सम्पूर्ण जगतको लागि जीवनको सिद्धान्त
तर सबै कम अस्तित्वका प्रतिरूपहरूबाट मोडियौं भने, हामीले येशूमा परमेश्वर देख्नेछौं । येशूलाई हेर्नाले हामी परमेश्वरको महिमा पाउँछौं । येशूले भन्नुभयो, “म आफैद्वारा केही पनि गर्दिनँ” “जीवित परमेश्वरले मलाई पठाउनुभएको हो, पिताद्वारा म जिउँछु,” “म आफ्नो महिमा खोज्दिनँ तर उहाँको महिमा, जसले मलाई पठाउनुभएको छ” (यूहन्ना ८:२८; ६:५७; ८:५०; ७:१८) । यी वचनहरूमा एउटा महान् सिद्धान्त प्रकट गरिएको छ, जो सारा संसारको लागि जीवन व्यवस्था हो । सबै कुराहरू ख्रीष्टले परमेश्वरबाट पाउनुभयो तर उहाँले अरूलाई दिनको लागि ग्रहण गर्नुभयो । यस्तै गरी स्वर्गको चोकमा सृष्टिएका सबै थोकप्रति उहाँको सेवकाइद्वारा प्रिय पुत्रमार्फत पिताको जीवन सबैको निम्ति बहन्छ; पुत्रमार्फत यो पुनः स्तुति र आनन्दमयी सेवाद्वारा, प्रेमको एक ज्वारभाटा कै रूपमा एक महान् श्रोतमा फर्किन्छ । यसरी प्रभु ख्रीष्टद्वारा नै परोपकारको चक्र पूरा हुँदछ, जसले एक महान् दाता, जीवनको व्यवस्थाका चरित्रको प्रतिनिधित्व गर्दछ ।PHs 3.2