Loading...
Larger font
Smaller font
Copy
Print
Contents

परमेश्‍‍वर हामीहरूसँग

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    विज्ञानको जाँच

    ज-जसले परमेश्‍‍वरबाट उहाँको वचन र व्यक्तिगत अनुभवद्वारा ज्ञान प्राप्‍त गरेका छन्, तीनले आफूलाई प्रकृतिक विज्ञानको अध्ययन गर्न आफूलाई व्यस्त राख्‍न तयार रहन्छन् । ख्रीष्‍टको विषयमा यस्तो लखिएको छ; “उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो” (यूहन्ना १:४) । पापको प्रवेशभन्दा पहिला अदनको बगैँचामा आदम र हव्‍वा एउटा सफा अनि सुन्दर ज्योतिले घेरिएका थिए, जुन परमेश्‍‍वरको ज्योति थियो । उनीहरू जहाँ-जहाँ उपस्थित हुन्थे त्यहाँ त्यो ज्योति चम्कन्थ्यो । परमेश्‍‍वरको कार्य र चरित्र हेर्ने उनीहरूका दृष्‍टिलाई केही कुराले पनि बाधा पुऱ्याउन सक्दैनथ्यो । तर जब उनीहरू शैतानको जालमा परे, त्यो ज्योति उनीहरूबाट हटेर गयो । पवित्रताको वस्‍‍त्र गुमाउनुको साथै प्रकृतिमा चम्किरहेको ज्योतिलाई पनि उनीहरूले गुमाए । त्यसपछि उनीहरूले ठीक प्रकारसँग प्रकृतिक पाठ पढ्‍न सकेनन् । तिनीहरूले उहाँको काममा परमेश्‍‍वरको चरित्र छुट्ट्याउन सकेनन् । त्यसैकारण आज मानिस स्‍वयम् आफैले प्रकृतिका पाठहरू ठीकसित पढ्‍न सक्दैनन् । ईश्‍‍वरीय ज्ञानद्वारा अगुवाइ नपाएसम्म उसले प्रकृति र प्रकृतिका नियमहरूलाई प्रकृतिको परमेश्‍‍वरभन्दा माथि उचाल्‍नेछ । यसैकारण विज्ञानसम्बन्धि मानिसका साधारण विचारधारा कैयौं पटक परमेश्‍‍वरका वचनसँग मेल खाँदैनन् । तर ज-जसले ख्रीष्‍टको जीवनको ज्योति प्राप्‍त गर्दछन् तिनीहरूका निम्ति प्रकृति पुनः उज्यालो तुल्याइन्छन् । क्रूसबाट निस्केको ज्योतिमा हामीहरूले प्रकृतिको पाठलाई ठीक तवरले प्रष्‍ट पार्न सक्‍नेछौं ।PHs 83.1

    जोसँग परमेश्‍‍वर र उहाँको वचनको ज्ञान व्यक्तिगत अनुभवद्वारा प्राप्‍त छ, उसले पवित्र शास्‍‍त्र ईश्‍‍वरतर्फबाट हो भनी विश्‍‍वास गर्छ । उसले प्रमाणित गर्छ कि परमेश्‍‍वरको वचन साँचो छ, र उसलाई यो थाहा छ कि सत्यताले स्‍वयम् आफैमा विरोध गर्न सक्दैन । उसले बाइबललाई मानिसका विचारका विज्ञानद्वारा परीक्षण गर्दैन । उसले यी विचारहरूलाई कुनै भूलरहित सिद्धान्तका परीक्षामा ल्याउँछ । उसलाई थाहा छ कि साँचो विज्ञानको शिक्षामा वचनको शिक्षासित प्रतिकुल त्यहाँ कुनै कुरा हुन सक्‍ने छैनन् किनकि दुवैका लेखक एउटै हो, दुवैको ठीक प्रकारको ज्ञानमा मेल भएको प्रमाणित गर्छ । वैज्ञानिक शिक्षाहरू, जो परमेश्‍‍वरको वचनप्रति मेल खाँदैन भने तिनीहरू मानिसहरूद्वारा अनुमान गरिएका कुरा मात्र हुन् ।PHs 83.2

    यस्ता विद्यार्थीहरूका लागि वैज्ञानिक अनुसन्धानले विवेक र सूचनाको ठूलो क्षेत्र (ढोका) खोलिदिनेछ । जब उसले प्रकृतिका कुराहरूमाथि विचार गरिरहनेछ तब सत्यताको नयाँ प्रकारको ज्ञान उसमा आउनेछ । प्रकृतिको पुस्तक र पवित्र पुस्तकले एक-अर्कामा ज्योति चम्काउनेछन् । दुवैले उसलाई परमेश्‍‍वरको चरित्र नियम र नियमहरू, जसद्वारा उहाँ काम गर्नुहुन्छ, त्यसबारे राम्ररी प्रष्‍ट पारी परमेश्‍‍वरसित अझ राम्रोसित परिचित तुल्याइदिन्छ ।PHs 84.1

    भजनसंग्रहका लेखकको अनुभव, प्रकृतिद्वारा र उहाँको प्रकाशद्वारा परमेश्‍‍वरका वचन प्राप्‍त गरेर सबैले ग्रहण गर्न सक्छन् । उनी भन्छन्,PHs 84.2

    “किनकि हे परमप्रभु, तपाईंले आफ्‍ना कामद्वारा
    मलाई आनन्ति तुल्याउनुभएको छ,
    तपाईंका हातका कार्यहरू हेरेर
    म हर्षले गाउँछु ।”
    “हे परमप्रभु ! तपाईंको कृपा स्‍वर्गैसम्म फैलिएको छ,
    तपाईंको विश्‍‍वसनियता आकाशसम्मै ।
    तपाईंका धार्मिकता बिशाल पहाडहरूजस्तै छ,
    तपाईंका न्याय अगाध समुद्रजस्तै छ ।” ...
    PHs 84.3

    “तपाईंको अडिक कृपा कति अनमोलको छ !
    मानिसका सन्तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन् ...
    र तपाईंको सुख-चैनको नदीबाट
    तपाईंले तिनीहरूलाई पियाउनुहुन्छ, किनकि जीवनको स्रोत तपाईंसँग छ ।
    तपाईंकै ज्योतिमा हामी प्रकाश देख्‍छौं ।”
    PHs 84.4

    “धन्यका हुन्, तिनीहरू जसको चाल निर्दोष छ,
    जो परमप्रभुको व्यवस्थामा चल्दछन् ।
    धन्यका हुन्, तिनीहरू जसले उहाँका कानून पालन गर्दछन् ।
    र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन् ।”
    PHs 85.1

    “जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्छ ?
    तपाईंका वचनअनुसार जीवन बिताएर नै हो ।”
    “मैले त सत्यताको मार्ग छानेको छु,
    तपाईंको नियमहरू मैले मेरो सामुन्ने राखेको छु ।”
    “तपाईंको विरुद्धमा पाप नगरुँ भनेर,
    तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु ।”
    “म स्‍वतन्‍‍त्र भएर हिँड्‍नेछु,
    किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु ।”
    PHs 85.2

    “मेरो आँखा खोलिदिनुहोस्
    र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्‍न सकूँ ।”
    “तपाईंका कानूनहरू मेरो आनन्द हुन्,
    ती मेरा सल्‍लाहकार हुन् ।”
    “तपाईंको मुखबाट निस्केको व्यवस्था
    मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राभन्दा मूल्यवान् छ ।”
    PHs 85.3

    “आहा ! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु !
    दिनभरि म तिनैमाथि मनन् गर्दछु ।”
    “तपाईंका कानूनहरू अश्‍चार्यपूर्ण छन् ।
    यसकारण म सारा हृदयले ती पालन गर्दछु ।”
    “म जहाँ बसोबास गरे पनि
    तपाईंका विधिहरू मेरो गीतको विषयवस्तु भएका छन् ।”
    PHs 85.4

    “तपाईंका प्रतिज्ञाहरू पूर्णरुपले जाँचिएका छन्,
    र तपाईंको दासले तिनलाई प्रेम गर्छ ।”
    PHs 85.5

    “तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्,
    र तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन् ।”
    PHs 86.1

    “म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ,
    र तपाईंका नियमहरूले मलाई थामून् ।”
    “तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ,
    र तिनीहरूले ठेस खाने कुनै कारण रहदैन
    PHs 86.2

    “हे परमप्रभु ! तपाईंका उद्धारको म प्रतिक्षा गर्छु,
    र तपाईंका आज्ञाहरू पालन गर्दछु ।
    तपाईंका कानूनहरू पालन गर्दछु,
    किनभने म तिनलाई अत्यन्तै प्रेम गर्दछु ।”
    PHs 86.3

    “तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ,
    त्यसले सीदासादा मानिसहरूलाई समझशक्ति दिन्छ ।”
    “तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्,
    र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन् ।
    मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तरज्ञान ज्यादा छ,
    किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु ।
    धर्म-गुरुहरूको भन्दा मेरो समझ अझ बढी छ,
    किनभने म तपाईंका आदेशहरू पालन गर्दछु ।”
    “तपाईंका आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु,
    यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु ।”
    “तपाईंका कानूनहरू सदाकालको निम्ति मेरा मूल्यवान् सम्पत्ति भएका छन् ।
    तिनले मेरा हृदयलाई हर्षित तुल्याउँछन् ।”
    PHs 86.4

    (भजन ९२:४; ३६:५-७; ३६:७-९; ११९:१, २, ९, ३०; ११९:११, ४५, १८, २४, ७२ ,९७, १२९, ५४, १४०, १६०, १७५, १६५-१६७, १३०, ९८-१००, १०४, १११) ।