Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    प्रेमको व्यवस्था / स्‍वर्थपराको व्यवस्था

    शैतानले परमेश्‍‍वरको प्रेमको नियमलाई एक स्‍वार्थपूर्ण नियम भनेर परिभाषित गरेको छ । उसले यो घोषणा गरेको छ कि हामीलाई यी नियम पालन गर्न असम्भव छ । हाम्रा आदि पिताको पतनको कारण, जसले सम्पूर्ण सराप निम्त्याएको छ, उसले यसको निम्ति सृष्‍टिकर्तामाथि दोष लगाउँदछ, र परमेश्‍‍वरलाई एक पापको, दुःख-कष्‍टको र मृत्युको सम्पादकका रूपमा हेर्नको लागि मानिसहरूलाई उक्साउँछ । येशूले यी सबै कपटी कुरालाई उदाङ्गी पार्नुथियो । हामीहरूजस्तै एक व्यक्तिको रूपमा उहाँले आज्ञाकारिताको उदाहरण दिनुपर्ने थियो । यसको लागि उहाँले हाम्रा स्‍वभावलाई लिई हाम्रा अनुभवहरूद्वारा नै गुज्रिनुभयो । “हरेक कुरामा उहाँ आफ्‍नै भाइहरूजस्तै बनाइनुपऱ्यो” (हिब्रू २:१७) । येशूले भोग्‍नुभएका कुनै पनि शैतानले परमेश्‍‍वरको शक्ति हाम्रो निम्ति अपर्याप्‍त छ भनी प्रतिनिधित्‍व गर्ने थियो । त्यसैकारण येशू “सबै कुरामा हामीजस्तै परीक्षित हुनुहुन्छ” (हिब्रू ४:१५) । हामीले सामना गर्ने प्रत्येक परीक्षा उहाँले भोगिसक्‍नुभएको छ । उहाँले त्यस्तो केही शक्ति प्रयोग गर्नुभएन, जुन हामीलाई पनि सित्तैमा नदिइएको होस् । एक मानव रूपमा उहाँले परीक्षाको सामना गर्नुभयो र परमेश्‍‍वरद्वारा उहाँलाई दिइएको शक्तिले गर्दा त्यसमाथि विजय पाउनुभयो । उहाँ भन्नुहुन्छ, “हे मेरा परमेश्‍‍वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ” (भजन ४०:८) । जब उहाँ राम्रो काम गर्दै र शैतानद्वारा पीडितहरूलाई निको पार्दै अघि बढ्‍नुभयो, उहाँले मानिसहरूका सामुन्ने परमेश्‍‍वरको व्यवस्थाको चरित्र र उहाँका सेवाको स्‍वभावलाई सरल तुल्याउनुभयो । उहाँको जीवनले यो प्रमाणित गर्दछ कि हामीलाई पनि परमेश्‍‍वरको व्यवहारको पालना गर्न सम्भव छ ।PHs 8.1

    आफ्‍नो मानवताद्वारा ख्रीष्‍टले मानवतालाई छुनुभयो, र उहाँको ईश्‍‍वरीयपनले उहाँले परमेश्‍‍वरको सिंहासनलाई सम्हाल्‍नुहुन्छ । मानिसको पुत्रको रूपमा उहाँले हामीलाई आज्ञाकारीताको उदाहरण दिनुभयो र परमेश्‍‍वरको पुत्रको रूपमा उहाँले हामीलाई आज्ञा पालन गर्ने शक्ति दिनुहुन्छ । होरेव पर्वतमा मोशालाई उत्तर दिने ख्रीष्‍ट नै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “म हुँ, जो म हुँ” फेरि उहाँले भन्नुभयो, “इस्राएलीहरूलाई मैले यसो भन्नु ‘म हुँ’ भन्नेले तिनीहरूकहाँ मलाई पठाउनुभएको हो” (प्रस्थान ३:१४) । इस्राएलीको छुटकाराको लागि यो एउटा प्रतिज्ञा थियो । त्यसकारण उहाँ जब “मानिसको रूपमा” आउनुभयो, उहाँले आफूलाई “म हुँ” भनेर घोषणा गर्नुभयो । बेथलेहेमको बच्‍चा जो नम्र र साधारण, मुक्तिदाता, परमेश्‍‍वर नै हुनुहुन्छ, “जो शरीरमा प्रकट हुनुभएको छ” (१ तिमोथी ३:१६) । र हामीलाई उहाँ भन्नुहुन्छ, “म असल गोठालो हुँ, जिउँदो रोटी म नै हुँ । बाटो सत्य र जीवन म नै हुँ” “स्‍वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ” (यूहन्ना १०:११; ६:५१; १४:६; मत्ती २८:१८) । म नै सबै प्रतिज्ञाका आत्मविश्‍‍वास हुँ । “म नै हुँ,” मबाट नडराऊ, “परमेश्‍‍वर हामीहरूसँग” भन्नुको अर्थ पापदेखि मुक्ति पाइने निश्‍चयता हो, र स्‍वर्गका व्यवस्था पालन गर्न सक्‍ने हामीलाई प्राप्‍त हुने शक्तिको निश्‍चयता हो ।PHs 9.1