन् । दुष्‍ट कार्यमा लाग्‍ने पैतृक र उन्नति गरिएको स्‍वभावहरूमाथि विजय प्राप्‍त गरिनुपर्छ । कहिलेकाहिँ जीवनभरिमा प्राप्‍त गरिएको शिक्षा र तालिमलाई छोडिनुपर्छ ताकि कुनै व्यक्ति ख्रीष्‍टको स्कूलमा एक सिक्‍ने व्यक्ति बन्न सक्‍नेछ । हाम्रो हृदयलाई परमेश्‍‍वरमा स्थिर राख्‍नका निम्ति शिक्षित तुल्याइनुपर्छ । हामीहरूले यस्तो विचार राख्‍ने बानी बसाल्‍नुपर्छ, जसद्वारा परीक्षालाई सामना गर्न सकियोस् । हामीहरूले माथितिर हेर्न सिक्‍नुपर्छ । परमेश्‍‍वरको वचनका सिद्धान्त, जुन सिद्धान्त स्‍वर्गजस्तै उच्‍च छन्, र अनन्ततालाई घेरिरहेका छन्— उनीहरूको छाप हाम्रो दैनिक जीवनमा हुनुपर्छ । प्रत्येक कार्य, प्रत्येक वचन, प्रत्येक विचार यिनै सिद्धान्तअनुरूप हुनुपर्छ । सबै कुरा ख्रीष्‍टको इच्छाअनुसार उहाँमा समर्पित हुनुपर्छ ।PHs 74.5

    पवित्र आत्माका बहुमूल्य अनुग्रहहरू एकै दिनमा विकास हुँदैनन् । धेरै वर्षको अनुभवद्वारा मात्र साहस, सहनशीलता, नम्रता, विश्‍‍वास र परमेश्‍‍वरको बचाउन सक्‍ने शक्तिप्रति स्थिर भरोसा प्राप्‍त हुन्छ । पवित्र परिश्रमको जीवन र असल कार्यप्रति स्थिर भएर परमेश्‍‍वरका जनहरूले आ-आफ्‍ना भाग्य, नियतिमा छाप लगाउनुपर्छ ।PHs 75.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents