Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    शैतानका अभियोगहरूलाई झूटो ठहऱ्याइएको

    ख्रीष्‍टको मुक्तिको कार्यबाट परमेश्‍‍वरको व्यवस्था सिद्ध प्रमाणित हुन्छ । सर्वशक्तिमान परमेश्‍‍वरलाई प्रेमको परमेश्‍‍वर भनी पहिचान गराइएको छ । शैतानका अभियोगहरूलाई झूटो ठहऱ्याइएको छ र उसको चरित्रलाई नङ्ग्याइएको छ । विरोधीपना फेरि कहिल्यै उदाउनेछैन । पापले फेरि कहिल्यै यस जगत्‌मा प्रवेश पाउनेछैन । अनन्तकालसम्म नै छलकपटबाट सबै जना सुरक्षित रहनेछन् । प्रेमको स्‍व-बलिदानबाट पृथ्वी र स्‍वर्गका निवासीहरू आफ्‍ना सृष्‍टिकर्तासँग फुकाल्‍नै नसकिने अनन्त एकतामा रहने योग्य बन्धनद्वारा बाँधिनेछन् ।PHs 11.2

    मुक्तिको कार्य सम्पन्न हुनेछ । जुन स्थानमा पापले ढाकेको थियो, त्यहाँ अब परमेश्‍‍वरको प्रेमले अझ बढी ढाक्‍नेछ । पृथ्वी, जसलाई शैतानले आफ्‍नो भनेर दाबी गर्दछ, त्यसलाई रिहाई मात्र गरिने होइन तर त्यसलाई उचालिनेछ । हाम्रो सानो संसार उहाँको महिमित सृष्‍टिकार्यमा पापको सरापको कारण एक गाढा़ दाग लागेको संसारलाई परमेश्‍‍वरको ब्रह्‍माण्डको अन्य जगतलाई भन्दा उच्‍च सम्मान दिइनेछ । यहाँ, जहाँ मानिसको पुत्र मानवियतामा पवित्र तुल्याइनुभयो; जहाँ महिमाको राजाले वास गर्नुभयो र दुःख भोग्‍नुभयो, र अन्त्यमा मर्नुभयो— यही नै जब उहाँले सबै थोक नयाँ बनाउनुहुनेछ, परमेश्‍‍वरको पवित्रस्थान मानिसकै बीचमा हुनेछ र उहाँ उनीहरूसित वास गर्नुहुनेछ । र उनीहरू उहाँका प्रजा हुनेछन् र स्‍वयम् परमेश्‍‍वर नै तिनीहरूसित हुनुहुनेछ र तिनीहरूका परमेश्‍‍वर हुनुहुनेछ र अनन्तकालसम्मै जब उद्धार पाएकाहरू परमप्रभुको ज्योतिमा हिँड्‍नेछन्, तब तिनीहरूले उहाँलाई उहाँको वर्णन नै गर्न नसकिने उपहारको लागि स्तुति-प्रशंसा गर्नेछन्, जुन उपहार हो,PHs 12.1

    इम्मानुएल “परमेश्‍‍वर हामीहरूसँग ।”

    Larger font
    Smaller font
    Copy
    Print
    Contents