Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ख्रीष्‍टमा परमेश्‍‍वरको व्यक्तित्‍व प्रकट

    एक व्यक्तिगत अस्तित्‍वको रूपमा परमेश्‍‍वरले स्‍वयम आफैलाई उहाँको पुत्रमा प्रकट गर्नुभएको छ । पिताको बाहिरी महिमा र “उहाँकै स्‍वभावको वास्तविक प्रतिरूपमा” येशू खीष्‍ट व्यक्तिगत मुक्तिदाताको रूपमा यस संसारमा आउनुभयो । व्यक्तिगत मुक्तिदाताको रूपमा उहाँ माथि उचालिनुभयो । व्यक्तिगत मुक्तिदाताको रूपमा उहाँ स्‍वर्गीय अदालतमा मध्यस्थता गर्नुहुन्छ । परमेश्‍‍वरको सिंहासन अगाडि “मानिसको पुत्रजस्तै” भएर उहाँ हाम्रो भलाइको कार्य गर्नुहुन्छ (हिब्रू १:३; प्रकाश १:१३) ।PHs 34.1

    ख्रीष्‍ट, जो संसारको ज्योति हुनुहुन्छ, आफ्‍नो ईश्‍‍वरीय चम्किलो ज्योतिको तेजलाई लुकाएर मानव-जातिका बीचमा आएर बस्‍नुभयो, ताकि भस्म नभईकन तिनीहरू आफ्‍ना सृष्‍टिकर्तासँग परिचित हुन सकून् । पापले गर्दा मानिस परमेश्‍‍वरबाट टाढा भएकाले उहाँ ख्रीष्‍टमार्फत प्रकट भएबाहेक कसैले पनि परमेश्‍‍वरलाई देखेका छैनन् ।PHs 34.2

    “पिता र म एकै हौं,” ख्रीष्‍टले भन्नुभयो, “पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन्, जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ” (यूहन्ना १०:३०; मत्ती ११:२७) ।PHs 34.3

    परमेश्‍‍वरले आफ्‍ना जनहरूका लागि चाहनुभएको कुरा सिकाउनका निम्ति ख्रीष्‍ट आउनुभयो, माथि आकाशमा, पृथ्वीमा, समुद्रमा फैलिएको पानीमा हामी परमेश्‍‍वरका कार्य देख्‍छौं । सृष्‍टि गरिएका सबै थोकले उहाँको शक्ति, उहाँको बुद्धिमत्ता र उहाँको प्रेमका गवाही दिन्छन् । तरै पनि ख्रीष्‍टमा प्रकट भएको जस्तो परमेश्‍‍वरको व्यक्तित्‍व न त ताराहरूद्वारा, न त समुद्रद्वारा न झरनाद्वारा नै हामीले बुझ्‍न सक्‍नेछौं ।PHs 35.1

    परमेश्‍‍वरले यो महशुस गर्नुभयो, कि उहाँको चरित्र र उहाँको व्यक्तित्‍वलाई चित्रण गर्नका निम्ति प्रकृतिको भन्दा अझ बढ्‍ता प्रष्‍ट प्रकाशनको आवश्‍‍वयकता छ । मानव दृष्‍टिले ग्रहण गर्न सक्‍ने हदसम्म परमेश्‍‍वरको अदृष्य स्‍वभाव र गुणहरू प्रकट गर्नका निम्ति उहाँले यस संसारमा आफ्‍नो पुत्र पठाउनुभयोPHs 35.2