Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    क्रूसको महिमा

    परमेश्‍‍वरले मानिसप्रति देखाउनुभएको प्रेम क्रूसमा केन्द्रित छ । यसको पूर्ण महत्‍वलाई हाम्रो जिब्रोले वर्णन गर्न सक्दैन, कलमले चित्रण गर्न सक्दैन, अनि मानिसको सोचाइले समेट्‍न सक्दैन । कलवरीको क्रूसलाई हेरेर हामी यति मात्र भन्न सक्छौं— “परमेश्‍‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍‍वास गर्नेकोही नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) ।PHs 39.4

    हाम्रो पापको बदलामा ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको, मृत्युबाट उठ्‍नुभएको, र स्‍वर्गमा जानुभएको यथार्थ नै मुक्तिको विज्ञान हो, जसलाई सिक्‍नुपर्छ र अरूलाई पनि सिकाउनुपर्छ ।PHs 40.1

    “पमेश्‍‍वरको स्‍वरूपमा भएर पनि उहाँले पमेश्‍‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर, तथा मानव भएर जन्मनुभयो । स्‍वरूपमा मानिसजस्तै भएर आफैलाई हेच्याउनुभयो, र मृत्युसम्मै आज्ञाकारी अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो” (फिलिप्पी २:६-८) ।PHs 40.2

    “मर्ने त ख्रीष्‍ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ ।” “फलस्‍वरूप उहाँद्वारा परमेश्‍‍वरको नजीक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्छ । किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सधैँव जीवित रहनुहुन्छ” (रोमि ८:३४; हिब्रू ७:२५) ।PHs 40.3

    “किनकि हाम्रा प्रधानपूजाहारी हाम्रा निर्वलतामा हामीसँग सहानुमूति देखाउन नसक्‍ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो” (हिब्रू ४:१५) ।PHs 40.4

    ख्रीष्‍टको सदिच्छाअनुसार हामी आशिषले पूर्ण हुन्छौं । त्यही आशिषद्वारा दिन-प्रतिदिन हामीमा परमेश्‍‍वरको अटटु भलाइको प्रवाह आउँदछ । त्यही आशिषद्वारा प्रत्येक कोमल फूल र त्यसको बास्‍ना हाम्रो खुशीको निम्ति दिइएको छ । सूर्य र चन्द्रमा उहाँद्वारा बनाइएका हुन् । आकाशलाई सुन्दर पार्ने त्यहाँ एउटा पनि यस्ता तारा छैनन्, जसलाई उहाँले बनाउनुभएको छैन । वर्षामा झर्ने प्रत्येक थोपा पानी, सूर्यको प्रत्येक किरण जो यस अकृतज्ञ दुष्‍ट पृथ्वीमा पर्छन्, यी सबले येशूमा परमेश्‍‍वरको प्रेमको गवाही दिन्छन् । यी सबै कुराहरू अवर्णनीय एवम् अतुलनीय दानद्वारा पाइएको हो, जो परमेश्‍‍वरको एक मात्र पुत्र हुनुहुन्छ । उहाँलाई क्रूसमा चढाइयो ताकि यी सबै उपहारहरू परमेश्‍‍वरका जनहरूतर्फ बहन सकून् ।PHs 40.5

    “हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍‍वरका सन्तान भनी कहलिएकाहरू हौं” (१ यूहन्ना ३:१) ।PHs 41.1

    “उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने
    तपाईंबाहेक अरू कोही परमेश्‍‍वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्यै सुनेको छैन्,
    नता कानले सुनेका छन्, न आँखाले देखेका छन् ।”
    PHs 41.2

    (यशैया ६४:४)