Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ज्ञान, जसले परिवर्तन ल्याउन सक्छ

    ख्रीष्‍टमा प्रकट गरिएको परमेश्‍‍वरको ज्ञान यस्तो ज्ञान हो, जसलाई उद्धार गरिएकाहरूजति सबैसँग हुनैपर्छ । यो यस्तो ज्ञान हो, जसले चरित्रमा परिवर्तन ल्याउँछ । यसरी प्राप्‍त भएको ज्ञानले आत्मालाई परमेश्‍‍वरको प्रतिरूपमा पुनःनिर्माण गर्छ । यसले पूरा शरीरमा ईश्‍‍वरीय आत्मिक शक्तिको प्रवाह गर्छ ।PHs 41.3

    “हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लदै उहाँको रूपमा बदलिदैजान्छौं” (२ कोरिन्थी ३:१८) ।PHs 41.4

    स्‍वयम् आफ्‍नै जीवनको बारेमा मुक्तिदाताले भन्नुभएको छ, “मैले मेरा पिताका आज्ञाहरू पालन गरेरको छु” (यूहन्ना १५:१०) । “उहाँले मलाई एक्‍लै छोड्‍नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु” (यूहन्ना ८:२९) । जसरी येशू मानव रूपमा हुनुहुन्थ्यो, त्यसरी नै परमेश्‍‍वरले आफ्‍ना चेलाहरू होऊन भन्ने चाहनुहुन्थ्यो । उहाँको शक्तिमा हामीहरू शुद्धता र असल चरित्रको जीवन जिउनुपर्दछ जुन जीवन मुक्तिदाताले पनि व्यतित गर्नुभयो ।PHs 41.5

    यसैकारण पावल भन्दछन्, “म पिताको सामुन्ने आफ्‍नो घुडा टेक्दछु, जसद्वारा स्‍वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ । म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्ति अनुसार शत्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्, र विश्‍‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरुन्, र प्रेममा जरा गाडि़एका र दह्रिला भएर, सबै सन्तहरूसँग चौडाइ, लम्बाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक, र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ” (एफिसी ३:१४-१९) ।PHs 42.1

    हामीले “उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ति गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौं । र उहाँलाई पूर्णरूपले प्रशन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्‍‍वरको ज्ञानमा बढ्‍दै जान सक । उहाँको महिमित शक्ति अनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ” (कलस्सी १:९-११) ।PHs 42.2

    यही नै एक यस्तो प्रकारको ज्ञान हो जसलाई ग्रहण गर्नका लागि परमेश्‍‍वर हामीहरूलाई बोलाउनुहुन्छ, र यसबाहेक अन्य सबै थोक व्यर्थता र शून्यता मात्र हुन् ।PHs 42.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents